कल यु लेटर 

यहाँ आउने धेरैजसो जस्तो दु:ख गरेर पनि यतै बस्न चाहन्छन । सम गाइज वान्ट टु रिटर्न । बट द प्यारेन्ट्स डु नट एलाउ । बाबा यो हेभेन पनि हो बट इट्स अल्सो अ हेल । इट्स नट आवर कन्ट्री । यहाँ गधाले जस्तो काम गर्नु पर्छ । वन्ली सम आर लकी इनफ , नत्र त त्यस्तै काम हो । उता खाडीतिरको कामलाई भन्छ नि थ्री डी, त्यस्तै हो यहाँ पनि ।

भागवत खनाल 

रातको साढे बाह्र बजिसक्यो, सुधाकरलाई निद्रा लागेने । उनी साँझ सातै बजे खाना खान्छन । साँझको खाना कम खान्छन उनी । दुईओटा सानासाना रोटी, एक गिलास दूध र एउटा स्याउ या केरा हो उनको खुराक । स्वास्थ्य सामान्य छ । उनलाई राम्ररी थाहा छ, उनी स्वस्थ रहनु जरुरी छ । एक्लो मान्छे झन स्वस्थ रहनु पर्छ । उनी उठे, एक गिलास तातोपानी खाए र मोबाइल फोन निकालेर इन्टरनेटमा महात्मा गान्धीको जीवनी पढ्न थाले । यस्तैमा स्क्रिनमा ‘कल यु लेटर’ लेखिएको मेसेज आयो । सुधाकरले मेसिन्जरमा हेरे, छोरा दयाकरको मेसेज रहेछ । उनले तीनदिन अघि के छ बाबु हालखवर, सन्चै छौ ? भनेर पठाएको मेसेजको जवाफ अहिले भर्खर पठाएको रहेछ ।

सुधाकर मोवाइल अफ गरे र फेरी सुते । निद्रा लागेन, तैपनि आँखा चिम्ले । तर निद्रा लागेन । घडी हेरे, डेढ बजेछ । यही अनिद्राको क्रममै उनी अतीतमा पुगे । सोह्र वर्षअघिको कुरा हो । उनी धुम्बाराहीमा तीनकोठे घर बनाएर बस्न थालेका थिए । उनी पैंतीस वर्ष डेरामा बसे । डेरामा बस्नु उनको जीवनको वास्तविकता बनेको थियो । डेराको जीवनलाई सहज रुपमा लिन्थे र यसलाई कुनै दुर्भाग्यको पर्याय मान्दैनथे उनी । पत्नी रम्भा भन्ने गर्थिन,  ”यसैगरी जिन्दगी विताउने हो हामीले ?” उनी भन्ने गर्दथे के भयो त ? हाम्रो घर छँदैछ त गुल्मीमा । आफ्नो घर छाडेपछि जो पनि त डेरामै बस्नु पर्छ । हामी त भाग्यमानी छौं । हामीसंग इलम छ, कमाइ छ, डेराभाडा तिर्न सक्छौं । हेर त ती आश्रयविहीन बालक र वृद्धहरुलाई, हेर त ती पाटीवासी वृद्धवृद्धालाई ! कसरी आफ्नो सास धानिरहेन ती !

आफ्नै घरमा बस्न थालेको वर्षको दशैंमा उनी गुल्मी जान पाएनन । उनले सस्तोमा थोरै जग्गा किनेर एकान्त ठाउँमा घर बनाएका थिए । घर कुर्ने कोही नभएको हुँदा जान पाएनन । उनलाई अहिले पनि सम्झना छ, त्यो दशैंमा गाउँमा उनको ठूलो निन्दा भएको थियो । सुधे राजधानीमा घर बनाएर बसेछ, अव के आउँथ्यो, अव बाउआमा पनि बिर्सन्छ भनेर कुरा काटेका थिए छिमिकीहरुले । सुधाकरले त्यो निन्दालाई स्वाभाविक रुपमा स्वीकार गरेका थिए । गाउँमा यति निन्दा त हुनै पर्थ्यो । तर उनले त्यो निन्दालाई निरन्तर हुन दिएनन, गाउँ गइरहे, सवैसंग सहज सम्बन्ध बनाइरहे । सुधाकरले छ सात वर्ष बाबु आमालाई काठमाडौँमा आफ्नो साथमा राखे पनि । अहिले एघार वर्ष भयो, बाआमा दुवैजना एक महिनाको फरकमा विते ।

घर बनाएर बसेकै वर्षमा उनको छोरो दयाकरले बाह्र कक्षा पास गर्यो । सिधा, सरल र मायालु थियो ऊ । पढाइमा अव्वल थियो । एकदिन साँझ खाइवरी उनीहरु सुत्न गए । छोरो दयाकर र छोरी उन्नति बैठक कोठाको दुइटा छेउमा खाट विछ्याएर सुतेका थिए । राति एक निद्रा सुतिसकेपछि पत्नी रम्भाले उनलाई जगाइन । उनले भनेकी थिइन्, एउटा सल्लाह गर्न मन लागो । उनले भनेकी थिइन्, दयालाई अमेरिका पठाम । सुधाकर झसङ्ग भए । उनको अफिसमा छोरालाई अमेरिका पठाउने दुई तीनजना साथी थिए, तर उनले चासो लिएका थिएनन । रम्भाले भनिन, धेरै राम्रो हुन्छ गरे, कमाइ पनि धेरै हुन्छ गरे, सफा र सुकिला हुन्छन त्यता गएपछि केटाकेटीहरु । यहाँ नेपालमा पनि धेरै इजेत र मान हुन्छ गरे । आज सुधाकर अचम्ममा छन्, यस्ती सोझी, सरल र साधारण गृहिणीको मनमा कसले आगो झोसिदियो ? कसले सन्तोषी जीवनमा महत्वाकांक्षाको बीज रोपिदियो ? उनले भनेका थिए, कसरी थाहा पायौ तिमीले यी सवै कुरा ? पख मलाई सोच्न देउ ।

