कुुलमानको उदय र दुुई अनुुत्तरित सवाल


सरोज गौतम
मलाई नेताको परिभाषा गर्न देऊ । ऊसँग परिकल्पना एवं उत्कण्ठा होस् र कुुनै समस्यासँग नडरोस् । बरु उसलाई थाहा होस् कि यसको समाधान कसरी गर्ने । सबैभन्दा महत्वपूर्ण कुुरा उसले इमानदारीपूर्वक काम गरोस् ।

–एपीजे अब्दुुल कलामहरेक नेपालीलाई थाहा छ– गत वर्ष यही समयमा नेपालीको दैनिक दुुईतिहाइ समय लोडसेडिङमा बित्थ्यो । भारतीय नाकाबन्दीका बीच प्रधानमन्त्री केपी ओलीले इन्धन नपाएर रन्थनिएका जनतालाई दाउरा बाँड्दै उद्घोष गरे( एक वर्ष्भित्र नेपाललाई लोडसेडिङमुुक्त बनाउँछुु । जतिबेला ओली स्वप्निल उद्घोष गर्दै थिए ठीक त्यति नै बेला नेपाल विद्युुत् प्राधिकरणका कर्मचारी भने लोडसेडिङको समय बढेको तालिका बनाउन व्यस्त थिए । त्यसमाथि ऊर्जा क्षेत्रका स्वघोषित विज्ञहरू मनोगत फैसला सुुनाउँदै थिए( नेपालमा ठूलो जलाशययुुक्त कुुनै एक आयोजना नबनेसम्म लोडसेडिङ घट्ने कल्पना गर्नुु पूरै हावादारी हुुन्छ । विद्युुत् माग र आपूर्तिबीचको खाडल नै लोडसेडिङको टार्नै नसकिने कारण हो र यो क्रम आगामी वर्षहरूमा झनै बढ्छ, उनीहरूको अकाट्य निष्कर्ष थियो ।
यी ‘डिस्कोर्स’ हरूले यति निराशा पैदा गरेका थिए कि लोडसेडिङबाट मुुक्ति पाउनुु करिब–करिब असम्भव छ भन्ने तथ्यजस्तो लाग्ने मिथ्या आम नेपालीले पूर्णरूपमा स्विकारेको अवस्था थियो । लोडसेडिङ एक घन्टा घट्ने समाचार हेडलाइन मात्र होइन, खुुसी सञ्चार गर्ने समाचार बन्थे । गत असोजसम्म चलिरहेको यो ‘देखावटी लोडसेडिङ’ को दुुष्चक्र विद्युुत् प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुुगेका कुुलमान घिसिङले व्यवस्थापकीय कौशलको माध्यमबाट एक प्रकारले चुुट्कीको भरमा अन्त्य गरिदिए । अघिल्लो दिनसम्म ८र१० घन्टासम्म भइरहेको लोडसेडिङ रातारात गायब हुुन सक्छ भन्ने कल्पना उनलाई अमूक पार्टीको प्रतिनिधि मात्र ठान्नेहरूले त कुुरै छोडौं, उनकै शुुभचिन्तकले समेत गरेका थिएनन् । कल्पनै नगरेको उनले गरेर देखाए । वर्षौंदेखि अन्धकारमा बाँचिरहेका काठमाडौं, पोखरा र चितवन अहिले उज्याल सहरमा रूपान्तरण भइसकेका छन् । अघिल्लो वर्ष यसैबेलाको अवस्था सम्झिँदा एकादेशको कथाजस्तो लाग्न थालिसकेको छ ।
