पत्रकार सुशील शर्माको निधन

पत्रकार सुशील शर्माको निधन भएको छ । ६३ वर्षीय पत्रकार शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।

काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।