किशोर नेपालको ‘टुँडो’ विस्तृत

किशोर नेपालको ‘टुँडो’


किशोर नेपाल जाज्वल्य पत्रकार हुन् । अहिले उनको परिचय फेरिएको छ । उनी बेजोड निबन्धकारका रुपमा फक्रिएका छन् । उनको कलमको ‘टुँडो’ (निबको टुप्पो) तिखारिएर जीवन्त रुपले चलेको छ र अक्षरहरु चलायमान छन् । निबन्ध पढिरहँदा अक्षरहरु नाची रहन्छन् । शब्दहरुले ताल सुर दिन्छन् । वाक्य र अनुच्छेदहरुले संगीत भरिदिन्छन् । एक निबन्धबाट अर्को निबन्धमा सर्दा ध्वनी नै फेरिन्छ ।

किशोर नेपाललाई लामो समयपछि पढेर होकि यसैवर्ष प्रकाशित उनको निबन्ध संग्रह राक्षसको गीत पढिरहँदा शंकर लामिछाने मात्र संझिइरहेँ । मेरो समयका शंकर लामिछाने पो रहेछन्, किशोर नेपाल !
तपाईलाई दिक्क लाग्यो ? खुशी हुनुहुन्छ ? अथवा रक्सी, चुरोट र अरु केहीको तलतल लागेको छ ? अथवा मन सकसक भएको छ ? दुखी भएको छ ? दिक्दार भएको छ ? वा अरु नै केही भएको छ ? यी सबैको एउटै उपचारको रुपमा उनको नयाँ निबन्ध संग्रह बजारमा आएको छ र त्यसको नाम हो राक्षसको गीत !

नाम मन प¥यो ? परेन ? वा दुबै पक्षसंग सहमत–असहमत छु । तर यो पुस्तक पढ्न थालेपछि तपाई न टुंग्याइकन यसै बस्न सक्नु हुन्न है । किताव पढिसक्नुस, फुरुरु पाना पल्टाएर आफूले अण्डरलाइन गरेका हरफहरु पढ्न थाल्नु हुन्छ । ’cause किशोर नेपाल यो पुस्तकमा फक्रिएका छन् । फक्रिएको फूल कस्लाई मन पर्दैन होला ? त्यो पनि एकादुइ होइन, तेत्तीस वटा फूलको अँगालो !

छरितो आकार र सलसलाउदो कागजमा छापिएका अनि एकदमै हिसी परेका अक्षरहरुको कम्पोजमा किशोरको यो निवन्ध संग्रहित छ । तर यी सबै कुरा निर्जीव मात्र हुन् । निवन्धहरु भने जम्मै जीवीत छन् । तिनले यसरी तान्छन् र रन्थन्याउछन् कि हरेक पाठकलाई ट्वाल्ल पारेर शून्यतिर हेरिरहने बनाउन पुग्छन् । ‘साँच्चै इतिहास र वर्तमान खप्टिएर, लठारिएर र बुनिएर आउछन् उनका निबन्धहरुमा । ’cause उनको शैलीमा एक किसिमको चामत्कारिक तत्व कायम छ ।

‘यो निवन्ध संग्रह यस्तो छ, जसले कुनै घटना वा परिस्थितिको आँकलन वा व्याख्या गर्दा नेपालका निबन्ध सहयोगी हुन सक्छन् भन्ने मानक कायम गरेको छ । सामाजिक इतिहासका अनेकन उहापोह यी निवन्धहरुमा मिलेका छन् । जो मूलधारको इतिहासबाट किनारै तिर छुटेको हुन्छ ।

किशोर नेपालका प्रकाशनहरु रिट्ठो नबिराइ पढिरहने नुवाकोटे पाठक अश्वीन पुडासैनीले भने, राक्षसको गीत आवरण हेरेर पुस्तक उठाउदा जुन भावको लागेको थियो निवन्धहरु पढिसक्दा बिलकुल फरक पाएँ । एकै बसाइमा मैले संग्रह तु¥याएँ ।

उनले थपे, किशोरको कलमले नयाँ पुस्ताका आख्यान लेखकहरुलाई समग्रमा कनीकुथी गरेर कथा, आख्यान, उपन्यास नलेख भन्ने सन्देश दिन खोजेको छ । उनको यो संग्रहले हराउदै गएको नेपाली मौलिक निबन्ध लेखनलाई पुन एकचोटी ब्युँझाइ दिएको छ । यिनको निवन्ध संग्रह महाकवि देवकोटा र शंकर लामिछानेको कोटीमा रहेको मलाई लाग्यो ।