सुधाकरले छोराछोरी अमेरिका पठाउने साथिहरुलाई सोधेका थिए । सवैको उत्तर एउटै किसिमले आयो । सवै मक्ख थिए । उनीहरुको कुरा सुन्दा लाग्दथ्यो, आफ्ना सन्तानलाई अमेरिका पठाउने बाबुआमा पो बाबुआमा ! उनको मन आधाआधा भयो । रम्भाले भनेकी थिइन, यसमा सोच्नु के छ ? जान मिलो भने को जान्न ? यत्रो वर्ष जागिर खानुभयो यति पनि थाहा छैन हजुरलाई ? हाम्रै कतिजना छिमेकीहरु छोराछोरी अमेरिका पठाउन खोज्दै छन थाहा छ ? अहिले हल्ला मात्र नगरेका हुन । फेरि भिसा हो कि के भन्ने आउनु पर्छ गरे, त्यो आएन भने जान पाइन्न गरे । हत्तपत्त हल्ला गर्दा भिसा आएन भने बोर हुन्छ, अहिले हल्ला गर्नहुन्न, तर पठाउन त पठाउने हो भन्दैछन छिमेकी दिदी बहिनीहरु । अव धेरै नसोचम, मिल्छ भने पठाम । भिसा लागेन भने अभागी कर्म भनेर चित्त बुझाम्ला । सुधाकरले छोरालाई अमेरिका पठाउने निधो गरे । दयाकर बाबुको कुरा सुनेर खिन्न भएको थियो । बाबा म जान्न यहीं बसेर पढ्छु । म जहुरहरुसंगै बस्छु भन्दै रोएको थियो दया । दयासंग भावना मात्र थियो, कुनै तर्क गर्न सकेन उसले । विस्तारै ऊ पनि सपनाको संसारमा रमाउन थाल्यो । अमेरिका उसको लागि पनि रोमान्चक गन्तव्य बन्दै गयो । सुधाकर अमेरिका गयो ।

छोरो अमेरिका गएको एक महिनापछि सुधाकर गुल्मी गए । आमाले त केही कुरै बुझिनन, तर वृद्ध बाबु रोएका थिए । सुधाकरले सम्झाए, बा भविष्य राम्रो हुन्छ । धेरै पैसा कमाइ हुन्छ रे । दया अमेरिका गएपछि मेरो सान नै अर्कै भएको छ । अफिसका साथीहरु, छिमेकीहरु सवैले पहिलेभन्दा बढी मान र इज्जत गर्न थालेका छन् । बाबुले भनेका थिए भोभो धेरै नसिका मलाई । तँलाई काठमाडौँ पठाउँदा मेरो पनि सान बढेको थियो, तर के नापियो ? अझ दया त विदेश, त्यो पनि कहाँ हो कहाँ । तँलाई काठमाडौँको घरले पुगेन ? काठमाडौँको घरले पुगेन अमेरिका पठाइस, अमरिकाले पुगेन भने कहाँ पठाउँछस ? मान र इजेत बढो गरे ! के हो मान के हो इजेत ? ल ल भन त छोराछोरी अमेरिका गएका बाउ आमा धेरै छन् कि नगएका धेरै छन तेरो काठमाडौँमा ? सुधाकरले भनेका थिए, त्यसो त नजाने नै धेरै छन । अनि त बूढा झन जंगिए, ए तेसो भा ती सवैको इजेत छैन हैन ? जति पढो त्यति बुद्धि भ्रष्ट, अनि भुत्रो बन्छ यो देश ? बाबुको कुरा सुनेर सुधाकर कांपेका थिए ।

सुधाकरलाई झल्झली सम्झना छ, दयाले अमेरिका पुगेपछि, पुगें भनेर फोन गरेको थियो । त्यसको छ महिनापछि यता ठीकै छ मात्र भनेर फोन गर्यो । तर दुई वर्षपछि उसले लामो चिट्ठी लेखेर पठाएको थियो । उसले अमेरिकाका धेरै राम्रा र नराम्रा कुरा लेखेको थियो । ग्रीन कार्ड पाउन धेरै मुस्किल पर्ने कुरा पनि लेखेको थियो उसले । जति परिश्रम गरे पनि पैसा जति कलेजको फी तिर्दै ठिक्क हुन्छ, धेरै गाह्रो छ । पत्रको अन्तमा उसले लेखेको थियो ”आमा मलाई यता बस्न मन छैन । मलाई हजुरहरुको सम्झना आइरहन्छ, बैनीको माया लागिरहन्छ । मलाई हजुरबा हजुरआमाको सम्झना आइरहन्छ । गुल्मीमा दशैंको टिका लगाउँदा हजुरबाले भन्नु भएको थियो,” हेर बाबु नराम्रो काम नगरेस । हामी बूढा भइसक्यौं, तेरा बाआमा पनि छिप्पिंदै छन । जेठोबाठो नाति होस केरे, तेरो ठूलो भर छ । सके आफ्नो र आफ्ना पुर्खाको नाम राखेस, नसके बदनाम हुने काम कहिल्यै नगर्नु ।”  मलाई यहाँ बस्न मन छैन, म घर आउँछु ।

