एउटा सन्तुष्ट किसान

१२ वर्षअघिसम्म दोलखा जिरीका किरण खड्का निकै असन्तुष्ट थिए । नेपालमा केही हुँदैन भन्दै, उनी विदेश पनि गए ।

विदेशमै हुँदा उनले ‘किवी’ फल देखेका थिए । २०६५ सालतिर बिदामा घर आउँदा, त्यसलाई सुहाउँदो मौसम आफ्नै गाउँ–पाखामा देखेछन् । त्यसपछि उनी नेपालमै किवी खेती गर्न तम्सिएछन् ।

उद्यम गर्दै जाँदा उनको किवी फर्म विस्तार भएर अहिले करिब आठ सय बोट भइसके । त्यसबाट वार्षिक झण्डै १५ हजार किलो किवी उत्पादन हुन्छ । वार्षिक उनी करिब १५ लाख रुपैयाँ कमाउछन् ।

किवीसँगै उनले सिताके च्याउ र मौरी पालनको उद्यम पनि थालेका छन् । त्यसबाट पनि मनग्य कमाइरहेका छन् । १२ वर्ष अघि नेपालमा अवसर नदेखेका किरणलाई अहिले भ्याइनभ्याई छ ।