कुुलमान दुुई अर्थमा पात्र मात्र नभएर एउटा अनुुकरणीय प्रवृत्ति वा बिम्बको रूपमा चित्रित गरिन योग्य छन् । ’cause उनले निराशाबीच आशाको सञ्चार मात्र गरेका छैनन्, असम्भव ठानिएको र अपेक्षा नै नगरिएको नतिजा निकालेका छन् । त्यसभन्दा पनि ठूलो कुुरा उनले आफूले गरेकै कामको लागिसमेत श्रेय दाबी गरेका छैनन् (पूर्ववर्ती ऊर्जामन्त्रीद्वारा जगेडामा पुु¥याइएका कुुलमानलाई तह बढुुवा गरेर प्राधिकरण प्रमुुखको जिम्मेवारी दिने मन्त्री, पार्टी वा सरकारले कति श्रेय पाउने भन्ने प्रश्न छुुट्टै बहसको विषय हुुन सक्ला) । नतिजामुुखी कामपछि त्यसको प्रचारबाजीभन्दा पनि दिगो बनाउने कुुरामा कुुलमानको जोड देखिन्छ, जुुन अनुुकरणीय छ । काठमाडौंलाई अघोषितरूपमा लोडसेडिङमुुक्त गरिसकेपछिका हरेकजसो मिडिया साक्षात्कार वा सार्वजनिक अन्तर्वार्तामा उनले यसको श्रेय आम उपभोक्तालाई दिएका छन्, जुुन नगरेको कामको लागिसमेत श्रेय लिन होडबाजी गर्ने राजनीतिक नेतृत्व भोगिरहेका नेपालीहरूका लागि दुुर्लभ दृष्टान्त हो ।
आमनागरिक समाजमात्र होइन, छिद्र अन्वेषण गर्ने भनिएको नेपाली मिडिया क्षेत्र पनि लोडसेडिङ प्रकरणमा पूरै चुुक्यो । विभिन्न समयमा अनेक बहानामा देशभरि दिनभर र रातभर विद्युुत् प्रवाह गर्न सक्ने तर अर्को दिन १२र१३ घन्टासम्म लोडसेडिङ हुुनेजस्ता रहस्यमय व्यवहार वर्षौंसम्म दोहोरिँदा पनि यस’bout कसैले खोजी गरेन । विद्युुत् आपूर्ति तथा प्रसारण लाइनका कारण देखाएर आउने लोडसेडिङ समय बढेका तालिका वा मागको कुुनै चाप नै नहुुने मध्यरातमा समेत लोडसेडिङ गर्ने प्राधिकरणमाथि प्रश्न नउठाउने मिडियाले बरु लोडसेडिङ अन्त्य भएपछि यो दिगो नहुुने, छिट्टै चर्को लोडसेडिङ सुुरु हुुने वा कुुलेखानी रित्याएको भन्नेजस्ता भ्रमित पार्ने कुुरालाई प्रवद्र्धन गर्न खोजे । यी सबै प्रतिकुुल परिस्थिति हुँदाहुँदै सबै दुुराग्रही प्रक्षेपणलाई गलत सावित गर्दै माघको अन्त्यसम्म आइपुुग्दा पोखरा र चितवनसमेत घोषितरूपमा लोडसेडिङमुुक्त सहर बनिसकेका छन् ।