उनले त्यो पत्र’bout रम्भालाई केही पनि भनेनन । उनले यत्ति भने ”दयालाई नेपाल फर्केर आ भन्ने हो ? अझै उमेर छ । विदेश पनि देख्यो , हण्डर पनि खायो । बाबुआमाको महत्व पनि थाहा पायो होला ।” तर रम्भा सोझी र सरल नारी, छिमेकीहरुले जेलाई राम्रो माने त्यसैलाई राम्रो मान्थिन । समाजले जेलाई इज्जत र प्रतिष्ठा मान्थ्यो त्यसैलाई इज्जत र प्रतिष्ठा मान्थिन । उनले पनि छोरो अमेरिका छ भनेर आफ्नो मान र सान बढेकै ठानेकी थिइन । उनको माइतीमा अरु दिदी बहिनीकोभन्दा ज्यादा मनिता थियो । छरछिमेकमा अव कहिले जाने हो त अमेरिका ? छोराको बिहा गर्ने बेला भएपछि भन्नुहोला है ! भनेजस्ती धनी र पढेकी केटी पाइन्छ । भाग्यमानी हुनुहुँदो रहेछ । उनी गजक्क पर्थिन । उनले भनिन अव त हामी पो जाने, केको दयालाई बोलाउनु नि ? सुधाकर चुप लागेर बसे । त्यसपछि चिट्ठी आएन । छ छ महिनामा यता ठीकै छ भनेर फोन मात्र आइरह्यो ।

अमेरिका गएको धेरै वर्षपछि दयाले बाबाआमालाई बोलायो । सिकागो, ठूलो शहर ! उनीहरु छक्क परे । फुर्सदमा छोराले घुमायो । प्रायः काममा मात्र जाने गरेको देखेर रम्भाले भनिन – बाबु यसो दुई दिनको छुट्टी लिन मिल्दैन ? मलाई त उकुसमुकुस हुन थाल्यो यहाँ । यो अमेरिका त मैले सोचेको जस्तो रैनछ । मैले त यहाँ सुख नै सुख होला, मान्छेहरुले आपसमा खुव माया गर्छन होला, छिमेकमा भेटघाट हुन्छ होला भनेको त अर्कै पो रैछ त । गोरे र अर्काथरी काला मान्छेको त हामी बोली पनि बुझ्दैनम ठीकै छ, तर यहीं जोडिएको कोठामा बस्ने नेपालीहरु पनि नदेखेजस्तो गर्छन त । मैले त रुचाइन यो अमेरिका । दया केही बोलेन । सुधाकरले बडो जान्ने पल्टेर भनेका थिए – कहाँ नेपालजस्तो हुन्छ त विदेश ? त्यो पनि अमेरिका ! यहाँ त नचिनेको मान्छेसित बोल्यो भने पाखे भन्छन, नेपालीसंग पनि नचिनिकन बोल्न हुन्न । अव हामीले यतैको चलन सिक्नु पर्छ । के थाहा पछि यतै बस्न आउनु पर्छ कि । तर उनलाई पनि खासै रमाइलो लागिरहेको थिएन । दया अझै पनि बोलेन, चुप लागिरह्यो ।

दयाकरले दुई दिनको छुट्टी मिलाएछ । उसले भनेको थियो अव यो दुई दिन कतै नजाने, घरमै बस्ने र खाने । उसले धेरै किसिमका खानेकुराहरु ल्यायो । नेपाली, इन्डियन, चाइनिज सवै खाने सामग्री ल्याएको थियो उसले । उसले आफै खाना पकायो । रम्भा छोराको पकाउने कला देखेर आश्चार्यमा परिन ।  दया एकदमै कम बोल्थ्यो । साँझ उसले बाबालाई भन्यो, बाबा थोरै ड्रिंक गर्ने ? बाबाले उसलाई हेरिरहे । छोरो अलि फोक्से भएछ । सरीर पनि अछन्दिलो, गाला फुस्रा, चमकहीन आँखा । कुनै उत्साह छैन, नेपालतिरको कुनै कुरा सोध्दैन । बहिनीको ’bout मात्र सोधेको थियो उसले । उन्नतिको हस्बेन्ड कस्तो छ भनेर, त्यत्ति हो । सुधाकरले केही उत्तर दिन नपाउँदै उसले दुई ओटा गिलासमा ह्विस्की खन्यायो । एउटा बाबुको हातमा थमायो अर्को आफूले लियो । बाबुले यदाकदा पार्टीमा ड्रिंक गरेको देखेको थियो नेपालमा हुँदा । सुधाकरले यन्त्रवत गिलास समाते । दयाले छिट्टै गिलास खाली गरेर अर्को प्याग खान्यायो । सुधाकरले सोधे – कहिलेदेखि सिकिस यो ? निकै खान्छस कि क्या हो ? सुधाकर मुसुक्क हाँस्यो – बाबा यो त नेपालबाट आउनेबित्तिकै सिकेको ।

