न्यायपालिकाकी देवीमाथि महिषासुुरहरुको आक्रमण । —कृष्णमुरारी भण्डारी
मोही माग्ने ढुंग्रो लुकाउने !
न्यायपालिकाकी देवीमाथि महिषासुुरहरुको आक्रमण
—कृष्णमुरारी भण्डारी
आँधी आउनु अघि प्राकृतिक वातावरण सुनसान भएझैं संसद केही दिनलाई स्थगित भनेर सुनसान बनाइयो । संसदमा चालचुल र हिंडडुल बन्द नै भयो । संसदीय क्षेत्रमा सुन्यता नै छायो । वातावरण शान्त पारियो ।
तर अकस्मात संसदको मूर्दा शान्ति चिर्दै एक हुल लोगोधारीहरु योजनाबद्ध रुपमा पुगे । जे नगर्नु पर्ने हो त्यही गरे । त्यसविरुद्ध बोल्ने सांसदहरु त्यहाँ कोही भएन । भएका भए तिनको गतिविधि’bout त्यहीं छलफल हुन्थ्यो र त्यो कार्य त्यहीं रोकिन्थ्यो ।
झुक्यानमा नपारीकन ती कार्य भएका भए संसदीय मर्यादा र परंपराले सिंचित, संबिधान र कानूनबाट दीक्षित, सदनको अभ्यासले पारंगत, संसदीय स्वतन्त्रताका पक्षपोषक मानिने राधेश्याम अधिकारीहरुले तरंग निकाल्दथे होलान् । प्रधान न्यायाधीश विरुद्ध खराब नियत राखेर दर्ता गर्न ल्याइएको अधकल्चो महाभियोगको प्रस्ताव दर्ता नै हुन पाउन्नथ्यो । तर राधेश्याम जस्ता मूर्धन्य सांसदको हस्ताक्षर किर्ते भयो ।
राधेश्याम जस्ता विधायकले लोगो नफुकालुन्जेलसम्म त्यस्तो कार्य कदापि हुन पाउने थिएन । त्यसको कुनै उपाय नै थिएन । ’cause राधेश्याम फलामको बार झै त्यसविरुद्ध उभिने थिए । अहिले पनि राधेश्यामको लोगो नचुँडेसम्म त्यो महाभियोग पारित हुन भने सक्दैन । त्यसविरुद्ध राधेश्यामले हुँकार गरिसकेका छन् ।
राधेश्याम अधिकारी त संसदमा भएका उज्याला नक्षत्ररुपी सांसदका प्रतिनिधिपात्र मात्र हुन् । उनको छविका कारण कतिपय सांसदहरु प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउन लागे पनि उनी संसदमा छउन्जेलसम्म उनलाई डगमगाउन कसैको बुता चल्नेवाला छैन । यिनी संसदमा उपस्थित भएसम्म महाभियोगले छलफलमा प्रवेश पनि पाउनेवाला छैन । संसद बसेको दिन राधेश्यामले त्यो महाभियोगको अवैध प्रस्तावलाई नारायणहरि बनाइदिने छन् ।
त्यसैले सचेतजनहरु ढुक्क भएर षडयन्त्रलाई हेरेर बसिरहेहुन्छ । गलतकार्यविरुद्ध बोल्न, उनीहरुलाई लल्कार्न सक्ने र जनतालाई सत्यासत्य प्रवाह गर्ने खुबीभएका पात्र छन् र तिनको नाम हो राधेश्याम अधिकारी ।
उनी सांसद, दल र जनता सबै समक्ष त्यस्तै सशक्त प्रस्तुति दिन सक्छन् जसरी अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बोलेका थिए । उनी यस्तो प्रभावकारी रुपमा बोल्ने क्षमता राख्छन् जसरी जनआन्दोलनताका गगन र रविन्द्रहरु बोल्थे र सुन्नेहरु नतमस्तक बन्थे ।
