जोमसोममा शालिग्राम पार्क

 

जस्ले पनि सोध्छ, खास गरेर मुक्तिनाथ आउने भारतीय तीर्थयात्रीहरुले त सोधेर हैरानै पार्छन–असली शालिग्राम कस्तो हुन्छ ? सुनबाट बनेको हुन्छ रे हो ? एकदमै गह्रौं हुन्छ रे ! प्रत्येक शालिग्रामभित्र चक्र रहेको हुन्छ रे ! कसरी यस्तो संभव भयो ? वास्तवमा यो हुन्छ चाँहि कस्तो ?

गएको साता मुस्तांग जिल्लाको सदरमुकाम जोमसोमको शालिग्राम पार्कमा विहानैदेखि चहलपहल थियो । कोही धोइरहेछन्, कोही पुछिरहेछन् । कोही तेल घसी रहेछन् । हो हल्ला र कल्यांग–मल्यांग बिहानभर चर्कै सुनिइरह्यो । त्यसको कारण अरु थिएन, देशकै एकमात्र शालिग्राम पार्कमा रहेका शालिग्रामलाई नुहाएपछि तेल घस्नु र घाममा सुकाउनु थियो ।

 

संसारमै एकमात्र ठाउमा शालिग्राम पाइन्छ र त्यो हो– कालिगण्डकी नदी किनारा ! कालिगण्डकी नदी हिन्दू धर्मावलम्बीहरुका लागि त्यस्तो पवित्र नदी हो जहाँ शालिग्राम बगिरहेको हुन्छ ।

 

बराह पुराणको प्रसंग

 

हिन्दू धर्मावलम्बीका अठार पुराणहरु मध्ये बराह पुराणमा गण्डर्धी नाम गरेका एक ऋषिको प्रसंग छ । उनकी गण्डकी नाम गरेकी छोरी थिइन् । उनले हिमालयमा बसेर रुखका पात खाएर र पातमै आसन लगाएर बाह्र हजार वर्षसम्म भगवान विष्णुको तपस्या गरिन् । विष्णु भगवान उनीसंग प्रसन्न भएर भने–म तिम्रो तपस्याबाट प्रसन्न भएँ । के वर माग्छ्यौ, माग !

 

तपस्वीले भनिन्, साँच्चै मेरो तपस्यावाट प्रसन्न भएका हौ भने हे विष्णु तिमी मेरो गर्भबाट मेरो सन्तान बनेर जन्म लेउ !

 

भगवान विष्णुले गण्डकीलाई भने, तिम्रो इच्छा पुरा गर्न म शालिग्राम शिलाको रुपमा तिम्रो गर्भमा बस्नेछु र तिम्रो पुत्रको रुपमा पैदा भएर भक्तहरुलाई आशिर्वाद दिने छु ।

 

मुक्तिनाथको उत्पत्ति, ऐतिहासिक पृष्ठभूमि र यसको विकासक्रम शीर्षकको लेखमा लामो समय मुस्तांग बसेका नरहरि बरालले मुस्तांग सन्देशमा लेखेका छन्–शिववाट विष्णुले आशिर्वाद पाएकाले यो क्षेत्रको नाम नै मुक्ति क्षेत्र रहेको हो । ब्रम्हाले यहीं यज्ञ गरेकाले यो क्षेत्र ब्रम्हा, विष्णु र महेशको संगम हो भन्ने मानिन्छ ।

 

त्यसवाहेक भगवान विष्णु शालिग्राम र भगवती लक्ष्मी तुलसीको रुप लिइ शालिग्राम र तुलसीको विवाह भएको सन्दर्भमा हरेक वर्ष मंसीर महिनाको पंचमी तिथिमा हिन्दूहरुले विवाह पर्व मान्ने गर्छन् ।

 

अन्य अनेक किंबदन्तीहरु पनि मुक्तिक्षेत्रमा सुनिने रहेछ । जालन्धर र बृन्दाको कथा पनि रहेछ । जसअनुसार विष्णुले कालो ढुंगाको रुपमा शालिग्राम, झारको रुपमा तुलसी, कांस र कल्पवृक्षको रुपमा पिपलको बोट बन्नु परेको थियो ।

 

शालिग्रामको अवस्था

 

शालिग्रामको मुहान दामोदर कुण्ड र त्यस वरिपरिको क्षेत्रलाई मानिने रहेछ । ’cause विश्वमै कालीगण्डकी तटमा मात्र शालिग्राम पाइने रहेछ । त्यसैले संसारभर हिन्दूहरुले पवित्र मानेर पुजा गर्ने शालिग्रामको एउटै स्रोत कालिगण्डकी क्षेत्र हो । यसलाई गिनीजबुकमा रेकर्ड गर्नु पर्ने देखिन्छ ।