सुधाकरले तेस्रो प्याग खान्यायो । बाबुको गिलासमा ड्रिंक राख्दै उसले भन्न थाल्यो – हेर्नुस बाबाआमा, मलाई अमेरिका आउने मन थिएन । तपाईहरुले फोर्स गरेर पठाउनुभयो । फेरि मैले म यहाँ बस्न सक्दिन भनेर चिट्ठी लेखें, जवाफ दिनु भएन । मलाई थाहा थियो यु विल नट रिप्लाई । नोबडी रिप्लाइज । अरु केटाहरुको बाउले पनि रिप्लाई गरेको थिएन । यहाँ आउने धेरैजसो जस्तो दु:ख गरेर पनि यतै बस्न चाहन्छन । सम गाइज वान्ट टु रिटर्न । बट द प्यारेन्ट्स डु नट एलाउ । बाबा यो हेभेन पनि हो बट इट्स अल्सो अ हेल । इट्स नट आवर कन्ट्री । यहाँ गधाले जस्तो काम गर्नु पर्छ । वन्ली सम आर लकी इनफ , नत्र त त्यस्तै काम हो । उता खाडीतिरको कामलाई भन्छ नि थ्री डी , त्यस्तै हो यहाँ पनि ।

तर सुरुमा धेरै दुख गरेपछि दे क्यान गेट अ लिटिल रिलिफ । रम्भाले उसको आधा कुरा बुझिन आधा बुझिनन । उनले सोधिन – तैंले के काम गर्छस त बाबु अहिले ? उसले भनेको थियो – अहिले हैन मम, अहिले त इट्स लिटिल बेटर । बट एट द्याट टाइम ! ओ माइ गड ! नो मम आई कान्ट टेल यु, नेभर । सुधाकरले सोधे – अहिले के काम गर्छस त ? उसले भनेको थियो – व्हाई डु यु वान्ट टु नो अल दिस ? के फाइदा छ ? यहाँ काम पाउनु पर्यो बाबा । के काम भन्ने कुराले डजन्ट म्याटर हियर । उसले अर्को प्याग राख्दै भन्यो बट म भन्छु ममी । म यहाँ मासु काट्ने काम गर्छु । एउटा बेंगली साहुको मासु पसलमा काम गर्छु । व्हेन आई केम हियर आई वाज क्वाइट अ स्मल ब्वाय । मैले राम्रो पढ्न सकिन । आई वाज अ भेरी ब्याड स्टुडेन्ट । ममीलाई बा नेपालको सिभिल सर्वेंट भएजस्तै म पनि युएसको हाकिम जस्तो लाग्छ होला । यस, सम गाइज आर डुंइङ् वेल, बट भेरी फिउ । तर मलाई कुनै रिग्रेट छैन ।

अर्को दिन उनीहरु नजिकैको पार्कमा गए । पार्क ठूलो थियो, सफा सुन्दर र रमणीय । यस्तो त उनीहरुले देखेकै थिएनन । दयाले भन्यो – लुक ! देख्नु भयो त ममी ! यही हो अमेरिका । यो कन्ट्रीमा संसारको जुनसुकै ठाउँको मान्छे आउन खोज्छ । यहाँ सवै कुरा छ, एभ्रीथिङ् । बट यहाँ खतरा पनि टू मच छ । यहाँ सानो सानो बच्चाले गन लिएर हिंड्छ । सो मच मर्डर हुन्छ यहाँ । बच्चालाई गाली गर्न हुँदैन, यु कान्ट । बच्चालाई गाली गर्नुस त पुलिस बोलाउँछ । जव सोह्र सत्र वर्षको हुन्छ, केटा होस या केटी आफै कमाउन थाल्छ । दे स्टार्ट टु वर्क । अनि कहाँ बस्छस भनेर सोध्यो भने भन्छ, म मेरो बाउको घरमा बस्छु, मेरो घर भन्दैन । आमाले सोधेकी थिइन् – बाबुआमालाई माया गर्छन कि गर्दैनन ? दयाले भन्यो – यस दे डु । तर यहाँ बाबु आमालाई पाल्नु पर्दैन । द गभर्नेमेन्ट टेक्स केयर अफ देम ।

पैसा कमाएर नोबडी गिभ्स टु हिज प्यारेन्टस । जे होस बाबाममलाई चिन्ता छैन । नेपालमा बैनी छँदै छ । आई थिंक सी विल लुक आफ्टर यु भेरी वेल । सो लकी ! रम्भाले त बुझिनन, तर सुधाकर खंग्रंग भए । किन्तु दयाले यो सवै अत्यन्तै सहज भावले भनेको थियो । उसले यो सवै भन्दा उसमा कुनै कुटिलता या दोष देखिदैनथ्यो । उसले पूर्णतः निर्दोष रुपमा यो भनिरहेको थियो । पार्कको छेवैंमा थुप्रा इन्डियन र केही नेपाली जम्मा भएका थिए । त्यहाँ योग र प्रवचन भइरहेको थियो । बाबाममी अव दिनदिनै यहीं आएर टाइम पास गरे हुन्छ । यु क्यान सी हियर सो मेनी नेपलिज ।

