यसरी नाचे पूर्व राजा (फोटो/भिडियो फिचर)

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिवार ठमेलको नाइटक्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब ‘लर्ड अफ द ड्रिङ्क्स'(एलओडी) पुगेका हुन् । प्रायः युवाहरू मात्र पुग्ने एलओडीमा शाह क्लबपुग्दा त्यहाँ उपस्थित युवाहरू आश्चर्यचकित बनेकाथिए । अझ त्यस माथि रातो र चन्द्र सूर्य गीत सँगै नाचेर पूर्व राजाशाहले अर्को सर्प्राइज दिएका थिए ।
पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए । भिडियो /तस्विर : एलओडी






