 

तर सयौ वर्षदेखि कालिगण्डकी क्षेत्रबाट शालिग्राम संकलन गरी व्यापारीले दिन दुईगुना रात चार गुनको रुप लिएकाले पछिल्ला वर्षहरुमा कालिगण्डकी नदीमा शालिग्राम पाउनु त के देख्न पनि कठिन हुँदै गैरहेको छ । जस्ले पनि सोध्छ, असली शालिग्राम कस्तो हुन्छ ? सुनबाट बनेको हुन्छ रे हो ?! एकदमै गह्रौं हुन्छ रे ! प्रत्येक शालिग्रामभित्र चक्र रहेको हुन्छ रे ! कसरी यस्तो संभव भयो ? वास्तवमा यो कस्तो हुन्छ ? हरेक व्यक्तिका मनमा उत्पन्न हुने स्वाभाविक सवाल हो यो ।

 

यसैलाई मध्यनजर गरेर मुस्तांग जिल्लाको कर्मचारी मिलन केन्द्रको एउटा अत्यन्त उपयोगी ऐतिहासिक निर्णय ग¥यो । बैठकबाट एकै ठाउमा अनेक आकार र रुपरंगका शालिग्रामलाई संकलन गरेर आकर्षक पार्क किन नबनाउने भन्ने अभियान थालियो । केही वर्ष अघि काम पनि शुरु भयो । शालिग्राम पार्क शुरुवात गर्ने जस त्यसैले सबैले कर्मचारी क्लबलाई दिन्छन् ।

 

०७२ मंसीर ६ गते एकादशीको दिन जिल्ला प्रशासन कार्यालय र कात्यायनी मन्दिरको परिसरमा कर्मचारी मिलन केन्द्रको अगुवाइमा शालिग्राम चौतारी र उद्यान निर्माणको काम शुरु भयो । त्यसपछि जिल्लाभरका जंगी, प्रहरी, निजामती कर्मचारी, शिक्षक, स्थानीय वासिन्दा र यात्रुहरुको सहयोगमा जुटे । संसारकै पहिलो शालिग्राम पार्क ०७३ असार ३१ गते एकादशीका दिन उद्घाटनसमेत भयो ।

 

बाल सन्तको शालिग्राम महिमा

 

नेपालका जगतगुरु भनिने बालसन्त मोहनशरण देवाचार्य तयार पारेको शालीग्रामको महत्व सम्बन्धी स्तोत्रलाई शालिग्राम पार्कमा रहेको सिंगमरमरमा खोपिएको छ । जसमा शालिग्राम किन महत्वपूर्ण हो भन्ने वर्णन गरिएको छ र पार्कमा पुग्ने जो कसैले संस्कृत भाषामा लेखिएको शालिग्राम महिमा पढ्न, फोटो खिच्न र शालिग्राम’bout संपूर्ण कुरा जानकारी पाउन सक्छ ।

 

शालिग्राम किसिम किसिमका

 

शालिग्राम पार्कमा प्रदर्शनमा राखिएका शालिग्राम किसिम किसिमका र विभिन्न आकार प्रकारका रहेका देखिन्छन् । यी शालिग्राम यहाँका कर्मचारी, स्थानीय व्यक्ति र पर्यटक अथवा तीर्थयात्रीको रुपमा आएका व्यक्तिहरुले अर्पण गरेका हुन्, कर्मचारी मिलन केन्द्रका अध्यक्ष वैकुण्ठ न्यौपानेले भने ।

 

त्यसवाहेक कर्मचारी मिलन केन्द्रका सदस्यहरुले वर्षा सकिएपछि हरेक वर्ष कालीगण्डकी नदीमा शालिग्राम संकलन गरेर पार्कमा राख्ने पनि गरेका छौं । जसले गर्दा शालिग्रामको संख्या पार्कमा बढिरहेको छ । यति धेरै संख्यामा असली शालिग्रामको दर्शन एकै ठाउमा यहाँ बाहेक विश्वमा कहीं कतै गर्न नपाइने भएकोले शालिग्राम भक्त र अन्य अध्ययन–अनुसन्धान गर्न चाहनेहरुका लागि शालिग्राम पार्क जोमसोममा पुग्नै पर्ने, हेर्नै पर्ने पवित्र पार्क बनेको छ । यहाँ फोटो खिचेर शालिग्रामसंग आत्मसात गर्नेको संख्या दिनपरिदिन बढिरहेको छ ।

 