उनीहरुको पार्कमा आउने क्रम सुरु भयो । एक दिन एकजना इन्डियन बाबाजस्तो मानिस प्रवचन दिंदै रहेछ । निकै राम्रो बोल्दो रहेछ ऊ  । भन्दै थियो – देवीयों और सज्जनों ! मै आप लोगोंको एक बात बताने जा रहा हुँ । चुँ कि इस वक्त कोइ भी बच्चा यहाँ नहीं है, सव काम पे गए हुए हैं, इसलिए मुझे ये सव कहनेका सुविधा भी प्राप्त है । हमने य सव क्या कर्दिया ? क्या किया हमने ये सव ? मुझे ये देखकर बडी हैरानी और ग्लानी होती है ।  हमारे सवके सव अच्छे और मेधावी बच्चे विदेशमे हैं । आपको क्या लगता है ? आपने अपने छोटे छोटे बच्चोंको अमेरिका भेजके खुव बडी बहादुरी की ? नहीं ! ये ठीक नहीं हुआ और नहीं हो रहा है । आपने सवके सव बच्चोंके मनमे ऐसा जहर घोल रक्खा है कि सवके सव बच्चे सोच्ने लगते हैं कि उनका जनम हि अमेरिका जानेके लिए हुआ है । आप लोग उन मासुम और छोटे बच्चोंको जेटमे घुसेडके भेज देते हैं जवरन । विदेशका भूत ऐसा चढा हुआ है कि न आपका दिल पसिजता है, ना दया आती है उन मासुमोके उपर । तनिक सोचो तो ! इस तरिकेसे भेजा हुआ बच्चा बादमे आपको क्यों प्यार करे ? क्यों आपको दया और करुणा बरसाए ?

उधर देखो कुछ नेपाली भाइ वहन भी दिखाई दे रहे हैं । हेलो जी, डाका टोपीवाले भाइ ! तनिक इधर आओ तो । सुधाकर यन्त्रवत उसको नजिक गएका थिए । उसले सोध्यो – कहाँ से हैं ? सुधाकरले भने – नेपलासे हुँ बाबा । बाबा – हाँ हाँ वो तो मै जानता हुँ , किस जिलेसे हो ? सुधाकर – गुल्मीसे हुँ बाबा । बाबा – अच्छा ! बहुत बढिया जगह है । मै रेसुंगा तक गया हुँ । ऋषिकेशव भगवानका दर्शन भी किया था । मुझपे बडी कृपा है ऋषिकेशव बाबाकी । देखो भैया मुझे बडी चिन्ता होती है नेपालको लेकर । यद्द्यपी मै नेपलसे नहीं हुँ, लेकिन नेपाल एक बहुत समृद्ध देश होना चाहिए था । भारतका संस्कृति और धरम बिदेशी खा गए । अव नेपालको खा रहे हैं । मोदीजीने नेपालसे जो वर्ताव किया, उससे मुझे बहुत ग्लानी होती है ।

नेपाल भूगोलमे छोटा है जरुर, किन्तु वह बराबरीके रिस्तेका हकदार है । अच्छा बताओ आपका कौन है इधर ? सुधाकर – बेटा है बाबा । बाबा – कितने वरस  हुए आए हुए ? सुधाकर – तेह्र साल हो गए बाबा । बाबा – क्या नाम है उसका ? सुधाकर – दयाकर पौड्याल । बाबा – दयाकर पोदवाल, बहुत प्यारा नाम है । सुधाकर – पोदवाल नहीं पौड्याल । अच्छा अच्छा पोड्याल, ठीक है । अच्छा ये बताओ जव सुधाकर यहाँ आया तो उसकी उमर क्या थी ?  सुधाकर – अठारह सालका था । बाबा – तो अव आपका लडका न यहाँका रहा ना वहाँका । वो किसी हालातमे वापस नहीं जाएगा, और इस देशको अपने हृदयसे अपना देश भी नहीं मानेगा । उसके अन्दरुनी दिलमे कुछ डर और संकोच अवश्य रहेगा कि, मैं इस देशसे ताल्लुक नहीं रखता हुँ ।

उसकी बात ध्यानसे सुनना, आधे इधरकी और आधे उधरकी बात करेगा । वह न अच्छी अंग्रेजी बोल सकेगा ना तो अच्छी नेपाली । उसका व्यक्तित्व दो भागोंमे विभक्त हो गया है । अव आपको इस वास्तविकताको स्वीकार करके आगे चलना होगा भाइसाहव । आपकी जय हो ! आज यो इन्डियन बाबाले सुधाकरलाई हल्लाएर छाडिदियो । टीभीमा हिन्दी सिरियल र फिल्म हेर्दाहेर्दा हिन्दी बुझ्ने भएकी रम्भाको दिल र दिमाग पनि बाबाले हल्लाइदियो । उनीहरु कोठामा फर्के, तर कोही कसैसंग बोलेन । जव सवै कुरा प्रष्ट हुन्छ, तव बोल्ने जरुरत नै के पर्छ र ।

दया राति अवेर आइपुग्यो । ऊ दनादन बोल्न थाल्यो, हाँस्न थाल्यो । दया – कस्तो लाग्यो त बाबा सपनाको अमेरिका ? हाउ इज अमेरिका ?  सुधाकर – राम्रो लाग्यो छोरा, धेरै राम्रो लाग्यो । तर तँ यस्तो पियक्कड कसरी भइस छोरा ? के अमेरिका आउने सवै तँजस्तै जड्याहा छन् ? भन छोरा मलाई भन, मैले तँलाई रक्सी खान पठाएको हुँ यहाँ ?  दया – ममी कस्तो लाग्यो त अमेरिका ? रम्भा केही नबोली दयालाई हेरिरहिन । दया – मलाई थाहा छ ममी यु आर इनोसेन्ट । बट, म पनि त इनोसेन्ट थिएँ । हो बाबा अमेरिका आउने सवै जड्याहा छैनन । म पनि जड्याहा छैन । सधै जाँड खाएर पुग्छ यहाँ ? हो, सम आर डुइङ् भेरी वेल । नेपालमा मान्छेहरु विदेश जाने छोराछोरीको फोटो देखेर मक्ख पर्छन । तर त्यो फोटोभित्रको आँशु र दर्द को देख्छ ? हु सीज द टियर्स इनसाइड ? तर केटाकेटीहरु यो कुरा नेपालमा बस्नेहरुलाई भन्दैनन्, भनेर काम छैन ।

