बीन लादेन जत्तिकै ठूलो आतङ्ककारीको आत्मबृत्तान्त ‘डिसिजन प्वाइन्टस्’

–सूर्य सुवेदी
राष्ट्रपति जर्ज बुसले अमेरिकालाई दुइ कार्यकाल नेतृत्व गरे । पहिलो पटक सन् २००१–२००४ र दोस्रो पटक २००५देखि २००८ सम्म । उनी आठ वर्षसम्म संसारको सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुख रहे ।
उनी जुनियर जर्ज बुस भनेर संसारभर चिनिन्छन् । उनका बुबा जर्ज डब्लु बुस पनि अमेरिकाको राष्ट्रपति भएकाले बाबुलाई सिनियर बुस र छोरालाई जुनियर बुस भनेर संबोधन गरिन्छ ।
जर्ज बुसवारे यो भूमिका उनलाई चिनाउन बाँधेको भए पनि यो समीक्षाको उद्धेश्य भने उनलाई चिनाउन होइन उनले लेखेको पुस्तक डिसिजन प्वाइन्टस्को ’boutमा चर्चा गर्न र पुस्तकमा लेखिएका कुरा तिनको सन्दर्भ नेपाली पाठकलाई जानकारी गराउन हो ।
जर्ज बुस (जुनियर) को यो नयाँ पुस्तक ‘डिसिजन प्वाइन्टस्’ खासमा उनको आत्मवृतान्त हो । डिसिजन प्वाइन्टस्मा उनी डलास राज्यको दुई पटक गभर्नर हुँदा र दुईदुई पटक अमेरिका जस्तो शक्तिशाली राष्ट्रको प्रमुख अर्थात राष्ट्रपति हुँदा आफूले गरेका संबेदनशील, महत्वपूर्ण र विवादास्पद निर्णयहरूलाई आफ्ना उपलब्धिका रूपमा पर्गेलेर लेखेका छन् ।
राष्ट्रपति भएकै वर्ष लादेनको आक्रमण
जर्ज डब्लु बुस राष्ट्रपति भएकै वर्ष सेप्टेम्बर ११, २००१ मा मुस्लिम आतंककारीहरूको संगठन अलकायदाले संसारकै अग्लो भवन भनिने टुइन टावरमा हवाई जहाजहरु नै ठोक्काएर ध्वश्त बनाएको थियो । त्यो आक्रमणमा तीनहजार भन्दा बढी अमेरिकीहरु मारिएका थिए । त्यो अमेरिकाको शक्ति र वैभवमाथि मुसलमान आतंककारीहरुले छेडेको जेहाद थियो ।
बाल्यकालमा उनले आफूलाई एकजना मध्यमस्तरको विद्यार्थी भएको स्वीकारेका छन् । जिन्दगीको शुरुमा उनी पाइलट बन्ने र अमेरिकी हवाई सेनामा जागीर खाने इच्छा राख्दथे । उनले डलासमा टेक्सस एयर नेशनल गार्ड बन्न तालिम पनि लिए ।
अलकायदाले टुइनटावरमा गरेको हमला ।
धनी बाबुका अल्लारे सन्तान
त्यहीं उनले एकजना मज्जाको तालिमे अफिसर भेटे । राम्रा स्कूलमा पढेर आएका धनी बाबुआमाका सन्तानलाई उनी ‘बुक स्मार्ट’ र ‘साइडवाक स्टुपिड” अर्थात किताबका कुरा जान्ने तर व्यवहारमा अनाडी युवा भनेर हाकाहाकी नै भन्दथे !
बुसले त्यो हवाई तालिमको समयमा दुई प्रकारको शिक्षाको अनुभूति गरेको बताएका छन् । राम्रो स्कूलको विद्यार्थी हुनु र अनुभवी मानिसको संगत पाउनु जिन्दगीमा ठूलो कुरा रहेछ !
