ज्येष्ठ नागरिकका लागि दश काम गरौं !
ज्येष्ठ नागरिकका लागि दश काम गरौं !
—अश्विन पुडासैनी
विश्वव्यापी सवाल
ज्येष्ठ नागरिक हितवार्े अन्तराष्ट्रियरुपमा सन् १९८२देखि चहल पहल शुरु भएको हो । अष्ट्रियाको राजधानी भियनामा प्रथम विश्वसम्मेलन भएको थियो । त्यही सम्मेलन पश्चात संयूक्त राष्ट्र संघले सन् १९९९ लाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक बर्ष मनाउने घोषणा ग¥यो । विश्वभर ज्येष्ठ नागरिकको हितमा कार्यगर्ने संघसंस्था खुल्नथाले । सरकार तथा नागरिक समाजको पहलमा नीतिनियम तथा कार्यक्रम आयोजना गर्नथालियो । सन् २००२ मा स्पेनको राजधानी म्याड्रिडमा भएको दोश्रो विश्वसम्मेलन पश्चात ज्येष्ठ नागरिकको विषयले गति नै लियो ।
नेपालमा अध्ययन
अन्तराष्ट्रिय जेष्ठनागरिक बर्ष (१९९९) को अबसरमा नेपालमा पहिलो सहभागितामुलक अनुसन्धान भयो । ‘बुढ्यौली आवाज’मा उक्त अनुसन्धानको नतिजा प्रकाशित छ । त्यसपछि ज्येष्ठ नागरिकहरुको हित संरक्षणगर्ने कानुनी व्यवस्थासहित संस्थागत प्रयास शुरु भए ।
ज्येष्ठ नागरिक महोत्सव
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक महोत्वस, २०६९मा भयो । “ज्येष्ठ नागरिकहरूलाई सम्मान गरांै, सहभागिता बढाआँै, सँगसँगै रमाऔँ र उत्सव मनाऔं” भन्ने अभियानका साथ ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को सन्दर्भ पारेर ०६९ आश्विन १५ (२०१२ अक्टोबर १)गते महोत्सव आयोजना गरियो । प्रथम राष्ट्रपति डा. रामवरण यादब, पूर्वप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ ब्यक्तिहरुले समेत ज्येष्ठ नागरिकसँग सहभोजन गरे ।
तर बहुप्रचारित र बहुप्रभावित यो कार्यक्रमले त्यसपछि निरन्तरता पाएको छैन । हरेक वर्ष जेष्ठ नागरिक दिवस त्यसैगरी उत्सवका रुपमा मनाउनु पर्ने हो । राष्ट्रपति कार्यालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिकका सवालमा कामगर्नेहरु सबै अबलमलमा परेको देखिन्छ । जबकि यस्ता कार्यक्रमा सबैको चासो र सक्रियतामा जरुरी छ ।
निर्वाचनमा ज्येष्ठ नागरिकका सवाल
दुई दशकपछि बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा भावि नीति, योजना र कार्यक्रमहरु’bout ब्यापक छलफल हुने नै छ । त्यसभित्र जेष्ठ नागरिकका सवालहरु’bout पनि छलफल र विचार विमर्श हुनुपर्छ । कार्यक्रम र उम्मेदवारसहित सशक्त रुपमा सहभागी हुने राजनीतिक दल सक्रियरुपमा ओर्लिए भने ज्येष्ठ नागरिकहरुको हकहितका कुराले ब्यापकता पाउने छ । घरघरमा छलफल हुनेछ ।
निर्वाचन घोषणापत्रमा दल र उमेद्वारहरुले ज्येष्ठ नागरिकको हितमा के गर्न सक्छन् उल्लेख गरे त्यसले ब्यापकता पाउनेछ । ७४४ वटै स्थानीय तहको निर्वाचनमा ज्येष्ठ नागरिकको सवाल लैजानुपर्छ । निर्वाचनमा यसले चर्चा पायो भने मात्रै स्थानिय निकाय ज्येष्ठ नागरिक मैत्री भन्ने सन्देश प्रवाहित हुनेछ । ज्येष्ठ नागरिकमा हौसला बढ्ने छ ।
