‘कोरोना भाइरसले विश्वभर घृणाको सुनामी ल्यायो’

हेलेन डेभिडसन

कोरोना भाइरस महाव्याधिले घृणा, आप्रवासी/विदेशीविरूद्ध डर, दोषारोपण र त्रासको सुनामी ल्याएको संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरसले बताएका छन्। विश्वव्यापी रूपमा फैलिएको हेट स्पिच अन्त्यका लागि उनले आव्हान पनि गरेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरसले अनलाइन र सडकमा विदेशी विरोधी भावना बढेको, यहुदीविरूद्ध षडयन्त्रको सिद्धान्त र कोभिड १८ सम्बन्धी मुस्लिम विरोधी आक्रमण फैलिरहेको पनि बताएका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धान गर्न चीनले सहकार्यका लागि सधैं तयार रहेको बताएपछि गुटेरसले यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहानको प्रयोगशालाबाट महामारी फैलिएको निरन्तर दाबी गर्दै आएका छन्।

अमेरिकाले हालसम्म ट्रम्पको दाबी पुष्टि गर्ने प्रमाण दिन सकेको छैन। तर ट्रम्पको त्यस्तो दाबीले दुई शक्तिबीच तनाव बढाएको छ। दुई देशको महत्वपूर्ण व्यापार सम्झौतालाई पनि खतरामा पारेको छ।

कोरोना भाइरस महाव्याधिले विश्वभर शुक्रबारसम्म २६९५०० जनाको ज्यान लिइसकेको छ। विश्व स्वास्थ्य संगठनले अफ्रिकामा मृतकको संख्या १९०००० पुग्ने चेतावनी दिएको छ। मेक्सिकोमा एकै दिन १९८२ जनाले ज्यान गुमाएका छन्।

भाइरस कहाँबाट सुरू भएको हो त्यस’bout थुप्रै अनुमान आउन थालेका छन्। आप्रवासी र शरणार्थीलाई भाइरसको श्रोत मान्दै गालीगलौज गर्न थालिएको र स्वास्थ्य उपचार गर्न नदिइएको गुटेरसले बताएका छन्।

वृद्धहरू सबैभन्दा जोखिममा छन्। उनीहरूको अवमुल्यन र मानमर्दन गर्ने थुप्रै घृणीत मिम पनि आउन थालेका छन्। पत्रकार, मुखबिर, स्वास्थ्यकर्मी, सहायताकर्मी र मानवअधिकारवादीलाई आफ्नो काम गरेकैले लक्षित बनाउन थालिएको छ।

गुटेरसले नेताहरूलाई जनतासँग ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। अतिवादीहरूले कैदीबन्दी र निराशलाई शिकार बनाइरहेको अवस्थामा शैक्षिक संस्थाहरूले डिजिटल साक्षरतमा ध्यान दिन पनि उनले अनुरोध गरेका छन्। मिडिया, विशेष गरि सामाजिक सञ्जाललाई जातिवादी, स्त्रीद्वेष र अन्य हानिकारक सामग्री हटाउन, नागरिक समाजलाई जोखिममा रहेका समूहसम्म पहुँच बलियो बनाउन र धार्मिक व्यक्तिलाई पारस्परिक सम्मानको नमूना बनेर सेवा गर्न आव्हान गरेका छन्।

“जो जहाँ हुनुहन्छ, म सबैलाई घृणाविरूद्ध आवाज उठाउन, एकअर्कालाई सम्मानका साथ व्यवहार गर्न र दयाको भाव फैलाउन हरेक अवसर सदुपयोग गर्न अनुरोध गर्दछु,” गुटेरसले भने।

कोभिड १९ ले व्यक्ति, स्थान, विश्वास वा अन्य कुनै विभेद नगर्नेमा महासचिव गुटेरसले जोड दिए। अप्रिल २३ मा कोरोना भाइरस महाव्याधि मानवअधिकारकै सङ्कट बन्दै गएको उनले बताएका थिए।

बिहीबार विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुन्यिङले भाइरसको श्रोत’bout अनुसन्धान गर्न चीनले विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्ने बताएकी थिइन्। उनले भनिन्,“भाइरसको उत्पत्तिसम्बन्धी प्रश्न लगायतका विषयमा हामी विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न सधैं तयार छौं।”

