हिले सडकमा पत्रकारिताका गुरु

 

 

–कृष्णमुरारी भण्डारी

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका सहप्राध्यापक तथा लामो समयदेखिका सिद्धहस्त पत्रकार बद्री पौड्याल चिनाइरहनु पर्ने नाम होइन । मेरा बालसखा पनि हुन् । उनले फेसबुकमा आफ्नो पिडा पोखेर डाँछीस्थित घर आउजाउ गर्न बाटोले पारेको पिडा पोख्दै पोष्ट गरे, अक्षरमात्र होइन तस्वीरहरु पनि राखेका छन् ।

 

बद्रीसरको पोष्टलाई सबैभन्दा पहिले टिप्पणी गरे गोरखापत्रका पूर्वसंपादक रमेश तिवारीले । उनलाई फलो गरे, देशकै पहिलो पत्रिकाका अर्का पूर्वपत्रकार लक्ष्मीधर गुरागाईले । त्यसपछि बद्रीजीका चेलाचेलीहरुले गुरुपूर्णीमाका दिन गुरुदक्षिणा चढाए । अहिले पनि चढाइरहेछन् ।
बालसखाको हिले पोष्ट

 

बद्रीजी वालसखा मात्र होइनन्, पत्रकारितामा मलाई आकर्षित गर्ने प्रथम ब्यक्ति पनि हुन् । त्यसअर्थमा पत्रकारिताका गुरु । त्यसैले गुरु पूर्णीमाका दिन मैले पनि प्रथम गुरुप्रति उनको फेसबुक पोष्टको टिप्पणीबाटै गुरु दक्षिणा अर्पण गरें । मैले लोकोक्ति विर्सिएको पनि छैन, असली चेलो त्यो हो जस्ले गुरुले पढाएको शिक्षा नयाँ कुरा सिक्न प्रयोग गरेर सिर्जनशील काम गर्छ अनि गुरुलाई गुण मैं छाडेर चिनी बनिदिन्छ ।

 

सडक विकासको पूर्वाधार

 

जहाँसम्म सडक बन्न र विस्तार हुन थाल्ने कुरा छ, सडक बन्नु भनेको विकासको पूर्वाधार तयार हुनु हो । यसले मान्छेलाई चाहिने वस्तु र सेवा प्रवाह गर्छ । वस्तु र सेवामा पहुँच हुनु भनेको जीवनस्तरमा सुधार हुनु हो । स्थानीय वासिन्दाहरुको जग्गा जमीनको मूल्यबृद्धि भएर उनीहरुको अचल संपत्ति बढ्नुु हो । जसले मानिसको आत्मसम्मानलाई पनि दिनपरदिन बढाइदिन्छ । हामी एकअर्कालाई दाइले संबोधन गर्छौं । बद्रीदाइको घरजाने बाटो चारलेनको हाइवे बन्दैछ र त्यो क्षेत्रको विस्तार तथा विकास तीब्रगतिमा हुँदैछ भन्ने जानकारी त्यो पोष्टबाट पाऊदा खुशी लाग्यो ।

 

बधाई छ बद्रीदाइ ! 

 

जहाँसम्म सडक तयार हुन ढिलो भयो अनि वर्षामा हिलोले अप्ठेरो भयो भन्ने सवाल छ, वास्तवमा हिलो र धुलो एकअर्काका पर्याय हुन् । हिलो र धुली नऊँडी एकैचोटी सडक चिल्लो र फराकिलो संसारमा कहिँ पनि हुँदैन ।

 

हरेक विषयको आफ्नो शास्त्र हुन्छ । यस’boutमा सडक इन्जिनियरहरुले राम्रोसंग प्राविधिक कुरा बताउन सक्छन् । समय कति लाग्छ ? हामी जनसाधारणलाई थाहा नभएको मात्र हो । यो लोकतन्त्र आएजस्तो न घोषणाले छिटो तयार हुन्छ नत, नक्सालको एभरेष्ट मम जस्तो जाने वित्तिकै प्लेटमा हालेर टक्राउन सकिन्छ ।