सामाजिक सुरक्षा भत्ता नेपालमा सरकारले गरेको सकारात्मक कार्यक्रम हो । यसको प्रभावलाई सशक्तरुपमा परेको पनि छ । यो अझै व्यवस्थित, प्रभावकारी र जिविकोपार्जन गर्न सक्ने गरी अगाडि बढाउनुपर्छ ।
बीस बर्षेको अध्ययन
गएका बीसबर्षदेखि ज्येष्ठ नागरिकको सवालमा थुप्रै अध्ययन अनुसन्धान भए । स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अनुसन्धान, परियोजना तथा कार्यक्रममा सहभागी भई गरिएको अध्ययनको आधारमा नेपालमा ज्येष्ठ नागरिकहरुको हितका लागि घर, परिवार, समाज र राष्ट्रले गर्नु पर्ने अत्यावश्यक कामलाई दश बुँदामा विभाजन गरिएको छ ः
पहिलो,
ज्येष्ठ नागरिकलाई घरपरिवारमा राख्नुपर्छ । आफ्ना सन्तानले नै आफुसँगै राख्नुपर्ने, स्याहास सुसार, पालन भरण र पोषण गर्नुपर्छ । संरक्षण गर्नुपर्ने दायित्वको पालन कानूनीरुपमा नै गर्नु र गराउनु पर्छ । जसलेगर्दा कुनैपनि सन्तानले आफ्ना आमाबाबुलाई बोझको रुपमा हेर्नु पर्नेछैन ।
दोश्रो,
जसरी घरमा बालबालिका भएका दम्पत्तीलाई सरकारी तथा निजी क्षेत्रले कर्मचारी सुविधा प्रदान गर्छन,् त्यसैगरी ७५ बर्ष माथिका बाबुआमा भएका कर्मचारीलाई सोही अनुरुपको धरालो, हेरचाह गर्ने हेरालु वा सहयोगीको व्यवस्था गर्ने सुविधा उपलब्ध गराउने कानुनी व्यवस्था हुनुपर्छ ।
तेश्रो,
साठी बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई अनिवार्य रुपमा परिचयपत्र उपलब्ध गराउनु पर्छ । सोहि परिचयत्रलाई ‘नेशनल सिनियर सिटिजन आईडि कार्ड’ भनी सेन्ट्रल डाटाबेशमा राखी राज्यले दिने सामाजीक सुरक्षा भत्ता लगाएत अन्य सुविधा उपलब्ध गराउनु पर्छ ।
चौथो,
ज्येष्ठ नागरिक पहिला भन्ने अबधारणाको संस्कृती विकास गर्नु पर्छ । यसका लागि पाठ्य पुस्तकहरुमा नै प्राथमिक तहदेखि नै शैक्षिक जागरण ल्याउनु पर्छ । बालबालिकाहरुलाई आफ्नो विद्यालय वरिपरिको समाजमा भएका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया÷सम्बाद गर्ने संस्कृतिको अनिवार्य विकास गर्नुपर्छ ।
पाँचौं,
सम्पत्ति भनेकै जग्गा, जमीन र घर मानिने हाम्रो समाजमा पैत्रीक सम्पत्ती हस्तान्तरणहुँदा लालपुर्जामा छोरा—बुहारी, महिला—पुरुष दुबैको संयुक्त नाममा हुने कानुनी व्यवस्था गर्नुपर्छ । सो सम्पत्तीमध्ये ८० प्रतिशत छोराबुहारी र छोरीलाई र बाँकी २० प्रतिशत बाबुआमाले स्वेच्छीकरुपमा आफूखुसी दिन सक्ने कानुनी व्यवस्था गर्नु पर्छ ।
छैठौं,
