कोरोना भाइरस दोस्रो पटक पनि लाग्छ ?

कोरोना भाइरसले एक पटक बिरामी परेपछि दोस्रो पटक पनि बिरामी होइन्छ?

यो प्रश्नको उत्तर प्रष्ट छैन। कोरोना भाइरसको संक्रमण भएपछि शरिरले उत्पादन गर्ने एन्टिबडीले प्रतिरोधी क्षमता विकास गर्छ कि गर्दैन? गर्छ भने कति समयका लागि ?   यो मुख्य प्रश्न हो।

केही संकेत भने पाइएका छन्। “यसअघि गरिएका सामान्य कोरोना भाइरस अध्ययनमा प्रारम्भिक संक्रमणपछि एक वर्षसम्म पनि संक्रमण सर्न सक्ने देखिएको छ,” युनिभर्सिटी कलेज लन्डन अस्पतालका डा. बेन किल्लिङलेले भने।

फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरका डा. जोसुवा सिफरले फेरि हुने संक्रमण’bout विस्तृत अध्ययन आवश्यक हुने बताए। “फेरि संक्रमण पुष्टि गर्ने मामिला वैज्ञानिक साहित्यमा मैले देखेको छैन। एकाध घटनाकै आधारमा यस्तो हुन्छ भन्न सकिँदैन,”उनले भने।

दक्षिण कोरियामा के भएको थियो?

सुरूमा निकै चिन्ता थियो। बिरामी फेरि संक्रमित भए भनेर विशेषज्ञहरू डराएका थिए। तर विश्व स्वास्थ्य संगठनले ती नतिजा गलत भएको बताएको छ। पीसीआर परीक्षणले भाइरसको जेनेटिक म्याटरियल पहिचान गर्ने भएकाले भाइरस सक्रिय र संक्रामक छ वा छैन खुलाउँदैन।

किन कसैको लक्षण लामो समयसम्म रहन्छ?  पहिलो पटक संक्रमित भएपछि कोभिड १९ का केही बिरामीलाई जटिल समस्या हुन्छ।

“केही बिरामी निको हुन्छ। ज्वरोलगायतका सङकेत र लक्षण पनि घट्दै जान्छ। तर केहीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन थाल्छ। उनीहरूलाई अस्पतालमै अक्सिजन दिनुपर्छ,” लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक डेभिड हेम्यानले भने, “यो प्रतिरोधी प्रणालीको प्रतिकार्य हो। कसैलाई यसको गम्भीर प्रभाव पर्छ। विभिन्न अंगमा बाँकी रहेका भाइरससँग प्रतिक्रिया हुन्छ।”

कोभिड १९ को सामान्य अनुभव भएका केहिले थुप्रै साता वा महिनासम्मै लक्षण देखिएको बताएका छन्। दीर्घकालीन प्रभाव के पर्छ र कति सामान्य हो, समय र परीक्षणले बताउने विशेषज्ञहरू बताउँछन्।

यसरी लक्षणहरू देखा परिरहनुको कारण प्रष्ट नभएको किल्लिङलेले बताए। संयन्त्र र जोखिम प्रष्ट नभए पनि यसका थुप्रै सम्भावना छन्। भाइरसले हुने जलन पनि एउटा कारण हुनसक्छ।

इम्पिरियल कलेज लन्डनमा इन्युनोलोजी प्राध्यापक ड्यानियल अल्टम्यानले यस्ता घटनाको अध्ययन महत्त्वपूर्ण हुने बताए।  “दीर्घकालीन रोगको जटिलता व्याख्या गर्ने क्रममा छौं। आउने र जाने लहरले क्रोनिक फटिग सिन्ड्रोमजस्तै देखिन्छ। यी घटनाहरूले भाइरस पूर्ण रूपमा नष्ट नभएको वा प्रतिरोधात्मक कार्यमा केही क्षति पनि पुगेको हुनसक्छ,” उनले भने।

यस्ता घटना चिन्ताको विषय भएको सिफर बताउँछन्। उनी भन्छन्,“सार्स कोभ २ को सवालमा फोक्सोमा लामो समयसम्म जलन हुने वा दाग बस्ने सम्भावना’bout हामी चिन्तित थियौं।”

के कोरोना भाइरस शरीरमा निष्क्रिय रहन र फेरि सक्रिय हुन सक्छ? 

यसको सम्भावना कम भएको विशेषज्ञहरू बताउँछन्। “केहीले भाइरसको रिएक्टिभेसन’bout छलफल गरेको मलाई जानकारी छ। तर यसले मलाई कुनै सहयोग पुग्दैन,” अल्टम्यानले भने,“यो अन्य भाइरस विशेष गरि हर्पिस भाइरस परिवारबाट ल्याइएको शब्द हो। सो भाइरस शरिरमा निष्क्रिय रहनसक्छ र वर्षौंपछि फेरि सक्रिय हुनसक्छ। कोरोना भाइरसले पनि यस्तो गर्न सक्छ भन्ने प्रमाण छैन।”

कोभिड-१९ का बिरामी कहिलेसम्म संक्रामक हुन्छन्?

चीनले हालै मात्र ६० जना कोरोना भाइरस बिरामीको अध्ययन गरेको थियो। अध्ययनमा अस्पतालबाट डिस्चार्ज भएपछि दश जना फेरि कोभिड १९ पोजिटिभ देखिए।

तर परीक्षणमा निष्क्रिय भाइरसको जेनेटिक म्याटरियल पत्ता हुने भएकाले यस्तो हुने विशेषज्ञहरू बताउँछन्। दक्षिण कोरियामा गरिएको अध्ययन अनुसार कोभिड १९ का बिरामी निको भएर पोजिटिभ देखिए पनि उनीहरू संक्रामक हुँदैनन्।

“प्रारम्भिक संक्रमणपछि नाक वा घाँटीमा चार सातासम्म भाइरस देखिनु सामान्य हो। तर परीक्षणमा   जेनेटिक म्याटरियलको पहिचानबाहेक   एक सातापछि पोजिटिभ देखिँदैनन्,” किल्लिङले भन्छन्,“निकै साताअघि प्रारम्भिक संक्रमण भएको व्यक्ति फेरि संक्रामक भएको रिल्याप्स केस मैले भेटेको छैन।”

सिफर भन्छन्,“मेरो विचारमा प्रारम्भिक संक्रमण भएको धेरै सातापछि सार्स कोभ २ आरएनए भेटिनुको कारण कोशिकामा भइरहेको भाइरल रेप्लिकेसन हो। यसले सानो परिमाणमा भाइरस सक्रिय भएको पनि अर्थ लाग्छ,” उनले भने,“तर परिमाण एकदमै सानो हुन्छ र शरिरमा संक्रमण हराउँदै गएको सङ्केत पनि हुनसक्छ।”

लक्षण नदेखिएको अवस्थाबाहेक गम्भीर लक्षण भए रोग सर्ने सम्भावना बढी हुने अल्टम्यानले बताए। सामान्यतया यस्तो १२ दिनसम्म हुन्छ र २८ दिनपछि हराएर जान्छ। उनी भन्छन्,“यसपछि पनि सञ्चो नभएका व्यक्तिलाई भाइरसले नभएर प्रतिरोधात्मक क्षमता वा जलनको कारण त्यस्तो भएको हुनसक्छ।” निकोला डेभिस/ दि गार्डियन (काठमाडौँ प्रेस)