बन्न नसकेको जिरी उच्च मावि !

२०७२ सालको विनासकारी भुकम्प भन्दा अगाडी नै नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार बनिसक्नु पर्ने जिरी उच्च मा.वि. को भवन अहिले सम्म बन्न सकेको छैन ।

भुकम्प पछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भत्किएका विध्यालयहरु प्राय सबै बनाइसकेको छ । तर जिरी उच्च माविको भवन चीन सरकारसँग सम्झौता भइसकेकाले प्राधिकरण पनि ढुक्क जस्तै बसेको थियो ।

भवन बनाउन ढिलो हुदै त थियो त्यसमाथि कोरोनाले गर्दा सबै अस्तव्यस्त भएपछि झन् ढिलो हुनगयो । अहिले जिरी उच्च माविका शिक्षक, विद्यार्थी र अभिभावकहरु विद्यालय नै नबन्ने होकी भनेर चिन्तित हुन थालेका छन् ।

पुर्ननिर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली अब निर्माण कार्य छिट्टै शुरु हुनेमा विश्वस्त छन् । यसै सन्दर्भमा हेरौं दृश्य टिभीको यो रिपोर्ट :