संविधानलाई मन्दविषको सुई – चन्द्रकिशोर


चन्द्रकिशोर

 

मधेसका जनता किन पटक पटक सडकमा आउ“छन् ? किन उनीहरु रगत वगाउन तत्पर हुन्छन ? यसको खोजी नीति हुनै पर्छ ।

के फगत मधेसी दल भनेर चिनिएका नेताहरुको उक्साहटयुक्त भाषणले मात्र उनीहरु घर वाहिर आएका हुन् ? अहिले पो मधेसी दलहरुले ल्याएका हुन् विगतमा कसले ल्याउने गरेका थिए ?
त्यतिखेर पनि मधेसीहरु दमन सहेर राजनीतिक प्रतिरोधमा उत्रेकै हुन ।

मधेस नेपालको राजनीतिक रुपले एउटा अत्यन्त उर्वर भूभाग हो । मूलतः यहा“का जनताले समग्रमा नेपाली जनतालाई स्वाभिमानी र स्वतन्त्र वनाउन, लोकतन्त्रलाई थप उन्नतशील बनाउन चाहेका छन् ।
इतिहासको विभिन्न घुम्तिमा भएको कुनै पनि आन्दोलन होस् त्यसमा साथ सहयोग दिदै आएका छन् । त्यस अर्थमा नेपालमा क्रियाशील प्रत्येक राजनीतिक शक्तिको साझा सरोकारको विषय मधेस हुनै पर्छ ।
मधेसका वारेमा पहाड र हिमालमा विमर्श हुनु पर्छ । काठमाण्र्डाैले मधेसको सरोकारलाई पहाडका थुमथुममा सार्नु पर्छ ।

नेपालमा नेपाली जनसाधारणले आफ्ना प्रत्येक भूगोलका वारेमा बुझ्नै पर्छ, गम्नै पर्छ । मधेसको मानसलाई पहाडले बुझ्न सक्नु पर्छ, हिमाल–पहाडको मनोविज्ञानलाई मधेसले चिन्न सक्नु पर्छ । एक अर्काको बोझ र भारी उतार्नै पर्छ । किनकि अहिले हामीले स्थापित गरेको पद्धतिमा नेपालका प्रत्येक भूगोलमा वसोवास गर्ने नागरिकहरुको योगदान रहेको छ ।

 

 

किन आशंका बढी ?

मधेसका वारेमा धेरै कुराहरु वाहिर आई सकेका छन् । लैनचौरमा खाजा खाएको र त्यहा“ वात मारेको कुरापनि तिव्र गतिमा वाहिर आउ“छ । वढ्दो सामाजिक सञ्जालको व्यापकताले झन त्यसलाई चारैतिर फैलाउ“छ । २०६३ को जस्तो मधेस आन्दोलन र तिनका पात्र जस्तै अहिले अज्ञात÷अवुझको अवस्था
छैन ।

भनिन्छ २०६३ मा मधेस आन्दोलन उत्कर्ष लिदै गर्दा जव उपेन्द्र यादव चर्चामा आए त्यतिखेर काठमाण्डौ स्थित कैयौ शक्ति केन्द्रहरुले वल्ल तिनका टेलिफोन नम्वर र सम्पर्क सुत्रहरु खोज्न थाले । अहिले स्थिति फेरिएको छ । तर पनि फराकिलो दृष्टिले हेर्ने हो भने मधेसका वारेमा अझै कतिपय कुराहरु अनुमान, अफवाह र आशंकाको भरमा चलिरहेका हुन्छन् ।

राजपा नेपाल त “रिङ्ग मास्टर” को सुझावमा निर्माण भएको हैन ?

भारतको परिवर्तित नेपाल नीतिमा चुनावलाई सघाउने भएपछि राजपा फेरि कसरी सडकमा आइपुगेको हो ?

राजपाको डुङ्गामा सवार ६ जना शीर्ष नेता कतिखेर सम्म त्यहा टिकी रहने हो ?

त्यसैगरी उपेन्द्र र वावुराम भट्टराईको दोस्तीको सुत्रधार को हो ? यो दोस्ती कति लामो सम्म टिक्ने छाटकाट छ ? राजपा चुनाव वहिष्कार गरेर आत्मघाति खेल खेलेको हो ? उपेन्द्र यादवले चुनावी राजनीति मार्फत राजपाका कार्यकर्ताहरुलाई विस्तारै सोहरेर जान्छ ?

चुनावमा हार्ने डरले राजपा वहिष्कारको नीतिमा गएको होइन त ?

यस्ता प्रश्नहरु पनि ताजा नै छ । मधेसी राजनीतिको मौलिक विशेषता नै हो यससंग जोडिएर अनेकौ प्रश्नहरु गरिन्छ । ती प्रश्नहरु फगत वुद्धिविलासका लागि हुन भनेर पनि मान्न सकिदैन । यसभित्र काठमाण्डौको पूर्वाग्रह, आक्रोस, इष्र्या र स्थायी तन्त्रमार्फत प्राप्त प्रशोधित सुचना जस्ता पक्षहरु सर्वतमा चिनी र कागती जस्तै घुलेको पाइन्छ ।

आखिर उपेन्द्र र महन्थ किन दुई फरक वाटोमो हिडें ?

