गुरुपूर्णीमामा इन्जिनियरको प्रायश्चित –देवेन्द्र दाहाल

यो एक बृद्ध भन्दा पनि अशक्त भएर हिंडडुल गर्न असंभवप्राय भएका एक इन्जिनियरको कथाबेथा हो । म आफू पनि इन्जिनियर नै हुँ तर यो लेखमा मैले उनले सुनाएको कुरा माध्यम बनेर बाणीलाई अक्षरमा उतारेको मात्र हुँ । आगे पाठकको मर्जी !
–देवेन्द्र दाहाल
यो मेरो आफ्नै कथा हो । मेरो बसाइ काठमाण्डौंको बत्तिस पुतलीमा छ । म अहिले ६५ बर्षको भए । ६० बर्षको हुँदासम्म त म यस ठाउमा स्वतन्त्रतापूर्बक एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्थें । कतै पैदल, कतै सार्वजनिक सबारी साधनबाट आउजाउ गर्न मलाई अप्ठेरो थिएन ।
म पेशाले इन्जीनियर हुँ र रिटायर्ड नभएसम्म सरकारको काम गरेर जीवन चलाएँ । तर पेन्सनपाकेको पाँच बर्ष बित्न नपाउदै, झ्यालबाट हेरेर आफ्ना पुराना दिनहरु सम्झना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ’cause रिटायर्ड भएको दुइ बर्ष पछि पक्षाघातले मलाई घरकै वरिपरि सिमित हुन बाध्य पारेको छ ।
घरबाट हिंडेर न्यूरोड पुग्नु अब मेरो बसमा रहेन । कहिले काँहि श्रीमतीको सहयोग लिएर यसो पशुपतिनाथ मन्दिरसम्म दर्शनका लागि जाने गरेको छु । उनी पनि अब ६० वर्ष कि भैसकिन । पशुपति जाने मेरो इच्छा पनि उनले कति दिन सम्म पु¥याउन सक्ने हुन्, थाहा छैन ? गौशाला चोक काट्न पाएँ भने, त्यस ठाउँमा शायद सबारी आबागमन रोकिएकोले होला, म एक्लै पनि पशुपतिनाथको दर्शन गर्न मन्दिरसम्म जान सक्छु जस्तो लाग्छ ।
मेरी एउटी छोरी बेलायत (युके) मा पढदैछिन् । म रिटायर्ड भए लगत्तै छोरीले हामी बुढाबुढीलाई युके घुम्न बोलाइन् । म चाँहि विदेश नै नदेखेको मानिस थिइन, कामको सिलसीलामा यदाकदा देश–विदेश गइरहेकै पनि हो । तैपनि छोरीले बोलाएपछि श्रीमान÷श्रीमतीले विदेश घुम्ने मोह र छोरी भेटने लालच त्याग्न सकेनौं ।
त्यता गएर ६ महिना जति बसेर फर्किएपछि मेरो मानसपटलमा त्यहाँ देखेका बाटाघाटाको सम्झना आइरहन्छन् । जहाँ निर्बाध रुपमा असक्त र अपाङ्ग मानिसहरु पनि आफ्नो गन्तव्यमा गइरहन्छन् ।
अब मलाई लाग्न थालेको छ, हामी जस्ताले पनि काठमाण्डौंमा निर्बाध रुपमा एक ठाउबाट अर्को ठाउमा आउजाउ गर्नं सकौंला ? कसैको सहयोग बिना मेरै जीवनकालमा यो आकाँक्षा उपभोग गर्न पाइएला कि नपाइएला ?
यो कुरा त्यति ठूलो होइन तर त्यतातिर कसैले ध्यान दिननसक्दा अहिले ठुलै समस्या जस्तो देखिएको छ ।
असक्त हुनु अगाडि सम्म मलाई यो कुरोतिर कहिल्यै ध्यान गएन । साथीभाइसंग पनि यस’bout कहिल्यै चर्चा गरिएन । हामीलाई कहिल्यै लाग्दैनथ्यो, हामी पनि बुढाबुढी हौंला, अपांग बनौंला !
हामी इन्जिनियरिङ् समुदायका ब्यक्तिहरुले यस तर्फ आफ्नो ध्यान नै पु¥याएका रहेनछौं । फलस्वरुप अहिले आफैलाइ त्यो समस्या परे पछि घैंटोमा घाम लागेको छ जबकि यो विषय इन्जिनियरिंग पढ्दा खेरि नपढेको होइन । अहिले आफूलाई पर्दा जीवनभर गरेको हेलचक्राइप्रति पश्चाताप लागिरहेको छ ।
आफू इन्जिनियर भएर आफैंले बुढेसकालमा अरुले जस्तै समस्या सामना गर्नु प¥यो जबकि आफ्नो हात जगन्नाथ भएका बेला यस्ता विषयमा ध्यान दिएर काम गर्न सकेको भए अहिले बुढ्यौलीमा कत्ति मज्जा हुन्थ्यो होला ?