हवाई जहाज उडाउने तालिम लिएका बेला बुसलाई ती गुरुले पटक–पटक ल्याण्ड गर्न लगाइरहे । बुसले उडाएको जहाज जमिनमा पुग्नै लाग्दा छेउमा बसेका गुरुले अकस्मात जहाजको योक (कन्ट्रोलिङ यन्त्र) थिचे र कडा आदेश दिंदै भने “ए ठिटा लडाकु हवाइजहाजको पाइलट हुन चाहन्छस् भने तैंले यो मेसिन कन्ट्रोल गर्नैपर्छ, तँलाई यो मेसिनले कन्ट्रोल गर्नु हुँदैन !”
अप्ठेरो शिक्षाको फाइदा
उडान गुरुसंग बिताएका क्षणहरुको गौरवका साथ संझना गर्दै बुसले पुस्तकमा ठहर लेखेका छन्, ती गुरुसंग पाएको शिक्षा र दीक्षाले मलाई बाँकि जीवनभर अप्ठेरो पर्दा सधैं सहयोग गरिरहे । त्यसैले उनका कुरा मलाई अहिले पनि झलझली संझना भैरहन्छ । उनले भनेका कुरा मेरो राजनीतिक जीवनमा प्लेन उडाउने र बसाउने काममा भन्दा बढी उपयोगी भए ।
डिसिजन प्वाइन्टमा खासगरी डलासको गभर्नर हुँदा आफूले शिक्षा, स्वास्थ्य र जनसरोकारका प्रसस्त काम गरेको र विपक्षी डेमोक््रयाटहरूसँग मिलेर धेरै बिधेयकहरु उतारेको वर्णन नै छ । त्यस्तै दुइपटक संसारको शक्तिशाली देशको राष्ट्रपति हुँदाका मुख्य घटना र निर्णयहरुलाई आधार बनाएर मेहनतका साथ पुस्तक तयार गरेका छन् ।
जालझेलले राष्ट्रपति
बुसले सन् २००१ देखि २००८ सम्मका सनसनीखेज घटनाहरु हुँदा अमेरिकाको नेतृत्व गरेका हुन् । सन् २००० मा जुनीयर बुस र बिल क्लिन्टनका उपराष्ट्रपति रहेका एलगोर बीच प्रतिस्पर्धात्मक चुनाव भएको थियो । टेक्ससको गभर्नर मेन्सन (गभर्नर क्वार्टर)मा उनले राती मात्रै उनलाई अदालतले राष्ट्रपतिमा जिताएको घोषणा सुनाइएको थियो । उनी आफ्ना भाई जेब बुसको सहायताले जालझेलयुक्त तरिकाले प्रथम पटक राष्ट्रपति चुनिएका थिए ।
मिडियाको खेदो
अमेरिकी सञ्चार माध्यमले बुसलाई निकै खेदो खने । मलाई विधिवत चुनिएका राष्ट्रपति नभएको, खासै कुरा बुझ्न नसक्ने र अमेरिकी जनताप्रति इमान्दार नभएको समेत भने । मलाई नाजीवादी भएको, युद्ध अपराधी र हुँदाहुँदा सैतानसम्म भन्न पनि बाँकि राखेनन् !
मलाई यस्ता तुच्छ आरोप लगाउनेहरुको नाइके अमेरिकी नागरिक नभएर भेनेजुलाको राष्ट्रपति ह्युगो चाभेज थियो । मैले मेरा बा राष्ट्रपति जर्ज डब्लु बुस, अर्का राष्ट्रपति बिल क्लिण्टनले सञ्चारमाध्यमबाट निकै प्रताडित भएको देखेको थिएँ ।
जर्ज वाशिंगटनलाई फाँसी
अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटन यति अलोकप्रिय थिए कि एउटा राजनीतिक कार्टुनिष्टले त ती महान अमेरिकी नायकलाई फाँसी दिइने डोरीतिर जल्लादले लैजाँदै गरेको कार्टून प्रकाशन समेत गरे ।