देशमा व्याप्त मनोमानीमा आधारित राजनीतिक सिन्डिकेट तोड्न राजनीतिमा पनि कुुलमान प्रवृत्तिको जन्म प्रतीक्षित छ, जसले कुुलमान शैलीमा सीमित साधन र स्रोत हुँदाहुँदै पनि इमानदारी र कुुशल व्यवस्थापनको माध्यमबाट अपत्यारिलो परिणाम निकाल्न सकोस् ।
कुुनै रहस्य कथाजस्तो लाग्ने यो परिघटनाले नेपाली समाजको एउटा चरित्र उदांगो पार्दै एकसाथ दुई युुगीन प्रश्न जन्माएको छ, जसको जवाफसँग नेपाल र नेपालीको भविष्यसमेत गाँसिएको देखिन्छ । पहिलो, नेपालीहरू आवश्यक मात्राको विद्रोह चेत गुुमाएर किन यतिविघ्न कान्तिविहीन र रुग्ण अवस्थामा बाँच्न अविशप्त बनिरहेका छन् ? र दोस्रो, राजनीतिक क्षेत्रमा कुुलमान प्रवृत्तिको उदय कहिले होला ?

पहिलो सवाल
अत्याधुुनिक सूचना प्रविधिको वर्तमान समयमा समेत नीति निर्माण र कार्यान्वयन तहमा रहेकाहरूको नियत खराब हुुँदा जनता गुुमराहमा परेर कुुन हदसम्म शोषित हुुन सक्छन् भन्ने निकृष्ट नमुुना हो वर्षौंसम्म नेपालीमाथि लादिएको अन्यायपूर्ण लोडसेडिङ । लाग्थ्यो कुुनै जादुुगर आए पनि तत्काल लोडसेडिङ अन्त्य गर्न त परै जाओस्, काम गर्न पनि सक्दैन । वर्षौंसम्म यही भ्रमको सहारामा अँध्यारोमा लुुटराज्य चलाउनेहरूमाथि कुुनै पनि स्तरमा प्रश्न नउठ्नुुले नेपाली समुुदायमा व्याप्त भाग्यवादी चिन्तन उजागर गर्छ ।

कुुलमानको करामतले नेपाली जनमानसमा खिइँदै गएको विद्रोह चेत’bout निराशाजनक चित्रप्रकट मात्र भएको छैन, आफूमाथि थोपरिएका भ्रमहरूलाई नेपालीहरूले कसरी सत्यको रूपमा ग्रहण गरेर त्यसमै जिउन स्वीकार गरिरहेका छन् भन्ने दृष्टान्त पनि प्रस्तुुत गरेको छ । जलस्रोतको धनी देशका नागरिक भइकन पनि वर्षौंसम्म कृत्रिम लोडसेडिङ खेप्न तयार हुुनुु तर त्यसको कारण र वास्तविकता खोजीमा किञ्चित प्रयास नगर्नुुले नेपाली समाज कति जीर्ण मानसिकतासहित बाँचिरहेको छ भन्ने बुुझ्न मद्दत गर्छ ।

जस्तोसुुकै अवस्थामा बाँच्नुुपरे पनि त्यसको कारण खोजी नगर्ने, जे छ त्यसलाई प्रश्न नगरी सहने र जवाफदेहिता नचाहिने समुुदायका रूपमा नेपाली समाज विकास हुुँदै गएको त होइन भन्ने प्रश्नसमेत लोडसेडिङ प्रकरणले जन्माएको छ । विद्रोह चेतको अनुुपस्थितिको फाइदा राजनीतिक नेतृत्वमा रहेकाहरूले पालैपालो उठाइरहेका छन् । लोडसेडिङ काल जुुन स्तरमा कहालीलाग्दो तर स्विकार्नैपर्ने वास्तविकता थियो नेपालको राजनीतिक संक्रमणकाल त्योभन्दा पनि पीडादायी महसुुस हुुँदैछ । बहुुसंख्यक जनतालाई अँध्यारोमा राखेर फाइदा लिन उद्यत् दलाल, अनैतिक व्यापारी र स्वार्थीहरूले लोडसेडिङ कायम राख्न प्राधिकरणको सानो गिरोहलाई मतियार बनाएका थिए भन्ने खुुल्दैछ ।
राजनीतिक संक्रमणकालरूपी अध्याँरो कायम राख्न चाहने शक्ति केन्द्रहरू (आन्तरिक र बाह्य) ले पनि त्यस्तै सानो स्वार्थी गिरोहलाई पकडमा राखिरहेको अनुुभूत हुुन्छ । दुुवैतिर सानो स्वार्थी समूह लाभमा देखिन्छ र बहुुसंख्यक निरिह । अफूमाथि लादिएका निर्णयहरू जनताले श्वाश्वत सत्यजस्तो गरी स्वीकार गरिदिएका कारण कोठामा बसेर ठूलाठूला निर्णय गर्नेहरूले आफूलाई निर्विकल्प ठान्ने मौका पाएका हुुन् । सहमतिका नाममा जवाफदेहिताविहीन ढंगले बोकिएका एजेन्डा र तदर्थवादमा आधारित राजनीतिक निर्णयलाई आँखा चिम्लिएर स्वीकार गरिरहेका (हामी) ले आफ्नो देशमा सूक्ष्म व्यवस्थापनको लागि शक्ति केन्द्रहरूबीच चलिरहेको होड र राज्य सञ्चालनकै तहमा बसेर त्ससको मतियार बनिरहेकाहरू’bout सवाल उठाउने गुुन्जायस नै देखिँदैन ।

लादिएका कुुरा जे छ ठीक छ भन्ने शैलीमा ग्रहण गर्ने दास मानसिकता हुुनै नपर्ने लोडसेडिङ स्वीकार गर्ने मानसिकताभन्दा सयौं गुुना घातक छ । प्रकृतिले सबै कुुरा दिएको सुुन्दर र शान्त देशका नागरिकले यसरी हीनताबोधसहित निम्छरो जीवन बाँच्नुुपर्ने अवस्था किन कायम छ यसको जवाफ कहिले खोजी गर्ने ?

