यात्रा र गन्तव्य

– ए मूला ! त्यो झ्यालमा एकचोटि हेर त …
– वाह ! को हँ त्यो ?
– चिनेको भए तँलाई किन हेर भन्थें म ।
– घत् तिमीहरु त बजारमै … अरुले देखे के भन्ला ?
– कुरा सुन न, हामीले केटीलाई हेर्या हो र भन्या…

ध्रुव मधिकर्मी

– कहाँ जाने ?
कुनै पनि विदामा यो प्रश्न उठ्ने गर्छ । विदाको समय कसै गरी मास्नु छ । विदावाहेक साँझपखको विस्थापित समयलाई पनि घुमफिर अथवा फगत केही काममा लगाउन परिहाल्यो । भेटघाटको कुनै निश्चित टुङ्गो भने हुँदैन । त्यस्तै जाने ठाउँको ’boutमा पनि कुनै निश्चितता हुँदैन । बाटोको मोड या कुनै चौतारीमा अथवा कुनै संयोग– स्थलमा भेट हुन्छ । अनि सुरु हुन्छ फगत संवाद र यात्राको सिलसिला ।
– कहाँ जाने ?
– कहीँ पनि ..
यो बाटो हो । वरिपरि यताउता कुनै न कुनै थोक या खुद्रा वस्तुहरुको पसल थापेर बसिरहेका छन् व्यापारी अनुहारहरु । मान्छेहरुको अविरल ओहोर– दोहोर छ सडकमा । कोही व्यापार गर्नमा त कोही ग्राहक नपाएर झिँगा धपाउनमा व्यस्त छन् । बजार नैसर्गिक सुन्दरताले ठगिएकी कुनै तरुनी आइमाई जत्तिकै उत्ताउला र झिलिमिलीयुक्त देखिरहेछ । छाडा गाई र साँढेहरु बीच बाटैमा ढेसिएर डल्लिरहेका छन् । कतै कतै ढिक्का ढिक्का गाईभैँसीका विष्टाहरु असरल्ल पडिरहेछन् । यस्तै परिवेशयुक्त वातावरणमा बाटोसँगै एउटा पुरातन मन्दिर ठिङ्ग उभिएको उभिएकै छ । मानौं निरपेक्ष सालिक झै
– ए मूला ! त्यो झ्यालमा एकचोटि हेर त …
– वाह ! को हँ त्यो ?
– चिनेको भए तँलाई किन हेर भन्थें म ।
– घत् तिमीहरु त बजारमै … अरुले देखे के भन्ला ?
– कुरा सुन न, हामीले केटीलाई हेर्या हो र भन्या …
– कति राम्रो कलात्मक भनेर झ्याललाई पो हेर्या ।
– कलात्मक झ्याल हेर्नु छ भने उः त्यो द्योछेँको झ्याल हेर ।
– त्यो त विदेशीहरुको लागि महत्वपूर्ण होला, हाम्रो लागि त्यसको जमाना गइसक्यो ।
एक्कासि सडकमा हल्लीखल्ली मच्चियो । हिँडिरहका मान्छेहरु आत्तिएर कोही पर भागे कोही नजिकको पेटीमा बुदु्रक्क उफ्रे । के हो, कसो हो कसैले ठम्याउनै सकेन हठात् । एक क्षण सबको मुटु अज्ञात भयले बेस्सरी काँपे । कुरा के भएछ भने एकजना मान्छे गाई डो¥याउँदै आइरहेको थियो । छाडा साँढे आइलागेको देखेर गाई तर्केर भाग्दा दाम्लो चुँडियो । फलस्वरुप संतुलन बिग्रेर त्यो गाईधनी डग्रङ्ग लोट्न पुग्यो, बीच बाटैमा । सडकमा उत्तानो परेको देखेर कोही पनि नहाँसिरहन सकेनन् । विचरा त्यो मान्छे लाजले भुतुक्क भई गाई पछ्याउन निहुँरिंदै गयो ।
