सन्दर्भ: राजदरबार हत्याकाण्ड, राजा बीरन्द्रसंगको आखिरी संवाद !

विवेक शाह
शुक्रबार अपराह्न करिब ५ बजेको कुरा हो । वीरेन्द्र सरकार रारा महोत्सव समुद्घाटनका लागि पाच दिनपछि रारा सवारी होइबक्सदै थियो । म सैनिक सचिवालयमा बसेर सरकारको सवारीका लागि सुरक्षा व्यवस्थापन सम्बन्धी विस्तृत योजना बनाइरहेको थिए । कार्यालय समय सकिनै लाग्दा अचानक सरकारको फोन आयो । सरकारबाट हुकुम भयो, ‘विवेक, सुन्दर (सरकारका शाही पाश्र्ववर्ती, महासेनानी सुन्दरप्रताप राना) सग समन्वय गरेर विस्तृत कार्यक्रम तयार पार । ४ नम्बर वाहिनी, सुर्खेतमा बस्ने सोचाइ बनाएको छु । अन्य सुरक्षा व्यवस्थाका लागि समेत सेनासग समन्वय गर ।’
मैले सरकारमा जाहेर गरे, ‘प्रधानसेनापतिसग छलफल गरेर ४ नम्बर वाहिनी, सुर्खेतमा सरकारको बसोबासको व्यवस्था गर्न लगाउछु । तर हिमाली भेगको वातावरण तुरुन्तै परिवर्तन हुन सक्ने भएकाले रारामै पनि सरकार राज हुनुपर्ने अवस्था आउन सक्छ । त्यसैले रारास्थित सेनाको गुल्ममा पनि आपत्कालीन बसोबासको लागि व्यवस्था गर्न लगाउछु ।’
सरकारबाट हुकुम भयो, ‘ठीक छ । त्यसै अनुसार गर । अहिले राराको तापक्रम कति छ ? वातावरण के कस्तो छ ? त्यस’bout पनि एडीसीलाई जानकारी गराइराख ।’
वीरेन्द्र सरकारसग भएको यो नै मेरो आखिरी संवाद हो ।
सरकार त्यस दिन चियाका लागि बडागुरुज्यू नयनराज पाण्डेको डिल्लीबजारस्थित निवासमा अपराह्न सवारी होइबक्सेको थियो । त्यहाबाट फर्केपछि मलाई फोन गरिबक्सेको हो । त्यस अवसरमा सरकार रारा सवारी भएका बेला मलाई काठमाडौमा केही विशेष काम गर्न निर्देशन बक्सेको थियो । फोनमा कुरा हुदा सरकारको स्वर अरू बेलाको जस्तो नभएर अलि मलिन भए जस्तो मलाई लाग्यो । मैले सरकारलाई केही प¥यो होला भन्ने सोचे ।
अब सरकारको अन्तिम दर्शनभेट’bout चर्चा गरौ ।
सरकारको दर्शनभेट र दैनिक कार्यतालिका सबै एडीसी अफिसले मिलाउथ्यो । त्यसका लागि विभिन्न सचिवालयबाट कार्यक्रम पठाइएका हुन्थे । सुरक्षा निकायसग सम्बन्धित व्यक्तिको दर्शनभेट र जाहेरीका लागि मैले कार्यक्रम पठाउनुपथ्र्यो । मसग पनि सम्पर्कका हिसाबले विभिन्न व्यक्तिबाट दर्शनभेटका लागि समय मिलाइदिन अनुरोध आइरहेको हुन्थ्यो । मैले त्यो सबै कुरा भनेर एडीसीमार्फत नै समय मिलाउने हो । कुनै अति नै गोप्य विषय या भेटघाट छ भने जाहेरीका बेला अथवा सरकारबाट मलाई दर्शनभेट बक्सेका बेला मैले नै सरकारलाई जाहेर गरेर समय मिलाउने हो ।
सैनिक सचिवका रूपमा साधारणतया बुधबार मेरो जाहेरी पथ्र्यो । सबै सचिवका लागि छुट्टाछुट्टै समय मिलाइएको हुन्थ्यो । तर आवश्यक पर्दा अरू दिन पनि दर्शनभेट हुन सक्थ्यो । सैनिक सचिव महाराजाधिराजको सुरक्षा सल्लाहकार पनि हो । सैनिक सचिवका हिसाबले विभिन्न सुरक्षा निकायसग मेरो सम्पर्क भइरहेको हुन्थ्यो । त्यसले गर्दा मेरो जहिले पनि सरकारसग दर्शनभेट हुन सक्थ्यो । सामान्यतः बिहीबार प्रधानमन्त्रीको जाहेरीको दिन हुन्थ्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाको जेठ १८ गते बिहीबार जाहेरी थिएन । सायद उहाको अन्तै काम थियो होला । त्यसैले त्यो दिनको खाली समयमा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको जाहेरीका लागि समय मिलाइएको थियो । उहामेरो पुरानो असल साथी । तर साथीको नाताभन्दा पनि उहा एउटा सुरक्षा निकायको प्रमुख र म सरकारको सैनिक सचिव । सशस्त्र प्रहरी भर्खरै स्थापना भएको थियो । त्यसको प्रगति’bout सरकारलाई जाहेरी गर्ने कार्यक्रम थियो । सरकारबाट पनि केही निर्देशन दिनु थियो सशस्त्रका लागि ।
