ओली पनि आखिर दिल्ली नै ! –श्रीकृष्ण अनिरुद्ध गौतम

अन्यथा नलिनु होला, जसले जतिसुकै भारतको व्यवहारप्रति गुनासो गरे पनि जब दिल्लीबाट निम्तो आउँछ, त्यसलाई पन्छाउने तागत कुनै नेतामा नरहेको, ओलीको आसन्न भ्रमणले, झन् पुष्टि भएको छ । निश्चय नै विशेष कार्यप्रयोजनले भारत जानु हुँदैन भन्ने छैन, जानुपर्छ । तर कामै बिना सद्भावनाका नाममा किन जानु ! देशको कार्यकारी प्रमुखले आफ्नो छवि बचाइदिएनन् भने देशकै मानमर्दन हुन्छ र आजसम्म भइआएको त्यही हो । साँच्चै भन्ने हो भने दिल्लीसित अलि दूरी राखेकै राम्रो हुन्थ्यो । तर, जो प्रधानमन्त्री भए पनि पहिलो भ्रमणमा दिल्ली नटेकी तिनको मन मान्दै मान्दैन ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली यसै साता भारतको तीन दिने भ्रमणमा जाँदैछन् । भ्रमणमा ओली एक्लै जाँदैनन्, यहाँ भनिरहनु नपर्ला उनको ‘विशिष्ट’ बोली र आकर्षक टोली पनि उनीसँगै जान्छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जान्छन् नै पक्कै । त्यतिखेर अर्थमन्त्री युवराज खतिवडा यहाँ बसेर के गर्छन्, उनी पनि सँगै जानै पर्ला । ज्ञवाली गएपछि परराष्ट्रका कर्मचारी जान्छन्, अर्थ मन्त्रालय पनि फेरि एकपटक दिल्ली घुम्छ । प्रधानमन्त्री, परराष्ट्र र अर्थमन्त्री भारतको सदभावना भ्रमणमा निस्केपछि अरु मन्त्रालयहरु के काठमाडौंमा झोक्राएर बस्नु, फलस्वरुप अरु पनि जान्छन् । घुम्छन् । प्रधानमन्त्री, मन्त्रीहरुसँग घुम्ने मान्छे अरु पनि जान्छन् ।
प्रधानमन्त्री ओलीलाई निश्चय नै भारतीय राष्ट्रपति भवनको अतिथि गृहमा उच्च सम्मानका साथ राखिने छ । राखिएन भने के हुन्छ, त्यो अहिले नै भनी नहालौं । भ्रमण नै सद्भावना भनिसकेपछि राष्ट्रपति अतिथि गृहमै राख्लान्, यही कामना गरौं । अन्यथा हुने किन सोच्नु, नसोचौं । सकारात्मक नै सोचौं ।
यदि हाम्रा प्रधानमन्त्रीलाई भारतीयहरुले राष्ट्रपति अतिथि गृहमा राखेन छन् भने त्यतिनै बेला देखा जाएगा । यस मामिलामा धेरै शंका आशंका उपशंका गर्नु त्यति उचित होइन ’cause ओली, नाकाबन्दीपछि सप्रिएका भारतको भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारन्तार निम्तो मान्न जाँदैछन् । मोदीले बारम्बार ओलीसित मिलेर काम गर्ने इच्छा जाहेर गरेका छन् । फोन गरेका छन्, आफ्नी विदेशमन्त्री सुष्मा स्वराजलाई आफ्नो विशेष दूतका रुपमा प्रधानमन्त्री नबन्दै उनलाई नै भेट्न भनेर पठाएका हुन् ।
छिमेकी मुलुक, त्यसमाथि भारतले यतिको मानमनितो गरिसकेपछि ओली किन नजानु, जानैपथ्र्यो, जाने भएका छन् । भारतीय नाकाबन्दी त एउटा दुर्घटना थियो, त्यस्ता दुर्घटना कति हुन्छन् कति । कि कसो ? दुःख पाए कष्ट भोगे जनताले । भोगे त्यसैले त भोट दिए । जनताको काम नै भोग्नु र भोट दिनु हो । त्यही सम्झेर निम्तो नमान्ने भन्ने त कुरै भएन, सत्कारको अवसर चुक्न दिनु भएन । राजकाजमा अवसरको उपयोग गर्न जान्ने नै नेता हुन्छ । यतिखेर धेरैको मनमा यस्ता तर्कना उठेका हुन सक्छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार कुनै सम्झौता गरिने छैन । भ्रमण सद्भावना हो, अर्थात् सद्भाव वृद्धि गर्न नै केन्द्रित हुनेछ । सद्भाव वृद्धि गर्ने भ्रमणमा लेनदेनका विषय त्यति सुहाउँदैनन् पनि । फेरि भारतसित सम्बन्धलाई उचाइमा लिएर जान अहिले लेनदेनका, सन्धि सम्झौताका विषयहरु बाधक हुनसक्छन्, त्यसैले शायद प्रधानमन्त्री भलाकुसारी र भेटघाटका लागि मात्र जान लागेका हुन् ।
