राजपा–बालुवाको थुप्रो थियो, छ र रहनेछ !

 

आफूलाई मधेशी दल भन्ने एकल ब्यक्तिहरुको गुट, उपगुट र फूट अनि अन्यौलको कारण के हो ? उनीहरुको बल के हो ? त्यो कहाँ छ ? के कारणले यिनले नेपालको सरकार, संसद र संबिधानलाई अनिर्णको बन्दी बनाउन खेल्न सकिरहेका हुन् ?

 

 

नेपालको भूगोल र प्रकृतिले नै तीन खण्डमा विभाजीत गरेको तराई (सबैलाई अवगत नै छ, नेपालको भूगोल अनुसार चितवन र दाँग जिल्लामा मधेश छैन ।) लाई ‘एक मधेश एक प्रदेश’ बनाउन हठ गरिरहेका तथाकथित मधेशी दलका नेताहरुले अकस्मात आ–आफ्ना दलको नाममा रहेको ‘मधेश’ शब्द काटेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन गर्नु पछाडिको कारण धेरैको लागि रहस्यको विषय बनिरहेको थियो ।
महन्थ ठाकुरको नेतृत्वमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको नेपाल सद्भावना पार्टी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र यादवको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादवको मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) र अनिल झाको नेपाल सद्भावना पार्टी अकस्मात मिलेर राजपा बनेको घोषणा गरिएको थियो ।

 

अब बिस्तारै छ तिर फर्किएर आफूलाई मधेशवादी दल भन्ने छ पार्टीहरु के कारणले एउटै पार्टी बनाउन सहमत भएका थिए ? र, मधेशमा जनाधार भएका सशक्त नेता उपेन्द्र यादव–बिजय गच्छदारहरु के कारणले राजपा बाहिरै बसे ? कारण पटाक्षेप हुन थालेको छ !

 

संबिधान संशोधन र प्रदेशको सिमांकन नतोडीकन निर्वाचनमा भाग नलिने घोषणा गरेका राजपाका नेताहरुले मुलुकका सात मध्ये छ वटा प्रदेशमा निर्वाचन भएर जनप्रतिनिधिले काम शुरु गरिसकेपछि निर्वाचन आयोगमा गएर नयाँ दल दर्ता गरेका छन् ।

 

नगरुन् पनि किन ? जनताले स्थानीय निर्वाचनमा अत्यधिक मतदान गरेर प्रदेशको सिमांकनलाई मान्यता दिंदै र अब प्रदेश फुटाउन होस् वा जुटाउन कोही चाहन्नन् भन्ने सन्देश दिएपछि उनीहरु बाध्य बनेका छन् । चर्चित उखान नै छ, ‘लाटो खान्छ एक बल्ड्याँग, बाठो खान्छ तीन बल्ड्याँग !’

 

संसदमा काँग्रेस–माओवादीको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएर असफल बनाइदिन्छौं भन्दै मधेशी नेताहरुले दिएको ढ्वाँस पनि पहिलाजस्तै मसिनो स्वर निकालेर फिर्ता लिएका छन्, जसरी यसअघि पटक पटक संसदबाट राजीनामा दिएर जनताबीच जाने ढ्वाँस दिएका थिए ।

 

संसदमै भएको जनताको प्रतिनिधित्वको कारण इज्जत रहेसहेको हो भन्ने नबुझेका होइनन्, राजपाका नेताहरुले । उनीहरुले देखावटी रुपमा स्थानीय निर्वाचन बहिष्कारको धम्की दिएर भित्रभित्रै आफ्ना उम्मेदवार उठाए पनि । तर जमानत पनि जोगाउन नसकेर लज्जास्पद हार बेहोरे । अनि बल्ल अहिले आएर उनीहरुको बुद्धिको घैंटोमा घाम लाग्न थालेको देखिदैछ ।

 

यदि यो निश्कर्ष सत्य हो भने मधेशी नेताहरुले मधेशी जनताको त कुरा छाडौं आफैंलाई पनि नारायणहरि बनाएको यसबाट प्रमाणीत हुँदैन त ?

