राजनीतिमा पैसा हुनेले मात्र होइन नलेज भएका, डेडिकेटेड र इमान्दारले नै अवसर पाउनु पर्छ

दिव्यमणि राजभण्डारी नेपाली समाजमा त्यति धेरै चिनाइराख्नु पर्ने नाम होइन । नेपालको पुरानो व्यापारीक घरानासँग गाँसिएर आउने यो नाम अहिले नेपाली राजनीतिमा पनि चर्चित हुँदैछ ।

नेपाली कांग्रसको समानुपातिक सांसद दिव्यमणि राजभण्डारी सन् २०१८ देखि सम्पूर्ण व्यापार व्यवसाय त्यागेर इमान्दारिताकासाथ राजनीतिमा लागेको बताउँछन् ।

आर्थिक रुपले सम्पन्न भएकाहरु राजनीतिमा आउने हो भने केही हदसम्म भ्रष्टाचारमा पनि कमी आउने उनको दाबी छ । यसो भन्दैगर्दा राजनीतिमा पैसा हुनेले मात्र होइन नलेज भएका, डेडिकेटेड र इमान्दारले नै अवसर पाउनु पर्छ भन्नेमा उनी दृढ पनि देखिन्छन् ।

आफैं सन्यास लिने बेला आइसकेको सोचाई राख्ने राजभण्डारी आफु भन्दा दश वर्ष जेठाहरुले नेपाली कांग्रसलाई नेतृत्व गरीरहेकामा अलिकति खिन्न हुँदै अब युवालाई नेतृत्व दिनुपर्ने बेला आइसकेको पनि बताउँछन् ।

नेपाली कांग्रसका सांसद दिव्यमणि राजभण्डारीसँग वर्तमान राजनितिक अवस्था र यसै सेरोफेरोमा दृश्य टिभीले गरको कुराकानी हेरौं यसपटकको वार्तालापमा