तपाईको पर्खाइमा पृथ्वीकी अप्सरा : रारा ! –अश्विनकुमार पुडासैनी
कर्णाली जाने हो भने मुगु जिल्लाको छाँयानाथ–रारा नगरपालिकामा रहेको रारा ताललाई ज्युँदैमा देख्न पाइन्छ । हेर्न पाईन्छ । सुन्न पाईन्छ । छाम्न पाईन्छ । सुघ्न पाईन्छ । राराको काखमा नै बस्न पाईन्छ । चुम्मन गर्न पाईन्छ । डुबुल्की मार्न पाईन्छ । पाँचै ज्ञानेन्द्रीयले अनुभुति गर्न पाईन्छ । रारा धर्तिकी अप्सरा हुन् । प्राकृतिक सौन्दर्यकी अनुपन विम्ब हुन् ।
नयाँ बर्षको पहिलो दिन, २०७५ साल बैशाख १ गते ।
कर्णाली प्रदेशअन्तर्गत मुगु जिल्लाको छायाँनाथ–रारा नगरपालिकामा अबस्थित रारा तालको किनारामा बसेर विगत, वर्तमान र भविष्यवारे चिन्तन गरिरहँदा रारा तालका प्राकृतिक छटाले भू–स्वर्गमा रहेको अनुभुति गराइरहे ।
शीतल, सौम्य, शालिन र पानीका अवीरल छालहरुको सललल आवाज निकाल्दै राराले गीत गाइरहिन् । झलमल्ल घाम लागेर खुलेको निलो आकास राराको पानीमा सेता बादलका थुप्राहरु प्रतिविम्वित भैरहेका थिए ।
अनवरत चलिरहेका पानीका छालहरुले सुन्दरतालाई गती दिइरहेका थिए । बिहान घाम झुल्किएसंगै चम्कीरहेकी रारालाई किन स्वर्गकी अप्सरा भनेका होलान् भनेर कसैले सोध्ने कष्ट नै गर्नु पर्दैन ? ’cause हरेकले प्रत्येक पल स्वर्गीय आनन्द जो पाइरहेको हुन्छ । यद्यपि, न कसैले ज्यूँदै स्वर्ग देखेका छन् नत कोहि कसैले अप्सरा नै भेटेका छन् । कोरा कल्पना नै सही तर रारा किनारामा उभिएर त्यसको सुन्दरता पान गर्नेले रारामा स्वर्गानुभूति नै गर्दो रहेछ ।
रारालाई ज्युँदैमा हेर्न पाइन्छ । सुन्न पाईन्छ । छाम्न पाईन्छ । सुघ्न पाईन्छ । काखमा नै बस्न पाईन्छ । चुम्मन पनि गर्न पाईन्छ । डुबुल्की मार्न पाईन्छ । पाँचै ज्ञानेन्द्रीयले रारालाई अनुभुति गर्न पाउछन् । त्यसैले यससंग समागम गर्नेले रारामा धर्तिकी अप्सरा देख्छ । रारा वास्तवमा नेपालको प्राकृतिक सौन्दर्यको अनुपन विम्ब हुन् ।
भौगोलिक अबस्थिति
कर्णाली प्रदेशको मुगु जिल्लाको छाँयानाथ–रारा नगरपालिका वडा नं ९मा अबस्थित रारादहलाई रारा ताल नामाकरण गरिएको हो । रारा समुद्र सतहबाट २९९० मिटर उचाइमा छ । यसको लम्बाई ५ किलोमिटर र चौडाई ३ किलोमिटर रहेको छ । राराको गहिराई २६७ मिटर, परिधि १६ किलोमिटर गरि पानिले ओगटेको कुल क्षेत्रफल १०.८वर्ग किलोमिटरमा फैलिएर रहेको छ । यो ताललाई किनारै किनाराबाट एक फन्कोमार्न (१६किलोमिटर) पदयात्रा गर्न चार घण्टा लाग्छ ।
साहित्य श्रृजनाको श्रोत