– मूला कति हाँसिरहेको … आफूलाई पर्दा थाहा हुन्छ ।
– थाम्नै नसकेर पो ..यस्तो रमाइलो दृश्य छ । नत्र किन हाँस्थें ।
– जे होस् अरुको दुःखमा हाँस्नु राम्रो होइन ।
– थाहा छ । तैंले सिकाउनुपर्दैन यस्तो कुरा ।
– आफ्नो दुःखमा हाँस न अरुकोमा किन हाँस्छौ ।
– अरुको सुख देखेर त डाह लाग्छ यार ।
घामको कडापन अलि घट्यो । हावा चलेको संकेत रुखका पातहरुले गरिरहेछन् । सडकमा पूर्ववत्कै मेलो मेसो छ । साथै ’emको अर्थहीन संवाद र उपलब्धिहीन गन्तव्य पनि जारी छ ।
– कहाँ जाने ?
– सँधै के सोधिरहने । उहीँ त हो ।
– जाँदै गरौं न …कहाँ पुग्नु छ र ?
– त्यसै विना अर्थ हिँडिरहने ?
.. …. ….
– तँ चुरोट खान्छस् ?
– किन नखानु खुवाउने मान्छे भएपछि ..
– यार चुरोटले फाइदा गर्दैन । चिया ख्वा न बरु ।
ऊ झण्डै अधबैंसे लोग्नेमान्छे बसिरहेको पसलतिर जानै आँटेको थियो । उचालिसकेको पाइला पनि फरक्क फर्केर दुई हात परको पसल चढ्न पुग्यो । त्यहाँ एउटी तरुनी आइमाई बसिरहेकी थिई ।
– साले ! जाबो एउटा चुरोट पनि त्यहीँ किन्नुपर्ने .. कस्तो ठ्वास्स गन्हाउँछ ।
– कहाँ गनाउँछ र ?
– तेरो लागि त सुगन्ध भइहाल्यो नि .. केटीले यसो हाँसेजस्तो गरी हेर्नासाथ तँ त मख्ख परिहालिस् के ।
– त्यसैले आज एकै बाजि चारौटा किन्या, कसो ?
– हदै हो, पसलमा तरुनी छोरी राख्नु पनि !
– म त पसलमा बस्ने ठिटीहरुसँग बिहे गर्दिनँ यार
– किन ?
– सबको चोखे लाग्यासँग पनि कोही बिहे गर्छ ?
– यार, तेरो भाग्यमा बिहे गर्ने कुरा लेख्या त छ के ?
’em एक खेप पुनः हरर्र हाँसे । त्यसमध्ये एकजनाको हाँसो दबियो ।
– हैन, कति लुरु लुरु मात्र गइरहने …
बाटोको मोडमा एउटा निर्माणाधीन भव्य घर छ । फलामका मोटा मोटा छडहरु र सिमेन्टले चारैतिर ढलान गरिएका पाताहरु मात्र …
– ओहो ! अचेल घर बनाउन काठै नचाहिने भो
– तैपनि जङ्गल सखाप छ
– आफूले कहिले ठड्याउने लौ यस्तो यार
– शायद सुत्ने बेलामा
– हामीसँग ह्याउ नै भएन
– नियत खराव हुने कुरा नगर यार
– त्यै भएर त हो यहाँ जिन्दगी खराब भएको
– यी गगनचुम्बी भवनहरुले हाम्रो भविष्य छेकिरहेछन्
– एउटा कुरा थाहा छ ?
– के कुरा ?
– यो भव्य घरको शिलान्यासमा एउटा साधारण मान्छेको जिन्दगी पनि पुरिएको थियो ।
एकपल्ट पुनः त्यस विशाल भवनको संरचनालाई ’emले नियालेर हेरे तलदेखि माथिसम्म ।
००