बत्ती बाल्ने सत्र कर्म !
अश्विनकुमार पुडासैनी
गएको शनिवार प्रधान सम्पादक कृष्णमुरारी भण्डारीसँगको एक भेटमा उहाँले भन्नु भयो, अश्विन सदृश्यमा कोलम लेख्न सुरु गर । पुरानो पत्रकार र कलेज पढाउने बुद्धिजीवीले कलम बन्द गर्नु भएन नि ।
आफू परियो नेपाल बैंकको तालिम विभागको म्यानेजर । विहान बेलुकी कलेजहरुमा त पढाइन्छ, शुरुवाती जीवनमा ब्यवशायिक पत्रकार बनेर काम पनि गरिएको हो तर स्तंभकार बन्न त सधैं धेरै लेखपढको काम कुरो गर्नै पर्छ । दिमागमा विचार पनि त बगिरहनु प¥यो नि ।
उहाँले आफ्नो स्वभाव अनुसारको दनक दिइहाल्नुभयो । धेरै ठूला विद्वानहरु अनुशासनमा बसेर लेख्दैनन्, उनीहरु अर्तिउपदेश दिन मात्र रुचाउछन् । त्यसैले तिनको धन्दा छाड र सदृश्यमा स्तंभ लेख्न थाल अश्विनकुमार । यसअघि तिमीले लेखेका एकादुई लेखले राम्रै पाठक पाएका थिए ।
यद्यपि, अनलाइन पत्रकारितामा हात बस्न केही समय लाग्ला तर पनि प्रयत्न गर्नुपर्छ भनेर नहच्क । आफ्नो ज्ञान अरुलाई पनि बाँढ । बुद्धी विवेक र ज्ञान भएका ब्यक्तिहरुलाई स्तंभमा ल्याउ । अरुलाई अर्ति उपदेश दिएर मात्र जीवन नसक । आफू पनि परीक्षामा उतार । के थाहा तिमीले दिएका सुझाव र निकालेका निश्कर्षले नै मुलुकलाई डोहो¥याउछ कि ? त्यसैले नेपालका अधिकांश बुद्धिजीवीले जस्तो ज्ञानबुद्धी जति माथि लिएरै जाने सोच त्यागिदेउ । उनीहरुको पदमार्गी नबन । प्रयत्न त गर्नैपर्छ, गर ! आगे देखा जाएगा, कोपो जन्मजात जानेरै आएको छ र !
कुन बार लेख्ने हो ल बार भन भनेर ढिपढिपी पारिहाल्नु भयो । मौन रहेको थुतुनो बिस्तार खोलें, जागिरेले अरु दिन सक्ने कुरै भएन नि दाइ, मलाई त शनिवारको ठाउ पाए अति उत्तम !
बुधबार प्रकाशित हुने उहाँको नियमीत स्तंभ ‘मोही माग्ने ढुँग्रो लुकाउने’ अन्तर्गत असार १४ गते अन्नपूर्ण पोष्टमा “लोकतन्त्र अर्थात निर्वाचन” पढिसकेपछि प्रतिक्रिया दिन फोन गरें । उहाँले समातिहाल्नु भयो, अरुका स्तंभवारे प्रतिक्रिया दिएर जीवनको धेरै समय बितायौ, अब आफू लेख्नथाल र अरुलाई प्रतिक्रिया दिन बाध्य पार अश्विन ।
शनिवार त आउनै लाग्यो । स्तंभको नाम जुरायौ ? कुन थिममा लेख्ने बिचार ग¥यौ ? लेख्न थालनी ग¥यौ ?
म त अक्क न बक्क भएँ । हच्केको थाहा पाएपछि मायालुपाराले गाइड गर्न खोज्नुभयो । सधैं सकारात्मक सोध खोजको कुरा गर्ने मान्छे किन अलमलिएको ? अहिले जे कुरामा पनि अध्याँरो देख्नेहरु बढिरहेको बेलामा सबै तिर सधैं उज्यालो देख्छु भन्नेले उज्याला कुरा लेख्नु नि । समाज, देश, ब्यक्ति, समुदायलाई लेख्ने कुरा कति छन् कति ?
उहाँका पछिल्ला कुराले म त छ्याँगै भएँ , हो त नि प्रत्येक ब्यक्तिमा सकारात्मक सोच ल्याउनका लागि गर्नुपर्ने कुरा त कत्ति छन् कति ? मौन बनेर उहाँसंग बिदा लिएँ र एकदिनभरि आफू, आफ्रनो परिवार, समाज र जिम्मेवारी लिएका पूरै ब्यक्तिहरुले आफ्नो जिम्मेवारीका कामकुरा क्रमैसंग गरिदिए हामीले छलांग माथ्र्यौं होला भन्ने लागिरह्यो ।
भोलिपल्ट विहिबार पहिलो पहरमै उहाँलाई टेलिफोन गरेर भनें, दाइ मैले स्तंभको नाम जुराएँ, बत्तीमुनीको उज्यालो । शुक्रवार साँझ सम्ममा मेरो लेख तपाईको हात पर्छ ।
उहाँले संक्षिप्त प्रतिक्रिया टेलिफोनमै दिनुभयो, राम्रै भएछ त ? अरु बत्तीमूनि अँध्यारो देख्छन् तिमीले उज्यालो देख्यौ ।
किन बत्तीमुनि उज्यालो ?