किशोर नेपाल निवन्धमा कहीं कतै बाँधिएका पाइदैनन् । फाँटमा डुक्रिरहेको साँढले झैं यो निवन्ध संग्रहमा उनले समाजमा जबर्जस्ती ठड्याइएका बारहरुलाई निर्धक्कसंग भत्काइदिएका छन् । यो उनको पत्रकारितामा खारिएको कलमको टुँडोको नतिजा हो । समाजका सबैखाले चरित्रहरुसंग पौंठेजोरी खेल्दै विभिन्न बाद, दर्शन र सिद्धान्तका मठाधिशहरुसंग घनीभूत अन्तरक्रिया गर्दै पत्रकारितामा जमेका किशोरलाई उनको यही साधनाले यस्तो निवन्ध लेख्न सक्ने बनाएको छ ।

कुनै चिजलाई पनि परिभाषाबाट शुरु गरेर त्यसको सिमा भित्र बसेर ठसठसी कनेर लेख्ने शैलीलाई हाँडल हुँडल पारेर बीच बाटोमै घोप्ट्याइ दिएका मात्र छैनन्, उनले त घैटो नै झ¥यामझुरुम पारेर फुटाइ दिएका छन् ।
किशोर नेपालको यही शैलीले निवन्ध संग्रहलाई मौलिक बनाएको छ । तपाई पढ्दै जानोस अब लेखकले यो कोल्टो फेर्छ होला भन्ने अनुमान वा छनक मनमा ल्याउनु होस्, अनि थाहा पाउनु हुन्छ, लेखक तपाईको सोचलाई एकसय असी डिग्री पर अर्थात यो किनार होइन अर्को किनारामा पु¥याइ दिन्छ । फेरि ठान्नोस, यसले अब कथालाई यहाँ पु¥याउला तर अनुच्छेदले अन्यत्रै फड्को मारिसक्छ ! तर पनि निवन्ध बाँधिएको, कसिएको र सलल बगेको बग्यै छ । यही विशेषता नै यो निवन्ध संग्रहको शक्ति हो ।
किताव हात परेपछि मैले पनि यसलाई खासै महत्व दिइन । घर लगें । टेबुलमा ट्याँस्स राखिदिएँ । घरकाले ठाने यो दैंत्य दानबको कथा होला भनेर खासै चासो दिएनन् । पत्रकारले लेखेको तिलस्मी कथाको के भाउ ?
शनिवार मासुभातको जोहो भएको दिन तृप्त भएर सुत्दा निद्रा आएन । यस्तै भयो त्यो शनिवार । भाते निद्रा खुल्यो, थप निदाउने प्रयत्न ब्यर्थ नै भयो । के गरौं, के भन्ने भएपछि सुपारी मुखमा हाले झैं, टेबुलमा हात लम्किएरै किताव समाइयो । आवरण चित्र हेर्नु र किताव समाउनु एकैचोटी प¥यो । फितलो मनलाई आवरणको ख्याकको सिथिल मुकुण्डोको स्केच जति रक्तबिहिन र हलुका अनुहारयुक्त लाग्यो त्यो भन्दा पनि हात परेको कितावको तौल अझ कम जस्तै अनुभूत भयो ।

ख्याक भन्दा पनि अनुहार बिगारेर मनले साह्रै बेवास्ता गर्दै पुस्तक पछाडिबाट पल्टाउन अह्रायो । शिर्षक रहेछ, ओ ! बानेश्वर ।
दशवर्ष अघि रसोबासो भएकोे ठाऊ । वर्षा लागेपछि हिलेश्वर र पानी पर्न छाडेपछि धुलेश्वर भनिने यो ठाउ’bout के होला भनेर पढ्न शुरु गरें ।
सडक विस्तार हुँदाको बुल्डोजर चलेबाट निवन्ध शुरु भएको रहेछ । ब्यस्त चौकको ट्राफिक अस्तब्यस्त हुने