गलत आरोप र अनर्गल प्रचारबाट दिक्क बनेर जर्ज वासिङ्गटनले एकपटक त के सम्म लेखे भने “जसले सिद्धान्तमा रहेर निर्णय गर्दछ, तत्कालको जनमत जस्तो सुकै विपरित भएपनि समयले त्यस्तो निर्णयलाई नै न्याय दिन्छ ।”
मैले सिद्धान्तमा अडेर निर्णय गरेपछि मलाई कुनै पनि सांसारिक चलखेलले विचलित बनाउन सक्दैनन्, आफ्नो भनाई दोहो¥याइरहन्थे जर्ज वासिङ्गटन । जर्ज वासिङ्गटनले संसार छाडेको दुई शताब्दी बितिसकेको छ तर पनि के निर्भिक, निडर र यथार्थवादी जर्ज वासिङ्गटनले अहिलेका पत्रपत्रिकाले समाचारको शीर्षक के बनाउलानु् भनेर डराउनुपर्छ र ? (पेज १२१÷१२२)
ट्वीन टावरमाथि हमला
सन् २००१ सेप्टेम्बर ११ (जसलाई छोटकरीमा ९÷११ पनि भनिन्छ) मा अमेरिकाको टुइन टावरमा यात्रीवाहक हवाईजहाज मुस्लिम आतंककारीहरूले ठोक्काएको बेला म वासिङ्गटनभन्दा निकै टाढा इमा (इ बुकर इलेमेन्ट्री स्कूल) मा अमेरिकामा शिक्षा सुधार योजना विषयमा प्रवचन दिँदै थिए । म त्यतिखेर संसारको सबै भन्दा शक्तिशाली मानिस थिएँ । तर मैले टुइन टावरमा सहयोग गर्न पुरै असफल भएको महसुस गरें । मैले ईश्वरसँग मप्रति विनयी हुन र मलाई साहस दिन प्रार्थना गरें ।
मैले त्यो एकदमै अप्ठेरोमा समयसँग जुध्ने शक्ति पाउनका लागि प्रार्थना मात्रै गर्न सके । (१२९ पेज) सेप्टेम्बर ११, २००१ मा ओसामा बिन लादेनको ड्राइभर सलिम हमदान अफगानिस्तानमा पक्राउ प¥यो । उसलाई कारवाही गर्न सैनिक अदालतले फैसला ग¥यो ।
सलिमले मिलेट्री ट्रिब्युनलको फैसलाको निष्पक्षतालाई अमेरिकी अदालतमा चुनौती दियो । लडाईको समयको न्याय ‘वार टाइम जस्टिस’ भनेर मिलेट्री ट्रिब्युनलले गरेको फैसलालाई सन् २००६ जुनमा अमेरिकाको सर्वोच्च अदालतले बदर गरिदियो ।
अदालतको सक्रियता
मैले कोर्टको निर्णयलाई न्यायिक सक्रियता (जुडिसियल एक्टिभिजम) मानें । तर राष्ट्रपतिले माने पनि नमाने पनि अदालतको निर्णय (सुप्रिम कोर्टको निर्णय) त देशको कानुन हो । (ह्वेदर प्रेसिडेन्टस लाइक देम अर नट, द कोर्टस डिसिजन्स आर द ल अफ द ल्याण्ड) (पेज १७८)
अमेरिकाको शक्तिशाली राष्ट्रपतिले अदालतको निर्णयलाई मुलुकको कानुन मान्दछन् । नेपालमा प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्चले दोषी ठह¥याएका बालकृष्ण ढुङ्गेललाई मैले अह्राएर मान्छे मारेका हुन्, सक्छौ भनें मलाई थुन भनेर अदालतलाई चुनौती दिए, प्रधानमन्त्री छँदै । खोइ त ‘रुल अफ ल’ ?