कृष्णमोहन आईजीपीसाबको जाहेरीपछि मैले ‘भोलि शुक्रबार सरकारको खासै कार्यक्रम छैन, संवाद सचिवको जाहेरी छ, सरकारको रारा महोत्सवमा सवारी विषयमा मैले सुन्दरसग समन्वय गरिरहेको छु’ भन्ने कुरा जाहेर गरे र करिब सात मिनेटपछि म पनि निस्किए । वीरेन्द्र सरकारसग मेरो अन्तिम दर्शनभेट त्यही थियो । त्यो अन्तिम दर्शनभेट र अन्तिम कुराकानी झलझली सम्झन्छु । गला अवरुद्ध हुन्छ । धडकन रोकिएझै लाग्छ । अफसोस, हामीले वीरेन्द्र सरकार जस्तो राजा असमयमै गुमायौ ।
दीपेन्द्र सरकारसग चाहि जेठ १९ को दुई दिनअघि मात्र मेरो भेट भएको थियो । ’cause, युवराजाधिराजलाई काम परे मात्र दर्शनभेट गर्ने हो । त्यो अन्तिम भेटमा सरकार त्यति कुरा गर्ने मुडमा होइबक्सन्नथ्यो । विवाहकै प्रसङ्गमा मात्र कुरा भएको थियो । सरकारको त्यति बेला बाहिर देखिने एउटा ‘पर्सनालिटी’ र राजदरबारभित्र अर्को छुट्टै ‘पर्सनालिटी’ विकसित भइरहेको थियो । एडीसीबाट युवराजाधिराजमा केही दिनदेखि गम्भीर स्वभाव विकसित भइरहेको समेत बुझेको थिए । जेठ १९ को दिन दीपेन्द्र सरकारको राष्ट्रिय खेलकुद परिषद् र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरी सवारी हुने कार्यक्रम थियो । सरकारको त्यो दिन बिहानैदेखि मुड ठीक थिएन ।
एक भयानक रात
त्यो शुक्रबार म दिनभर अफिसको काममै थिए । सबै काम सकेर साझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडीसी अफिसमा फोन गरे । एडीसी सुन्दरप्रताप रानासग कुरा भयो । ‘आज अरू केही काम छ कि ?’ भनेर सोधे“ । जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारी’bout हामीबीच केही बेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यवस्थापन’bout हुकुम भएको छ, त्यो सवारी सम्बन्धी अरू केही कुरा छ ?’ भनेर मैले सोधे । सुन्दर कर्साबले ‘आज खासै अरू केही छैन, सरकारको दर्शनभेट छ, संवाद सचिवले दर्शनभेट गराउदै हुनुहुन्छ’ भन्नुभयो ।
शुक्रबार बिहान संवाद सचिव मोहनबहादुर पाण्डेको जाहेरी थियो । उहाको सचिवालय सम्बन्धी काम सैनिक सचिवालयलाई त्यति धेरै थाहा या चासो हु“दैन पनि । आ–आप्mनो काम गर्ने हो । त्यो साझ उहाले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमाललाई वीरेन्द्र सरकारस“ग दर्शनभेटको समय मिलाउनुभएको थियो । सायद त्यो साझ उहाका लागि मात्र दर्शनभेटको कार्यक्रम निर्धारण भएको थियो । अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरू करिब ४५ मिनेट राज भएको थियो । त्यहा युवराजाधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजाधिराज त्यहा एक शब्द पनि बोलिबक्सेन । साझ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरू सबै सचिवहरू जाने भन्ने उर्दी थियो । ६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्के । शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रुम थियो । त्यही गएर ड्रेस चेन्ज गरे । त्यही बेला मैले डा. दुमन थापालाई फोन गरे । उहा मेरा साथी । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नयाबजारमा । डा. दुमन र म भेटियौ । ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नयाबजारस्थित साथीको घर गयौ । हामी त्यहा पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौ । त्यस्तै ९ बजेर १५-१६ मिनेट गएको थियो, मेरो मोबाइल बज्यो । घरबाट गीता (श्रीमती) ले फोन गरेकी रहिछन् आयो । निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहा हो ? महेन्द्र मन्जिल एडीसी अफिसबाट फोन आएको थियो ।’
