मानिसलाई किन प्यारो छ रक्सी ?
डाक्टरलाई जँचाइसकेपछि औषधि खाने विषयमा सबै बिरामी वा आफन्तले सधैं नबिर्सी सोध्छन्, ‘औषधि केसँग खाने ? तातो कि चिसो पानीसँग खाने ? खाना खाएपछि या खानु अगाडि ?’ त्यसबाहेक एउटा प्रश्न पनि अनिवार्य रूपमा राख्छन्, ‘के–के कुरामा मुख बार्नुपर्छ ?’ बिरामीजस्तै चिकित्सकले पनि टेप खोलेजस्तै भन्छ, ‘अमिलो, पिरो, चिल्लो, भुटेको र तातो नखानू, रक्सी र चुरोट त छुनै हुँदैन ।’
यसरी रक्सीको प्रसंग उठाउँदा कहिलेकाहीं डाक्टर आफैं पनि असजिलोमा पर्ने अवस्था आउँछ । ३२ वर्षको डाक्टरी जीवनमा मैले कैयौं पटक यस्ता अनुभव आफैं गरेको छु । एक पटक एक आधुनिक भेषभूषाका युवकलाई मैले पिउने गर्नुहुन्छ कि भनेर सोध्दा उनले अचम्म मान्दै जवाफ दिए । ‘तपाईं पनि के प्रश्न गर्नुहुन्छ, आजको जमानामा नपिइकन कतै काम चल्छ र ? बरु कति पिउनु हुन्छ भनेर सोध्नोस् न !’
त्यस्तै अर्का युवकलाई रक्सी नपिउनुहोला भनेपछि उनले प्रतिवाद गरे । ‘तपाईं रक्सी नखानोस् त भन्नुहुन्छ, तर तपाईं डाक्टरहरु पनि मौका परेको बेला बाँकी राख्नुहुन्न । तपाईंलाई याद छैन होला, एक पटक मैले काम गर्ने होटलमा डाक्टरहरुको पार्टी हुँदा तपाईं स्वयम्ले साथीहरुसँग मज्जाले पिउनुभएको थियो । आफूचाहिं पाए नछोड्ने, अरूलाई मात्र नपिउनु भन्ने ?’ उनले संकेत गरेको घटना मलाई याद छ, त्यस दिन मैले अलिकति पिएकै पनि थिएँ । मैले उनलाई गोलमाल र टालटुल जवाफ दिएँ । तर, त्यस घटनापश्चात् यो गर्नोस्, यो नगर्नोस् भनेर अर्ती दिने कुरामा म होसियार हुन थालें ।
एक जना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठीक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूला बडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्री जस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान् लेखक र कलाकार दिल खोलेर पिउँछन् । हाम्रा स्वरसम्राट नारायण गोपाल दाइ कति पिउनुहुन्थ्यो या हरिभक्त कटुवालले रक्सीकै नशामा कस्ता–कस्ता कविता पिउनु … माफ गर्नुहोस् लेख्नुहुन्थ्यो ।’
मैले भनें, ‘तपाईं पनि त्यस्तै महान् हुन सिर्जना गर्नोस् अनि पिउनुहोला । तर, आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरुमाथि नै अन्याय र तिरष्कार गर्नु हो ।’
बिरामीहरुका यस्ता तर्क सामना गर्दा मलाई एउटा पुरानो घटना सम्झना हुन्छ । म विद्यार्थी छँदा कलेजमा मदिरा दुव्र्यसनसम्बन्धी सेमिनार भएको थियो । दुव्र्यसनको उपचार र रोकथाम गर्ने विशेषज्ञको भेला थियो । सेमिनारको समापनमा आयोजित रात्रिभोजमा चाहिं रक्सीको राम्रै उपयोग भयो । केही सहभागीलाई त बढी पिएका कारण साथीहरुले स्याहार्नुपरेको थियो । त्यसबेला मेरो मनमा पनि यस्तै प्रश्न उब्जिएका थिए, जुन अचेल मलाई बिरामीले सोध्ने गर्छन् ।