राराले साहित्यकारहरुलाई श्रृजनशीलताको श्रोतको काम गरेको छ । बि.सं.२०२०साल चैत्र १०गते मंगलबार राराको दक्षिणी किनारामा बसेर कवि म.बि.वि.साह, (तात्कालिन राजा महेन्द्र) ले कविता “सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा राराकी अप्सरा” लेखेर तालको सुन्दरताको वयान गरेका थिए । जनकलाल शर्मा, पूर्ण प्रकाश नेपाल यात्री लगायत थुप्रै साहित्यकारहरुले राराको सौन्दर्यको बर्णन गरेका छन् ।
जैविक विविधताको भण्डार
रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्रशेखर चौधरीका अनुसार १०६ बर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको रारा राष्ट्रिय निकुञ्जमा १०२४ प्रजातिका बनस्पतिहरु छन् । यो अल्पाईन फरेष्ट क्षेत्र हो । २०३२सालदेखि रारा राष्ट्रिय निकुञ्जले जैविक विविधताको संरक्षण गरिरहेको छ । यहाँ ५१ किसिमका स्तनधारी, २७२ प्रजातीका चरा, र ४९ थरिका पानी चराहरु पाईन्छन् ।
तीन थरी माछा
रारामा कहिँ कतै नपाईने तर यहाँ मात्र पाइने तीन किसिमका माछा छन् । हिउँ असला, सीजोफ्राक्सफिस, रारायन फिस यहाँ मात्रै पाईने माछा हुन् । वार्ड हेडेड गुँज, मलाड, कमन कुट, टप्टे कटक, सानो ग्रिव, ठूलो ग्रिव, लार्ज कर्मरेन्ट, लिटिङ्ग, सिगल, नुरहेन जस्ता पानी चराहरु पाईन्छन् । ग्रास स्म्याक यहाँ मात्र पाईने सर्प हो ।
कस्तुरी मृगको बासस्थान
रारामा पाईने स्तनधारी जनावरहरुमा कालो भालु, चितुवा, हाब्रे, रेडपाण्डा, कस्तुरी, मृग, बँदेल, रतुवा, बनकुकुर, स्याल, झारल, व्वाँसो आदि हुन् ।
साईवेरीयादेखिका हाँस
यहाँ पाईने चराहरु मुख्य गरेर राष्ट्रिय चरा डाँफे, चीर कालिज, मुनाल, काग, ढुकुर, हाँस, कालो हाँस आदि हुन् । यहाँ साईबेरीया, पश्चिम युरोपदेखिका चरा सयौंको संख्यामा जाडो छल्न आउछन् । आठ–दश थरिका त हाँसहरु नै आउँछन् । यस्ता हाँसहरु प्रत्येक बर्ष कार्तिकदेखि फाल्गुन चैत्र सम्म यहाँ बस्छन् । त्यसपछि फर्कन्छन् ।
लालिगुराँसदेखि ओखरसम्म
तालको वरिपरिको जङ्गलमा राष्ट्रिय पूmल लालि गुराँस ढकमक्क फुलेर राराको सौन्दर्यलाई झकमक्क नै पार्छ । यो क्षेत्रमा एकहजार चौबिस प्रजातिका बनस्पतीहरु पाईन्छन् । सल्लो, खोस्टे सल्लो, देवहार, धुपी, हाँडे–दाँते ओखर, भोजपत्र, भोटे पिपल, पैयूँ, मेल, खस्रु जस्ता ओक प्रजातिका रुखहरु यहाँ पाईन्छन् ।
वनै भरी जडिबुटि
सिङ्गो कर्णाली प्रदेश नै जडिबुटिको भण्डार हो । रारा निकुञ्ज क्षेत्रमा बहुमुल्य जडिबुटिहरु पाईन्छन् । गुच्चि च्याउ, पाँचऔंले, सुगन्धबाल, जटामसी, निरमसी, पदमचाल, अतिस, सतुवा चिराईतो, डाले चुक, सिल्फु आदि यहाँ पाईने बहुमुल्य जडिबुटिहरु हुन् ।
खाद्यान्नमा आत्मनिर्भर