स्वीच थिचेर बत्ती बाल्ने होइन, अग्र्यानिक बत्ती बाल्ने कुरा गर्दैछु । के के सामग्री चाहिन्छ बत्ती बाल्नका लागि ? यसवारे हामीले कहिल्यै सोच्ने गरेका छौं । छौं भने आफैंलाई हेरौं ।
डिबियामा बत्ति बाल्न त धागो चाहिन्छ । धागो कात्न कपास चाहियो । बत्ति राख्न पानस चाहियो । बलिरहन तेल चाहियो । सल्काउन सलाई वा आगो चाहियो ।
आगो बाल्न के के जम्मा गर्नु पर्छ ? त्यो टाढै राखौं ।
सलाई बाल्न के के गर्नु पर्छ हेरौं ।
सलाईको बट्टा लिनु प¥यो । सलाईको बट्टा बाँया हातमा लिनु प¥यो । दाँया हातले बट्टा खोल्नु प¥यो । दाँया हातले बट्टाबाट काँटी निकाल्नु प¥यो । बट्टा बन्द गर्नु प¥यो । बट्टा छड्के र ठाडो पार्नु प¥यो । अब दाँया हातको काँटि बेस्करी समातेर बट्टाको साइडमा घोट्नु प¥यो ।
दुबै हातले जोडले काँटि र बट्टाको घर्षणलाई सन्तुलन मिलाउँदै झिल्को पार्नु प¥यो । अब बलेको झिल्कोलाई दुबैहातले हातमा नपोल्ने गरी अन्जुली पारेर हावा छेक्नु प¥यो । अनि मात्रै बत्तिको टुप्पोमा लगेर बलेको काँटि जोड्नु प¥यो ।
जोडेर मात्र भएन केहि क्षण बालिरहन दिनु प¥यो । तब मात्र बत्ती बल्छ । बत्ती बलेर मात्रै भएन बलेको काँटि निभाउनु प¥यो । त्यसको व्यवस्थापन गर्नु प¥यो । कहाँ पm्याँक्ने हो । निभेको काँटिले पनि कालो वा फोहोर गर्न सक्छ ।
बत्ती बलेर प्रकाश छरेपछि मात्र उज्यालो हुन्छ । यति कर्म गर्दा हामीले कम्तीमा सत्र वटा छुट्टा छुट्टै कार्य गर्नु पर्छ ।
ती हरेक क्रियाकलाप आफैंमा साना कामकुरा हुन् । तर त्यस मध्येका कुनै पनि काम गर्नु पर्ने समयमा गरिएन र जसरी गर्नु पर्ने हो त्यसरी गरिएन भने सलाइको काँटि बल्दैन अर्थात बत्ति बल्दैन । उज्याले हुदैन, अन्धकार नै कायम रहन्छ ।
बत्ती बाल्ने सत्रमध्ये सबैकाम साना लाग्छन् ।
सतहि कुरा गर्नेहरुले बत्ती बाल्दाका चरणहरुको महत्व बुझ्दैनन् । बुझ्न पनि चाहँदैनन् । किन कि उनीहरुलाई उज्यालो भए पुग्छ । कहाँबाट उज्यालो आएको हो र त्यसका लागि आफूले गर्ने हो भन्ने उनीहरुलाई मतलब नै छैन ।
त्यसैले हामी अधिकाँसलाई बत्ती मुनी अध्यारो हुन्छ भन्ने कुरा गर्न मात्रै आउँछ । तर उज्यालो बनाउन गर्नुपर्ने क्रियाकलापको महत्व’bout घोत्लीन पनि मन लाग्दैन ।
किनकि हामी ठान्छौं, त्यो काम बैज्ञानीकहरुको हो । दार्शनीकहरुको हो । अध्येताहरुको हो । अनुसन्धाताहरुको हो । प्राज्ञहरुको हो । स्कलरहरुको हो ।
तर होइन । सामान्य भन्दा सामान्य मान्छेले गर्न सक्ने साना भन्दा साना कार्यहरु जसले बत्ती बालिरहेको हुन्छ । उज्यालो पारिरहेको हुन्छ ।
प्रशंसनीय खोज, सकारात्मक सोच, व्यवहार, आचरण र धारणाहरुको अभिबृद्धि गर्न प्रेरणा दिने सफलताका कथाहरुको ’boutमा आफ्ना अध्ययनका संग्रहका पानाहरु प्रकाशित गर्दै जाने श्रृखला हो ।
यस्तै विषयहरुको खोज अध्ययन र त्यसका विविध आयामहरुका ’boutमा लेखिने स्तम्भ बनाउने प्रयत्न हुनेछ बत्तीमुनिको उज्यालो !