मैले धेरै ठाउँमा लागूपदार्थसम्बन्धी चर्चा गर्दा मदिरा र धूमपानलाई कानुनले छुट दिएको दुव्र्यसन भनेर लेखेको छु । सामाजिक, आर्थिक, मनोवैज्ञानिक प्रभावका हिसाबले हेर्ने हो भने यिनै वैधानिक दुव्र्यसनबाट सबभन्दा बढी हानि भएको छ । तथ्यांक हेर्ने हो भने विकसित र आधुनिक समाजमा कडा र खतरनाक नशालु पदार्थबाट मर्नेको संख्याभन्दा कानुनी छुट पाएका चुरोट र रक्सीबाट मर्नेको संख्या ३० गुणा बढी छ । अमेरिकामा मात्रै प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेमध्ये झन्डै २५ हजार जतिको मृत्यु रक्सीकै कारणले भएको हुन्छ । यस्ता तथ्यांक अनगिन्ती छन् । तैपनि मदिरा सेवन बढिरहेको छ र यो दिनदिनै जटिल समस्या बन्दै गएको छ ।
अर्कोतिर इतिहास र सामाजिक सन्दर्भ हेर्दा मदिरा सेवनलाई सधैं विशुद्ध दुव्र्यसनको रूपमा मात्र लिइनु पनि हुँदैन । मदिरा सेवन मानव सभ्यता सुरु भएदेखि नै प्रचलनमा छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठहरुमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दूहरुका लागि ग्राह्य मात्र हैन, पवित्र मानिन्छ । प्रायःजसो यहाँ प्रचलित सबै तान्त्रिक विधिहरुमा मदिरा नभई हुँदैन । त्यस्तै व्रिmश्चियन धर्मको बाइबलका कथाहरुमा प्रभु येशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णन छन् । एक विशेष भतेरमा आफ्नो रगतलाई मदिराको संज्ञा दिएकाले येशुका अनुयायीहरुले पवित्र वस्तुको रूपमा मदिरा सेवन गर्छन् । यसरी धार्मिक र सामाजिक परम्परा सँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । सायद यिनै ऐतिहासिक, धार्मिक र सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रयोगले वैधानिक छुट पाएको हुन सक्छ ।
हिजोआज बिरामीसँग मदिरा’bout चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरेमा यसले मुटुरोगीलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै–थोरै सधैं पिउने गरेमा मुटुको रोग नै लाग्दैन होला ! तर यो तर्कसँगै खतरनाक कुतर्क लुुकेको छ । कुनै वस्तुको लाभको चर्चा गर्दा त्यसबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष हानि र त्यसले उत्पन्न गर्ने खतरासँग जोड–घटाउ गरेर मात्र शुद्ध लाभको मूल्याङ्कन गर्नुपर्छ । उदाहरणका रूपमा हाल प्रचलित दुखाइ कम गर्ने दवाइहरु भन्दा अफिम या मार्फिया बढी प्रभावकारी, सस्तो र हानिरहित मानिन्छन् ।
तर, अफिमको सेवनबाट प्रायः छुटाउन नसकिने दुव्र्यसन पैदा गर्ने हुँदा अफिम या मार्फियालाई अति विशेष स्थितिमा बाहेक दुखाइ कम गर्ने (Painkiller) को रूपमा प्रयोग गरिँदैन । मुटुका रोगीलाई थोरै–थोरै मदिरा पिउने सल्लाह दिँदा मदिराबाट हुने दुव्र्यसनबाट बच्ने उपाय पनि सिकाउनुपर्छ । ‘धेरैचाहिं नपिउनु होला नि !’ भन्नेबाहेक हामीसँग अरू विकल्प पनि छैन ।
थोरै मात्रामा मदिरा सेवन गर्दा फाइदा गर्छ भन्नुभन्दा सेवन नै नगर्दा के बेफाइदा गर्छ ? के मदिरा सेवन नगर्नेलाई बढी मुटुको रोग लाग्छ ? यो पनि बुझ्नु जरुरी छ । रक्सी नखाँदा कुनै पनि हानि या खतरा पैदा हुँदैन । यसको सेवन गर्नु जरुरी पनि छैन र सेवन नगर्दा कुनै हानि हुँदैन । कतिसम्म पिउन हुन्छ, कुन–कुन परिकारका मदिरा उत्तम हुन् र कस्तो समयमा सेवन गर्न ठीक छ जस्ता अनेकौं प्रश्न अनावश्यक र भ्रम सिर्जना गर्ने खालका हुनाले मदिरा सेवनको विषयमा कुनै कुरा नगर्नु राम्रो हुन्छ ।