कर्मचारी मिलन केन्द्रका अध्यक्ष न्यौपानेले भने, शालिग्राम पार्क हेर्न हरेक दिन जोमसोम भित्रने पर्यटकहरु त आउने भैहाले त्यसवाहेक यहाँका कर्मचारी लगायत शालिग्रामको महिमा बुझ्नेहरु आएर दर्शन गर्ने गर्छन् । शालिग्राम पार्कमा बसेर घुमफिर, भेटघाट तथा बेगवान कालिगण्डकी नदी सुसाएको सुन्दै पानीको बहाव पनि किनारमै बसेर हेर्न पाइने भएकोले यो ठाउको आकर्षण दिन परदिन बढिरहेको छ ।

 

शालिग्राम पार्कमा गुच्चा जत्रादेखि भोगटे भन्दा ठूलो आकारका शालिग्रामहरु घेरवार गरेर राखिएको छ जसलाई प्रत्येक दर्शकले एकै ठाउमा बसेर नियालेर हेर्न र प्रत्येकका विशेषता केलाउन सक्नेगरी पार्कको निर्माण गरिएको छ ।

 

हाल कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रहेका कर्मचारी क्लबका अध्यक्ष न्यौपानेले भने, शालिग्राम पार्कको हिसाव किताव चुस्त र दुरुस्त रहेको छ । नयाँ दाताहरु थपिइरहेकाले तिनको नाम पनि प्रारंभमा दानदिनेहरुको जस्तै शिलालेख बनाएर थपिदै छ । त्यसले यहाँ आउने प्रत्येक व्यक्ति आफू र आफ्ना पूर्खाको नाम उल्लेख गर्ने ताँती बढिरहेको छ ।

 

शालिग्राम भक्त र शालिग्राम पार्कलाई चुस्त, दुरुस्त र आकर्षक गन्तव्य वनाउन कर्मचारी मिलन केन्द्रले जम्मा भएको सहयोगबाट जोमसोमको नमूना पार्क मात्र होइन, यहाँ आउने हरेकले भ्रमण गर्नै पर्ने केन्द्र बनाउन लागिरहेको बताए । उनले भने, अर्को वर्ष यहाँ आउनु भयो भने, करीव १५ रोपनी क्षेत्रफलमा फैलिएको शालिग्राम पार्क धेरै भब्य बनिसकेको हुनेछ । हामी संपूर्ण शालिग्राम, शालिग्राम पार्क र यहाँ रहेका शालिग्राम, तिनको महत्व र विशेषतावारे विस्तारमा जानकारी दिने पुस्तक प्रकाशित गर्ने तयारी पनि गरिरहेका छौ । ताकि प्रत्येक जिज्ञासुले शालिग्राम’bout यथार्थ जानकारी पाउन सकुन् । पुस्तकमा अहिलेसम्म सहयोग गर्नेहरुको नामावली, प्राप्त रकम र भए गरेका कामहरु’bout पूरै जानकारी दिने प्रयत्न गरिने छ ।

 

कर्मचारी मिलन केन्द्रका पूर्व अध्यक्ष महेश पौडेलले भने, यो काम हामीले किन पनि थालेका हौं भने यो पवित्र काम हो । हरेकलाई यो कार्यले उत्साही बनाएको छ । जोमसोमबाट सरुवा भएर गए पनि कर्मचारीले यसमा चासो दिन छाडेका छैनन् । तीर्थयात्रीको रुपमा मुक्तिनाथ आउदा शालिग्राम पार्क उनीहरु र उनका नातेदार इष्टमित्रको भ्रमण गर्नैै पर्ने ठाउ बनिरहेको छ ।

 

नेपालबाट भारतमा बिक्री गर्न अनधिकृत रुपमा लगिएका पचास बोरा शालिग्राम केही वर्ष अघि भैरहवा भन्सार कार्यालयमा गिरफ्तार गरियो । र, विश्वस्त सूत्रवाट के थाहा पाइयो भने, उनले भने– गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई छायामा पार्न नेपालको लुम्बिनी र तिलौराकोटबाट उखेलेर इट्टा लगेर जसरी भारतमा झुठो लुम्बिनी बनाउने प्रयत्न भएको छ, त्यसैगरी कालिगण्डकीबाट बीसौं पचासौं बोरा शालिग्राम लगेर हिमांचलको एउटा नदीमा बगाएर यही ठाउ हो शालिग्रामको उत्पत्तिस्थल भन्ने भ्रम फिजाउन खोजीएको थाहा पाइयो । सयौं किलोमिटर पर लगेर त भ्रम पार्न खोजिदो रहेछ भने, आफ्नै ठाउका शालिग्राम संकलन गरेर हामीले नै किन शालिग्राम पार्क नबनाउने भनेर तत्कालिन न्यायाधीश, प्रजिअ, सेना, प्रहरी र अन्य कार्यालयका प्रमुखहरु, शिक्षक लगायत स्थानीय व्यक्तिहरुले यो शुरुवात गरेका हौं । आगे शालिग्रामको जो मर्जी !