जगान्तर –सौरभ


–सौरभ

उत्तोलक र भार
उत्तोलक (लिवर) प्रयोग गरिएको थियो, भक्तपुरको न्यातापोल मन्दिरको छाना छाउनलाई भन्ने भनाइ छ तर पश्चिम नेपालका विनायक पंचदेवलसहित अनेक प्रस्तर देवलका कमलाकार (गोलो आकारको गहु्रँगो ढुंगा) छाना छाउँदा कसरी त्यहाँसम्म उचालियो होला ? वा कसरी स्थापित गरियो होला भन्ने प्राविधिक जिज्ञासाको उत्तर आजसम्म पाइएको छैन । जे जति उत्तर पाइन्छ, ती सबै अनुमानमात्रै हुन् ।

 

यद्यपि २०५८ सालमा बैतडीको निगालासैनीमा तीन तले ढुंगेघर ( जसको ढुंगाका बीचमा माटोको जोर्नी थिएन ) को गाह्रो माथि चारैतर्फ १२ बाई १२ इन्चको बिम ढलान गरिएको थियो । भारको थिचाइले पनि गाह्रोलाई बलियो बनाउछ भन्ने यो पश्चिम नेपालको ज्ञान कमलाकर प्रयोगकाल अर्थात कम्तिमा १२ औं शताब्दिदेखिकै हो भन्ने यहाँनेर स्पष्ट छ तर के त्यो ज्ञानको प्रयोग पश्चिम नेपालमै पनि सर्वब्यापी छ र ?

 

जगभाग र संकुचन

काठमाण्डौं वसन्तपुरको गरुडनारायण मन्दिरसंगैका अन्य दुई मन्दिरहरु, त्रिपुरेश्वर, जैसी देवल, पाटन दरवार अगाडिका र उत्तरतर्फका गरी आधा दर्जन, भक्तपुरका न्यायापोलसमेत गरी आधा दर्जन भन्नाले करिब २० वटा मन्दिरका जगभाग (प्लिन्थ एरिया) धेरै माथिसम्म प्यारापेट शैलीमा बलियो गरी उठाइएका छन् । तिनको जमीनभित्रको भाग पनि बलियो, फराकिलो र गहिरो नै होला । अघिल्ला भुइँचालाहरुले मन्दिरहरुलाई धुलिसात पारेकाले यस्तो खालको विशिष्ट जग निर्माण गर्ने ज्ञान आएको हो भन्ने स्पष्ट नै छ ।
अनि जगमाथि बनेको मन्दिरका छानाहरुको निर्माण तह आकारको छ । तल्लो छानोभन्दा माथिल्लो छानो झन् सानो हुँदै जानु पछाडिको कारण पनि कम्पनले छाना नभत्कियोस्, छानो भुइँमा नझरोस् भन्ने संज्ञान नै हो ।
तर उपत्यकाका शतप्रतिशतजस्तो पुराना घरका जग बढीमा पाँच फिटभन्दा गहिरो पाइदैन । घरहरु तला उठाउदै जाँदा साँघुरिएर गएका पनि छैनन् । मध्य नेपालमा पनि यसरी ज्ञानको क्रम टुटेको छ ।

 

नभएको पकड

 

२५ सय वर्षअघिको लुम्बिनीमा जेजस्ता इँटहर पाइएका छन्, ती बुट्टे खोबिल्टा परेका छन्, कतिपय प्रयोजनका निम्ति । संभवत यी इँटहरु नै नेपालका सबैभन्दा पुराना इँटहरु हुन् । ठाकुरलाल मानन्धरले फेला पारेको अंशुबर्माको इँट वा गोविन्द टण्डनले फेला पारेको अमरदेवको इँटभन्दा धेरै अगाडिका ।

पक्कै कुरा हो, सैनामैनाका १४ बाइ छ इन्चका इँटहरु हुन्, भक्तपुर कुमारी चोकका १६ वाइ छ इन्चका इँट हुन् वा डिल्लीबजारको भोजनगृहमा देखिएको ३० बाइ छ इन्चका इँट हुन्, सबैमा खोबिल्टा (ग्रिप) छैन, माटो समात्नलाई । यो बनोटको इँटलाई देशी वा चिनियाँ भन्ने चलन छ । यसैले होला, हरिसिद्धि इँटा कारखानाले पनि खोबिल्टा भएको इँटा निकालेन, डिबी ब्रिकको तीन प्वाल भएको इँटबाहेक तर १२ बैशाख २०७२को भुइँचालो गएपछि ध्वस्त धर्मस्थलीको पुरानो बस्तीमा जुन इँटहर भेटिए, ती नै उपत्यकामा देखिएको सबैभन्दा पकड÷खोबिल्टा (ग्रीप) भएका इँट थिए, साँखुमा देखिएको गहिरो पकड (ग्रीप) भएका इँट थिए, साँखुमा देखिएको गहिरो पकड (ग्रीप) भएको इँटपछि ।