भैहाल्यो । अनि शुरु भए त्यहाँ अनेक गन्जागोल । इतिहास, भुगोल, राजनीति, संस्कृति र समाज मात्र होइन, बजार र काँठ शहरको संक्रमण क्षेत्रमात्र होइन, वानेश्वरलाई काँठ–कछाडमा पु¥याएर वरिपरिका पाँच गाउ धान्ने भाइचाको पसल र त्यसपछि खुलेको बनेपाली साहुको पसलले भरोसायुक्त फड्को मारेको कथाले काँचो काँठ कसरी राम्रो आवास भएको शहरमा रुपान्तरण भयो ? सिलसिला त थाहा भयो तर गामा (नेवारी भाषामा अझै गाउले÷काँठ) भन्न नछाडिएको ठूलो रहस्यको सुगन्ध लेपन पनि थाहा पाइयो ।
त्यसपछि पनि सुतेको शरीर उठेन, मन तनक्क तन्किएर न पछाडिबाटै सेकेण्ड लास्ट ‘नयाँवर्ष रे’ अनि ‘महाभोजको उपत्यका’ गर्दागर्दै तेत्तीसौं अर्थात पुस्तकमा पहिलो ‘सिमलको भुवाभित्र अलमल जीवन’सम्म भ्याइयो ।

त्यसपछि पृष्ठ ५०को ‘कपुरको रुखमूनि’ दोहो¥याइ तेहो¥याइ पढियो । पाठकहरुको जानकारीको लागि यसवारे लेखेर बताउनु भन्दा लेखककै रचना पुनमुद्रण गर्नु उपयुक्त लाग्यो । अचेल पुस्तक विमोचनको दिन एक अंश दिने चलन पनि शुरु भएकोले त्यसैलाई निरन्तरता दिनु उचित लाग्यो—

कपूरको रुखमुनि

धेरै पो छन् त मलामी । मान्छे त खुबै कमाएका रहेछन् । मलामी मध्येकै केही मानिस घाटछेउको चौरमा पुसको घाम तापेर मृतकको गुण र दोषको कुरा काट्दै थिए । घाममा पटक्कै राप थिएन । एउटा मानिस कुराको बीचबीचमा शहरमा बढेको चिसो मौसमको चर्चा गर्दैथियो । अर्को अधबैंसे भन्दैथियो, यो चिसो मासमा कोही नमरुन् । क्रियापुत्रीहरु कठ्याँग्रिएर नै मर्छन् । एउटा अर्को बुद्धिजीवीजस्तै देखिने मानिस आफ्ना कुरा सुनाउन हतारियो । मौका पाउनासाथ उ झटपट बोलिहाल्यो, यस्ता संस्कार नै त हिन्दू धर्मका लागि चुनौति बनेका छन् । उता मुक्तिनाथतिरका थकाली जातीले आशौचको अबधि ४९ दिनबाट छोट्याएर सात दिनमा झारी सके । हाम्रा पण्डितहरु भने बिधिविधानलाई अझ कँस्दै छन् । त्यो चतुर बुद्धिजीवीले सुन्नेहरुको भावनाहरु नभड्कियोस भन्ने हिसावले मुस्ताङ्गका ठाउमा मुक्तिनाथ शब्दको प्रयोग गरेको थियो । तैपनि परिणाम उस्को पक्षमा आएन । गफाडीहरुले आँखा तरे ।

मसान छेउको जंगलको किनारामा अलग ठिंग उभिएको कपूरको रुख सुनेर रमाइरहेको थियो । मरेको मूर्दा बिसर्जन गर्न मानिसको भीड लाग्नु स्वभाविक हो । बाँचुन्जेल मानिस एक्लो हुन्छ । अथवा एक्लो पारिन्छ । नैनं छिन्दन्ती शस्त्राणी–अमर छ मानिसको आत्मा । कहिल्यै मर्दैन त्यो । चितामा दनदनी दन्किरहेको दाउराको थुप्रो संगै मरेको मानिसको हाड दनदनी बलिरहेको थियो । अब एक घण्टा चिताको राप ताप्दै मूर्दा जलाईरहेका पेशेवर ब्राम्हण मूर्दा संपूर्णतः खरानीमा परिणत भैसक्ने समयको लेखा राख्दै थिए । दश दिनको दश कर्म र एघारौं दिनको महादानपछि मात्र बरालीएका प्रेतको लागि अमरत्वको ढोका खुल्छ ।