मलाई अचम्म लाग्यो । महेन्द्र मन्जिल एडीसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडीसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजाधिराजको । मैले तुरुन्तै महेन्द्र मन्जिल एडीसी अफिसमा फोन गरे । ‘त्यहाबाट मलाई फोन गरेको हो ?’ भनेर सोधे । ‘होइन’ भन्ने जवाफ आयो । ड्युटीमा एक जना लप्टन थिए । उनले ‘उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि ?’ भने । यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौ तरङ्गहरू जन्मायो । मैले तुरुन्तै अन्नपूर्ण एडीसी अफिसमा फोन गरे । त्यहा“ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने लाग्यो । तुरुन्तै म सबै कार्यक्रम छोडेर ‘राजदरबार जान्छु’ भनेर निस्किए । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौ, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइप¥यो, तपाईं तुरुन्तै सैनिक अस्पताल आउनुप¥यो ।’
त्यति बेला हामी सोहखुट्टे आइसकेका थियौ । त्यहीबाट हामी तुरुन्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौ । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाको स्वर पनि निकै आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिन । सायद तपाईंलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । मैले ‘सर, मलाई तुरुन्तै वीरेन्द्र अस्पताल आउनू भन्ने खबर आएको छ’ भनेर फोन राखिदिए । डा. दुमनले मलाई सैनिक अस्पतालमा छोडि दिनुभयो र उहाहरू फर्कनुभयो ।
९ बजेर ३५-३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधानसेनापति प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्ने’bout केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडीसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिए, उहासग जम्काभेट भयो । त्यही टीका धमला जर्साबसग पनि भेट भयो । उहाहरू दुवैले ‘सर, खत्तम भयो, खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहा“ कल्पनै नगरेको कारुणिक दृश्य देख्नुप¥यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य । जता हे¥यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीरहरू मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसुफमा कहीकतै होस थिएन । मैले पनि मौसुफको नाडी छामे । शरीरमा अलिअलि मात्र तातो बाकी थियो । सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरे ।
त्यसपछि मैले सुन्दर कर्साबसग कुरा गरे । उहाले घटनाको बेलीविस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार दर्शनभेटको कार्यक्रम सकेर आप्mनो कार्यालयबाट त्रिभुवन सदन सवारी होइबक्स्यो । सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रुममा थियौ । भित्र पार्टी भइरहेको थियो । सरकारहरू सबै सवारी होइबक्सेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकाले सदाझै हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौ । शान्त थियो वातावरण । कहीकतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो ।
(लेखक शाह, राजा वीरेन्द्रका सैनिक सचिव हुन् । प्रस्तुत अंश उनको पुस्तक ‘मैले देखेको दरवार’ बाट साभार गरिएको हो ।)