घर–घरमा बौद्ध झण्डा फहराइदै

नीलो, पहेँलो, रातो, सेतो, सुन्तला रङ्ग र यिनको मिश्रणबाट छैठौं रंग मिसिएर बौद्ध झण्डा बनेको छ ।
बोधिज्ञानका ६ रंग बुद्धको शरीरको चारैतिर, विशेष गरी शिरको वरिपरि घुमी रहे । जसले बुद्धको विशिष्ट गुणलाई प्रतिनिधित्व गर्छन् । नीलोले पूर्णविश्वास, पहेँलोले पवित्रता, रातोले प्रज्ञा, सेतोले निर्मलता, सुन्तला रङ्गले तृष्णाअभाव र मिश्रित रङ्गले बुद्धको सर्वगुणको प्रतिनिधित्व गर्छ ।

सदृश्य संवाददाता

घर–घरमा बौद्ध झण्डा फहराइदै

बुद्ध जयन्तीका दिन देशभरका घरघरमा बुद्धको झण्डा फहराउने अभियान सञ्चालन गरिने भएको छ । आगामी बैशाख २७ गते बुधवार घर, आँगन र छानामा रंगीविरंगी झण्डा फहरइने भएको छ । छ रंगको संयोजनमा बौद्ध झण्डा बनेको छ ।

प्रस्तावित सिद्धार्थ विश्वविद्यालयका अध्यक्ष भीक्षु डा.सुनन्द महास्थवीरका अनुसार बोधिवृक्षको उत्तर–दक्षिण भागमा देवताहरूले एउटा रत्नाघर तयार गरेका थिए । बुद्धलाई बोधिज्ञान लाभ भएको चौथो हप्तामा बुद्ध त्यस रत्नाघरमा बस्नुभयो र उच्च शिक्षा (अभिधर्म)को मनन गर्दै निर्वाण सुखको अनुभव गर्नुभयो । त्यसबेला बोधिज्ञानका ६ रङ्गको रश्मि बुद्धको शरीरबाट उत्पन्न भयो । नीलो, पहेँलो, रातो, सेतो, सुन्तला रङ्ग र यिनको मिश्रणबाट छैठौं रंग मिसिएर बौद्ध झण्डा बनेको छ ।

बोधिज्ञानका यी ६ प्रकारका रंग बुद्धको शरीरको चारैतिर, विशेष गरी शिरको वरिपरि घुमी रहे । जसले बुद्धको विशिष्ट गुणलाई प्रतिनिधित्व गर्छन् । नीलोले पूर्णविश्वास, पहेँलोले पवित्रता, रातोले प्रज्ञा, सेतोले निर्मलता, सुन्तला रङ्गले तृष्णाअभाव र मिश्रित रङ्गले बुद्धको सर्वगुणको प्रतिनिधित्व गर्छ ।
बौद्ध झण्डोत्तोलन समन्वय समिति, सिद्धार्थ विश्वविद्यालयका अनुसार वैशाख पूर्णिमाको दिन एकै समय पारेर बिहान ८ बज्नु अगाडि बुद्धको झण्डा तयार पारी आ–आफ्नो घरआँगन अथवा कौशीमा वा विहारमा उपस्थित हुन अनुरोध गरेको छ ।

२५६१ औं बौद्ध नयाँ वर्ष आरंभको दिन झण्डा फहराइसकेपछि प्रत्येक ब्यक्तिले एकक्षण भगवान बुद्धलाई स्मरण गर्न पनि अनुरोध गरेको छ । बुद्धलाई स्मरण गर्दा पाठ गरिने स्तोत्र पनि समितिले सार्वजनिक गरेको छ ।
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ! यो बुद्धलाई स्मरण गर्दा पाठ गरिने स्तोत्र हो । शान्तिनायक भगवान बुद्धको जन्म, सम्बोधि लाभ र महापरिनिर्वाण भएको दिनलाई हरेक वर्ष बुद्ध जयन्तीको रुपमा मनाइन्छ ।