 

सर्लाहीका माछा बेपारी महेन्दर सहनीले भने, यी पार्टीहरुको एकता नै अचम्म लाग्दो थियो ’cause दन्त्यकथाको सर्प, बिच्छी र भ्यागुतो मात्र होइन, त्यसमा अझ तीन अचम्मका प्राणी थपेर कसरी एउटै पार्टी बन्यो ? यो एकदमै अप्राकृतिक एकता थियो । यसको पुष्टी अब आएर हुँदैछ कि पार्टी बनेको केही महिनामै भित्रभित्रै फुटर चकनाचुर भएको राजपा बिघटनको घोषणा मात्र हुन बाँकि रहेको छ । हात ठड्याएर राजपा नेताहरु उभिएको तस्वीर प्रचार गरे पनि गाली गलोज, घात अन्तर्घात र अविश्वास राजपाको विशेषता बनिसकेको छ ।

 

त्यसैको ज्वलन्त उदाहरण हो, राजपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी राजपाबाट बाहिरिएर अर्को दल खोल्दै छन् । सहनीले भने, अझ हेर्दै जानुहोस् कतिवटा नयाँ पार्टी बन्नेवाला छन् ?
यी छ जना नेताहरु यस्ता छन् जो एउटा–एउटा दल खोलेर नेता त बनेका थिए अब ती छवटा दल भित्रैबाट पनि अरुलाई नयाँ दलको नेता बन्ने औडाहा उत्पन्न भएको छ ’cause उनीहरुले देखिसकेका छन्, एउटा पार्टी खोल्न सकियो भने त्यो आजन्म कमाइ खाने दुहुनो बस्तु बनिरहने रहेछ !

 

आफूलाई मधेशी दल भन्ने एकल ब्यक्तिहरुको गुट, उपगुट र फूट अनि अन्यौलको कारण के हो ? उनीहरुको बल के हो ? त्यो कहाँ छ ? के कारणले यिनले नेपालको सरकार, संसद र संबिधानलाई अनिर्णको बन्दी बनाउन खेल्न सकिरहेका हुन् ?

 

राजनीतिशास्त्रका एक प्राध्यापकले भने, मधेश क्षेत्रलाई मादल बनाएर नेपाललाई सकस दिइरहने भारतीय कुटनीति पछाडिको ‘जीयो–पोलिटिकल डाइनामिक्स’ नबुझी यो उछलकुदलाई पहिल्याउनै सकिदैन । नेपालको तराई क्षेत्रमा मधेशीको नाममा खुलेका मधेशवादी दलहरुको यथार्थ पछाडि लुकेको राजनीतिक नाटकको ‘ब्याकग्राउण्ड’ पनि यसैबाट थाहा पाउन सकिन्छ ।

 

हुन पनि मधेशी दलहरुको शक्ति पूरै मधेश आन्दोलनमा कहाँ थियो ? उनीहरुका माग के थिए ? तपाईले देख्नु भयो ? कुरो नलुकाइ भन्ने हो भने, मधेशी दलहरुको बल भनेको नेपाललाई गरिएको नाकाबन्दीमा मात्र प्रदर्शन भएको थियो । जो मधेशी दलहरुले गरेकै होइनन् ।

 

त्यो बल प्रदर्शन, ०७२ असोज ३ गते संबिधानसभाबाट नेपालको संविधान जारी भएपछि मोदीले गरेको नाकाबन्दी थियो ! तर जब मोदीको निहित स्वार्थ पूरा भयो अथवा ओलीले फेल गराईदिए । मोदीले शुरु गरेको नाकाबन्दी मोदीले नै फिर्ता लिए । नाकाबन्दीमा प्रयोग गरिएका तथाकथित मधेशी दल र तिनका नेताहरु जसको जनाधार थिएन, निरर्थक साबित भए ।