ज्येष्ठ नागरिकहरुलाई अनिवार्य बैंक खाताको व्यवस्था गर्नु पर्छ । अनिवार्यरुपमा सरकारले नै ज्येष्ठ नागरिकहरुको नजिकको वा पहुँचको शाखामा बैंकखाता खोल्नुपर्ने कानुनी व्यवस्था गर्नु पर्छ । यसका कारण राज्यले जुनकुनै नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्नु पर्दा ज्येष्ठ नागरिकहरुलाई सिधै सम्बोधन गर्न सकोस् ।
सातौं,
छोराछोरीले आफ्नो आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई अनिवार्य रुपमा दिनु पर्ने कानुनी व्यवस्था गर्नु पर्छ । सो रकम बाबुआमाको बैंक खातामा पेन्सन वा कर कट्टीको रकम झै सिधै जाने प्रवन्ध सहितको व्यवस्था गर्नु पर्छ ।
आठौं,
ज्येष्ठ नागरिकलाई दिने कुनै पनि रकममा कर नलाग्ने वा भनौं ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने कुनैपनि सुविधामा कर नलाग्ने सुविधा दिनुपर्छ । साथै ज्येष्ठ नागरिकहरुको क्षेत्रमा चन्दा वा सहयोग दिने संघ संस्थाहरुलाई सो वरावर रकममा कर छुटको व्यवस्था गर्नुपर्छ ।
नवौं,
ज्येष्ठ नागरिकहरुलाई खाना, नाना र छानाको सुविधा अनिवार्य गर्न कानुनीरुपमा नै राज्यले खाद्यान्न सुरक्षाको प्रबन्ध र त्यो उपलब्ध पनि गराउनु पर्छ । जीवनभर घर, परिवार, समाज तथा राष्ट्रको लागि आफ्नो उर्जा खर्चेका ज्येष्ठ नागरिकलाई अनिवार्य रुपमा राज्यले नै खाद्यान्नको ग्यारण्टी गरेमा जसरी बृद्ध भत्ताले एक किसिमको तरङ्ग ल्याएको थियो, त्यसैगरी संविधानमै खाद्य सुरक्षाको ब्यवस्था भएमा त्यसले बहुचर्चामात्र पाउने होइन, कल्याणकारी राज्यको अबधारणाले सार्थक रुप लिनेछ । सबै नागरिकले सुरक्षित बुढ्यौली जीवनको अनुभूति गर्ने छन् ।
दशौं,
राज्यबाट ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, सरसफाई र लत्ताकपडाको अनिवार्य कानूनी व्यवस्था गर्नु पर्छ । ७५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई मासिक रुपमा घरघर पुगेर स्वास्थ परिक्षण गर्नुपर्ने ब्यवस्था स्वास्थ विज्ञान प्रतिष्ठान, अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र वा अन्य कुनैपनि स्वास्थ्य इकाईहरुबाट घरघरमा सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्छ । ६० वर्ष नाघेकाहरुलाई भने घरमा होइन स्वास्थ्य केन्द्रहरुमा निशुल्क मासिक जाँचबुझ र उपचारको ब्यवस्था गर्नुपर्छ ।
यसमा लाग्ने खर्चका लागि ज्येष्ठ नागरिकहरुको स्वास्थ विमा अनिवार्य गरी विमा रकम सरकारले उपलब्ध गराउने कानुनी व्यवस्था गर्नु पर्छ । यसो भएमा मात्रै कुनै पनि ज्येष्ठ नागरिकले स्वास्थ्योपचारको अभावमा घिटीघिटी भएर बस्नुपर्ने वा अकालमा मर्नु पर्ने छैन ।
यी दश कर्म गर्न सकेमा कुनै पनि नागरिकहरुले यो जन्म मात्रै होइन पुनः पुनः नेपाल मा जन्मन पाउँ भन्दै आफ्नो संपूर्ण उर्जाशील जीवनको सृजना परिवार, समाज र राष्ट्र सेवामा लगाउने छन् ।
(पुडासैनी, ज्येष्ठ नागरिकका सवालका अध्येता हुन् ।)