वास्तवमा बुढ्यौली उमेरका लागि त्यो मेरो होमवर्क हुनसक्थ्यो र मलाई अपांग बन्नबाट त्यसले मुक्त पनि पाथ्र्यो कि ? मेरो मनमा आफ्नै विगतप्रति यस्ता कुराहरु खेल्न पो थालेका छन् !
समाधानको खोजी
समस्या समाधान गर्न खोज्ने हो भने यो त्यति ठुलो समस्या होइन ।
नयाँ बन्ने सडक पेटी र भएका फुटपाथका स्टेपलाइ ३ देखि ५ डिग्री भिरालो बनाएर बाटोको तल्लो सतहसंग जोडिदिने हो र बाटो काट्ने ठाउलाई प्राबिधिक तरिकाले नियम कानुन सम्मत बनाइ दिने हो भने त्यो सपांग-अपांग दुबैका लागि सहज हुनेछ । अनि शहरका पेटी र बाटो काटने ठाउँहरु बुढाबुढी र अपांग मैत्री र उपयोगी पनि हुने थिए ।
त्यसैगरी सबै सरकारी कार्यालय र सामुदायिक प्रयोगका ठाउमा पनि माथि उल्लेखित भिरालो बनाएर प्रवेशद्वार सम्म पुग्ने ब्यबस्था मिलाइ दिने हो बने अपाङ्गले पनि आफ्ना पिर मर्का र समस्याहरु लिएर ती कार्यालय र सामुदायिक ठाउमा जान सक्नेथिए ।
म आफू सक्षम हुँदा यी समस्यातिर ध्यान पु¥याउन सकिन । त्यसको लागि अहिले मलाई खिन्नता र पश्चाताप लागिरहेको छ । पछुताउनु बाहेक म केहि गर्न सक्ने अवस्थामा पनि छैन । आफ्नै मुठीको कुरामा पनि अहिले मैले अरुको मुख ताक्नु परेको छ । गुरुपूर्णीमाका दिन यो लेख प्रकाशित तथा प्रशारित भैरहेकोले म ती सबै चेलाहरु अगाडि विनम्रभावले अनुरोध गर्न चाहन्छु कि ठाउमा रहुन्जेल र शरीरले सकुन्जेल यस्ता कुरामा सबैले ध्यान पु¥याउन सकुन् ।
समयले आज मलाई जुन ठाउमा पु¥याएको छ, मलाई यसवारे रत्तीभर चेतना थिएन अब मेरो यो कथा पढे र सुनेपछि अर्को युवा इन्जिनियरलाई यही कुरा नदोरियोस् । बर्तमान इन्जिनियरिङ समुदायले पनि यो समस्यालाई गम्भीर बनेर छलफल र बिचारविमर्श गरुन् ।
अब उप्रान्त गरिने डिजाइनमा सामुदायिक प्रयोगका ठाउ, बाटा र पेटीहरुलाई अपांग र बुढाबुढी मैत्री बनाउदै लगुन् । भैरहेका संरचनाहरु पनि अपांङ मैत्री बनाउदै लैजाने तिर ध्यान पु¥याउन सकुन् । यसो गर्ने हो भने बिस्तारै शहरी बाटाघाटा र सामुदायिक भवनहरुमा पनि म जस्ता असक्त मानिसहरुको पहुच संभव हुनेथियो ।
अपांङ र बुढाबुढीहरुको सुबिधाको प्रसंग उठाउदा युकेको हामी दम्पतिको ६ महिनाको बसाइमा बाहिरफेर निस्कदा परिचित भएका जोन डिक्सनको चर्चा गर्न मन लागेको छ । यो हाम्रो देशको अहिलेको सन्दर्भमा सान्दर्भिक हुने पनि ठानेको छु ’cause यतिखेर नेपालमा इतिहासमै कहिल्यै नभएको ब्यापक निर्माण र पुननिर्माणको काम देशब्यापी रुपमा भैरहेको छ ।
उनीसंग मेरो परिचय खासगरी सुपरमार्केटको बिसाउनीमा बसिरहेको बेला भएको हो । त्यसो त मूल बाटोमा आउदा जाँदा पनि उनलाई मैले नदेखेको भने हैन । तर उनी स्वचालित गाडामा शहरका सार्वजनिक ठाउ र सुपरमार्केटमा गुडिरहेका हुन्थे । मलाई उनीसंग खासै चिनजान र गफ गर्ने मौका मिलेकै थिएन । एकदिन सुपरमार्केटको बिसौनीमा बसिरहेको बेला उनी पनि त्यहीँ केहीबेर बिश्राम गर्न रोकिए । हामीबीचको देखादेख साच्चैको परिचयमा परिणत भयो । त्यसपछि हामी देखादेख हुँदा पनि अभिबादन गर्दै आपसी हालचाल र अन्य समसामयिक बिषयवारे पनि सोधपुछ गर्दै समय काट्न थाल्यौं ।
