ब्रम्हाण्ड नै संगीत हो ।

नेपाल ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेलले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट ‘नेपालको सन्दर्भमा सँगीत शिक्षा’ विषयमा विद्यावारिधि गर्नु भएको छ । शास्त्रीय गायनका अथक साधक डा. पोखरेल भक्ति सँगीतमा पनि उत्तिकै प्रख्यात हुनुहुन्छ ।
पशुपतिनाथ मन्दिर परिसरमा आरती सन्ध्या र बत्तिसपुतलीस्थित राम मन्दिरमा भजन किर्तनमा व्यस्त रहने डा. पोखरेल उच्च शिक्षा तहमा शास्त्रीय सँगीतको पाठ्यक्रम निर्माणमा पनि शक्रिय हुनुहुन्छ । डा. पोखरेलसँग सँगीतका बहु आयामिक पाटा’bout गरिएको सरस अन्तर्वार्ता यहाँ प्रस्तुत छ ।