मुगु जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहूँ, जौ, सिमी, फापर, आलु स्याउँको प्रयोग स्थानीय स्तरमा नै हुने हो भने मुगु जिल्ला खाद्यान्नमा आत्म निर्भर हुनसक्ने यहाँका स्थानियबासीले बताए । अर्गानिक खाना खाने सँस्कृतिको विकास गर्ने र यहाँको उत्पादन बाहिर लगेर बेच्ने र बाहिरबाट मैदा, चामल, चाउचाउ, विस्कुट आदि आयात नगर्ने हो भने मुगुलाई खाद्यान्नमा आत्म निर्भर बनाउन सकिन्छ ।
बर्सौंदेखि कर्णालीमा खाद्यान्न अभाव भन्ने समाचारलाई स्थानीय उत्पादनले नै मुखभरिको जवाफ दिन्छन् तर जनतामा आफ्नो स्थानिय उत्पादनको प्रयोग भन्दा बाह्य उत्पादनमा रमाउँने सँस्कृति भित्रिएकोले नराम्रोसँग यहाँको खाद्य संस्कृति बिग्रदो अबस्थाबाट गुज्र्रिरहेको छ ।
स्थानीय उत्पादनको प्रयोग गरौं, आत्मनिर्भर बनौं भन्ने साँस्कृतिक जागरण ल्याउने हो भने मुगुले खाद्यान्य निर्यात गर्न सक्छ । रारा क्षेत्रमा पाईने यी खाद्यान्यले यहाँ आउने पर्यटकहरुलाई अर्गानिक खाना खुवाउन सक्छन् ।
कसरी जु¥यो राराको नाम
रारा तालको नाम कसरी रह्यो भन्ने सम्बन्धमा थुप्रै किम्बदन्तीहरु रहेछन् । एकाथरी भन्छन् महादेवकी पत्नी सत्यदेवीले आफ्नो देहत्याग गरेपछि बौलाहा झै भएका महादेवले सत्यदेवीको मृतशरिर बोकेर यहि बाटो हिड्दै गर्दा यस क्षेत्रमा रहेको विशाल खाल्टोमा सत्यदेवीको रगत चुहिएर चारै कुनामा शिवशक्ति स्वरुपले रहे । जसबाट खाडलमा पानी जम्मा भयो भने चारै कुनामा महादेवको उत्पत्ति भयो । जस अनुसार पूर्वमा ठाकुरनाथ महादेव, उत्तरमा छापु्रमहादेव र रारा महादेव, पश्चिममा लागुडा महादेवको रुपमा रहेका छन् भन्ने विश्वासमा पूजाआजा गरिन्छ ।
अर्काथरी भन्छन्, सत्य युगमा महादेब पार्वती मानसरोबर कैलाश पर्वतमालाबाट रोज यहि बाटो आवत जावत गर्ने गर्दथे । यहि बाटो हिड्ने क्रममा दुबैलाई खुबै तिर्खा लागेछ । यस पहाडको वरिपरिको बस्तीमा पानी माग्दा महादेव पार्वतीलाई कोहि कसैले पानी खानै दिएनछन् । तर एक बृद्धाले माटोको गाग्रोमा पानीछ आफैं सारेर खाउ भनिछन् ।
रीसले चुर भएका महादेवले गाग्रो फुटाईदिई पानी घोप्ट्याई दिएछन् । जसले गर्दा सात गाउँ पानीले डुवि पोखरी बन्यो । कालान्तरमा राधालाई पानी खुवाउन खोजेका महादेव पत्नी राधाको नामबाट यो दहको नाम रहन गयो । राधा, राधा, भन्ने शब्दको अपभ्रम्स भई रारा नाम रहन गएको भन्ने पनि किम्बदन्ति रहेछ ।
एकथरीको भनाईमा रारा एउटा समथर भूमी थियो । पानीको तिर्खा लाग्दा राजा रामले बाँडहानेर पानी निकालेर ताल बनेको भन्ने भनाई त प्रधानमन्त्री केपी ओलीले आफ्नो संबोधनमै व्यक्त गरे । अर्को कहावतमा एक जोगी आएको र उसले बस्नदेउ भन्दा गाउँलेले बास बस्न नदिएको रिसमा उसले चिण्डो फुटाएर जलाम्य दह बनाएकोले ताल बनेको भन्ने मान्यता पनि रहेछ ।