 

माइकल हस

 

अमेरिकी सडक र औद्योगिक क्षेत्रको निर्माणमा दुइ दशकदेखि कार्यरत इन्जिनियरिंग क्षेत्रका विशेषज्ञ माइकल हस भन्छन्, सडक खण्डको पानीको मात्रा सुकाउने, थिचेर साह्रो बनाउने र त्यसको लागि थरिथरिका माटो ढुंगाहरु थपिरहनुपर्छ । सडक संचालन गरेर चावहिल–साँखु सडक खण्डमा जस्तो निर्माण संगसंगै काम गर्नु निकै नै अप्ठेरो हुन्छ । यो महंगो पनि पर्न जान्छ ।

 

हाइवे इन्जिनियर देवेन्द्र दाहाल, जो केही वर्षदेखि बेलायतमा बसेर आफ्नै विषयको काम गरिरहेछन् । उनीसंग बद्रीजीले उठाएको प्रश्न गर्दा भने, हाम्रो जस्तो देशमा हिलो, धुलोवारे पटक्कै सोचिदैन । पुराना सडक विस्तार गर्दा सर्वसाधारणलाई कम दुख दिएर सहज रुपमा कसरी काम गर्ने ? ठूलो चुनौतिको पहाड नै खडा छ ।

 

विदेशमा यस्तो काम गर्दा नेपालमा भन्दा निकै सहज हुन्छ ’cause त्यहाँ वैकल्पिक बाटाहरु धेरैवटा हुन्छन् । तर काठमाण्डौं महानगरपालिकाको इन्जिनियर भएको भए म यो काम शुरु गराउनु अगाडि महानगरको अर्को शाखा जो महानगरको ट्राफिकलाई कसरी सुचारु गराउने भन्ने क्षेत्र हेर्छ, उसंग समन्वय गरेर मात्र सडक बनाउन स्वीकृति दिनेथिए ।

 

उनले थपे, ठेक्का दिनु अगाडि यो काम कति समयभित्र सक्ने र चालु रहेको ट्राफिकलाई के विकल्प दिने भन्ने छिनोफानो गर्ने थिएँ । जिम्मा लिएको काम समयमा नसक्ने ठेकेदारलाई कँसेर दण्ड–जरिवाना गरिने र लाइसेन्ससमेत खोसिने थियो ।

 

तर नेपाल न युरोप हो नत, चीन नै हो । हामी कहाँ बिकल्प दिने सडकहरु छैनन् । एउटै छ र त्यसैमा पनि काम भैरहेको हुन्छ । सडक जाम भएर अस्तब्यस्त गाडीहरु झेल्नुपर्छ ।

 

नेपालका विशिष्ट खालका आफ्नै सिमा छन् । विकासको आफ्नै मोडल छ, एघारमहिना चुपचाप बस्ने र असारमै झारा टारेर काम सक्ने रोगले मुलुक ग्रस्त छ । यसैमा नेता, बेपारी, ठेकेदार, मन्त्री र कर्मचारी ब्रम्हलुट गरिरहेछन् । उनीहरु सबैलाई लाभैलाभ छ, सास्ती त सर्वसाधारण जनतालाई मात्र न हो । इन्जिनियर दाहालले जोड दिएर भने, तोकिएको समयसिमालाई पालना नगर्ने हो भने हामी जटिलतामा फस्दै जानेछौं र कहिंका पनि रहँने छैनौं ।

 

सार्वजनिक र सरकारका काम सडक होउन् वा जलविद्युत आयोजना निर्माण अथवा सरकारी भवन एकदमै ढिलो हुनुको अर्को कारण हो, कानूनी जटिलता । मानिसहरु ठान्छन्, छुमन्तर जसरी काम पूरा होस् । रातदिन नभनेर काम गर्दै पूरा गरियोस् । तर यसको पनि जग निर्माण गरिनै पर्छ ।

 