लोकमानविरुद्ध महाभियोग लगाउने कुराको विपक्षमा रहँदा रहँदै पनि राधेश्यामको प्रस्तुतिपछि काँग्रेसीहरु अवाक बने । जसरी सडकमा रातो बत्ती बलेपछि मैंहूँ भन्ने ड्राइभरहरु पनि घ्याच्चै रोकिन्छन् ।
अनिकालको बीउ
राधेश्याम अधिकारी भनेका अनिकालमा बीउ जोगाउने र हुलमुलमा जीउ जोगाउने जस्तै काँग्रेसमा संबिधान बुझेको, त्यसवारे सबै पक्षमा पारंगत र ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको बिभाजन रेखा छुट्याउने हैशीयत भएका ब्यक्ति हुन् । आमजनताको काम, अधिकार र कर्तव्य पर्घेल्न सक्ने उनी यस्ता महत्वपूर्ण माननीय सांसद हुन् जो सबैतिर तरंग सिर्जनागर्न सक्छन् । यिनलाई जहाँ लगे पनि स्वतन्त्र न्यायपालिका, लोकतान्त्र र शक्ति पृथक्कीकरणका ’boutमा विश्वविद्यालयका प्राध्यापकले जस्तै प्रष्टसंग भन्न सक्छन् र त्यसलाई सबैले बुझ्ने गरी अभिब्यक्त गर्ने हैशीयत राख्छन् । त्यसैले हरेक पटक उनीहरु राधेश्यामबाट चोटिलो, तेजीलो र जाज्वल्य अभिब्यक्ति खोजीरहेका हुन्छन् । सबैले यो अवस्थामा राधेश्याम अधिकारीतिर हेरिरहेका, उनैलाई पर्घेलीरहेका छन् । लज्जावती झार बन्ने होइन, हरेक बेला चोटिलो, तेजिलो र जाज्वल्य बनेर प्रकट हुने खुवी राख्छन् ।
त्यसैले यतिखेर संसदभित्र र बाहिर राधेश्यामको खोजी भैरहेको छ । लोभिपापीको भीडमा उनी एक्लो जस्तो देखिए पनि उनी सबैका मनमा विराजमान छन् । यिनको विचार एउटा पत्र वा वहसको अभिब्यक्तीको रुपमा त बाहिर देखिन्छ, तर त्यसलाई जनतामा पु¥याउन र संचारमाध्यममार्फत प्रवाहित गराउने खुबी राख्छन् उनी । नराखुन् पनि किन ? पंचायतकालदेखि बहुदलीयकाल, लोकतन्त्रकालदेखि अन्तरिम शासनकाल र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्रकालसम्म, वर्तमान संविधानको खाका कोर्नेदेखि बनुन्जेलसम्म यिनी सतिशालको रुपमा खडा भएका पात्र हुन् ।
यसको चस्का उनले पटक पटक दिएका छन् । अविश्वास प्रस्तावमा पेश गरिएको सांसद राधेश्याम अधिकारीको हस्ताक्षर मेरो होइन र यो किर्ते हो भनेर माननीय राधेश्याम जागेका छन् अहिले । त्यसैले ढुक्क भए हुन्छ, उनी आफूले ब्यक्त गरेर दिएका तर्क, बहस र अभिब्यक्तिलाई तीन पटक सोचेर मात्र बोल्ने ब्यक्ति हुन् । यो पारंगत ब्यक्ति सांसदको लोगो लगाएर बसुन्जेलसम्म त्यहाँ जालझेलयुक्त प्रस्तावले कुनै हालतमा ठाउ पाउदैन । यो महाभियोग प्रस्ताव संसदबाट पारित पनि हुन सक्दैन ।
को हुन् सुशीला ?
प्रधानन्यायाधीशविरुद्ध नेपालको इतिहासमा पहिलो पल्ट महाभियोग संसदमा दर्ता गरिएको छ । वास्तवमा को हुन् सुशीला कार्की ?