अर्को, पनि जनश्रुति रहेछ । जस अनुसार उच्च हिमाली क्षेत्रमा बसोबास गर्न योग्य समथर, पारिलो, मलिलो र घामको प्रकाश पाईरहने ठाउँलाई रारा भनिन्थ्यो । यहाँ बस्ती बस्न आएका उच्च हिमाली क्षेत्रका बासिन्दाले यसलाई रारा गाउँ भनि नामाकरण गरि अबादी गरेर बसाइ शुरु गरेका रहेछन् । त्यसैले रारा गाउँको किनारामा रहेको दहलाई रारा दह नामाकरण गरिएको भन्ने जनश्रुति रहेछ ।
ताल उत्पत्तिको बैज्ञानीक आधार
जापानको प्रसिद्ध कावासाकी विश्वविद्यालयका भुगर्भशास्त्री प्राध्यापकहरुले आठबर्ष पहिले गरेको अध्ययनको आधारमा अहिले राराताल रहेको स्थानबाट मुगु कर्णाली नदि बग्ने गर्दथ्यो । यो क्षेत्रमा ठूलो पहिरो गएपछि नदी पहिरोले थुनियो अनि नदिले अर्कै बाटो लियो ।
मुगु कर्णाली गमगढि तर्फ झ¥यो जो बाजुरामा गएर हुम्ला कर्णालीमा मिसिन्छ । रारा तालबाट निष्कने निकासको पानीको मिजारखोला पनि सोहि स्थानमा गएर मिसिने हुँदा यही स्थानबाट पहिले मुगु कर्णाली नदि बग्दथ्यो भन्ने अनुमान जापानी विज्ञहरुले गरेका थिए ।
रारा तालको पिँधमा र वरीपरि नै हिलो छैन । तालमा सिलिका भन्ने मिनरल पाईन्छ । त्यो भनेको नदिको पिँधमा पाईने वालुवाका कणहरु नै हुन् । बैज्ञानीकहरुको अनुमानमा पनि दशौं बर्ष पहिले यहि बाटो भएर नदि बग्दथ्यो र पछि नदीले बाटो छोडेकोले यहाँ जमेको पानीबाट ताल बन्यो भन्ने हो । यहाँको ढुङ्गाको परिक्षण गर्दा पनि पहिले नदि बग्दथ्यो भन्ने भुगर्वशास्त्रीहरुको बलीयो धारणा रहेको छ ।
पानीको श्रोत २४ वटा मुल
रारामा सधैं कञ्चन पानी देखिन्छ । रारा विहान सुर्योदयपूर्व, सुर्योदय पश्चात, मध्यान्ह, अपरान्ह, दिउसो, साँझ र रात्रीमा फरक फरक रङ्गको देखिन्छ । विहान सुर्योदय पहिलेदेखि रात्रीसम्म एकोहोरो रारालाई नियाल्दा फरक परक रङ्गमा सिँगारीएकि झै देखिन्छ रारा ।
गाढा निलो, हरियो । सूर्यको प्रकाशको परावर्तनले पँहेलो खैरो र निलो, गाढाहरियो रङ्गमा देखिन्छ रारा ताल । यसमा मध्यान्हमा हावा चल्न थालेपछि समुद्री छालझै सललल छालहरु आई रहन्छन् ।
तालको किनारामा माछाका भुराहरु देख्न सकिने कञ्चन सफा सेतो पानी छ । ताल किनाराका ढुङ्गाहरु छर्लङ्गै देखिन्छन् । तालको वरिपरी २३ वटा पानीका मुलहरु रहेको र तालको पिँधबाट पनि अटुटरुपमा तालमा पानी आउने मुल रहेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्रशेखर चौधरीले बताए ।
जस्तो सुकै लामो खडेरीमा पनि तालको पानिमा खासै असरपर्दैन तर केहि बर्ष पहिलेको ठूलो खडेरिमा भने पानीको सतह किनारामा केहि फिट घटेको अनुभव सुनाए स्थानियबासीले ।
संरक्षण कि प्रबद्र्धन ?