चाबहिल–साँखु सडक खण्डका एक बासिन्दाले भने, घर र जग्गाधनीहरुले काम रोक्न अदालतबाट अन्तरिम आदेश जारी गराएका छन् । अदालतले पनि सडक विस्तार गर्न रोक्ने आदेश दिएको छ । त्यसको पालनाले सडकको कामलाई लम्ब्याइरहेको छ । सर्वसाधारण बटुवा हुन् वा सवारी साधनका धनीहरु, हिउदमा धुलो र बर्षामा हिलोको मारमा परिरहेका छन् ।

 

ठेकेदार झन् यता न उता, कता न कताका बनेका छन् । नगरु दिनभरिको शिकार, फटाफट गरौं काइलाबाबुको अनुहार देखिन्छ, हाकाहाकी नै भन्छन् ! जति ढिला गर्नसक्यो, सरकारलाई गराइने दण्ड जरिवाना नै भ्रष्ट कर्मचारीको मुख टाल्ने बुजो र ठेकेदार तथा नेता–भ्रष्ट कर्मचारीको कालेकाले मिलेर खाँउभाले हुन्छ ।

 

समयमा काम सम्पन्न गराउन जिम्मेवार सरकारी निकाय अप्ठेरोमा परेको भैंसी फर्काउन उद्यत छन् । जानेर र समयमा गर्न सकिन्छ भन्ने प्राविधिकहरु पनि दैनिक सत्तोसराप खाइरहेका छन् ।
ती अमेरिकी इन्जिनियर भन्छन्, पुरानो सडक विस्तार गर्दा अनुभवी कामदार पाउन संसारभर नै कम्ता गाह्रो छैन । ’cause वर्षौं पुराना ढल, खानेपानीका पाइप, टेलिफोन–बिजुलीका तारहरुको भूमिगत संजाल तह लगाउन एकदमै झंझट हुन्छ ।

 

एउटै ठाउको कामले महिनौं समय खाइदिन्छ । सडकमा ओछ्याइएका खानेपानी र ढलका पाइपहरु फुटेर लथालिंग छ । खानेपानीका पाइपमा ढलको गुहुमुत छिरेको छ । उनले भने, राजनीतिज्ञ, बुद्धिजीवी र पत्रकारदेखि सर्वसाधारणसम्मले सोचेभन्दा पनि सडक पुननिर्माण कठिन कार्य हो । प्राविधिक रुपमा पनि यो एकदमै चुनौतिपूर्ण काम मानिन्छ ।

 

पहिरोलाई स्थिर बनाउन र ढललाई ब्यवस्थित गराउन प्राविधिक रुपमा केही समय त्यत्तीकै काम रोकेर कुर्नु पनि पर्छ । गाडी गुड्ने भाग जस्लाई बेस कोर्स भन्छन्, असाध्यै दबेर जान्छ । यसलाई स्थिर र नदब्ने गराउने काम जटिल र गाह्रो हुन्छ । त्यसमाथि नेपालको भुगर्भ दैबलाई बुझ्न समेत अप्ठेरो ठानिन्छ ।

 

ड्रेनेज बनाउने, सडक पेटी तयार गर्ने, गार्डरेल्स, अपांगमैत्री भाग तयार गर्ने, साइकल लेन बनाउने, लेबल मिलाउने, कालोपत्र छाप्ने, स्ट्रिपिंग गर्ने, सवींग ज्वाइन्ट्सहरु, कजवेहरु तयार पार्नेजस्ता बग्रेल्ती काम गर्नुपर्ने हुन्छ । दैनिक चलिरहेका यातायातका साधन र मानिसहरुको आवतजावतले कामलाई अवरोध पु¥याइरहेका हुन्छन् । ढलहरुमा सिधै सेफ्टिट्याँक जोडिएका हुनाँले फुटेर असरल्ल गुहुमुत जमिरहेको आहालमा को पस्ने ? कस्ले सफा गर्ने ?