सुशीला कार्की’bout छापा, रेडियो र टिभी मात्र होइन, सामाजिक संजाल पनि भरिएको छ । तर उनलाई चिन्न अरु होइन, उनको भर्खरै बनेको घरवारेको सेतोपाटी अन लाइनको समाचारबाट थाहा पाउन सकिन्छ ।
सुशीला कार्कीको सानो घर र संपत्ति युवापुस्ताले चासोको रुपमा हेरिरहेका छन् । ’cause उनमाथि महाभियोग लगाउने बुढानिलकण्ठ र लाजिम्पाट दरवारहरु, तिनका रवाफ, खानपीन, बसउठ पनि युवापुस्ताको नजरले हेरिरहेका छन् ।
सुशीलाका तीन आयाम
प्रधानन्यायाधीश सुशीला कार्कीलाई तीन आयामबाट हे¥यो भने अलिनजीकबाट चिन्न सकिन्छ ।
ट्राक रेकर्ड
विद्यार्थी हुँदा सुशीला कस्ती थिइन ? वकील बनेपछि कस्ती भइन् ? यसका लागि उनको रेकर्ड हेर्नुपर्छ । उनको जुझारुपना थाहा पाउनुपर्छ । उनको पेशा र प्रजातन्त्रप्रतिको निष्ठा अनुभूत गर्नुपर्छ ।
सादगी र सरल जीवनशैली अपनाएर परिवारलाई पनि त्यसैमा अभ्यस्त बनाउदै उनले पेशा कायम गरिन् । तर उनीभन्दा कमजोरले धेरै आम्दानी, अनेक काम र आयआर्जन मनग्यै गरे । सुशीला भने निस्कपट रुपमा साधनारत रहेकोले नै यो पदमा विराजमान हुन पुगेकी हुन् । यही बलमा प्रधानन्यायाधीशको कार्यकालमा पनि चर्चाको शिखरमा पुगिन् ।
न्यायाधीश बनेपछि
सर्वोच्च अदालतमा न्यायाधीश बनेर प्रवेश गरेपछिको आयाम सुशीला कार्कीको अर्को आयाम हो ।
यो त्यतीखेरको कुरा हो, जतिखेर बहुदलीय व्यवस्था देशमा स्थापना भयो । त्यतीबेला निरंकुशकालको अन्त्य भए पनि शक्ति पृथक्कीकरण प्रष्टसंग छुट्टिइसकेको थिएन । न्यायालय संकटमा थियो । माओवादी द्वन्द, राजाको अधिनायकवादको बेला सुक्ष्म रुपमा अगाडि बढ्दै, लो प्रोफाइलमा बसेर, शालिनता पूर्वक कार्य संपादन गरेर उनले आफूलाई मात्र स्थापित गराइनन्, आफ्नो पहिचान पनि कायम गरिन् ।
न्यायपालिकालाई संरक्षण गर्न सकिन्छ र न्यायालयभित्र बसेर इमान्दारीसाथ काम गरियो भने यसबाट कानूनी राज कायम गर्न सकिन्छ भन्ने उनमा दृढ विश्वास थियो ।
न्यायाधीश भनेको कमाउने, सुखसयल, मोजमस्ती गर्ने, सेटिंगमा काम गर्ने, गाँठवाला शिकार खोजी रहने होइन, यो त स्वच्छ न्यायमूर्ती बस्ने ठाउ हो भन्ने भान दिन कहिल्यै चुकिनन् । उनी न्यायको तपस्वीको रुपमै रहेकिले नै छोटो समयमा त्याग, तपस्या, साधना, पेशाप्रतिको निष्ठा र अविचलित रुपमा न्याय क्षेत्रमा कार्यसंपादन गरेकीले न्याय दिने सर्वोच्च पदमा विराजमान हुन पुगिन् । नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास पनि कायम गरिन् ।
प्रधान न्यायाधीश बनेपछि
करीव एक वर्ष अघि प्रधान न्यायाधीश बनेपछि सुशीला कार्की न्याय र न्यायिक संरचनाको नेतृत्व गर्ने दुर्गा बनिन् । त्यसपछि न्यायपालिकाको प्रमुखको जिम्मेवारी उनले कसरी निर्वाह गरिन्, सबै अगाडि जगजाहेर छ । हरेकले उनका एक एक गतिविधि हेरिरहेकै छन् । नयाँ पुस्ता र महिलाले उनलाई रोल मोडल बनाएका छन् । आफ्नो टिमप्रति विश्वास, भरोसा र ब्यवशायिक इमान्दारिता कायम गरेकीले यो संभव भएको हो ।
निर्भिक, आँटिली, साहसी र आत्मविश्वास भएकी सुशीला कार्की अरुको दवाव र रवाफमा किंचित निहुरिनन् र कार्यसंपादन गरिरहिन् ।