बुद्धको झण्डा

जातक–अट्ठकथा र बुद्धवंस–अट्ठकथाअनुसार, बोधिवृक्षको उत्तर–दक्षिण भागमा देवताहरूले एउटा रत्नाघर तयार गरेका थिए । बुद्धलाई बोधिज्ञान लाभ भएको चौथो हप्तामा बुद्ध त्यस रत्नाघरमा बस्नुभयो र उच्च शिक्षा (अभिधर्म)को मनन गर्दै निर्वाण सुखको अनुभव गर्नुभयो ।
त्यसबेला बोधिज्ञानका ६ रङ्गको रश्मि बुद्धको शरीरबाट उत्पन्न भयो । ती रङ्ग हुन् — नीलो, पहेँलो, रातो, सेतो, सुन्तला रङ्ग र यी पाँच सबैको मिश्रित रङ्ग । त्यस बेलादेखि बोधिज्ञानको यी ६ वर्ण रश्मि बुद्धको शरीर चारैतिर, विशेष गरी शिरको वरिपरि रहे ।
यी ६ रङ्गले बौद्ध झण्डा बनाइएको छ, जसले बुद्धको विशिष्ट गुणलाई प्रतिनिधित्व गर्दछ । जस्तैः नीलोले पूर्णविश्वास, पहेँलोले पवित्रता, रातोले प्रज्ञा, सेतोले निर्मलता, सुन्तला रङ्गले तृष्णाअभाव, र मिश्रित रङ्गले उहाँको सर्वगुणको प्रतिधित्व गर्दछ ।

झण्डा फहराउन अपील

बुद्धजयन्तीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै भीक्षु सुनन्द महास्थबीरले भनेका छन्, ०७४ साल वैशाख २७ गते बुधबार वैशाखपूर्णिमा (स्वाँयापुन्हि)को दिन बौद्ध नयाँ वर्ष २५६१ आरम्भ हुन्छ । शान्तिनायक भगवान बुद्धको जन्म, सम्बोधि लाभ र महापरिनिर्वाण भएको वैशाखपूर्णिमाको पावन दिनलाई स्मरण गर्दै बिहानदेखि विश्वभरका असङ्ख्य जनताले हर्षोल्लासका साथ विश्वव्यापीरूपमा बुद्धजयन्ती मनाउँछन् । २५६१ औं बुद्धजयन्ती तथा नयाँ बौद्ध वर्षको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना !

शान्ति र विकासको अनुभूति

भीक्षु सुनन्दको लामो वक्तब्य भनिएको छ, नेपालमा जन्मिनु भएका सिद्धार्थ बुद्धका नाममा २१ वर्ष अघि स्थापना गरी सरकारको स्वीकृतिको पर्खाइमा रहिआएको यस सिद्धार्थ विश्वविद्यालयलाई नेपाल राष्ट्रले बुद्धलाई उचित सम्मान देखाउनको लागि पनि अविलम्ब सरकारबाट स्वीकृति प्रदान गरियोस् !
सिद्धार्थ विश्वविद्यालय, बुद्धभूमि नेपालबाट अन्तर्राट्रिय मानव जगतलाई उपहार स्वरूप बुद्धको शान्तिको सन्देश (शिक्षा) दिन, संसारभर प्रचार गर्न, बुद्धधर्मको क्षेत्रमा संसारभरको नेतृत्व गर्न सकोस् ! नेपालमा आसन्न स्थानीय तहको चुनाव सफल होस् ! स्थायी शान्ति र लोकतन्त्र संस्थागत गरी सरकार, जनता र दलहरू मिली शान्ति र विकासको मार्गमा लम्कन सकून ! सबै जनताको अधिकार सुरक्षित गरियोस् ! र जनताले शान्ति एवं विकासको अनुभूति गर्न पाऊन् !

नेपाली जनताले विकास एवं लोकतान्त्रिक–प्रणालीमा विश्वास गर्दै मुलुकको समुन्नति र दिगो शान्ति स्थापना गर्न सफलता प्राप्त गर्न सकून् !

नयाँ बौद्ध वर्षको शुभ उपलक्ष्यमा बौद्धजगत तथा देशवासी सबै जनतालाई बुद्ध, धर्म र संघको महिमा (आनुभाव)द्वारा मङ्गल होस् ! सबैको रोग व्याधि, भय, उपद्रव, दुर्भाग्य, चिन्ता, दुन्निमित्त आदि सबै प्रकारका अमङ्गल हटेर जाऊन् ! समस्त देशवासी लगायत बौद्ध जगत सबैमा आयु, वर्ण, सुख, बल, समृद्धि, शान्ति तथा कुशल चेतना वृद्धि होस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, भीक्षुले अन्त्यमा भनेका छन् ।