जनमानसमा मदिरा सेवन’bout केही भ्रम पनि छन् । रक्सी पिएको बेला मन आँटिलो, फूर्तिलो र जोशिलो भइन्छ भन्ने मुख्य भ्रम हो । रक्सीले मान्छेको मस्तिष्कलाई धुमिल्याउने, सतर्कता, होसियारी र खतराको महसुसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टैखाल्टा भएको जमिनमा हिँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं । तर, वर्षापछि छिपछिपे पानीले त्यही जमिन ढाक्यो भने खाल्टा देखिँदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतरा टर्दैन । त्यस्तै मदिरा सेवन गरेको बेलामा आउने, आँट, जोश पनि देखावटी मात्रै हो, यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ ।
थाकेको बेला रक्सीले आराम दिन्छ र थकाइ मेटाउँछ भन्ने अर्को एउटा प्रचलित भ्रम पनि छ । तर, कहिलेकाहीं मात्र पिउनेलाई अलिकति पिएर सुतेको भोलिपल्ट शरीरमा आराम र फूर्तिको सट्टा भारीपन, टाउको दुख्ने, वाकवाक लाग्ने, शरीर दुख्ने जस्ता अनुभव हुनेगर्छ । शरीरमा प्रवेश गरेको रक्सी पचाउनु पर्दैन, यो सोझै शरीरका हरेक अङ्गमा पुग्छ । रक्सीलाई बाहिर फाल्नु अगाडि शरीरले यसलाई अरू रासायनिक वस्तुमा परिणत । त्यसरी पैदा हुने ‘एसिटाइल डिहाइड्रेड’ भन्ने तङ्खव विषालु मानिन्छ । यसका कारण टाउको दुख्ने, उल्टी आउन खोज्ने र मांशपेशी दुख्ने हुन्छ । कतिपयमा रक्सीले यौनशक्ति बढाउँछ भन्ने गलत धारणा पनि पाइन्छ ।
बरु रक्सीले शारीरिक र मानसिक व्रिmयालाई दबाउँछ । त्यसरी दबिने क्तममा सबैभन्दा संवेदनशील मानसिक व्रिmया–आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् । नियन्त्रित अवस्थामा रहेका उत्तेजना, आक्तामक स्वभाव र उत्ताउलोपन माथि आउँछन् । व्यक्तिले कसैसँग पनि लाज, डर तथा खतरा महसुस गर्दैन र ऊ उत्ताउलो एवं नकच्चरो बन्छ । अरू बेला हिम्मत नगरेका काम अरूलाई जिस्क्याउने, पिछा गर्ने र हात हाल्ने पनि गर्छ । आपूmलाई लाज र शरमको अनुभव नहुँदैमा लज्जास्पद बोली या काम अरूलाई सामान्य हुन सक्दैन भन्ने उसले बुझ्दैन । रक्सीले छोडेपछि उसलाई सबै लाज–शरम दोब्बर बढी अनुभव हुन्छ र ऊ झन् ग्लानिमा फस्न पुग्छ । यौनशक्ति चाहिं मदिरा सेवनले झन् कमजोर बनाउँछ र घटाउँछ । जवान र स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन हुन सक्छन् ।
उपचार गर्दा प्रयोग हुने केही औषधिले पनि यौनशक्ति क्षीण पार्छन् । तनाव र औषधिले गरेको कमजोरी अस्थायी हुन्छ र रोग निको भएपछि आफैं हटेर जान्छ । तर, मधुमेह र रक्सीबाट हुने यौन दुर्बलता झन्डै स्थायी हुन्छ । आफू कमजोर भएको कारण नै जँड्याहाहरु आफ्नी श्रीमतीलाई ‘मबाट नपाएको सन्तुष्टि अरूसँग लागेर लिने गरेको हुनुपर्छ’ भन्ने शंकाले ग्रस्त हुन्छन् । यही शंकाले पिछा गर्ने र पिट्ने गर्छन् ।