नियम पु¥याएर आइजीपी नियुक्ति गर्न सर्वोच्च अदालतको फूल बेञ्चले दिएको आदेशका विरुद्ध काँग्रेस सभापति देउवा र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरे । यस अर्थमा काँग्रेस र माओवादीका पार्टी प्रमुख र महाअभियोगका लागि सही गर्ने सांसदहरू अन्तर्राष्ट्रिय न्यायिक मान्यता अनुसार कहाँ छन् ? भोलि नेपालका राजनीतिज्ञलाई हेगमा उभ्याइयो भने अनौठो नमाने हुन्छ ।
अमेरिकी प्रजातन्त्र
अमेरिकी परिभाषामा प्रजातन्त्र भन्नाले निम्न कुरालाई बुझाउने बुसको भनाई छ ।
चुनाव प्रजातन्त्रको पहिलो पाइला हो । प्रजातन्त्र संचालन गर्न एउटा देशले सरकारी संस्थाहरू जसमा अदालत, सुरक्षा संयन्त्रहरू, शिक्षा प्रणाली, स्वतन्त्र प्रेस र एउटा गतिशील प्रशासन यन्त्र बनाउनु पर्छ । २०६३ पछि नेपालमा यस्ता संस्था छन् त ? संस्था त छन् । तर ती सरकारको छायाँ जस्ता मात्र छन् ।
इराकमाथिको आक्रमण
इराकमा अमेरिकाले किन हमला ग¥यो त ? जर्ज डब्लु बुसको सो पुस्तकका केही बुँदाहरूमा यसवारे लेखिएको छ । सद्दाम हुसेनले हाम्रा हवाई जहाजमाथि आक्रमण गर्न लगाए । उनले सन् २००१ सेप्टेम्बर १ को घटना गराउनेलाई प्रसंसा गरे । मेरा बुबा जर्ज डब्लु बुस जो अमेरिकाका पूर्व राष्ट्रपति हुन् उनलाई मार्ने कोसिस पनि गरे । अतः इराकमा आक्रमण गर्नु ठीक थियो भन्छन्, जर्ज डब्लु बुस !
ठूलो संख्यामा मानिस मार्ने बम इराकसँग भएको फतुर आरोप अमेरिकाले इराकमाथि लगायो । इराकको तेल उग्रवादीको हातमा जान नदिने तर्क प्रस्तुत गरेका छन् लेखकले । सद्दामले अमेरिका लगायतलाई टेर्न छाडेको र तेल पनि क्याप्चर गरेकाले पनि अमेरिकाले इराक माथि आक्रमणको मुख्य कारण र त्यसको चुरो इराकको पेट्रोल नै भएको देखिन्छ । (पे. २२८) उनले दाबी गरेका छन्, अफगानिस्तानमाथिको आक्रमण तालिवानीहरुको क्रुर र मध्ययुगीन शासनलाई अन्त्य गर्न र अलकायदा–तालिवान संबन्धलाई तोड्नको लागि गरिएको हो ।
इरान, इराक र उत्तर कोरियालाई बुसले तीन चाण्डालको मिलन भनेका छन् । तर अमेरिकाले भने जस्तो इराकमा डब्लु.एम.डी अर्थात् नरसंहारक हतियार भेटिएनन् ।
बुसको भियतनाम युद्ध
तर बुसले इराक युद्ध ठीक थियो भनेर निकै तर्क गरेका छन् । अमेरिकाको डिमोक्रेटिक पार्टीका सिनेटर टेड क्यानेडीले इराक युद्धलाई जर्ज डब्लु बुसको भियतनाम युद्ध भनेका थिए (पेज ३०४) अहिलेसम्म पनि इराक युद्धबाट अमेरिका निस्कन सकेको छैन ।
बुसले आफ्ना असल काममा क्याट्रिना समुद्री आँधी पीडितलाई सहयोग पु¥याएको, अफ्रिकामा एड्स बिरामीको उपचारमा सहयोग गरेको, अमेरिकाको स्वास्थ्य र शिक्षामा योगदान पु¥याएको कामलाई लिएका छन् । रूसका पुटिनसँग राम्रो सम्बन्ध राखेर आणविक हतियारको उत्पादन घटाएको पनि बुसको दावी छ । उनले आफूले अफगानिस्तान र इराकमा युद्ध नगरेको भए अमेरिका अरू असुरक्षित हुने थियो भनेका छन् ।
बुस आतंककारी
जर्ज डब्लु बुसले फोर्ट लुइस भन्ने ठाउँमा इराक युद्धमा छोरो गुमाएकी एउटी आमालाई जुन २००४ मा भेटें । तिनले मलाई “तिमी पनि ओसामा बिन लादेन जस्तो ठूलो आतङ्ककारी हौ” भनेर गाली गरिन् । मैले त्यहाँ धेरै बोल्ने कुरो थिएन । मैले लडाईमा सेना नपठाएको भए उनको छोरो मारिने पनि त थिएन । (पेज ३५८) तर मैले अमेरिकाको सुरक्षाका लागि नै त काम गरेको हो नि !