संविधान सभा दोस्रोको निर्वाचन पश्चात यी दुईटै शक्तिमाझ एकीकरणको आख्यान पनि लामो समय सम्म वाचन भयो । केही पहिला सम्म पनि दुवै जनाको चुनावप्रतिको दृष्टिकोण एउटै देखिन्थ्यो । अर्थात संशोधन विनाको निर्वाचन मधेसलाई स्वीकार्य हुदैन ।

अहिले उपेन्द्र यादव तीन ठूला दल भन्दा पनि वढी चुनाववादी भएका छन् र मधेसमा स्थानीय तहको निर्वाचन वन्चितिको अवस्था हुनु हुदैन भन्दै प्रतिवाद गर्दैछन् ।

हुन सक्छ यिनै कारणहरुले होला, यस पटकको राजपा घोषित आन्दोलनमा संघिय समाजवादी फोरमप्रति वढी आक्रामक रवैया प्रस्तुत गरिएको छ ।

उता उपेन्द्र पनि राजपा र तिनका नेतृत्वप्रति कुनै पनि तहको लाञ्क्षना लगाउन चुकेका छैनन् । धन्य यी दुई दलका जिल्लागत कार्यकर्ता तहमा त्यति विध्न घृणा र निषेध फैलिन सकेको छैन ।

अहिले पनि भूई सतहका कार्यकर्ताहरु केन्द्रमा आ–आफ्ना नेताहरु किन एकअर्काको विपरित वाटोमा हिडिराखेका छन् भनेर आफैमा सोधपुछ गरिराखेका छन् । र त्यसैले होला केही पहिलासम्म संघर्षमा संगै रहेका साथीहरुप्रति प्रतिशोध र प्रतिकार प्रकट गरिराखेका छैनन होला । तर शीर्ष तहमा देखिंए जस्तो यी दुई शक्तिको यात्रा अचानक फरक फरक भएको होइन ।

वाजी कसले मार्ने ?
आउने दिनमा मधेसको राजनीतिमा भूमिका कसले खेल्छ, त्यसको जवाफ टाढा छ, पर्खौ  उपेन्द्रले वाजी मार्छ कि महन्थले जवाफ दिन हतार होला ?

“वाजी” भन्ने शब्दको परिभाषा स्वयम् महन्थ र उपेन्द्रले के कसरी ग्रहण गरेका छन्, त्यसमा पनि भावी भूमिका निर्भर गर्छ । यी दुई नेताले दुई फरक वाटो समाते पनि एकले अर्कालाई सम्मान र आदर गर्ने गरेका छन् ।

तुलनात्मक रुपमा मधेसका अन्य नेता जस्तै यी दुईले एक अर्काप्रति व्यक्तिगत तिक्तता र आक्षेपको सार्वजनिक प्रदर्शन गर्दैनन् । मधेसको राजनीति मध्यमार्गको वाटोमा हिडियो भने त्यसले नेपाली समाजलाई अन्तत्वोगत्वा एक्यवद्ध वनाउछ ।

संविधानका रचनाकार तीन ठूला दल नेपाली काग्रेस, एमाले र माओवादी केन्द्रले राजपालाई गाली वा उपेन्द्रलाई हौस्याउने कुरामा वेकारमा समय खर्च गर्नुको साटो आफ्नो देश भित्रको जटिलतालाई आफै व्यवस्थापन गर्न खोज्नुमा नै देश र जनताको भलो देखिन्छ ।

नेपाली जनताको ठूलो संघर्षवाट आएको लोकतन्त्रलाई जोगाई राख्न उपेन्द्र र महन्थको भूमिका समानान्तर रेखामा ठडिएको छ । आजसम्मको समय वर्वादीको निम्ति कुन प्रधानमन्त्रीले वढी समय खेर फाले भन्दा पनि मधेसको असन्तुष्टिलाई जायज सम्वोधन गर्नुवाट चुक्नुमा मूलतः संविधानका रचनाकार तीन ठूला दल जिम्मेवार छ । तसर्थ सुधारको शुरुवात पनि त्यहीवाट हुनु पर्छ ।

 

 

मन्दविषको सुई

अहिले चुनाव वहिष्कारको रणनीति लिएको राजपा नेपाल राज्य विप्लवतिर गएको छैन । नत आत्मसमर्र्पणतिर नै लक्षित छ उसको गतिविधि । ’cause राजपाले भर्खरै सम्पन्न प्रधानमन्त्रीको निर्वाचनमा सत्तापक्षलाई मतदान गरेको छ । तिनका प्रतिनिधिहरु संसद भित्र छन् ।

