वियरको बजारमा पनि हामी नै नम्बर एक हुनेछौं – सशीन जोशी

सशीन जोशी र नेपालका बैंक केहि वर्ष अगाडि सम्म एक अर्काका पूरक जस्तै थिए। सशीनले आफ्नो आधा भन्दा बढी जीवन बैंकिङ क्षेत्रमै अर्पण गरेका थिए । हालैमात्र उनले आफ्नो सेक्टर चेञ्ज गरेका छन्। उनी जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप एक्जीक्युटिभ डिरेक्टर भएका छन्।

यद्यपि उनको पहिचान बैंकिङ क्षेत्र नै हो। उनको यात्रा नबिल बैंकबाट शुरु भएको थियो। त्यो पनि ‘ट्रेनि’को रुपमा। त्यसपश्चात पूर्णकालिन जागिरेको रुपमा उनी स्टाण्डर्ड चार्टर्ड बैंक प्रवेश गरे।

एनआइसी एसिया बैंकको शुरुवाती समयमा बैंकलाई स्थापित गराउन पनि उनले ठूलो भूमिका निर्वाह गरेका थिए। त्यसपछि लामो समयसम्म उनले नविल बैंकसँग सहकार्य गरे। नविल बैंकलाई पनि लोकप्रिय बनाएपछि केही समय अमेरिकातिर बरालिएका उनी अहिले उत्पादन मूलक व्यवसायमा भिडिरहेका छन्। हेरौं सेक्टर चेञ्ज गरेका सशीन जोशीसंग दृश्य टिभीको यसपटकको वार्तालाप ।