अर्थात जोर्नीमा भएको माटो समातिराख्न देशी इँट उपयुक्त हुँदैन भन्न ज्ञान पनि निकै नै पुरानो हो तर प्रश्न केहो भने जब त्यो ज्ञान प्राप्त थियो, इँटको दुबैतर्फ र चारैतिर पनि पकड बनाउनुपर्छ भन्ने ज्ञान किन आएन ?

 

चिरा र जोर्नीहरु

 

गाह्रो लगाउदा नै दुइटा बिचित्रका त्रुटीहर देखिन्छन् ।
न्यानोपनका निम्ति भनेर होस् वा पानीको बाछिटाले नबिगारोस् भनेर होस् वा मूलत पैसा जोगाउनका निम्ति होस्, भित्री गाह्रो काँचो इँट र बाहिरी गाह्रो पाको इँटको लगाउने चलन छ तर यसले गाह्रो कति दिनसम्म संगै जोडिएर (कम्प्याक्ट) रहिरहन सक्छ भनेर आफैंभित्र किन प्रश्न उठेन निर्माताहरुको ?
अनि तल्लो दुइटा इँट जोडिएको ठाउमाथि जब अर्को इँट राखिन्छ, सल (इँटको तह) निर्माण गर्दा गाह्रोमा धाँजा नआओस् भनेर एक सलदेखि अर्को सलबीचका सीधा रेखाहरु (होराइजेन्टल लाइन्स)का ठाउमा टेढोमेढो (जिगज्याग) धर्साहरु बन्ने गरी गाह्रोको निर्माण गरे अझ बलियो हुन्छ भन्ने ज्ञानचाँहि किन आएन ?
म्याग्दीमा झ्याल र ढोका नहालिने गाह्रो बीचोबीच छड्के पातला ढुंगाहरुका दुइतिन लहरहरु हालिन्छन् । रहलपहल ढुंगालाई उपयोग गरिएको जवाफ मिल्छ तर यो गाह्रो चिरिन नदिन गरिएको उपाय हो । त्यसले प्रेरणा किन नदिएको काठमाण्डौंलाई ?

 

सीम र सीमसीम

 

पहाडमा कुलो कुलेसो छेउमा सेपिलो ठाउमा घर बनाइदैन । ओसिलो जमिन अझ रातो माटोको हो भने त्यहाँ झनै बनाइदैन । कारण सरल छ, जगमा गड्यौंला सल्कन्छ र त्यसलाई कमजोर बनाइदिन्छ ।
तर उपत्यकामा त्यो सिद्धान्त लागू नहुनु नै विचित्रको छ । यहाँ कुपण्डोल, कालिमाटीडोल ठूलो पुरानो बस्ती देख्न पाइन्छ । डोल भनेको छिपछिपे पानी जम्ने ओसिलो जमिन हो ।
त्यसको विपरीत पनौति र कीर्तिपुरमा भुइचालो जाँदैन र गए पनि उति क्षति हुँदैन ’cause ती बस्तीहरु सिंगै एउटै चट्टानमाथि बसेका छन् भनेको पनि फेरि यही कानले पटक पटक सुन्न पाइन्छ ।
त्यसको विपरीत २०३३ सालमा काठमाण्डौं गणेशस्थान हुँदै टेकु झर्दा बीचमा पर्ने ह्युमतटोल किन भासियो भने त्यो कालीमाटीको ढिस्कैमाथि बसेको थियो, भक्तपुरको ताहमला किन भासियो भने ताह भनेको लामो, मला भनेको दिसा गर्न बस्ने ठाउ थियो भनेको कहिल्यै आफूमा लागु नहुने ब्रम्हज्ञान पनि यही कानले सुन्न पाइन्छ । जसले गोंगबु (कालीमाटी झिक्दा झिक्दा कुखुराको भाले ¥ गोंग बास्ने गरी, बु ¥ पाताल खेत बनिसकेको ठाउ) मा घर बनाउन हुँदैन भनेर चाँहि पटक्कै संझाउदा रहेनछन् ।

 

तेर्सा रेखाहरु

 