सरावी फिल्म हेर्नुभएको छ बाबा ? सुधाकर – हेरेको छु । दया – अव आ गए ना लाइन पे ? बिकी का बाप बहुत धनी था । यस ! हि वाज भेरी रिच । मलाई थाहा छ म धनी बाउको छोरो हैन । तर अटिच्युड इज द सेम । म यहाँ आएपछि जुन इन्डियन केटाले मलाई सेल्टर दियो , त्यो धेरै रक्सी खाने रहेछ । मलाई रिसिभ गरेर ल्याउने बित्तिकै उसले फ्रिजबाट बियरको बोतल निकाल्यो । द्याट वाज द भेरी फर्स्ट डे व्हेन आई स अ रेफ्रीजरेटर । उसले दुई सासमा एक बोतल भ्यायो र रुन थाल्यो । ही वाज रियल्ली विपीङ् । ऊ फेरी हास्न थाल्यो । अमरिस पुरीको जस्तो हाँसो । अनि मैले पनि बियर खाएँ । म पनि रोएँछु । मेरो अमेरिकाको बसाइ रोएर सुरु भयो । सवैको स्टार्टिंग यस्तो हुँदैन बाबा, तर मेरो यस्तै भयो ।

मलाई थाहा छ । जव तपाईंहरु नेपाल फर्कनुहुनेछ, व्हेन यु विल रिटर्न ब्याक, त्यहाँ धेरै मानिसहरुसंग भेट हुनेछ र तपाईंहरु अमेरिकाको बखान गर्नुहुनेछ । फोटाहरु देखाउनुहुनेछ । मलाई थाहा छ अल पिपुल डु द सेम । यस ! सम् आर रियल्ली डुइङ् वेल । बट द डिस्क्राईबिंग इज सेम । को भन्छ मेरो सन्तानले त राम्रो गर्न सकेन ? किन भन्छ ? व्हाई ? बिकज इज्जतको सवाल छ । एम आई राइट बाबा ? सुधाकर – अव नेपाल जाम उतै सुख दुख गरेर बसम । दया – इम्पोसिबल बाबा, इम्पोसिबल ! अव मेरो यतै बस्ने बानी लागिसक्यो । नेपाल गएर मैले काम पाउँछु ? डेफिनेट्ली नट । मलाई रक्सी खाने पैसा कसले दिन्छ ? मेरा साथीहरु छुटिसके । मेरो अपरच्युनिटी गुमिसक्यो । म अव चाहेर पनि नेपाल फर्कन सक्दिन, नेभर ।

मैले एउटा फिल्म हेरेको थिएँ बाबा । इट्स अ भेरी गुड मुभी । त्यहाँ के भनेको छ बाबा थाहा छ ? त्यहाँ लर्ड रामले भनेको छ , जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ! बट आई ह्याभ लस्ट माई जननी एण्ड जन्मभूमि । आई कान्ट गो बाबा । एउटा कुरा भनम बाबा ? एकजना नेपाली केटी अमेरिकाको आर्मी ज्वाईन गर्यो भने नेपालको मिडियामा न्यूज बन्छ, नन्सेंस ! यसैबाट थाहा पाइन्छ भेरी फिउ नेपलिज गेट सच् अपरच्युनिटी । यसैबाट थाहा हुनुपर्छ अरु सवै थ्री डी मै छन । एनि वे बाबा ! आई एम ह्याप्पी एण्ड स्याल रिमेन ह्याप्पी । यहाँ काम नपाएर र खान नपाएर कोही मर्दैन । पैसा त थ्री डीले पनि कमाउछ । घर पनि किन्छ । अहिले त मसंग पैसा छैन, नो मनी । बट आई एम प्लानिनङ् टु बाइ वान बाबा ।

दुई वर्षपछि सुधाकर फेरि अमेरिका पुगे, तर एक्लै । रम्भा बितेको डेढ वर्ष भयो । आमा बितेको सातदिनमा दया काठमाडौँ पुगेको थियो । ऊ धेरै रोयो , तर कसैसंग बोलेन । उसले यन्त्रवत आमाको क्रियाकर्म गर्यो । यस्तो लाग्दथ्यो, दयाकरसंग बोल्नुपर्ने कुनै कुरै थिएन । कसैले सोधेको कुराको हो हैन भन्ने उत्तर दिनु बाहेक उसले कसैसंग पनि दोहोरो कुराकानी गरेन । नौ दिनको नेपाल वसाइमा ऊ आफ्नो तर्फबाट एउटै मात्र वाक्य वोल्यो, त्यो थियो – ‘उन्नति ! बाको ख्याल गर्नु है ।’ आमा बितेको सोह्रौं दिनमा ऊ उड्यो । उन्नति एक महिना माइतमा बसेर आफ्नो घर गई ।