 

लरतरो काम होइन

 

त्यसैले सडक बनाउनु भनेको लरतरो काम पक्कै होइन, अझ चालु सडकमा आवागमनलाई निरन्तरता दिएर विस्तार गर्नु भनेको त महाअपजसीया र भिराहा काम हो । सडकलाई स्थायित्व दिन र भ्वाँग नपर्ने पार्नका लागि हिँउद वर्षाको घामपानी ख्वाएर त्यत्तिकै छाडिनु पर्ने, कतिपयलाई हिलोमै गाडीहरु चलाएर साह्रो बनाउनु पर्ने पनि बताइन्छ, जसरी घर बनाउदा ड्यामप्रुफ गरेपछि माटो भरेर त्यसलाई सेट गराउन त्यत्तिकै छाड्ने गरिन्छ । लामो समय छोडेर पनि धुर्मुस लगाउदै ठोकिन्छ । तै पनि भुइतल्ला भासिएकै हुन्छन् ।

 

सबैलाई थाहा नै छ, मुगलिंग–नारायणघाट सडक विस्तारको काम अझै सकिएको छैन । वर्षामा त कुरै भएन, हिँउदमा पनि कतिखेर पहिरो आउछ पत्तै पाइदैन । त्यसैले भर्खरै उद्धार गर्न दिउसो गएका प्रहरी र तिनको भ्यान नै पहिरोले पुरिएर नारायणहरि बने । के ’em भाग्न सक्दैनथे ? के गर्नु, एक इन्जिनियरले भने बाजा बजाएर पहिरो आउदैन । ढुंगो गुल्टिदैन !

 

चिनीयाँ शहिद

 

मुग्लिंग नारायणगढ सडक बनाउदा भीरपहिरोमा सडक बनाउन उस्ताद भनेर कहलिएका चिनीयाँहरु कति दर्जन मरे, चिनियाँ दूतावासले नै बताउन सक्ने कुरा हो । तर नेपालको सडक निर्माणमा शहिद भएका ती चिनियाँलाई कसैले संझेका छैनन् । जबकि सडकमा दूर्घटना परेर मरेकालाई शहिद घोषणा गरेर दश लाख लिनेहरु वर्षैपिच्छे गन्न पनि नसकिने गरी बढिरहेका छन् ।

 

अहिले राजनीतिक परिवर्तनका खतरनाक पाटाहरु समाधान हुँदै गए पछि अब दूर्घटना, शहिद उत्पादनको अब्बल क्षेत्रको रुपमा उदाइरहेको सबैलाई अवगत नै छ ।

 

सडकमा छुमन्तर

 

छुुमन्तर गरेर काम गर्न चीन, अमेरिका, युरोपमा मात्र संभव हुन्छ होला । ट्रेडयुनियन, अदालत, नागरिक समाजको बाधा अवरोध चीन र अमेरिकामा संभव हुँदैन ’cause काम शुरु गर्नु अगाडि नै नियम कानून अनुसार संभावित अवरोधहरु समाधान गरेर मात्र उनीहरु काम गर्न शुरु गर्छन् । तर नेपालमा त्यस्तो गरिदैन । हलो अड्काएर गोरु कुट्नु यहाँको रित झैं बनेको छ । राजनीतिक, ब्यापारिक र निर्माणविद्हरुको माँखेसांग्लो बुझिनसक्नुको छ ।

 

डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला वर्र्षौंदेखि त्यसअघिका सरकारले गर्न नसकेको सडक विस्तारको काम अगाडि बढाए । तर नरहरि आचार्य र प्रकाशमान सिंह जस्ता नेताहरु नै सडक विस्तार रोक्न लम्पसार परेर धर्ना बसे । प्रधानमन्त्री बाबुरामले सडक विस्तारको काममा विराम लगाएनन् ।

 

अहिले ? अहिले प्रकाशमान, नरहरिहरु सरकारी गाडी त्यही सडकमा सररररर कुदाउछन् तर डा. बाबुराम किनारामा बसेर मुसुमुसु हाँसिरहेका होलान् ’cause उनी इन्जिनियर हुन् ।