छाँयानाथ–रारा नगरपालिकाका मेयर हरिजङ्ग शाही “राराको संरक्षण कि प्रबद्र्धन भन्ने कुरोको निधो गर्नुपर्ने” बताउँछन् । संरक्षण र प्रवद्र्धन गर्ने सम्पूर्ण व्यवस्थापनको जिम्मा केन्द्र वा प्रदेशले होईन, स्थानीय तहले नै पाउनु पर्छ भन्ने उनको सोच छ । स्थानीयको सहभागिता र जिम्मेवारीमा बनाईने योजना तथा कार्यक्रमहरु प्रभावकारी र दीगो हुन्छ भन्ने मेयर शाहीको दाबी रहेको छ ।
संघीय सांसदको धारणा
संघीय संसदमा मुगु जिल्लाबाट निर्वाचित सांसद गोपालबहादुर बम रारालाई संरक्षण र प्रबद्र्धन दुबै गर्नु पर्ने धारणा राख्छन् । उनी भन्छन्, रारालाई पुस्तौं पुस्ताले अहिलेको जस्तै अबस्थामा देख्न पाउनु पर्छ । यसको सौन्दर्यमा कुनै पनि प्रतिकुल असरगर्ने अबस्था आउन दिनुहुँदैन । यसो भन्नुको मतलब रारालाई लुकाएर राख्ने भन्ने होईन ।
रारालाई प्रबर्धन गर्न यहाँ आउने पर्यटकहरुलाई कम्तीमा तीन चार दिन बस्न सक्ने किसिमका पर्यटकीए गन्तव्यहरु बनाईनु पर्छ । सडक सञ्जाल, रोपवे सेवा, हवाईसेवा र फराकिला पदयात्रा मार्गहरु बनाएर रारासम्म पुग्ने यातायातको व्यवस्था केन्द्रीय सरकारले प्राथमिकतामा राख्नुपर्छ, माननीय बलमे भने । बार्षिक ५ लाख पर्यटक भित्राउने लक्ष सहित शुरु भएको कर्णाली रारा भ्रमण बर्ष २०७५मा आबश्यक पूर्वाधार निर्माणमा जोडदिनु पर्ने उनको धारणा छ ।
कैलाश मानसरोबर जोड्ने गन्तव्य
रारा मात्र होईन सिंङ्गो कर्णाली प्रदेशलाई नै देशको पहिलो रोजाईको पर्वतीय पर्यटकहरुको गन्तव्य वनाउने अभियानमा लागेको छ प्रदेश सरकार । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दलबहादुर रावल भन्छन् “रारा मात्रै होईन सिंङ्गो कर्णाली प्रदेशलाई नै हामी आन्तरिक तथा भारतीय, चीनीयाँ र विश्वभरका पर्यटकहरुको पहिलो रोजाईको गन्तव्य बनाउने अभियानमा लागेका छौं ।
उनले भने, यो प्रदेश देशकै भर्जिन क्षेत्र हो । कर्णालीको सौन्दर्यका ’boutमा व्यापक प्रचार प्रसार गर्दै जीबनमा एक पटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास गर्न कर्णाली प्रदेश पर्यटन विकास प्राधिकरणको अबधारणा सहित प्रदेश सरकारले काम शुरु गरिसकेको छ ।
केन्द्र सरकारको सहयोगमा सडक यातायात लगायत भौतिक पूर्वाधारको निर्माण गर्दै आन्तरिक पर्यटक प्रवद्र्धनको महाअभियानमा प्रदेश सरकार लागि सकेको बताए मन्त्री रावलले । उनको दावी छ, पर्यटनको विकास नै कर्णालीको समग्र सामाजिक आर्थिक विकासको मुल आधार हुनेछ । मानब विकासको सुचकांकमा समेत कर्णालीलाई माथि पु¥याउने रणनीतिका साथ प्रदेश सरकारले काम गरि रहेको छ ।
कर्णाली प्रदेशको हुम्ला जिल्लाबाट संघीय संसद सदस्यमा निर्वाचित माननीय छक्कबहादुर लामा ‘कैलाश मण्डला पिलिग्रीम्स ट्रेकिङ्ग गाइड’ पुस्तकका लेखक पनि हुन् । उनले पुस्तकमा कर्णालीका सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक, व्यापारिक लगायत सामाजिक जनजीवनका पक्षहरुको सचित्र वर्णन गरेका छन् ।