पुस्तकमा बुसले आफ्नो युद्धनीति ’bout भनेका छन्–शत्रुले समुन्द्र पारीबाट आएर अमेरिकामा आक्रमण गर्नुभन्दा पहिला आफैंले तिनीहरूलाई आक्रमण गर्नुपर्छ । जसले गर्दा उनीहरूले आक्रमण गर्न नसकुन् । धेरै अमेरिकीहरू बुसको भनाईसँग सहमत छन् ।
अमेरिकी र चिनीयाँ झसंग हुँदा
जनवरी सन् २००२ मा बुस चीन भ्रमणमा गएछन् । उनले चीनका तत्कालिन राष्ट्रपति हु जिन्ताओलाई सोधेका रहेछन्, तपाईलाई राती झसंग भएर ब्यूझिनु हुन्न ? त्यसरी ब्यूँझिँदा केले झस्काउँछ ?
हुले उनैलाई सोधेछन् तपाईलाई नि ?
बुसले भनेछन् “म बेलाबेला राती झंसंग भएर ब्यूँभिन्छु । त्यसरी ब्यूझिदा फेरी अमेरिकामा आतंककारी आक्रमण हुन्छ कि भनेर झस्कन्छु ।”
अनि तपाई नि, बुसले हुलाई सोधे ?
चीनका राष्ट्रपति हु जिन्ताओले मुसुक्क हाँस्दै बुसलाई भनेछन्, हो बुस म पनि बेलाबेला झस्केर ब्यूँझन्छु तर मलाई तिमीलाई जस्तो युद्धले होइन, अर्कै कुराले पिराल्छ । मेरो मुख्य सरोकार प्रति वर्ष दुई करोड पचास लाख नयाँ रोजगारी कसरी सिर्जना गर्ने होला भन्ने हुन्छ ’cause २५ मिलयन चिनियाँहरुलाई रोजगारी सिर्जना गर्न सकिन भने म सकिन्छु । हाम्रो नेतृत्व सकिन्छ र मेरो पार्टी पनि सकिन्छ । ”
बुुसले भनेका छन्, उनको उत्तर मलाई अति आकर्षक लाग्यो । उनको कुरा व्यवहारिक थियो । रोजगारी नपाएका बेरोजगार युवाले के पो गर्दैनन् र ?
बुसले तत्कालिन विश्व नेताहरू बेलायतका टोनी ब्लेयर, रूसका पुटिन, जर्मनीकी मार्केल, फ्रान्सका ज्याक सिराक आदि सबैसँग मैत्रीपूर्ण सम्बन्ध राखे ।
अमेरिका उनको समयमा युद्धमा होमियो । उनको युद्धले पारेको तबाहीलाई उनीपछिका राष्ट्रपति बाराक ओबामाले धेरै घटाए । अब ट्रम्पले अमेरिकालाई कुन ठाउँमा पु¥याउँछन् हेर्नुपर्ने छ ।
‘डिसिजन प्वाइन्टस’ पढ्दा उनी उच्चस्तरका बौद्धिक र प्रष्ट विचार भएका राष्ट्रपति रहेछन् भन्ने बुझिन्छ ।
यो पुस्तक पढ्दा सन् २००१ पछिको विश्व राजनीति कता जाँदैथियो ? बुसले शुरु गरेको युद्ध, संसारका लागि कति महँगो भयो बुझ्न पुस्तकले एकदमै सघाउछ ।
दुई राष्ट्रपति जर्ज बुस र हु जिन्ताओ ।
कठोर निर्णय
डिसिजन प्वाइन्टस् पढिसक्दा नसक्दै तपाईलाई पनि कठोर निर्णय लिन पुस्तकले सघाउने छ । पुस्तक आत्मबृत्तान्त भएकोले यो निकै रमाइलो मात्र होइन रोचक र घोचक पनि उत्तिकै छ । भाषाशैली सरल भएकोले पुस्तक नसकी उठ्न मन लाग्दैन ।
टिभी र मोबाइल अफ गरेरै पुस्तक पढ्न शुरु गर्दा राम्रो !