टोखाका केही पुराना छानाहरु उपत्यकाका अन्य छानाहरुसंग मिल्दैनन् । अगाडिको मोहडामा एक डेढ मिटरसम्म फर्किएको हुन्छ । एउटा पाखो र त्यसपछि चार पाँच मिटर पछाडि ढल्किन्छ, अर्को पाखो । कीर्तिपुरका केही पुराना छानाहमा झिंगटीहरु माथिदेखि तलसम्म सोझै नलगाएर तेर्सो (डाइगोनल) लगाएको देखिन्छ । कीर्तिपुरका बज्रकर्मी (गाह्रो लाउने कामदार)हरुले माटोमाथि सल बिछ्याइसकेपछि बीचको माटो चिप्लो हुनेगरी काट्छन् पनि ।

 

माथिका सबै तरिका पानी तर्काउने, पानी नभएको मोहडामा पानीको धारो लगाउन नदिने र पानीले माटो खान नदिने अर्थात पानी प्रतिरोधी नै लाग्छन् ।

 

तर यी कुनै तरिका पनि उपत्यकाब्यापी होइनन् । यसैले माथि ठाउहरु तोकियो यद्यपि ललितपुर जिल्लालाई दिइएको नाम पाटन पश्चिमी नेपालमा लेकाली मैदान जनाउनका निम्ति बनेको शब्द पाटन होइन । संस्कृतिको शहरबोधक शब्द पट्टनको अपभ्रंस हो, जस्तो कि देव पट्टन (देवपत्तन÷देउपाटन) वा मन्जुपट्टन (मजिपाट, कोहिटीबहाल तलको) । यसैले पाटन सबै शिल्प (क्राफ्टम्यानसिप)का निम्ति उपत्यका प्रख्यात छ तर महाबौद्ध निर्माणको अपवादबाहेक गृह शिल्पमा उ अग्रणी नहुनु पनि अनौठै छ ।

 

थाडा र लोक्ता

 

वातानुकूलन (इन्सुलेसन) का निम्ति भित्री गाह्रो काँचो इटको हुन्छ, माथि लेखियो । लिउन (भित्री गाह्रो माथिको लेप÷प्लाष्टर, जो पाँग्रा माटो छानेर, पिठो र भुस मिसाएर झण्डै १५ दिन माटामा भिजाएपछि लगाउन तयार हुन्छ ) लगाउनुको एउटा उद्धेश्य पनि वातानुकूलन नै हो ।

 

तर पश्चिमी पहाडका थाडा (मुन्डन छाना) बनाउदा दलिनहरुमाथि भोजपत्रका बोक्रा बिच्छ्याइन्छ । त्यो थाहा पाएको÷बुझेको उपत्यकाले कीरा लाग्दैन भन्ने उति बेलै जानेको नेपाली कागज भित्तामा नटाँस्नु पनि त्यत्तिकै अनौठो छ, जति लिउनमा भुस बिछ्याउनु तर गाह्रोमा तारु (एक किसिमको रैथाने बाँस) को प्रयोग नगर्नु, जसले फुट्न वा चर्किन दिँदैन । अथवा ठिमीमा बनाइने मुकुण्डाहरुका निम्ति माटोमा लोक्ता मिसाइने प्रविधि जान्दै आएपछि पनि लिउनमा लोक्ता नमिसाउनु ।

 

नीम र सल्ला

 

कार्तिक औंसीको मध्यरातमा काट्ने चलन हो, नेपालका घरका निम्ति चाहिने काठहरु । विज्ञानसम्मत कारणहरु बुझ्न सकिएको छैन तर त्यति बेलाको काठ–बाँसमा कीरा लाग्दैन भन्ने विश्वास छ । धमिरा लाग्दैन भन्ने जानेकैले नाम अग्रकाठ (अग्राख) भएको हो । नेवारी भाषामा पोरेसीँ (पोडेकाठ) अर्थात तल्लो तलामा हालिने काठ भनिएको हो । बकैनालाई चाहि अग्राखभन्दा पछिको दोस्रो राम्रो किन भनिएको हो भने संस्कृतमा महानिम्ब (महानिम) नाम पाएको यसमा कीरा लाग्दैन तर पानीमा भिज्नु हुँदैन । यही कारण हलक्क पढ्ने यो रुख ज्यापू समुदायमा घरभित्रको यावत् प्रयोजनका निम्ति लोकप्रिय भएको हो ।
तर कीरा लाग्नमा कुख्यात सल्लाका काठ नै उपत्यकामा दलिनका निम्ति लोकप्रिय भएर आयो, हजारौं वर्षदेखि । तैपनि लिंगोका निम्ति ३०देखि४० फिट लामा सल्लाका दलिनहरु हालिएका हलसमेत बनेनन्, उच्च मध्यमवर्गीय परिवारका तल्लो तल्लामा । यसैले मन र उद्धेश्यहरु कहिल्यै फराकिला, बृहद र महान् पनि भएनन् ।