उनका अग्रज पुरुष प्रधानन्यायाधीशहरुले आँट गर्न, छिमल्न र प्रवेश नै गर्न नचाहेका मुद्धाहरुलाई कार्कीले काभ्रेको कार्की गाउका खलिखानेहरुले आगोको भुंग्रोमा टेकेर खलीखाएर बायु उतारे झैं एकपछि अर्को मुद्धा पर्घेलिन् । छिमल्दै गइन । निम्ट्याउदै गइन र न्यायालयभित्रको फोहोरको डंगुर सफा पार्दै रहिन् ।
कानूनी राज, विधिको शासन, स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई दह्रिलो बनाउदै गइन् । यस काममा यिनले साहसिलो टिम पाएकीले नै उनको कार्यकाल चर्चामा आएको हो । सुशीला जत्तिकै काविल र क्षमतावान, लोभलालच नभएका सहयात्री न्यायाधीशहरु पाएकीले उनी सफल बनेकी हुन् । त्यसैले महाभियोग प्रस्ताव संसदमा दर्ता हुँदा पनि किंचित नहिच्किचाउनुको कारण अरु होइन, उनलाई विश्वास छ, मेरा सक्सेसरहरुले अब न्यायालयलाई सजीलै अगाडि बढाउन सक्छन् र न्यायालय युवा पुस्ताको ‘फस्र्ट च्वाइस अफ क्यारियर’ बन्न सक्छ र बनाउनु पर्छ भन्ने ट्रेण्ड सेट गरिन् ।
सुशीलाले स्थापना गरेको यो मानक अहिले कानून पढ्न चाहनेहरुको भीडमा पर्घेल्यो भने डाक्टर, इन्जिनियर, सिए, पाइलट नपढीकन विलक्षण किशोर किशोरीहरु कानून तर्फ आकर्षित भएका छन् । जसको रोलमोडल सुशीला कार्की र उनको टिम हो ।
कतिपय न्यायाधीश, पूर्व प्रधानन्याधीश विश्वनाथ उपाध्यायसमेत अमेरिका भासिए । तर यिनको कामले गर्दा नै हो, पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझीले सुशीलाको साहस र कर्तव्य निष्ठालाई अप्ठेरो बेलामा ऐक्यवद्धता प्रकट गर्दै साथ दिए । ती चार जना प्रधानन्यायाधीशले गर्व गर्ने लायककी प्रथम महिला प्रधानन्यायाधीश भेट्टाए ।
प्रधानन्यायाधीश भएको एकवर्ष नपुग्दै सुशीलाले एक तिहायी भ्रष्टाचार मुद्धा किनारा लगाइन् । लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्ने फैसला गरिन् । माओवादी पूर्व सांसद बालकृष्ण ढुंगेलको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई पत्र काटिन् । आइजीपी नियुक्ति प्रकरणमा नियमसंगत काम गर भनेर सरकारलाई सचेत गराइन् । सुडान घोटाला काण्डका तीन पूर्व प्रमुख बर्दिधारीहरुलाई कैद सजाय सुनाइन् । कार्यकालबाट विदा बस्नु अघि नै यिनी जटिल र आलटाल गरेर झुलीरहेका मुद्धाहरु छिमोल्न, पर्घेल्न कटिबद्ध भएर लागेकी थिइन् ।
सुशीला कार्कीका निर्णय सहन नसक्नेहरु, यिनी र सिंगो न्यायपालिकाप्रति कु्रद्ध बनेको थियो । उनका हरेक क्रियाकलाप र कार्यप्रति चारपक्ष जवर्जस्त रुपमा लागे ।
पहिलो, अधिनायकवादी तत्व । अधिनायकवादी ब्यवस्थामा मात्र भविष्य सुनिश्चित देख्ने र वर्षौंसम्म त्यसैको आडमा यो तत्व मुलुकमा शासन गरेर दोहन गर्न चाहन्छ । ज्युँदै तीन त्रिलोक र चौध भूवनमा राजगर्न उद्यत छ ।
यो अधिनायकवादी तत्व जोसंग र जहिले सुकै हत्कण्डा अपनाउन र संझौतागर्न लालायित छ । प्रजातन्त्रको खोल ओढेर अधिनायकवादीतत्व आफूलाई जमाउन चाहन्छ । चाहे त्यो लोकतान्त्रिक परिवारिक विरासतको नाममा होस वा पंचायतकालको जेल देखाएर होस् । आफ्नै अधिनायकत्व कायम गर्न जोसंग पनि संझौता गर्न तयार छ । अधिनायकवादका मतियारहरु स्वतन्त्र न्यायालय चाहदैनन् । यो तत्व लोकतन्त्रको नाउमा ऐजेरु बनेर लोकतन्त्र खाइरहेको छ ।
