कोरोना भाइरसमा आइरहेको म्युटेशन(व्यवहार परिवर्तन)ले अझै खतरा बढाउँछ ?
काठमाडौं, साउन ४ : सारा विश्वलाई नै कोरोना भाइरसले आतङ्कित बनाएको छ। आधिकारिकरुपमा सार्स–कोभ–२ को नामले चिनिने यो भाइरसले विश्वभरका मानिस संक्रमित भइरहेका छन्। तर, अहिलेको कोरोना भाइसर त्यो होइन, जो पहिलो पटक चीनबाट सुरु भएको थियो। अहिलेकाे भाइरस म्युटेड भइरहेको छ।
म्युटेड हुनुको अर्थ भाइरसको जेनेटिक मेटेरियलमा परिवर्तन हुनु हो। वैज्ञानिकले कोरोना भाइरसमा हजारौं म्युटेशन देखिएको बताएका छन्। यद्यपी केवल एक म्युटेशन मात्रै यस्तो छ, जसले भाइरसको व्यवहार परिवर्तन गर्न सक्छ। वैज्ञानिकहरुले त्यसको संकेत फेला पारेका छन्। के यो म्युटनेशनले भाइरसलाई अझ धेरै खतरनाक र प्राणघातक बनाउन सक्छ? जुन भ्याक्सिनमा हामी आशा गरेर बसेका छौं, त्यसको सफलतामा पनि यसको खतरा छ? यस्तै प्रश्नहरु अहिले जन्मिएका छन्।
कुनै फ्लू भाइरसको तुलनामा कोरोना भाइरस धेरै रुपमा परिवर्तन भइरहेको छ। तर, मानिसमा कोरोना भाइरसबाट बच्ने इम्युनिटी पावर कम छ। कोरोना भाइरसको अहिलेसम्म भ्याक्सिन बन्न सकेको छैन, भने प्रभावकारी उपचारको तरिकासमेत छैन। सोही कारण अहिले कोरोना तीव्र गतिमा फैलिइरहेको छ।
वैज्ञानिकले भाइरसमा ‘डीसिक्सवानफोरजी’ नामको म्युटेशन देखेका छन्। जुन भाइरसको ‘स्पाइक’मा हुन्छ। र, जसको सहयोगले भाइरस हाम्रो शरिरको कोषमा छिर्छ। चीनको वुहानपछि भाइरसको यो म्युटेशन इटालीमा पाइएको वैज्ञानिकहरुको अनुमान छ। यही म्युटेशन अब विश्वभरका ९७ प्रतिशत नमूनामा पाइएको वैज्ञानिकहरु बताउँछन्।
अब प्रश्न यो उठ्छ कि यही म्युटेशनका कारण नै भाइरस यती तीव्र गतिमा फैलिएको हो? वा यो संयोग मात्रै हो? युनिभर्सिटी कलेज लन्डनका डा. ल्यूसी वेन ड्रपका अनुसार भाइरस फैलने कुनै एक मात्रै कारण हुँदैन, भाइरसले आफ्नो प्रसारलाई लगातार परिवर्तन गरिरहन्छ। केही परिवर्तनले त्यसलाई फैलन सहयोग गर्छ भने कुनैले फैलनाबाट रोक्छ।
धेरै जानकारहरु शेफिल्ड विश्वविद्यालयका डा. युशान डी शिल्भासँग सहमत छन्। डी सिल्भाका अनुसार अहिलेको कोरोना भाइरसको भर्जनमा एक ‘सलेक्टिभ एडभान्टेज’ छ र यसले पछिल्लो भर्जन भन्दा धेरै तीव्र गतिमा फैलने क्षमता राख्छ। यस्तो भन्नुको पछि पर्याप्त डाटा रहेको सिल्भाको भनाइ छ।
‘अहिलेको भाइरस पहिलेको भन्दा न्यूट्रल छैन,’ उनी भन्छन्। फ्लोरिडाका स्क्रिप्स विश्वविद्यालयका प्रोफेस हायेरयुन र माइकल फर्जानले कोरोना भाइरसको यो भर्जनलाई ल्वाबमा परीक्षण गरेका थिए। परीक्षणबाट यो पत्ता लाग्यो कि म्युटेड भाइरस मानिसको कोषमा आफ्नो पछिल्लोरुपको तुलनामा सहजै प्रवेश गर्न सक्छ। स्पाइक प्रोटीनमा हुने परिवर्तनले यसलाई कोषमा सहज तरिकाले छिर्न र टाँसिन सहयोग गर्छ।
न्यूयोर्क विश्वविद्यालयका नेविले सन्जनाले भाइरसको स्पाइक प्रोटिनमा परिवर्तन ल्याउने कोशिस गरे। र, त्यसको तुलना वुहानमा फैलिएको सार्स–कोभ–२ सँग गरे। यसरी हेर्दा म्युटेड भाइरसको फैलने शक्ति सुरुवातको भाइरसको भन्दा धेरै देखिएको उनको भनाइ छ।
म्युटेड भाइरसको असर बिरामीमा कति असर पर्छ? भन्ने चाहिँ अझै स्पष्ट नभएको डा.वेनको भनाइ छ। प्रोफेसर फर्जान यसले मानिसलाई धेरै दिनसम्म बिरामी पार्छ र अस्पताल धेरै दिनसम्म रहनुपर्छ भन्ने विषयको प्रमाण भने अहिलेसम्म प्राप्त नभएको बताउँछन्। सामान्यरुपमा भाइरस तीव्र गतिमा फैलन्छ भने यसको मतलब यो होइन कि त्यो प्राणघातक छ। कतिपय अवस्थामा यसको अवस्था उल्टोसमेत हुन सक्छ। म्युटेड भएपछि कोरोना भाइरसका बिरामी ज्यादा खतरनाक हुनसक्ने प्रमाणसमेत फेला परिसकेको छैन।
प्रोफेसर कार्बकारका अनुसार यो नयाँ म्युटेड भाइरस चीनको अन्य ठाँउमा समेत पाइएको छ। यसले यो कुराको संकेत गर्छ कि नयाँ भर्जनको भाइरस मानिसको बीचमा फैलने दर मुल भर्जन भन्दा राम्रो हुन सक्छ। डीसिक्सवानफोरजी भेरिएन्ट यती प्रभावकारी छ कि यही महामारी बनेको छ। पूर्वी अमेरिका र ब्रिटेनमा त महामारीको सुरुवातपछि यही भाइरसले संक्रमण फैलाइरहेको छ।
अहिले अधिकांश भ्याक्सिन अलग–अलग स्पाइकलाई ध्यानमा राखेर बनाउने प्रयास भइरहेको छ। ती भ्याक्सिनमा म्युटेनशनको धेरै असर नहोस् भन्नेमा ध्यान दिइएको छ। केही यस्ता प्रमाण पनि फेला परेका छन् कि नयाँरुपको यो भाइरस एन्टीबडी प्रति संवेदनशिल छ। जसले दोहोर्याएर इन्फेक्सन हुने स्थितीमा भ्याक्सिन लिएपछि बचाउन सक्छ। तर, कोभिड–१९ को साइन्स लगातार परिवर्तन भइरहेको र वैज्ञानिहरुले लगातार यसमाथि ध्यान दिइरहेका छन्।
बीबीसी हिन्दीबाट/काठमाडौँ प्रेस