दोस्रो सवाल
तर्क गर्ने गरिन्छ( समाज जस्तो छ नेता त्यस्तै हुुन्छन्, नेताले कुुनै जादुुको छडी चलाएर समाधान दिने होइनन् । नेताहरू पनि तपाईं–हामीमाझबाटै आएका मान्छे हुुन् । यही समाजका उपज हुुन् । जताततै अव्यवस्था भएका कारण नेताहरू असफल भए । यी तर्क गर्नेहरूलाई सपाट जवाफ हुुन् कुुलमान घिसिङ । नेतृत्वमा इच्छाशक्ति छ र राम्रो काम गर्न चाहन्छ भने सिस्टम जतिसुुकै भ्रष्ट भए पनि उसलाई रोक्न सक्दैन भन्ने मुुखर उदाहरण कुुलमानले दिएका छन् ।

देश चलाउनुु विद्युुत् प्राधिकरण चलाउनुुजस्तो होइन भन्ने तर्क पनि उठ्न सक्ला । तर नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारको उदाहरण काफी छ । केही वर्ष अघिसम्म राजनीतिशास्त्रका विद्यार्थीहरूले पढ्ने पाठ्यपुुस्तकमा ‘राजनीतिको अपराधीकरण’ र ‘अपराधको राजनीतीकरण’, जातीयतामा जकडिएको राजनीति’bout बुुझाउन मात्र दिने गरिन्थ्यो, विहारको उदाहरण । त्यतिमात्र होइन, क्षत्रीय र साम्प्रदायिक राजनीतिको खराब उदाहण पनि विहार नै बन्ने गथ्र्यो । समयले कोल्टे फेरेको छ, एक दसकअघिसम्म भारतमै सबैभन्दा पिछडिएको, विपन्न र अपराधीहरूको भूस्वर्ग मानिने विहार अब अपराध नियन्त्रण, स्थिरता र तीव्र विकासको लागि भारतकै नम्बर १ राज्य बन्ने होडमा छ ।

नेतृत्वमा इच्छाशक्ति भए असम्भवलाई सम्भव बनाउन सक्छ भन्ने उदाहरण हुुन् विहारका मुुख्यमन्त्री नीतिश कुुमार । कुुनै बेलाको बहिस्कृत विहार एक दसकमै भारतका सबैभन्दा बढी पर्यटक र बाह्य लगानी आकर्षित गर्ने राज्य बनिसकेको छ । सन् २००५ मा भएको नीतिश कुुमारको उदयपछि विहारले मुुहार नै फेरेको छ । नीतिश पनि अव्यवस्थाकै बीचबाट उदाएका कुुशल व्यवस्थापकीय क्षमताका प्रतीक हुुन् ।
देशमा व्याप्त मनोमानीमा आधारित राजनीतिक सिन्डिकेट तोड्न राजनीतिमा पनि कुुलमान प्रवृत्तिको जन्म प्रतीक्षित छ, जसले कुुलमान शैलीमा सीमित साधन र स्रोत हुँदाहुँदै पनि इमानदारी र कुुशल व्यवस्थापनको माध्यमबाट अपत्यारिलो परिणाम निकाल्न सकोस् । करोडौं जनतालाई वर्षौंसम्म गुुमराहमा राख्नेहरूको सिन्डिकेटमा धावा बोलेर कुुलमानले नेपालीलाई उज्यालो उपहार दिएका छन् ।
महाकवि देवकोटाको भाषामा सुुन्दर, शान्त र विशाल देश अदूरदर्शी झुुन्डको सिन्डिकेटका कारण संक्रमणकालको चक्रव्युहमा छट्पटाइरहेको छ । हिन्दी फिल्म ‘सिंघम’ मा एउटा संवाद छ, ‘गलत क्या है ये जान ने से कोइ फरक नही पड्ता, गलतको सही करने से फरक पड्ता है ।’ प्रकृतिले वरदान दिएको देश संक्रमणकालको नाममा बन्धक बनिरहनुु अस्वीकार्य विषय हो । राजनीतिक सिन्डिकेटको दुुष्चक्रबाट मुुक्ति दिने कुुलमान नेपाली राजनीतिक क्षेत्रले कहिले पाउँला ?

(गौतम एपीवान टेलिभिजनका डेस्क सम्पादक हुुन् ।
अन्नपूर्ण पोष्टबाट