०४६ सालको परिवर्तनपछि, केही अपवादबाहेक प्रायः सबै प्रधानमन्त्री शपथपश्चात् भारत गएका छन् । २०६५ सालमा प्रचण्ड ओलम्पिक हेर्न चीन हानिएका र पछि झलनाथ खनाललाई भारतले ननिम्त्याएको प्रसंगलाई बिर्सने हो भने नेपालका प्रधानमन्त्री देश बाहिर टेक्दा भारत नै टेक्छन् र दिल्ली पनि नेपाली प्रधानमन्त्रीहरुले भारत नै टेकुन् भन्ने हार्दिक इच्छा व्यक्त गर्छ, हतार हतार निम्त्याउँछ । यस्तो प्रतीत हुन्छ, नेपाली प्रधानमन्त्रीलाई दिल्लीको निमन्त्रणाको प्रतीक्षा हुन्छ र उता पनि निम्त्याउन हतार । जबकि, खास काम र लोकहितकारी प्रयोजन केही हुँदैन ।
अन्यथा नलिनु होला, जसले जतिसुकै भारतको व्यवहारप्रति गुनासो गरे पनि जब दिल्लीबाट निम्तो आउँछ, त्यसलाई पन्छाउने तागत कुनै नेतामा नरहेको, ओलीको आसन्न भ्रमणले, झन् पुष्टि भएको छ । निश्चय नै विशेष कार्यप्रयोजनले भारत जानु हुँदैन भन्ने छैन, जानुपर्छ । तर कामै बिना सद्भावनाका नाममा किन जानु ! देशको कार्यकारी प्रमुखले आफ्नो छवि बचाइदिएनन् भने देशकै मानमर्दन हुन्छ र आजसम्म भइआएको त्यही हो । साँच्चै भन्ने हो भने दिल्लीसित अलि दूरी राखेकै राम्रो हुन्थ्यो । तर, जो प्रधानमन्त्री भए पनि पहिलो भ्रमणमा दिल्ली नटेकी तिनको मन मान्दै मान्दैन ।
ओलीलाई पछिल्ला प्रायः सबै प्रधानमन्त्रीका तुलनामा पृथक मानिएको थियो । ’cause ओलीको छवि त्यतिकै बनेको होइन । एउटा उच्च छवि चाहिन्छ देशलाई भनेर उनको छवि वास्तवमा मिडियासमेत लागेर बनाइएको पनि हो । संविधान निर्माण र जारी गर्दा भारतको दबाबसामु नझुकेका र आफ्नो पहिलो प्रधानमन्त्रीय कालमा भारतीय नाकाबन्दीलाई डटेर सामना गरेको पृष्ठभूमिमा उनलाई त्यस्तो उच्च छविको ऐश्वर्य प्राप्त भएको हो ।
त्यही छविका कारण जनताले प्रचण्ड मत दिएर ओली प्रधानमन्त्री बन्न पुगेका हुन् । अर्थात् ओलीले मत सशर्त पाएका हुन्, उनको यो प्रधानमन्त्रीत्व पनि सशर्त हो । त्यसैले हुनुपर्छ उनले आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य भारत नै रोजेकोमा धेरैलाई निको लागेको छैन ।
निश्चय नै ठूलै कार्यप्रयोजनले जान लागेका भए, निको नलागे पनि सह्य हुन्थ्यो तर कामै बिनाको सद्भावना भ्रमण किन ? प्रश्न त उठ्छ नै । आखिर ओलीले पनि अरुले जस्तै आफ्नो पहिलो गन्तव्य भारत नै रोजे ! यस्तै हुनु थियो भने भारत परस्त भएको आरोप लागेर नेपाली कांग्रेसले किन दण्डित हुनुपर्यो ? त्यस्तै भारत समर्थित मधेस केन्द्रित दल नजिक हुँदा कांग्रेस भारतको पुच्छर हुने, एमालेले अंकमाल गर्दाचाहिँ अब आफैं भन्नुहोस्, एमालेलाई के भन्ने ? उत्तर त खोज्नुपर्ने भयो । एउटै प्रसंग एकथरीलाई अनुचित, अर्कोलाई उचित हुन्छ भने यो त न्यायसंगत भएन ।
भारत अति नै महत्वपूर्ण हो भने एमालेले प्रस्ट भन्नु पर्यो, भारतलाई नरिझाइ नेपालीहरुको जीवनयापन नै सम्भव छैन । यसैकारण ओलीले आफ्नो पहिलो गन्तव्य भारत नै रोजेका हुन् । तर जतिसुकै परिपाठ पारे पनि एउटा प्रश्न प्रधानमन्त्रीसामु उपस्थित नै रहन्छ, सद्भावनाको तात्पर्य आफ्ना जनताले अर्को देशबाट पाउने व्यवहार नभएर के राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले पाउने स्वागत सत्कार हो ?