सुधाकरलाई अहिलेजस्तो लाग्छ, जव उनीहरु अमेरिकाबाट नेपाल फर्के, उनीहरुको घरमा ठूलो जमघट भएको थियो । उनीहरुले यथासक्य उपहार पनि बाँडेका थिए नजिकका कुटुम्ब र छिमेकीलाई । उनीहरुले पनि अरुले जस्तो गर्ने गर्दछन त्यस्तै गरे । अमेरिकाका चिल्ला सडक, सफा वातावरण, पार्कहरु, खानेकुरा, ठूलाठूला गगनचुम्बी घर र अत्याधुनिक र खुला चालचलनहरुको खुव बखान गरे । विदेश गएर आउने सवैमा एउटा कुरामा सर्वसम्मति थियो । कसैले कसैको काम, सफलता र असगलता, पढाइ लेखाइ र कमाइको विषयमा कसैको कुरा नकाट्ने । सुधाकरकहाँ दयाको लागि एकसे एक धनवान र पढेका केटीहरुको अफर आइरहेको थियो । उनीहरु केटी छान्दै थिए । यत्तिकैमा दयाले फोन गरेको थियो, मेरो लागि केटी नखोज्नु, मैले यतै बिहा गरिसकें।

यसपल्ट सुधाकर आउँदा एक्लै थिए, तर दया एक्लो थिएन । दया बाबुलाई रिसिभ गर्न एअरपोर्टसम्म गएको थियो । बाबुछोरा संगै बसेका थिए । दयाकरले गाडी चलाईरह्यो, तर हाउ वाज द जर्नी बाबा ? र दिस टाइम यु विल बी स्टेइंग इन योर अन होम, भन्नु बाहेक केही पनि बोलेन । घर पुग्ने बित्तिकै उसले भनेको थियो –  बस्नुस बाबा, दिस इज योर अन होम, बी कम्फोर्टेबल । उसले अलि ठूलो आवाजमा जुलिया, जुलिया भनेर बोलायो । भित्र बेडरुमबाट एकजना केटी मुस्कुराउन्दै निस्की । दयाले भन्यो – योर फादर इन ल जुलिया ! जुलिया हाइ भन्दै सोफामा बसेकी थिई । सुधाकरले एउटा साडी, एउटा सानो हार र एउटा तिलहरी उसको हातमा दिंदै भने – सौभाग्यवती भव ! उसले खुसी हुँदै भनी – थ्यांक यु, थ्यांक यु भेरी मच बाबा ! सुधाकरले यसो कर्के नजरले जुलियालाई हेरे । जुलिया काली थिई, हव्सी । छन्द नमिलेको शरीर, अलि भाद्दा पहिरन, ज्यादै ठूलो निधार र सानासाना डोरी बाटेको रंगीचंगी कपाल ।

लन्च खाने बेला भयो । दयाले भन्यो – बाबा, मेरो चार दिन अफ छ । वि विल बि इन्ज्वाइङ् अ लट । तर जुलियाको आज मात्र अफ छ । भोलिदेखि काममा जान्छे । जुलियाले ड्रिंक्स तयार गरी, सवैको हातमा ड्रिंक्स थमाएर उसले भनी, चियर्स बाबा ! ह्याव अ भेरी ह्याप्पी टाइम हियर ! हुन्न लिन्न भन्ने गुन्जायस थिएन, उनले गिलास समाते, खान थाले । दयाको अरुबेला धेरै नबोल्ने तर पिएको समयमा आफ्ना सारा भाडास निकाल्ने बानीसंग सुधाकर परिचित थिए । दुईटा जम्बो प्याग निलेपछि दयाको बोली फुट्न थाल्यो । उसले भनेको थियो, बाबा जुलियाले जानेको नेपाली शव्द एउटा मात्र छ, त्यो हो बाबा । यो शव्द उसलाई खुव मन परेछ, अचेल आफ्नो बाउलाई पनि बाबा भनेर बोलाउंछे ।

उसलाई यो एउटा शव्द नै काफी छ, अरु सिक्ने रहर छैन रे । हजुरले आफ्नो मनमा लागेको जे भने पनि हुन्छ, उसले बुझ्दिन । सुधाकरले भने – हुनत तेरो इच्छाको कुरा हो । तँलाई मन परेपछि मैले केही भन्न पनि मिल्दैन । तैपनि तैंले अरु कोही नपाएर यस्ती बिरूप केटी स्याहारिस ? नेपालमा कस्ता कस्ता केटीको कुरा आएको थियो । कस्ता कूल घरानाका सुन्दर केटी गुमाएर यस्ती काली, कहाँ हो कहाँकी केटी ल्याइस, हरेराम । अव दयाले जुलिया खुसी हुने खालका शव्दहरु अंग्रेजीमा र उसले नसुनोस भन्ने चाहेका शव्दहरु नेपालीमा भन्न थाल्यो ।