चउरमा बसेका मानिस हिंडेपछि कपूरको रुखले आफ्नो फेसबुक अपडेट ग¥यो, ‘आज पोलिएको मूर्दा वनस्पतिशास्त्रको विद्वान थियो । तन्नेरी छँदा उ बेलाबेलामा बिहान सखारै यतातिर आउथ्यो, मर्निंग वाकका लागि । बोट विरुवाको भाषा बुझ्दथ्यो उ । त्यतीखेर म सानो विरुवा थिएँ । छेउमा मेरा बाबा उभिएका थिए । बाबासंग उ भन्ने गथ्र्यो, जीवन र मृत्युका बीच एक रौं जति पनि दुरी छैन । सधैं संगसंगै हुन्छन् यी । मृत्यु भनेको इनएक्सन हो । जीवन जति एक्सनमा जान्छ, मृत्यु त्यती नै थाक्छ । मृत्युलाई जति थकाउन सक्यो जीवन त्यतीनै निरन्तर रहन्छ । मानिसको तुलनामा तिमी वनस्पतिहरु किन लामो समय बाँच्छौ भने तिमीहरु आफूलाई निरन्तर थकाउछौ । मानिसलाई सास फेनै मद्धत गर्छौ, दाउरा र पत्कर झारेर उस्को अस्तित्वलाई निरन्तर बनाउछौ र तातो घाम मुसल्धारे वर्षा र चर्को तुसारो सहन्छौ ।

केही वर्षपछि फेरि त्यो विद्वान यतातिर आएको थियो । त्यतीबेला बनपालेहरुले मेरा बुढा बाबालाई काटेर ढलाइ सकेका थिए । मुढा चिरेर दाउरा बनाइएको थियो र जतनसाथ भण्डारमा थन्क्याइएको थियो । सुदूरबाट उड्दै आएर हाँगामा बसेर एउटा सुगाले मलाई सुनाएको थियो, उता शहरबजारका छेउछाउमा बसेका गरीव मानिस मूर्दा पोल्ने दाउरा समेत किन्न सक्दैनन् । उनीहरु सडक छेउछाउ फ्याँकिएका टायरका टुक्रा बटुलेर कष्टकासाथ पोल्छन् मूर्दालाई । यताभने राजामहाराजा, भाइभारदार र शहरका गन्यमान्यहरुको मूर्दा जलाउन उनीहरु जीवीत छँदै सुगन्धित काठदाउराको ब्यवस्था गरिन्छ । जो मरेको छ, त्यसलाई आफ्नो मरेको शरिर कपुरको दाउरामा जलाउन् कि श्रीखण्डको अथवा बकैनाको त्योसंग के मतलब ? मूर्दा पोल्न आउने भलाद्मीहरुलाई मसानमा छरिएको दूर्गन्धबाट जोगाउन अनेक नाटक मन्चन हुनेगर्छन् । विज्ञानको उदयलाई पाखण्डको समाप्ति मानिन्छ । त्यसो हो भने बन्दै गरेको विद्युतीय शवदाहको निर्माण पूरा भएपछि पाखण्ड समाप्त नभए पनि त्यसको चाप घट्नसक्छ ।

विद्वान मेरो नजीक आएको थियो । आफ्नो टोपी मेरो हाँगामा झुण्ड्याएर हाफ पाइन्टका खल्तीबाट भुवादारी झिकेको थियो र अनुहारको पसिना पुछेको थियो । त्यसपछि सुस्ताउदै एक्लै बोल्न थालेको थियो उ । अझै दश वर्ष काट्न नहुने रुख पनि काटेछन् मोराहरुले । यो भाले रुखमा पराग शक्ति बाँकि नै थियो । अझै एक दर्जन बिरुवा जन्माउन पुग्ने । यहाँका मानिस त विवेकहीन रहेछन् । मान्छे मरेपछि फेरि जन्मन्छ भन्छन् । पुनरजन्म हुन्छ भन्छन् । मरिसकेको मानिसको मुखमा पानी चढाउछन् । मरेपछि पनि मानिसलाई तमासा नै बनाउनु पर्ने । ओहो कस्तो बिजोग !

