निश्चित उदेश्य लिएर राजनीतिमा आएकोछु, त्यो पुरा गरेरै छोड्छु

एक सफल उद्योगपति विनोद चौधरी फोर्ब्समा सुचिकृत नेपालका एकमात्र खर्बपती हुन्। तर हालैका दिनहरुमा उनको व्यस्तता उद्यम भन्दा पनि राजनीतितर्फ छ। उनी नेपाली कांग्रेसका तर्फबाट “फुलटाइम” राजनीतिमा प्रवेश गरिसकेका छन्।

विनोद चौधरी किन राजनीतिमा आए ? विनोद चौधरीलाई राजनीतिमा नआइ नहुने त्यस्तो के आइलाग्यो ? के चन्दा दिँदादिँदा वाक्क लागेर, दिनेभन्दा लिने ठाउँमै जान्छु भनेर हो ? के विनोद चौधरी राजनीतिमा सफल होलान् त ? राजनीतिमा सफल हुनू भनेको त “प्रधानमन्त्री” हुन्छु भन्नू हो नि !

यी र यस्तै सन्दर्भमा उनको राजनीतिक यात्रा, उनको राजनीतिक मुद्दा र उनको प्राथमिकताका सवालमा उद्योगपति विनोद चौधरी दृश्य टेलिभिजनको “वाइड एंगल”मा चन्द्रशेखर कार्कीले गरेको कुराकानी।