दोस्रो, भ्रष्टाचारी । बिभिन्न पदमा रहेका, बहुदल आएपछि हालीमुहाली गरेर करोडौं करोण कुम्ल्याएकाहरु । पार्टीको नाउमा अदालतबाट सुद्धिकरण गरेर राजनीतिमा हालीमुहाली गर्नेहरु जो विभिन्न दलमा पद नभए पनि हैशीयतबाट थ्रेट सिर्जना गरेर आफ्नो पक्षमा निर्णय गराउँछन् ।
तेस्रो, तस्कर–डन, अपराधी, माफिया र बिचौलीया । यिनको काम नै मुद्धामा सेटिंग, न्याय, नेता, वकील, सरकारी वकील, कर्मचारी, तामेलदारदेखि जेलरसम्म मिलाउने हो । मन्त्री, सचिव, प्रशासक, पुलिसदेखि श्रेस्तेदार, रजिष्टारदेखि न्यायाधीशसम्म सबैलाई नजराना पु¥याउने र आफ्नो काम फत्ते गर्नु हो ।
चौथो, हेजेमोनी । यसको सबै दलका नेता, मन्त्री, सांसद, न्याय–प्रशासक, कर्मचारी, सुरक्षा सबैमा हेजेमोनी हुन्छ । त्यसले संत्रास सिर्जना गर्छ जस्को आडमा हिजो पंचायत चल्थ्यो । बहुदल आएपछि सिफ्ट भयो र लोकतान्त्रिक गणतन्त्रमा नाँगो हस्तक्षेपको रुपमा देखा प¥यो ।
यो यस्तो हेजेमोनी हो, घर नजीकको बाँसको झ्रयाँगको बाटो भएर हिड्दा जसरी बटुवालाई भुतपे्रत पीशाचले तर्साउछ भन्ने मनोविज्ञानले झ्याम्म पारेको हुन्छ, त्यसैगरी हेजेमोनीले तर्साइरहेको हुन्छ । हेजेमोनी सधैं स्वतन्त्र न्यायालय र अदालतका गतिविधिलाई निहुँ बनाएर तर्साइरहन उद्यत छ ।
कुलमिलाएर यिनै चार तत्वका कारणले महाभियोग प्रस्तावले प्रवेश पाएको हो । यी तत्वको अघोषित, अदृश्य, अमूक एकताले महाभियोग प्रस्ताव तयार भएर दर्ता हुन पुगेको हो ।
राजनीतिशास्त्रका एक प्राध्यापकसंग किन यस्तो हुन्छ भन्नेवारे छलफल गरियो । उनले यो किचलो, अर्घेलो, तिक्तता किन रहन्छ भन्ने जवाफ दिंदै भने, हामी कहाँ ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन छुट्टा छुट्टै र शक्ति पृथक्कीकरणको सिद्धान्त अनुसारका निकाय हुन् भन्ने ज्ञान नै छैन ।
यिनको काम, कर्तब्य, अधिकार पृथक हुन्छ भन्ने पनि छैन । नत शक्ति सन्तुलनबाट मात्र लोक गणतान्त्रिक ब्यवस्था संचालन हुन्छ भन्ने नै थाहा छ । कानूनी राज, मुलुकको विकास, नागरिक सुरक्षा र समृद्धि यसबाट मात्र हुन्छ भन्नेमा विश्वास अत्यन्त कम छ ।
उनले भने, खासमा राज्यका तीन अंग स्वतन्त्र र एकअर्काका परिपूरक हुन् । तर बेलाबेलामा उठ्ने गर्छ, ब्यवस्थापिकाले कार्यपालिकाको र कार्यपालिकाले न्यायपालिकालाई अर्घेल्याइ र बिचोल्याइरहेको छ ।
त्यसकारण यसको महत्व, दर्शन र आस्था नभएका मान्छे ब्यवस्थापिका, कार्यपालिकामा पुगेकाले अहिलेको हविगत भएको हो । त्यसैले कार्यपालिका आफैंलाई सर्वेसर्वा ठान्छ । अधिनायकवादी र सर्वेसर्वा बन्न खोज्छ ।
जसलाई लीकमा राख्ने र पथमा हिडाउने काम न्यायपालिकाले गरेको हुन्छ । त्यही सहज नभएकोले ब्यवस्थापिका र कार्यपालिकालाई न्यायपालिकाको कार्य सहज भएन र कार्यपालिकाले ब्यवस्थापिकालाई मतियार बनायो । त्यसैको प्रतिफल हो, अहिलेको महाभियोग प्रकरण !
अन्नपूर्णबाट साभार