उनी भन्छन् “हामीले भारतदेखि चीन सम्मका धार्मिक, सांस्कृतिक एवं पर्वतीय पर्यटकहरुलाई आकर्षित गर्न हुम्ला कैलाश मानसरोवर नाका सुलभ बनाउँदै सम्पूर्ण कर्णालीका जिल्लाहरुलाई सडक सञ्जालबाट जोड्नै पर्छ । कर्णालीबाट चीनसँग जोड्ने तीन वटै नाका खोली उत्तर दक्षिणको लिंक रोड बनाउन सकेमा मात्रै कर्णालीको आर्थिक विकास सम्भब छ ।”
कर्णालीको जल, जमीन, जडिबुटि र जैविक विविधताको संरक्षण तथा प्रवद्र्धनबाट नै कर्णालीको विकास गर्न सकिन्छ भन्ने माननीय लामाको तर्क छ ।
रारालाई किन र कसरी प्रबद्र्धन गर्ने
रारा सम्पूर्ण नेपालीहरुलाई भेट्ने पर्खाईमा बसेकी छन् । नेपालमा रहेको प्राकृतिको अनुपम वरदानलाई प्रत्येक नेपालीले हेर्न सक्ने पहिलो गन्तव्यको रुपमा विकास गर्नसके मात्र राराको पर्खाइ सार्थक बन्न सक्छ ।
रारालाई हवाई, रोपवे सेवा, सडक यातायातले जोड्ने काम प्राथमिकताकासाथ अगाडि बढाउनुको विकल्प छ्रैन । रारा पुगीसके पछि रारामा आउने पर्यटकहरुले रारा हेर्ने, मुर्माटप पदयात्रा गर्ने मात्रै होईन कि रारा किनारामा चार लेनका चारवटा सर्कल बनाउँनु पर्दछ । यसरी बनाउने चारवटा सर्कलहरुमा पर्यटकहरुलाई इङ्गेज्ड गर्न सकिन्छ । उनीहरुको बसाई लम्ब्याउनुका साथै यात्रा भरपुर सुखद, मनोरंजक र उपयोगी बनाउन सकिन्छ ।
पहिलोः किनारै किनारको सर्कल
हाल चालु रहेको पदयात्रा मार्गमा आबश्यक सुधार गर्दै ठाउँ ठाउँमा वातावरण मैत्री विश्रामस्थल तथा अबलोकन स्थलहरु तयार गर्नु आवश्यक छ । जसमा जुनसुकै उमेर समुहका व्यक्तिहरुले आफ्नो क्षमता अनुसारको समयमा पदयात्रा गर्न सक्छन् । राराको अबलोकन गर्दै पुरै रारा ताल घुम्न सक्छन् ।
दोश्रो : साईकल लेनको विस्तार
रारामा पदयात्रा गर्नेहरुका लागि रारा किनारामा रहेको पदयात्रा भन्दा बाहिर २०मिटर माथीबाट साईकललेनको विकास गर्न सके पर्यटकहरुले साइलिङ्ग गर्दै राराको चक्कर लगाउन सक्दछन् । १६ किलोमिटरको परिधि भएको रारामा साईकल लेन बनाउँदा पनि वातावरण तथा बन्य जन्तुमैत्री (घण्टी नभएको) साईकको व्यवस्था गर्नु पर्छ । नेपाल भारत, चीन र संसारभरका साइकलिङ्ग गर्नेहरुको लागि पहिलो रोजाईको गन्तव्य बन्न सक्छ रारा साईकलिङ्ग सर्कल ।
तेश्रो : घोडसबार/हर्सराइडिङ्ग
राराको घेरामा तेश्रो ट्रेलको विस्तार गर्दै साईकललेन भन्दा २० मिटर माथी यो लेन तयार गर्नु पर्दछ । यसरी बनाईएका घोडसवार अर्थात हर्सराइडिङ्गको व्यवस्थाले पर्यटकहरुलाई उच्च हिमाली भेगमा पुगेको सुखद अनुभुति गराउने छ ।
चौथो : मोनो रेलको लिक/मार्ग
राराको चौथो घेरामा विद्युतीय रेल चलाउन सकिन्छ । घोडचडि रिंग भन्दा २० मिटर माथि मोनो रेल चलाईयो भने सम्भवत संसारकै हाईअल्टीच्युटको मोनोरेल सेवा हुन सक्छ र रारा घुम्न आउने पर्यटकहरुलाई रारामा मोनोरेलको आनन्द दिन सकिन्छ ।