“उपयुक्त समयमा भाइरसको उत्पत्ति’bout निष्कर्षमा पुग्न चीन सहमत छ,” उनले भनिन्। बिहीबार अबेर अमेरिकी राष्ट्रपति ट्रम्पले उहानको प्रयोगशालामा केही भएको जोड दिएका थिए। “सायद अक्षमता हुनसक्छ। कोहि मूर्ख पनि भएको हुनसक्छ,” उनले भने।

चिनियाँ अधिकारी र राज्यको सञ्चारले दाबीविरूद्ध कडा प्रतिक्रिया दिएका छन्। महामारीको प्रतिकार्यमा अमेरिकी असफलता ढाकछोप गर्न र ट्रम्पलाई फेरि राष्ट्रपति बनाउने दाउमा ट्रम्प, पोम्पियो र अमेरिकी अधिकारीले यस्तो भनेको उनीहरूको आरोप छ।

अमेरिका, अष्ट्रेलिया लगायत थुप्रै देशले महामारीको श्रोत पत्ता लगाउन स्वतन्त्र अनुसन्धानको माग गरेका छन्। चीनले यसमा सहयोग गर्नुपर्ने उनीहरूको माग छ। तर अमेरिकाले उहान इन्स्टिट्युट भाइरोलोजीबाट भाइरस उत्पत्ति भएको एकोहोरो अडान लिएको छ।

ह्वाले दिएको प्रतिक्रिया अस्वाभाविक देखिन्छ। ह्वाको प्रेस सम्मेलन हुनु केही घण्टाअघि मात्रै बारम्बार गरिएको संलग्नताको अनुरोध चीनले कुनै उत्तर नदिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको थियो। विश्व स्वास्थ्य संगठनको आकस्मिक समितीले जनवरी २३, ३० र उहानका लागि संयुक्त मिसनको क्रममा संगठन र चिनले महामारीको पशु श्रोत अनुसन्धान गर्न सुझाव दिएको एक अधिकारीले पुष्टि गरेका छन्।

अनुसन्धानमा सहकार्य गर्ने अनुरोध अघिल्लो सातामात्रै दोहोर्‍याएको र घरेलु अनुसन्धान’bout विश्व स्वास्थ्य संगठनले थुप्रै पटक चीनसँग सोधपुछ गरेको पनि उनले बताए।
बिहीबार अपरान्हसम्म अनुसन्धान’bout बैठक बस्ने प्रबन्ध’bout योजनाको चरणमै रहेको बुझिएको छ। 

कोरोना भाइरस अपडेट

•    लकडाउन खुकुलो बनाउन अष्ट्रेलियाले तीन चरणको योजना तयार गरेको छ। पहिलो चरणमा दश जनासम्म भेला हुन पाउने, अन्तरराज्य यात्रा खुल्नेछ। खेलमैदान र साना क्याफे पनि खोलिनेछ।

•    भारतले औलो विरूद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधीको उत्पादन बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो औषधीलाई कोरोना भाइरस विरूद्ध “गेम चेञ्जर” भएको बताएका थिए।

•    न्यूजिल्यान्ड ताइवानलाई पनि विश्व स्वास्थ्य संगठनमा सहभागी गराउने बहसमा सहभागी भएको छ। महामारी नियन्त्रणमा सफलता पाएकोले धेरै फाइदा पुग्ने न्यूजिल्यान्डको तर्क छ।

•    व्यवसाय खुला गर्ने सम्बन्धमा सिडिसिले जारी गरेको मार्गनिर्देशन व्हाइट हाउसले रोकेको बताइएको छ।

•    उत्तर कोरियाका किम जोङ उनले भाइरस नियन्त्रणमा सफल भएकोमा बधाई दिदैं चिनियाँ नेता सि जिन्पिङलाई पत्र पठाएका छन्।

•    बेइजिङ र वाशिङ्टनको विवादबीच चीनका भाइस प्रिमियर लिउ हे, अमेरिकाका ट्रेजरी सेक्रेटरी स्टिभन मुन्चिन र व्यापार प्रतिनिधी रोबर्ट लाइटहाइजरले फोन वार्ता गरेका छन्। वर्षको प्रारम्भमा पहिलो चरणको व्यापार सम्झौता’bout उनीहरूले कुराकानी गरे। दुवै पक्षले प्रगति राम्रो भइरहेको र सम्झौता अन्तर्गतका शर्तहरू पूरा हुने अपेक्षा गरिएको छ।
 

द गार्डियन/काठमाडौँ प्रेस