स्टेटस अपडेटपछि कपुरको रुख सोच्न थाल्यो । सानैथियो उ त्यतीबेला । फुल फुलेर वास्नादार गेडा फलाउने उमेर भएको थिएन उस्को । त्यही दिन दिउसो बिहान ८ बज्दाको कलिलो घामको उमेरको एउटा कलाकारको मूर्दा शरीर जलाउन ल्याइएको थियो घाटमा । मलामीहरुको अनुहारमा अवसाद थियो, गहीरो अवसाद । सबैका आँखा सुस्ख थिए । आँखा बाहिर टल्किने आँशुका थोपाहरु शरीरभित्रै बगेर सबैको मुटु भिजाएका थिए । शोकाकुल सबै थिए । तैपनि मनभित्रका भावहरुको कसैले बिहोलरुपमा प्रदर्शन गरेका थिएनन् । त्यो दुब्लो पातलो कलाकारको मृतदेह एक घण्टामै खरानी बनेर हावामा उड्न थालिसकेको थियो । दाहा सकिएपछि फर्किने क्रममा अनुहारबाटै पढेलेखेका लखकाट्न सकिने दुइजना तन्नेरी कपूरको रुखको फेदमा आएर टक्क अडिएका थिए । उनीहरुले चुरोट सल्काए । लामो सर्को तान्दै चश्मा लगाएको दुब्लो बुद्धिजीवी बोलेको थियो, तिमी म¥यौ भने म त पोल्न दिन्न तिम्रो मरेको शरीरलाई । त्यसलाई धतीमा जतनसाथ गाडेर त्यसमाथि राता, सेता, पहँेला र नीला फूल फुल्ने गुलाफको बिरुवा रोपिदिन्छु । हरेक साँझ आएर त्यसमा पानी हाल्छु । मरेका मानिसलाई सम्झनामा राखी राख्ने यो भन्दा राम्रो कुनै उपाय छ ? कपूरको रुखलाई त्यो कुरा मन परिहाल्यो । बाँचुन्जेल बृक्ष र वनस्पतिले मानिसलाई आँट र ओत दिन्छन् । मानिसको मृत देहलाई धर्तीमा समाहित गर्ने हो भने वृक्ष र वनस्पतिका लागि त्यो राम्रो उर्जा हुन्छ ।

वनस्पति विद्वानको मुर्दालाई चाँहि एक प्रकारको तमासा बनाएका थिए उनका परिवारले । चिता तयार नहुँदै उसको मुर्दा शरीरमा उसका परिवारका सदस्य, प्रियजन, कुल–कुटुम्ब र साथीहरुले ढाडिने गरी पानी चढाएका थिए । फूलमालाले थिचिएको थियो मुर्दा । विद्वानको कान्छो नाती ती दृश्यहरुको भिडियो रेकर्डिङ्ग गर्दै थियो । सिनेमाको शुटिंगमा इच्छित दृश्यको फुटेजको थुप्रो हेर्दै गरेको डाइरेक्टरको अनुहारमा देखिने जस्तो खुशी र सन्तोषको भाव देख्न सकिन्थ्यो त्यो केटाको अनुहारमा ।

कपूरको रुखले यस्ता तमासाहरु दर्जनौं देखेको थियो । उसलदे अलाप–विलाप गर्दै मुर्दाको पछिपछि मसानसम्म आएर सती नै जाउला जस्तो गर्दै चितामा हामफाल्न खोज्ने धेरै आइमाइ देखेको थियो, जसले लोग्ने मुर्दा भएको छ महिना नबित्दै पुनर्विवाह गरेर समाजलाई चुनौती दिएका थिए । कपूरको रुख उनीहरुको यो आचरणबाट निकै प्रभावित भएको थियो । मरेको मानिसको वियोगमा शोक मनाउनु स्वाभाविक भावना हो । तर, त्यो वियोगलाई जीवनभर निरन्तर राख्ने सामाजिक आग्रहको के अर्थ छ ? आखिर मानिसको जीवन भनेको विद्या, बुद्धि, समृद्धि, भोग र रोग जस्ता भावनाहरुको समवेत रुप हो । यलाई अनाहक दुख दिएर, गिजोलेर, के पाउँछ मानिसले ?

