जंगली हात्तीको पिडा

जंगली हात्तीको पिडा

कृष्ण सिञ्जाली (झापा)
भारतको उत्तरपूर्वी राज्य आसमबाट हुल बाँधिएर मेची नदीको खुल्ला बगर हुदै आउने जंगली हात्तीको आतंकका कारण पूर्वीत्तर झापाका बासिन्दा पाँच दशक भन्दा अघिदेखि प्रताडित छन् ।
विगतमा हात्ती आतंक नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी पक्षबाट धेरै प्रयास भएका थिए । तर, यो आतंक कम भएको थिएन् ।
देवीगंजमा जंगली हात्तीका बथान ।
केहि वर्षदेखि विद्युतीय तारबार जडानपछि भने आतंक कम हुदै गएको वातावरण संरक्षण ‘समाज,बाहुनडाँगीका अध्यक्ष निरज घिमिरेको अनुभव छ । भन्छन् “विद्युतीय तारबारपछि आतंक न्यूनीकरण भएको छ, निमिट्यान्न चाँहि भएको छैन ।”
नेपालको भू भागमा बिशेषगरी चैत,बैशाख,माघ र फाल्गुन महिनामा जंगली हात्ती प्रवेश गर्ने गर्छन् । झापाको बाहुनडाँगी,शान्तीनगर,बुधवारे,खुदुनावारी, ज्यामीरगढी र मेचीनगरलगायतका क्षेत्र जंगली हात्तीको आतंकबाट अत्याधिक प्रभावित मानिन्छ ।
स्थानीयहरुले मोरेको हात्तीको अखेटोपहार (हड्डी) ।
यी क्षेत्र हात्तीको कोरिडोर भएका कारण समस्या समाधान हुन नसक्ने विज्ञहरुको जिकिर छ । तसथर्, विगत लामो समयदेखि यहाँ हात्ती र मानवबिचको द्धन्द्ध जारी छ । यो द्धन्द्धका कारण अहिलेसम्म करिव ५० जना सर्वसाधारणको मृत्यु भइसकेको छ । जंगली हात्ती र हात्तीका छावासहित दर्जन बढि मारिएको जिल्ला वन कार्यालय, झापाको तथ्यांकमा रहेको छ ।





मेची नदीमा जंगली हात्तीका बथान ।