सुनको मसिले पुनर्लेखन हुँदैछ सात सय ९५ वर्ष पुरानो वौध्द धर्मग्रन्थ

ललितपुर । पाटन दरबार क्षेत्रको हिरण्यवर्ण महाविहारमा ‘प्रज्ञापरमिता’ को पुनर्लेखन तथा जिर्णोद्वार भइरहेको छ । प्रज्ञापरमिता वौद्ध धर्मावलम्बीको पवित्र ग्रन्थ हो ।करिब सात सय ९५ वर्ष पुरानो प्रज्ञापरमिता स्वर्ण अक्षरमा लेखिएको छ ।

सोही अनुरुप जिर्णोद्वार पनि सुनकै अक्षरले भइरहेको छ ।महाविहारका एक सदस्य सुरेश बज्राचार्य भन्छन्- ‘दाताले चढाएको पैसाबाट किनेको सुनलाई प्राकृतिक रसायनसँग मिसाएर बनाएको मसिले प्रज्ञापरमिता लेख्छौं ।’प्रज्ञापरमिताको पुनर्लेखन र जिर्णोद्वार हरेक तीन-तीन वर्षमा गर्ने गरिएको छ ।

एक पटक जिर्णोद्वार गर्दा तीन देखि चार तोलासम्म सुन खपत हुन्छ ।पहिलो पटक २०५४ सालमा जिर्णोद्वार गरिएको थियो । त्यसबेला करिब आठ तोला सुन खपत भएको थियो । मलमासको समयमा जिर्णोद्वार भइरहेको छ ।

महाविहारका सदस्य बज्राचार्यका अनुसार पुनर्लेखन गर्दा अत्यन्तै ध्यान लगाउनु पर्ने भएकाले भक्तजनको आगमन थोरै हुने समय मलमासलाई छानिएको हो ।

गत असोज २ गतेबाट थालिएको जीर्णोद्धार करिब एक महिनासम्म चल्ने उनले बताए ।कसरी पुनर्लेखन हुन्छ यो ऐतिहासिक र पुरातात्विक महत्व रहेको प्रज्ञापरमिता ?यस’bout विस्तारमा थाहा पाउन हेरौं भिडियो रिपोर्ट–