रक्सी पिएपछि त्यसले पेट पोल्छ । आमाशयको भित्री भाग जलाउँछ, पाचन रसको मात्रा घटाइदिन्छ र सुक्खा पेटमा अजीर्ण गराउँछ । तर, कतिपय व्यक्ति रक्सीले पचाउँछ, हजम गर्छ र रक्सी खाएको बेला जति खाए पनि हुन्छ भन्ने ठान्छन् । मदिरा दुव्र्यसनीलाई डाक्टरकहाँ लैजाँदा तिनका आफन्त र केही बुज्रुक व्यक्तिहरु पनि साथमै आउँछन् । मदिरा सेवनकर्ता दुव्र्यसनको चरणमा पुगेपछि खाना पचाउन छाड्छ, भोक लाग्दैन, दैनिक आहारा कम हुन्छ र रक्सी मात्र पिउँछ । त्यसैलाई इंगित गर्दै बुज्रुकहरु भन्छन्, ‘पिउन पनि त जान्नुपर्छ, पिउनै त हामी पनि टन्न पिउँछौं । २–४ क्वार्टर पिउँदा १–२ किलो मासु पनि सिध्याइन्छ । रक्सीले त्यही मासु पचाउँछ र जीउ पनि बचाउँछ ।’ तर, रक्सी मात्रै खानेको चाहिं शरीरकै मासु पचिरहेको हुन्छ । यस्तो टिप्पणी गर्ने बुज्रुकहरु यसरी २–४ क्वार्टरको दरले पिउँदै जाँदा आफ्नो गन्तव्य पनि त्यही ‘बिनामासुको रक्सी’ मा पुग्छ भन्ने बुझ्दैनन् । बिरामी पनि यस्ता कुरा सुनेपछि पसिना र कम्पनसहितको हातले इशारा गर्दै दयनीय स्वरले थप्छन्, ‘ पहिला त म पनि त्यसै भन्थें, २–३ प्लेट ममचा र भुटन एकै बसाइमा रित्याउँथें । अब त एक गाँस भात पनि पच्दैन ।’
केही वर्षअगाडि एक जना स्वास्थ्यकर्मीलाई नै मदिराको लतबाट छुटाउनुपर्ने भयो । मैले उनीसँग कसरी त्यस्तो अवस्था आयो भनेर सोधें । उनले लामो जवाफ एक सासमा दिँदै भने, ‘जागिरमा राजनीति लाग्यो । आफ्नो मेडिकल हल र क्लिनिक छोडेर जागिर जोगाउन कर्णालीका हेल्थपोस्ट जानुप¥यो । काम केही थिएन, जाडो धेरै, सबैले पिउने । फेरि परिवार छोडेर एक्लै बस्नुपर्ने अवस्था । जाडो भगाउन पिउँदा–पिउँदा लत नै बस्यो । जागिर त सरुवा भयो तर लतले चाहिं घर आए पनि पछ्याइरह्यो ।’
बुझ्नुपर्ने कुरा के हो भने रक्सीले कहिल्यै जाडो कम गर्दैन । जाडो हुँदा छालामा काँढा उम्रिएको हामी सबैले अनुभव गरेकै कुरा हो । छालाका मसिना रक्तनली साँगुरिने भएकाले शरीरको रगतमा भएको तापक्तम छालाबाट चिसो हावामा बाहिर बग्दैन र केही हदसम्म शरीरलाई चिसो लाग्नबाट बचाउँछ । तर, रक्सी खाँदा उल्टै छालाका नली फुकाइदिन्छ । यसपछि शरीरको तातो रगत बढी मात्रामा छालामा आउँछ, चिसो हावासँग सम्पर्क गर्छ र बढी ताप नष्ट हुन्छ । शरीरले तातोपन गुमाएकाले चिसो घुस्छ । तर, बढी तातो रगत छालामा खेल्ने हुनाले न्यानोपनको गलत भ्रम उत्पन्न हुन्छ । ठण्डी लागेको बेला घाँटी या गला दुखेमा रक्सी सेवनबाट कम हुँदैन बरु उल्टो बढ्न सक्छ । रक्सीले चिसोबाट कदापि बचाउँदैन ।
रक्सी’bout यस्ता अनगिन्ती भ्रम छन् अर्थात् सबै जनविश्वास भ्रमपूर्ण नै छन् ।
यिनै भ्रमको प्रयोग गर्दै सेवनकर्ताले यसको प्रयोग बढाइरहेको हुन्छ । तर, यथार्थ के हो भने बिरलै अवस्थामा मात्र मदिराको प्रयोग उपयोगी हुन सक्छ । तर, सम्बन्धित विज्ञले निश्चित उद्देश्यका लागि त्यस्तो प्रयोग गर्ने स्वीकृति दिएमा मात्र पिउन मिल्छ । सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिकोणले लाभदायक छैन । तर, रहस्यमय के छ भने मदिरा यस्तो वस्तु हो, जसले कवि, लेखक, कलाकारदेखि राजनीतिज्ञलगायत असंख्य सर्वसाधारणलाई युगौंदेखि आफ्नो वशमा लिएर नष्ट पारेको छ । अझ कति व्यक्ति र परिवारलाई यसले बगाउँछ त्यो अहिले समयकै गर्भमा छ । sarlapatrika.com बाट साभार
(मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा . विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमश प्रकाशन गरिने छ ।)