 

यसबीच अन्तर्राष्ट्रिय, क्षेत्रीय, दुई देशीय र राष्ट्रिय राजनीतिमा आएको नीतिगत परिवर्तनलाई पनि ‘मधेशी नेताहरु’ ले बुझ्न सकेको देखिएन । बुझ्दा हुन् त, मधेश आन्दोलनको खास मसिहा उपेन्द्र यादवले निर्वाचनमा भाग लिएर आफूलाई जनताबीच पु¥याइरहँदा राजपाका ‘मधेशी नेताहरु’ नग्न रुपमा भारतीय दुतावासको चक्कर लगाइरहने थिएनन् ।

 

बरु उपेन्द्र यादव जस्तै जनताबीच निर्वाचनमा होमिइसकेका हुनेथिए । तर राजपाका नेताहरु यसरी निरर्थक सावित हुनुको कारण अरु होइन, महेन्दर सहनीले भनेजस्तै उनीहरुसंग जनाधार नभएर नै हो । जनाधार हुन दार्शनिक र राजनीतिकस्पष्टता चाहिन्छ ।

 

जनाधार भैदिएको भए, राजपाका नेताहरु जनताका रानु बनिरहेका हुन्थे । तर उनीहरु पत्रपत्रिकामा बक्तब्यवाजी, एफएम र टिभीको निगाहमा राष्ट्रिय राजनीति हाँकिरहेको भ्रममा बाँचिरहेका छन् ।
मिडियाले राजपा नेताहरुलाई स्थान दिन बन्द गरेको भोलिपल्ट देखि राजपा त राष्ट्रिय राजनीतिको नक्साबाट बिलाउने नै छ, राजपासंगै एक नेता एक पार्टी भएका मधेशी दलहरु पनि बेपत्ता भए भन्देखी आश्चर्य नमाने हुन्छ !

 

निर्वाचनलाई त्यत्तिकै लोकतन्त्रको महा पर्व भनिएको होइन । प्रजातन्त्रमा निर्वाचन नै त्यस्तो अवसर हो जस्मार्फत हरेक दलले पाँचवर्षको लागि जनताको लालमोहर प्राप्त गर्नेछन् । तर राजपाको नाममा होस् वा छवटा मधेशवादी दलहरु, मधेशका नेता भनिनेहरुले जहिलेसुकै निर्वाचनबाट भाग्ने बहाना खोजीरहे । अनेक बहाना बनाएर जनताका मनबाट टाढिइरहे ।

 

तर उपेन्द्र यादव र बिजय गच्छदारहरु पहिलो चरणको निर्वाचनमै तथाकथित मधेशी नेताहरु निर्वाचनबाट भाग्न खोजे पनि मधेशी मोर्चा नै छाडेर निर्वाचनमा आए । ’cause राजपाका नेताहरु कति पानीमा छन् उनीहरुलाई राम्रोसंग थाहा छ । त्यसैले यादव र गच्छदारले भूमिका बनाए र दोस्रो चरणको निर्वाचनमा काँग्रेस, एमाले, माओवादीलाई टक्कर दिएर आफ्नो जनाधार सावित गरे ।

 

यसबाट के सावित हुन्छ भन्देखि, अब दुई नम्बर प्रदेशको निर्वाचनमा उपेन्द्र र गच्छदारका पार्टी गडगडाएर प्रस्तुत हुनेछन् । जसले राजपालाई चुनावमा भाग लिए पनि र नलिए पनि अझ टुक्राटुक्रा बनाउनेछ ’cause राजपामा समाहित दलहरु नै दुई नम्बर प्रदेशमा राजपाका खास प्रतिष्पर्धी हुन् । दोस्रो संविधानसभा निर्वाचनमा उनीहरुले नै एकअर्कालाई हराएका हुन्, जसलाई उनीहरुले विर्सिएका छैनन् र जिन्दगीभर विर्सनेवाला पनि छैनन् !