मेरो नेपाल –डा. रामकुमार भौकाजी

 

 

(चित्र–कलाकार तथा चित्र–कलाकार विशेषज्ञ डा. रामकुमार भौकाजीद्वारा सिर्जना गरिएका स्थलगत चित्रहरुका श्रृंखलाको संयुक्त शीर्षकको नाम ‘मेरो नेपाल’ हो ।

 

डा. भौकाजीले विसं २०४० सालमा ‘सुरिकोभ मास्को राजकीय ललितकला इष्टिच्यूट’ मास्कोबाट ‘चित्र–कलाकार’को प्राज्ञिक उपाधि सहित ललितकलामा माष्टर (एम. एफ. ए.)को डिग्री प्राप्तिको लागि ‘मेरो नेपाल’लाई प्रस्तुत गरेका थिए ।

 

यसैगरी उनले कला विधाको सैद्धान्तिक र कला सिर्जनातर्फ प्राज्ञिक तथा शैक्षिक अध्ययन र अनुसन्धानको क्रममा ‘मेरो नेपाल’ र ‘विश्व मेरा आँखामा’ चित्र श्रृंखलाको लागि शोधकार्य अगाडि बढाए । २०४५ सालमा उनलाई ‘मेरो नेपाल’ र ‘विश्व मेरा आँखामा’ शीर्षक चित्रहरुका श्रृंखलाका लागि ‘चित्र–कलाकार विशेषज्ञ’को प्राज्ञिक उपाधिको डिग्री सुरिकोभ मास्को राजकीय ललितकला संस्थाले प्रदान गर्यो ।
सोही साल सोभियत ललितकला एकेडेमी, मास्कोको सिफारिसमा सर्वोच्च सोभियत परीक्षा आयोगले उनलाई नेपाली चित्रकलाको वैज्ञानिक शोधग्रन्थको लागि कला विज्ञानमा पी. एच. डी.को प्राज्ञिक उपाधि प्रदान गर्यो।

 

‘मेरो नेपाल’ विश्वको सबैभन्दा बृहत स्थलगत तयार गरिएका चित्रहरुको श्रृंखला हो । पछिल्लो समयमा डा. भौकाजीले ‘मेरो नेपाल’ शीर्षक चित्रकला श्रृंखला तयार गर्ने क्रममा विसं २०७२ सालमा नेपालमा गएको महाभूकम्पले पु¥याएको दृश्यलाई तत्काल स्थलगत बनाएका चित्रकला र रेखा चित्रको श्रृंखला र केही महिना अघिमात्र थारुहरुको कला र संस्कृतिवारे अध्ययन गर्दैगर्दा उदयपुरका थारु गाउहरुमा बसेर कैयौं स्थलगत चित्र र रेखाचित्र सिर्जना गरेका थिए ।

 

उनले यसवाहेक पूर्ण लोप हुँदै गएको थारु लोक चित्रकलाको मूल रुपलाई पहिल्याउदै आफैंंले थारु लोककलामा आधारित चित्रहरु सिर्जना गरेर दस्तावेजको रुपमा सुरक्षित राख्ने महत्वपूर्ण काम गरे । –संपादक)

प्रस्तुत चित्रहरु ‘मेरो नेपाल’ शीर्षक चित्र श्रृंखला अन्तर्गत २०५२ सालमा काठमाण्डौं उपत्यकामा बनाइएका हुन् ।