यसरी चारट्रेलको विकास गरेर रारालाई प्रत्येक नेपालीको पहिलो रोजाईको गन्तव्य बनाउन सकिन्छ । सरकारले यसै बर्ष कर्णाली प्रदेश भ्रमण बर्ष घोषणा गरेको छ । पर्यटक भित्राउन गरिने पहिलो काम नै रारामा यी संरचना निर्माण गर्नुपर्छ ।
यी चारवटा ट्रेल निर्माण सरकारी तहबाटमात्रै गर्नु पर्छ भन्ने छैन । नीजि क्षेत्रलाई यसको अबसर दिने हो भने यसले व्यावसायीक रुप लिन सक्छ । समयमा नै राराको प्रबद्र्धन हुनसक्छ ।
रारालाई किन र कसरी संरक्षण गर्ने
राराको प्रवद्र्धन मात्र होइन यसको संरक्षण पनि त्यत्तिकै जरुरी छ । रारा राष्ट्रिय निकुञ्जका पहिलो वार्डेन (रेन्जर) दिपक चापाले विहिबार पंतिकारसँग भने “रारा राष्ट्रिय निकुञ्जको साईनवोर्ड राख्न जाँदा हाम्रो टिमले छलफल गरेको थियो, राराको पर्यावरण र प्राकृतिक सम्पदा र जैविक विविधतालाई पुस्तौं पुस्ता, युगौं युग सम्म जोगाएर राख्नुपर्छ ।
हजारौं बर्षमा बनेको प्रकृतिको अनुपम बरदानलाई संसारका मानिसहरुले हेर्न देख्न र अनुभुति गर्न सक्ने बनाउँनुपर्छ । यदि यस कुरामा हामी चुक्यौं भने हामीलाई भावी पुस्ताले माफ दिनेछैन ।
होटल, रिसोर्ट, आबास र कार्यालयहरु मध्यवर्तीक्षेत्रमा
रारालाई संरक्षण गर्न राराको वरिपरिको वातावरण र पर्यावरणमा असर गर्ने खालका कुनै पनि निर्माण गर्नु हुँदैन अहिले त्यस भित्र रहेका संरचनाहरु पनि मध्यवर्ती क्षेत्र (बोफर्जोनमा) सार्नु पर्छ ।
राराको मध्यवर्ती क्षेत्रमा पर्यटकहरुलाई आबश्यक आवास तथा अन्य सुविधा उपलब्ध गराउनुपर्छ । निर्माण सबै मध्यवर्ती क्षेत्रमा मात्रै त्यो पनि वातावरण मैत्री निमार्ण गर्नु पर्छ तब मात्र राराको सौन्दर्य सदाका लागि रहिरहन सक्छ ।
रारामा बैकल्पीक उर्जाको प्रयोग गर्नुपर्छ । सौर्य उर्जा र जलविद्युत उर्जाको प्रयोग नै यसको विकल्प हो ।
नेपाल र संसारका धनीहरुलाई लगानीगर्न प्रोत्साहनः
राराको प्रवद्र्धन गर्ने हो रारामा आवश्यक क्षेत्रमा लगानी गर्न संसारका धनीमानीहरुलाई प्रोत्साहन गर्नुपर्छ । तब मात्र रारा संसारको आकर्षणको गन्तव्य बन्न सक्छ ।
राराको बफर्जोनमा नेपालका बीस धनी उद्यमी व्यवसायी र भारत–चीन लगायतका असी धनीमानी उद्यमी व्यवसायीहरुलाई सरकारले जमीन उपलब्ध गराउनु पर्छ । निश्चित समयलाई कर छुट र सधैको लागि शान्ति सुरक्षाको जिम्मेवारी सरकारले लिने हो भने दशवर्षमा रारा संसारको आकर्षक गन्तव्य बन्नसक्ने एक पर्यटन व्यवसायीले बताए ।
उनको तर्क छ, सरकारले जमिन र सुरक्षाको ग्यारेन्टी गरिदिने हो र केही बर्ष कर समेत छुट दिने हो भने रारामा संसारकै उद्यमी धनीहरुले वातावरमैत्री रिसोर्टहरु खोल्न लगानी गर्न सक्छन् । र, संसारका धनीहरुलाई उच्च हिमाली पर्यटन प्रवद्र्धन गर्न सक्छन् । त्यसको लागि सरकार उदार हुनै पर्छ ।
कर्णाली रारा म्युजियम र अन्य तालहरुसँगको सम्बन्ध
रारालाई पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन सम्पूुर्ण नेपालीहरु सबै उमेर समुहकाहरुको लागि कर्णालीको वास्तविक चित्र एकै स्थानमा अबलोकन तथा अध्ययन गर्न सकिने गरि कर्णाली–रारा म्युजियम पनि रारा क्षेत्रमा निर्माण गर्नुपर्छ ।