कुराकानीकै सन्दर्भमा मलाइ थाहा भयो, उनी शारिरीक असक्तता सहित नै जन्मिएका रहेछन् । असक्त भएपनि उनले समाजशास्त्रमा उच्चशिक्षा सकेर स्थानीय निकायमा सेवा गरी अबकास पनि पाइसकेका रहेछन् । उनीसंग धेरै पटक भेटघाट कुराकानी हुँदा पनि उनले कहिल्यै आफ्नो अपांगता’bout चिन्ता गरेको देखिन । उनी जहिले पनि भेटिदा सदा खुशी र हस्मुख नै देखिन्थे ।
म बेलाबेला आफ्नो जिज्ञासा मेटाउन उनको दैनिकी ’bout पनि सोधपुछ गर्थें । उनले मेरो जिज्ञाशा मेटाउदै भने, मेरो घर अपांगमैत्री छ । आफ्नो घरको सबैजसो काम आफै गर्छु । कसैसंग निर्भर छैन ।
कहिलेकाही दिक्क लाग्दा बस चडेर अर्कै शहरतिर घुमफिर गर्न पनि जाँदा रहेछन् । अपांग र असक्त ब्यक्तिलाई पनि सुबिधा दिने हिसाबले बनाइएको बस र ट्याक्सी भएकोले उनी निर्बाध रुपमा सहरका पसल र गल्लीहरु चहार्ने, खानपिन गर्न रेस्टुरेन्ट र बार पनि साथीभाइसंग जाने गर्दा रहेछन् ।
एकदिन कुराकै सिलसिलामा मैले उनलाई ट्राफिक बत्ति र जेब्रा चिन्ह राखेको ठाउमा रातो रंगको बुट्टेदार टायल र बाटो काटने बेला टिँटीँ गरेर अवाज दिनुको कारण’bout सोधें । उनले हास्दै मलाई नै सोधे, ए तिम्रो देशमा यस्तो ब्यबस्था छैन ? मैले छैन भनेर जवाफ दिएँ ।
अनि उनले अंग्रेजी अक्षर एल आकारको रातो बुट्टेदार टायल र टिँटीँ बज्ने आवाजको कारण बताउँदै भने “ रातो रंगले खतराको संकेत दिदै बाटो काटने दिशाको निर्देश दृष्टि कमजोर भएकालाई दिन्छ । त्यसमा कुँदिएको बुट्टाले नेत्र ज्योति कम भएकाहरुले आफ्नो पदचापले बाटो काटने ठाउँ यहि नै हो भन्ने पत्तो पाउने गर्छन् ।
त्यसै गरी टिँटीँ गर्ने आवाजले नेत्र ज्योति कम भएकालाई ट्राफिक लाइट हरियो भयो र बाटो काटन अब सुरक्षित छ भनेर जानकारी दिने गर्छ । यी सबैको समिश्रणबाट बाटो काट्नको लागि सबै नागरिकलाई हाम्रो मुलुकमा समुचित ब्यबस्था गरिएको छ । उनले हर्षित हुँदै बताए ।
उनको कुरो सुनेपछि म भने अचम्मित भए । सोच्न थालें, बाटो काट्न अन्धा र अपांगलाई कति नै आबश्यकता होला र ! ढाँचा नै बढी र फजुल खर्च !
हाम्रो मुलुकमा यस्तो ब्यवस्थाको के को आवश्यकता ? यस्तै ठानेर अनाबश्यक र फजुल पैसा खर्च किन गर्ने भन्ने मनमा लागिरह्यो ।
आफ्नै अन्दाज र सहयोगी आफन्तको भरमा हाम्रा गाउठाउ र शहरहरुमा उनीहरु हिडिरहेकै छन् ।
अहिले आफूलाई परेपछि त्यसको मर्म र आफ्नो मनमा उब्जिएको कुभावना बल्ल बुझ्न थालेको छु । अब अरुले पनि बेलैमा बुद्धि पु¥याउनुस् । भोलि कस्लाई के हुन्छ, कसलाई थाहा छ र ?
त्यसैले सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट यो बिषयमा सोच्न र कार्यान्वयन गर्न ढिलाई नगरौं । अपांग, असक्त र जेष्ठ नागरिकका लागि उपयुक्त हुने खालका सडक पेटी, बाटा घाटा, कार्यालय र सामुदायिक भबनहरु बनाउन पहल कदमी गरौ । त्यसले हाम्रो संविधानको मर्म अनुरुप सबै नागरिकलाई समान अधिकार भन्ने कुरालाई पनि मूर्तरुप दिनेछ ।