यस बाबा ! जुलिया इज अ भेरी गुड गर्ल । सी लभ्स मी एण्ड आई लभ हर । हेर्नुस बाबा, मलाई कुल घराना, पैसावाला, सुन्दर जस्ता कुरामा कुनै मतलव छैन । अनि कस्ता कस्ता भन्ने कुरामा पनि म बिलिभ गर्दिन । यी सवै कुरा नेपालमा काम लाग्छन, यहाँ हैन । यहाँ पनि धेरै नेपाली केटीसंग मेरो चक्कर चलेको थियो, तर ’emले धोका दिए । पाकिस्तानी हिन्दू केटीसंग दुई वर्ष रिलेसन रह्यो, तर त्यो बेइमान रहेछ । त्यसले मेरो धेरै पैसा आफ्नो प्यारेन्ट्सकहाँ पठायो । जुलिया अल्सो नोज हर । सी जस्ट लूटेड एण्ड लेफ्ट मी । दयाको अनुहारमा आक्रोश, घृणा र क्रोध सहजै देख्न सकिन्थ्यो । ऊ भन्दै गयो – देन आई डिसाइडेड टु लिभ एलोन । बट जुलिया केम टु माई लाइफ । उसलाई मेरो सव हिस्ट्री थाहा छ । जुलियालाई पनि एउटा बेंगलीले दिस्ट्रोइ गरेर गयो । मैले धेरै सोचेर यसलाई एक्सेप्ट गरेको छु । मलाई थाहा छ, यसले मलाई धोका दिन्न । बाबालाई यो नराम्री लाग्यो ? सुधाकरसंग तर्क गर्ने कुनै कुरा थिएन, उनले भनेका थिए, हैनहैन, हृदय राम्रो हुनुपर्छ, रुपले के गर्छ र !

दया भन्दै गयो, लिसन बाबा, जति काम मैले यो कन्ट्रीमा आएर गरें नि, त्यति काम आफ्नो कन्ट्रीमा गरेको भए धेरै धनी मान्छे हुने थियौं हामी । नेपालको न्यूज पनि हामी हेर्छौं यता । त्यहाँ कोही काम गर्दैन, सिस्टम छैन, सरकार नै ठिस ! काम नगरी धनी हुन खोज्ने देशमा करप्सन नभए कहाँ हुन्छ करप्सन, व्हेर ? तर नेपालमा सोसाइटी राम्रो छ, दुखसुखमा काम लाग्छ । बाबा इफ यु डन्ट माइन्ड, आई वान्ट टु आस्क यु अ क्वेश्चन । मलाई किन अमेरिका पठाउनु भयो ? वाज नट दियर इनफ स्पेस फर मी ? त्यति सानो मान्छेलाई कसैले नचिनेको ठाउँमा किन पठाउनु भयो ? मलाई आउन मन लागे आफै आउने थिएँ ।

तर लाइफ के हो सोच्नै नसक्ने बेलामा मलाई आउनु पर्यो । यु डिस्ट्रोइड माई लाइफ बाबा । यो कुरा म अरु कसैलाई पनि भन्दिन, मेरोजस्तै हिस्ट्री भएका अरु केटाकेटीहरु पनि भन्दैनन, भन्नुको कुनै मिनिङ् पनि छैन । अव मेरो लाइफले आफ्नो बाटो पनि समातिसक्यो । नाउ आई नो माई डेस्टिनी । बट यो क्वैश्चन मेरो दिमागबाट बाहिर जान मान्दैन । तर डन्ट वोरी बाबा, म हजुरलाई सधै माया गर्छु । आई थिंक यु आर इनोसेन्ट, तर मेरो मनमा यो कुरा भित्रसम्म वस्यो बाबा, इनसाइड माई हार्ट । मेरो एकजना साथी छ, पाटनको साहुको छोरो । उसले पनि आफ्नो साहु बाउलाई यही सोधेको थियो । द फादर वाज विपीङ् ।

साहु बूढा भन्दै थियो यस्तो कुरा पाटन तिरको मान्छेलाई नभन है छोरा, हामीलाई सवैले खिसी गर्छ । छोराले भनेको थियो, बा डन्ट वोरी मलाई थाहा छ । साहुले नेपाल जाम उहीं पसल चलाएर बस भनेको त मेरो साथीले के भन्यो थाहा छ ? उसले भन्यो अव बाको पसलमा बसेर सामान बेच्न सक्दिन, यतै खैरेको पसलमा केरा बेचेर बस्छु । तर साहु कस्तो बाठो ! आफ्नै पैसाले टन्न गिफ्ट किनेर लिएर गयो नेपाल ।

उनी एक महिना बसेर फर्के । उनलाई दयाले भनेको  , बाबा मलाई सम्पत्ति चाहिंदैन । मैले जुलियासंग सल्लाह गरेको थिएँ, उसले नेपालको सम्पत्तिको लोभ गर्नु हुँदैन, जसले पाल्छ उसैले पाउनु पर्छ भनेकी छ । भएको सम्पत्ति उन्नतिलाई दिनुहोला । इफ यु वान्ट टु कम हियर, यु आर मोस्ट वेल्कम । म तीन चार वर्षपछि आउने प्रयास गर्छु । के गर्नु बाबा, एकजनाको कमाइ मोर्टगेज तिर्दा ठिक्क हुन्छ, एक जनाको खान लाउन । आई थिंक यु रियलाइज माई सिचुएसन । टेक केयर अफ योर हेल्थ पापा ।

सुधाकर एक्लै थिए । अचेल पहाडबाट एउटा भतिजो काठमाडौँ पढ्न आएको छ । उसलाई संगै राखेका छन् । ऊ पनि अमेरिका जाने चक्करमा छ । सुधाकर हुन्न नजा भन्न सक्दैनन । सुधाकरका भाइ बुहारी छोरालाई अमेरिका पठाउन आतुर छन । सुधाकरका आफ्नो समयका साथीहरु धेरै बिते । बाँचेका सवै कमजोर छन । खासै कसैसंग भेट हुँदैन । उनले हप्ता हप्तामा छोराको सन्चो बिसन्चो सोधेर मेसेज पठाउँछन । छोराले एक महिनामा कल यु लेटर भनेर जवाफ पठाउँछ । दुई महिनामा एकपल्ट छोटो च्याट गर्छ ।