यसको निर्माण गरेर कर्णाली ’boutका सुचनाहरु यसैमा संपे्रषण गर्न सकिन्छ । रारा जान चाहनेहरुको लागि सहि सुचना, सुरक्षीतबाटो, आबास तथा बसोबासको व्यवस्था र सुरक्षा मिलाएमा मात्र रारा प्रबद्र्धन हुन सक्छ ।
अन्य प्रख्यात तालहरु पोखराका फेवा र वेगनास, डोल्पाको से फोक्सुण्डो, मनाङ्गको तिलिचो लगायत देशका अन्य तालसँग रारालाई हवाई सेवामार्फत जोड्न सकेमा अझै प्रभावकारी हुने विश्वास व्यक्तगर्छन् पर्यटन प्रबद्र्धकहरु ।
कनेक्टीभिटि र पुर्वाधार
रारा विकासको मुल आधार भनेकै कनेक्टीभिटि हो । सडक पर्यटन विकासको पहिलो पुर्वाधार हो । यस सम्बन्धमा राराको नजिकको ताल्चा विमानस्थललाई सबै सिजनमा हवाई सुविधा उपलब्ध गराउन सक्नेगरी विस्तार गर्नुपर्छ । यसको क्षेत्रफलमा विस्तार गर्नुका साथै ताल्चा बाहेक अन्यत्र पनि बैकल्पीक विमानस्थल तयार गर्नु पर्छ ।
सडक सञ्जाल मुगुको सदरमुकाम गमगढीदेखि सबैतिरबाट जोडिने सडकहरुलाई दुईलेनको सडक विस्तार गर्नु पर्छ । हिउँद बर्षा चल्ने कालोपत्रे सडक मात्रै बनाउन सकिने हो भने पनि बर्षमा पाँचलाख नेपाली नै पर्यटकको रुपमा रारा हेर्न पुग्न सक्छन्् ।
बर्षमा तीसदेखि चालिस हजारको संख्यामा पर्यटक आउने गरेको रारामा एकै बर्षमा पाँचलाख पर्यटक भित्राउने महत्वकांक्षी लक्षलाई पूरा गर्न दिनरात नभनि सडक विस्तार मर्मत संभार र सुरक्षीत यात्राको सुनिश्चितता गर्न सक्नु पर्छ । यो लरतरो काम पनि होइन ।
बैशाख १, २०७५ सालको दिन लगभग दश हजारको संख्यामा आएका मानिसलाई समेत खान बस्न, टयाईलेट सरसफाई जस्ता सुविधा उपलब्ध गराउन हम्मे हम्मे परेको देखियो भने लाखौंको संख्यामा पर्यटक ल्याउन भने तत्काल योजनाबद्ध रुपमा पूर्वाधार निर्माणको काम शुरुगर्नु पर्छ ।
आबश्यक ऐनको संशोधन
विकासले जैविक विविधता, प्राकृतिक सम्पदाको विनासगर्न हुँदैन भन्ने हेतुले भविष्यका सन्ततिहरुको लागि र वातावरण सन्तुलन कायम राख्न निकुन्ज र संरक्षण क्षेत्रहरु स्थापना भएका हुन् । कतिपय सन्दर्भमा बनाईएका ऐन कानुनहरुलाई समय सापेक्ष परिवर्तन गर्दै संरक्षण प्रवद्र्धनलाई संगसँगै अगाडि बढाएमा मात्रै राराको संरक्षण र प्रवर्धन गर्न सकिन्छ ।
राराबाट प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले रारातालको किनाराबाट नयाँ बर्षको अबसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई संबोधन गर्दै भने “नयाँ बर्षको पहिलो विहानी प्रकृतिको यस अनुपन सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई संवोधन गर्नपाउँदा निक्कै खुशी लागेको छ । रारा आफैंमा प्रतिक हो । हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्य हो ।”
सोहि दिन अपरान्ह रारा किनारामा प्रधानमन्त्री ओलीले कर्णाली रारा पर्यटन बर्ष २०७५को उद्घाटन समेत गर्दै कर्णालीको विकास र समृद्धिमा सरकारको प्राथमिकता रहेको घोषणा गरे ।