 

बज्र र सिमेन्ट

 

बज्र (फेरो सिमेन्ट) को ज्ञान भीमसेन थापाभन्दा अघिदेखि नै थियो उपत्यकामा, जब उनका पालामा पश्चिमा ढाँचाका घरहरु बन्न थाले, आजको स्लग, पोर्टल्याण्ड र पुजोल्याण्ड सिमेन्छ आउनुभन्दा युग अगाडिको कुरा थियो त्यो ।

 

सुर्की (पाको इँटको धुलो) मा ढुंगा पोलेर निकालिएको चुन मिसाएपछि बज्र हुन्छ । सिपी÷घाँगी (मलस्क)को खोल नडढ्ने गरी पोलेर बनाएको चुन मात्रे पानको मसलामा हालिन्छ । गाँजा÷भांगमा मिसाएपछि त्यो चाँहि बज्रभाँग हुन्छ अनि निर्माणको प्रयोजनमा ल्याइने बज्रमा चाकु मिसाएपछि त्यसले साँच्चि नै फेरो सिमेन्टको काम गर्छ । सक्नेले मास भिजाएर पिसेको मस्यौटो पनि मिसाउछन्, सिंहदरवारका निर्माता चन्द्रशमशेरले जस्तै ।

 

उखुको खेती उपत्यकामा कम्तिमा तीन हजार वर्षदेखि भइरहेको छ । यसैबाट बन्ने सख्खरको ब्यापारीलाई साख भन्छन् । शंखधर शाख्व नै कम्तिमा १२ सय वर्षअघिका हुन् । सख्खर पकाएपछि बन्छ, चाकु । चाकु निर्माणमा प्रशिद्ध भएकाले नै टोखा नाम रहेको हो । नेवारीमा उखुलाई ‘टु’ भन्छन् । त्यही नै उपत्यकाको पहिलो राजा धर्मदत्तको राजधानी रहेको विश्वास छ तर बज्रले बनाएको घर उपत्यकामा दुई सय वर्षअघिको फेला पर्दैन । के कुनै सम्पन्न सार्थवाह (व्यापारी) पनि भएन, भुइतल्लासम्म बनाउन भए पनि सक्ने ? जबकि सिंहसार्थबाहुको कथा नै कम्तिमा १४ सय वर्ष पुरानो हो ।

 

तामा र माटो

 

नेपाल शब्द तामाको पर्यायवाची पनि हो अर्थात नेपाल भन्नाले तामा भन्ने पनि बुझिन्छ ’cause कुनै बेलाको नेपाल तामा उत्पादनमा अग्रणी थियो । यहाँबाट तामाको निर्यात हुन्थ्यो । उत्खनन्कर्ता विज्ञहर मगरहरु थिए । तिनलाई आग्रीमगर मनिन्थ्यो ।
आग्रीको शुद्ध रुप आकृति हो भनेर बृहद् नेपाली शब्दकोशले बताएको छ । हर्क गुरुङले बाग्लुंगको एक ठाउमा ढुँगा काट्ने विशेष प्रविधि छ भनी लेखेका छन् । त्यो मगरहरु घना बसोवास गर्ने ठाउ हो तर धादिंगको नौबीसे छोडेर गइने आग्रामा कुनै कुँदिएका प्रस्तर र काट्ने विशेष प्रविधि देखिँदैन । यसर्थ आग्रीको अर्थ अरु नै केही हुनुपर्छ अहिलेलाई, शब्दकोशको धारणा विपरीत ।
पाटन दरवारको छानोको समानान्तर देखिने मन्दिरको छानो धातुको उस्तै छानो प्रतिरुपले छोपिएको रहेछ । १२ वैशाखको भुइचालोमा त्यो उक्किएर दल्किएपछि देखियो । अर्थात तामाको उत्खनन् नै हुने यो मुलुकमा पानी नचुहियोस्, पानी पसेर गाह्रो नभत्कियोस् भनेर धातुको पातलो छानो हाल्ने विवेक पनि विगतमा कतै भएको देखिएको छैन, मन्दिरका छानाबाहेक । जब कि उत्तरी युरोपका अधिकांश चुच्चे छानोमा तामा हालिएकोले अक्सिडाइजेसन भएर हरिया देखिन्छन् ती ।
हरेक दोस्रो वर्ष झिँगटीको छानो फेर्नुपर्दा ५० वर्ष पुगेको मानिसले २५ वर्षभित्र कूल लागत कति पुग्यो भनी नहेर्न, हेर्न नसक्ने उपत्यकालाई चीन भारतबीचको ब्यापारिक चौबाटो पनि के भन्नु ?