त्यस अर्थमा उसले चुनाव वहिष्कारको राजनीतिलाई प्रतिकात्मक रुपमा अगाडी ल्याउनु पर्छ । निषेध गर्ने, प्रतिकार गर्ने, भिडन्तमा जाने क्रियाकलापलाई तत्काल विराम दिनुपर्छ राजपा नेपालले ।

उसले वहिष्कारको राजनीतिमा जानुपर्ने सन्दर्भलाई मधेसमा मात्र होइन, चुनाव सम्पन्न भईसकेका क्षेत्रका जनतालाई तर्क र तथ्यका साथ राख्नुपर्छ ।

त्यसैगरी सरकार पक्षले पनि ’em माथि दमन गरेर वढन खोज्नु अल्पदृष्टि हुनेछ । सवैले बुझ्नुपर्ने कुरा के हो भने राजपालाई जवरजस्ती चुनावमा घिसारेर लगिए पनि मधेसभित्रको असन्तुष्टि ज्यूदो रहे सम्म त्यो सल्कि नै रहन्छ ।

अहिले त कमसे कम राजपा एउटा चिनिएको शक्ति हो । त्यसैले काठमाण्डौमा एकथरीले राजपाको गतिविधिलाई अतिवादको रुपमा व्याख्या गरिराख्दा साच्चिकै अतिवाद तिर घिसार्दै लग्ने के कुन शक्ति हो त्यसको पनि वस्तुनिष्ठ लेखाजोखा हुनै पर्छ । वास्तवमा मधेसीहरुको आत्मसम्मानलाई पुर्नजार्गृत गर्न लोकतन्त्रिकरणको प्रक्रियालाई गतिदिनु अत्यन्त जरुरी छ ।

मधेसले चाहेको संशोधनको कुरालाई विसाउने हो भने पनि संविधान निर्माणको करिव दुई वर्ष हुन लाग्दा संविधान कार्यान्वयका लागि चाहिने ऐन कानुनहरु निर्माणमा कसले विलम्व गर्यो  ?

सत्ता हस्तान्तरण र भागवण्डाको खेल आवधिक भईराख्ने तर संविधानको अन्तरवस्तुसंंग जोडिएका सवाललाई वेवास्ता कसले गर्यो  ? स्थानीय तहलाई व्यवस्था गर्न वनेको विधेयकलाई कसले अल्झाइरहेको छ ?

वाकी दुई तहको चुनाव सम्वन्धी ऐन काुननहरु किन वन्न सकिरहेको छैन ? केवल प्रदेश नं. २ को चुनाव तेस्रो चरणका लागि किन सारियो ?

मधेसको जायज सवालप्रति न्याय नगर्दा सम्म के चुनाव सार्दैमा निकास निस्किन्छ त ? अहिलेको राजनीतिक परिप्रेक्ष्यको अलिकति संम्वेदनशील विश्लेषण गर्ने हो भने मधेसले त लोककथाका ती वालक जस्तै निर्भय भएर भनिदिएका छन्, “राजा नाङ्गै छ” । एउटा कथा छ नि कुनै राजाले अत्यन्त मूल्यवान पोशाकका नाममा आफु नाङ्गै शहरमा परिक्रमा गरिरहदा एउटा वालकले जिज्ञासा राखेको थियो । अहिलेको अवस्था त्यस्तै हो ।

संविधान निर्माताहरुको नियत र नीति आत्मकेन्द्रित छ । उनीहरुले साच्चिकै संविधानको माध्यमवाट नेपाली समाजको रुपान्तरण चाहेकै होइनन् भन्ने प्रश्न स्वभाविक देखिन थालिएको छ । संविधान माथिको संकट चुनावको वहिष्कार गर्नेहरु भन्दा पनि संविधानका रचनाकारहरुको पदलोलुप राजनीतिको कारणले हुदै गएको हो । नविनतम लोकतान्त्रिक गणतन्त्रका जिम्मेवार मानिएका कुनै पनि नेता र दलले जनताको लामो संघर्ष पश्चात प्राप्त हुन आएको संविधानलाई गतिशील वनाउन उदार हुनैपर्छ, सत्ता र दलिय लाभहानीको संंकिर्ण राजनीतिवाट खास गरी तीन ठुला दल जोगिन सके मात्र राज्य र राष्ट्र दुवैको भलो हुन सक्छ ।

अहिले पनि संविधानको शब्दावलीमा जेजस्तो लेखिएपनि संविधानका रचनाकारहरुमा पुरानो मानिसकता ज्यूदो छ । उनीहरुले चाहे मधेस हुन वा हिमाल–पहाडका वासिन्दाले चाहेको जस्तो वदलाव खोजेको दिशामा जान राजनीतिक तहको खुट्टा उठाएको देखिदैन ।

तीन तहको संवैधानिक प्रवन्धको वखान गरिए पनि व्यवहारमा मानसिकता केन्द्रिय वर्चस्वलाई निरन्तरता दिनुमै छ । असन्तुष्टि अन्यत्र पनि छ फरक यति हो मधेसलाई तेस्र्याएर अन्य ठाउको गनगनलाई हालका लागि सामसुम पारिएको छ ।