कांग्रेसको उपचार गर्न मेरो उम्मेद्वारी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अब पार्टीको नेतृत्व गर्न आफू तयार भएको बताएका छन् ।

उनले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने अठोट गरिसकेकाले त्यसको कार्यान्वयनका लागि क्रियाशील रहेको पनि स्पष्ट पारेका छन् । उपसभापति निधिले भने– ‘अब म पार्टीको नेतृत्व गर्न चाहन्छु, सभापति शेरबहादुर देउवाजी पछि पालो मेरै हो । यो कुरा सबै नेतालाई थाहा छ । अन्तिम पटक भनेर कतिञ्जेल पर्खने ?’

नेता निधिले आफ्ना मित्रहरु शशाङ्क कोइराला र प्रकाशमान सिंहसँग पार्टीलाई पुनर्जागरण गर्न साझा धारणा बनाउने बिषयमा सहमति भैसकेको बताउँदै नेतृत्वमा को जाने भन्ने ’boutमा भने परामर्श भैरहेको पनि सुनाए । दृश्य टेलिभिजनको वार्तालाप कार्यक्रममा नेता निधिले पार्टीको महाधिवेशन र भारतले नेपालको संविधानको स्वागत नगरेको लगायतका प्रसंगमा बिस्तारमा चर्चा गरेका छन् ।

नेता निधिसँगको वार्ताको पूर्ण विवरण यो लिङ्कमा हेर्न सकिने छ–