 

साल र ओस

 

ओस प्रतिरोधी (ड्याम्प्रुफ) जगको निर्माण गर्ने ज्ञान थिएन ’cause पहिला ओसले इँट धुलिन्छ भन्ने थाहा नै थिएन । नुन (प्रचलित शब्द सोडा) किन बन्छ भन्ने ज्ञान पनि थिएन । यसैले यो त्रुटी क्षम्य छ तर ओसले खाएको घर नटिकेपछि भुइँतल्लाचाँहि ढुँगाको, अझ सके कोटढुँगाको बनाउने ज्ञान नआउनु पनि विचित्र छ । जब धमिरा नलाग्ने, चिसोले नखाने काठ भनेर साललाई अग्रकाठ र पोरेसी भनिसकियो ।

मल्लकालमै पाटनका राजा सिद्धिनरसिं मल्लले बनाएका कृष्ण मन्दिर नै टड्कारो उदाहरण थियो, ढुँगे जगमा ओस लाग्दैन भन्ने जान्नका लागि । त्यो त भएन भएन, राणाकालीन दरवारहरुका भुइँ भागमा एक फिट ब्यासका प्वालहरु लहरै बनाउने चलन आयात भयो, ओस सुकाउने हावा छिर्न दिनका लागि, भित्री गाह्राहरुमा हावा दिनका लागि । त्यो पनि कुनै सर्वसाधारण निर्माता र उसका कर्मीहरुले देखेनन्, गजब छ ।

 

रेसा र साधन

 

खडी (एक किसिमको नर्कट)को टाटीमा भित्र बाहिर माटो लिपेर छाप्रो ठड्याउने चलन तराईमा निकै नै पुरानो हो । चीनको ग्रेटवालको जगको कतिपय ठाउमा मोसु (एक किसिमको दरिलो बाँस) प्रयोग गरिएको छ भन्ने भनाइ छ । यसैले गाह्रोको भित्रपट्टि तारु प्रयोग गरे गाह्रो अझ बलियो हुन्छ भन्ने ज्ञान उति बेलै आउनुपथ्र्यो । त्यो पनि आएन, भैगो ।

 

तर खापाको किला तारुको छेस्का हुन्छ र हुनुपर्छ भन्ने अद्यापि प्रयोग गरिरहेको त्यो कर्मी ज्ञानले गाह्रो च्याप्ने हरेक दलिनको भित्री र बाहिरी चुकुलचाहिँ साधनको काठ हुनुपर्छ भन्ने बिर्सेको मात्रै होइन, चुकुल नै समेत पनि बिर्सिसकेको वर्तमान हेर्दा कालिदास साँच्चि नै नेपालमा जन्मेका हुन् भन्नेमा शंका नै रहँदैन ।
पूर्वी पहाडको चैनपुर र इलामका घरहरुमा माटो र इँटहरुको प्रयोग भएको छ तर कतिपय सन्दर्भमा काठका फ्रेमभित्र । त्यसको प्रेरणा किन समयमै नबुझेको हो काठमाण्डौंले ? अन्यथा अहिले फलामको फ्रेममा बन्ने पिलर र बिममा दंग पर्नुपथ्र्यो र ?

 

पुछारमा

 

आज नयाँ प्रविधि भित्रिसकेको छ तर नेपाली डण्डीकर्मी (आइरन फिक्सर)ले पिलरको फलाम गाँस्दा (ल्याप) डण्डीका टुप्पाहरु मोड्छ, हामीले पाखुरा मोड्ने शैलीमा । नमोडेको बाट तराईको वा पारिको कामदार रहेछ भन्ने थाहा हुन्छ ।
पहिलो तरिका राम्रो हो, चिन्न सक्नुपर्छ तर कसरी सिक्ने ? धेरैलाई सिमेन्ट र बालुवाको मिश्रण (मसला)मा जति लस्सा आयो, उति राम्रो लाग्छ । माटोको अधिक मात्रा नै खुट्याउनसमेत नसक्ने निर्मातालाई नयाँ घरको के काम ?

 


(शुक्रबार बिमोचन हुने सौरभको पुस्तक असङ्गतिबाट)