कपूरको त्यो तन्नेरी रुखलाई थाहा थियो–मानिस मुर्दा भइसकेपछि उसका नाममा पत्रपत्रिकामा दर्जनौं दर्जन श्रद्धान्जलीको भीड लाग्ने गर्दछन् । ती शब्दहरुमा शोकको मात्रा कम हुन्छन् । शोक ब्यक्त गर्नेको आफ्नै आग्रह र अभिमानले गाँजेको हुन्छ सत्यलाई । मृतकको ब्यक्तित्वलाई खुम्च्याएर, होच्याएर आफ्ना कुण्ठाहरु अभिब्यक्त गर्नेहरु पनि उत्तिकै भेटिन्छन् । कपूरको रुखले बुझेको छ मानिस विवेक र ज्ञानभन्दा बढी कपट र पाखण्डको पोको हो । एकअर्काप्रति जीवनभर इष्र्यालु रहेका प्राणीहरुले मृत्युका बेला मसानमा गर्ने अभिनय ‘मनोटनस’ हुन्छ । मानिसहरु श्रद्धान्जलीका नाममा शब्दहरुको दुरुपयोग गर्छन् । आफूलाई सिद्धबाबाका रुपमा स्थापित गर्न योगीहरुसमेत यो कपट र पाखण्डबाट मुक्त हुन सकेका छैनन् । सामान्य मानिसको त कुरै भएन । मरिसकेपछि मानिसले ब्यक्त गर्ने श्रद्धान्जलीका शब्दहरु जतिसुकै सुमधुर भए पनि मरेर जाने न त्यसलाई सुनेर आल्हादित हुनसक्छ, न पढेर रमाउन सक्छ । त्यसका लागि कि कुनै जादु हुनुपर्दछ, कि कुनै चमत्कार । अहिलेसम्म त्यस्तो चमत्कार भएको कतै सुनिएको छैन । होइन भने, भष्म खरानी भइसकेको मुर्दा फर्किएर आउनु र उसका सम्झनामा गाइएका भजन सुुन्नु अथवा दैनिक पत्रहरुमा छापिएका शोक वक्तब्यहरु पढेर रमाउनु भनेको जिउदाहरुको स्वैैरकल्पना मात्रै हो । ‘फ्यान्टासी’ त सिनेमामा मात्रै साकार हुन्छ जहाँ एउटै नायकले पचासौं खलनायकको शक्ति निमेषमा नै तुहाइदिन्छ ।

मानिस मरेको तेह्र दिनपछि उसका परिवारका सदस्य र उसका आफन्तहरु मर्नेले संगालेको सम्पत्तिका लेखाजोखामा लाग्दछन् । ब्यांकका पासबुक र जग्गजमिनका लालपूर्जा पढ्दा पढ्दै उनीहरुलाई पत्रिकामा प्रकाशित श्रद्धान्जली पढ्ने फुर्सद नै हुँदैन । आखिर मानिस त मरिसकेको छ । जीवित मानिसका ’boutमा कसैले गाली गर्दा वा ताली मार्दा स्वाभाविक उत्सुकता बढ्छ, मुर्दा भइसकेपछि अप्रासंगिक भइसक्छन् त्यस्ता गाली र ताली । मानिस त एउटा जात न हो जो अप्रासंगिकतामा नै फस्टाउन चाहन्छ, त्यसैमा रमाउन चाहन्छ र त्यसैमा डुबुल्की मारिरहन्छ ।

नैनं छिन्दन्ती शास्त्राणी–त्यो त हो नि । तर, आत्माको अमरत्व बाँच्नेका लागि मात्रै हुन्छ । विद्वानहरु अक्षरमा बाँच्दछन्, सत्कर्मीहरु भावनामा । बाँकि जो मर्दछन् ती मरिसकेका हुन्छन् । मरेपछि म¥योम¥यो । मायाजालमा परेर मतिभ्रम भएकाले मात्रै मरेका मानिससंग कुरा गरेको अभिनय गर्दछन् । मन र मति विक्षिप्त नभएसम्म कसैले पनि मुर्दा भइसकेको मानिससंग कथित वार्ताको अभिनय गर्दैन ।

पूर्वीय र पाश्चात्य दुबैतिरका दार्शनिकहरुले मरेकाको मर्यादामा जोड दिएका छन् । मृतकको मृत्यु संस्कारको ब्याख्या गर्दा पूर्वका दार्शनिकहरुले मृतकसंग जोडिएका संस्कार र मूल्यको उदार प्रयोगमा जोड दिएका छन् । पश्चिमका दार्शनिकहरुले निजत्वलाई मृत्युसंग जोडेका छन्, ‘मैले जति दुख भोगेको छु त्यसको कल्पना कसैले गर्न सक्दैन–महान कार्य गर्नेको सम्मान सबैले गर्दछन् । सम्मान त्यस्ता मानिसको हुनुपर्दछ, जो जे हुन्, त्यसका पत्युत, जसले घृणित अपराध गर्नबाट आफूलाई रोकेका छन् ।’–अल्बेयर कामु, दार्शनिक लेखक, ‘दी फस्र्टम्यान’ ।
मृत्युपछि आत्माको जन्जाल आफै कृत्रिम पक्ष हो । आत्मा अर्थात मायाजाल, मात्रै मायाहरुको जाल ।


—कृष्णमुरारी भण्डारी