हेरुँ, देउवामा कति छ दम !
उनको र उनी जस्ता नेताहरुको हैसियत निकै माथि उठ्यो तर उनीहरुको यो हैसियत बन्नमा यिनै धुलो, हिलो र धुँवाले पुरेका लाखौं मानिसको रगत र पसिना बगेको छ । यी नेताको हैसियत नेपाली जनताको ऋण हो । निश्चय नै जनतालाई के थाहा छैन भने नेताहरु ऋणी हुन् र ऋणदाता जनता । यहाँ ऋणीले नै ऋणदाताको ब्याज त परै साउँ नै पचाउन खोज्दैछ ।
ढलले बगाएर एउटी बालिकाको ज्यानै गयो, अर्कीको बल्लबल्ल जोगियो ।
त्यसपछि बल्ल, केही समयपूर्व चौथो पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले काठमाडौंका सडकमा खाल्डाखुल्डी भएको थाहा पाए । थाहा पाएपछि, स्वाभाविकै हो, उनलाई काठमाडौंलाई महानगर भन्न लाज लाग्यो । लाज लाग्ना साथै तत्कालै पन्ध्र दिनभित्र खाल्डा पुर्न निर्देशन दिए । यो कथित महानगरमा लाज लाग्ने धेरै कुरा छन् । शिशाबन्द गाडीमा चढ्ने उनले धुवाँ धुलोको समस्या झन् भोगेकै छैनन् । बालबालिकामा श्वास प्रश्वासको समस्या बढ्दो छ । नागरिक जीवन दुष्कर भएको छ । बाटोमा हिड्दा मान्छे चिनिसक्ना छैनन् । मुख छोपेका, आँखामात्र पिलिकपिलिक बल्ने । तैपनि, सामाजिक सञ्जालमा बाहेक कतै यो समस्यालाई लिएर कुनै गम्भीर चर्चा छैन । मानिस आफ्नो दैनिन्दिनीमै व्यस्त छन् ।
मेलम्चीको पानी ल्याउने भनेर पाइप गाड्दा बाटो खनियो । धुलाम्मे बनाइयो, अनि पानी पर्दा हिलाम्मे भयो । महिनौं मानिसले यातना सहे । अचेल फेरि विद्युत तार भूमिगत गर्ने भनेर खनिँदैछ । पोहोरजस्तै यसपालि पनि उही समस्या भोग्दैछन् महानगरवासी । विद्युत् तार भूमिगत गरेर पुरिन्छन्, त्यसपछि खन्ने पालो आउँछ नेपाल टेलिकमको । खन्ने, धुलाम्मे हिलाम्मे पार्ने फेरि खन्ने, फेरि पुर्ने । यस्तो प्रतीत हुन्छ मानौं महानगरमा विभिन्न देशका सरकार छन् । खानेपानी सरकार, विद्युत् प्राधिकरण सरकार, टेलिमक सरकारलगायतका अनेकन सरकार पालैपालो सक्रिय हुने गर्छन् ।
यातना पाउने सर्वसामान्य हुन्छन् तर महानगरवासी नेपाली सर्वसामान्य अत्यन्त सहनशील छन् । संसारमा यस्ता सहनशील जनता बिरलै पाइन्छन् । यहाँ सहनशील भनिन्छ, यति सहनशीललाई अन्यत्र भनिन्छ अजागरुक । हो पनि, अजागरुक जनतामाथि जसरी शासन गरे पनि हुन्छ ।
महानगरका नागरिक लोडसेडिङ हुँदा चुपचाप इन्भर्टर किन्छन्, धुलो धुवाँमा मास्क । यात्रा गर्छन्, कोचाकोच, माइक्रो, टेम्पोमा । कुनै गुनासो, प्रतिवाद छैन । जनता केही भन्दैनन् आफ्नो सरोकारका ’boutमा, आफ्नो दैनिन्दिनीको कठिनाइका ’boutमा त्यसैले देउवाले बालिकाको मृत्यु भएपछि मात्र काठमाडौंका सडकहरुमा खाल्डाखुल्डी छन् भनेर थाहा पाएका हुन् । ’cause, उनी जुन वाहनमा चढ्छन्, त्यो वाहन खाल्डाखुल्डी प्रुफ हुन्छ । उनको यात्राको रुटमा खाल्डा छैनन्, भए पनि सिद्धहस्त ड्राइभरले खाल्डामा नपारी यात्रा सम्पन्न गराउँछ ।
तर यहाँ मात्र बाटाका खाल्डाको प्रश्न होइन, धुलो धुँवाको मात्र होइन । प्रश्न छ, समग्र व्यवस्था र यसको व्यवस्थापनको । विगतमा सर्वसामान्यजस्तै समय बाँचेका देउवा र अन्य नेताले सामान्यजनका मर्का, पीर र पीडाप्रति सजग हुनुपर्छ भन्ने कामना गरिन्छ भने त्यो अन्यथा होइन । सत्य हो, यसबीच उनको र उनी जस्ता नेताहरुको हैसियत निकै माथि उठ्यो तर उनीहरुको यो हैसियत बन्नमा यिनै धुलो, हिलो र धुँवाले पुरेका लाखौं मानिसको रगत र पसिना बगेको छ । यी नेताको हैसियत नेपाली जनताको ऋण हो । निश्चय नै जनतालाई के थाहा छैन भने नेताहरु ऋणी हुन् र ऋणदाता जनता । यहाँ ऋणीले नै तर ऋणदाताको ब्याज त परै साउँ नै पचाउन खोज्दैछ । तर, महानगर अचेत र नेपाली जनता आफ्नो अधिकार प्राप्तिको चेतनाबाटै विमुख छन् ।
अब जनता आफैंले आफूसँग सोध्नुपर्ने भएको छ राजनीति केका लागि ? भोट किन दिएको? प्रतिनिधित्वको प्रयोजन के ? के एकथरि मानिसलाई उकास्न र शेष अरुलाई नेता, राजनीतिज्ञहरुको उत्थानमै सन्तुष्ट हुनका लागि कि समाजको चेतमा तात्विक परिवर्तन ल्याउनका लागि ? लोकतन्त्र किन र कसका लागि ? तर यो महानगरका निवासी यस्ता प्रश्न गर्दैनन् । जे पर्छ सहिदिन्छन् र सहनशीलताका अनुपम उदाहरण बनिदिन्छन् । निश्चय नै सहनु असल गुण हो तर आफ्नो अधिकारप्रति अचेत रहनु पाप हो ।
एकथरिलाई उकासेर अधिकांश नेपालीहरु जुन दुरवस्था सहिरहेका छन्, यो दुरवस्था सहनेहरुले आफ्नैविरुद्ध गरेको अपराध हो ।देउवाले भनेजस्तै गरी पन्ध्र दिनभित्र काठमाडौं उपत्यकाभित्रका खाल्डा पुरिएलान् भन्न सकिँदैन । तैपनि हेरुँ, देउवाको प्रतिज्ञामा दम कति छ । पुरिए उत्तम, नपुरिए के गर्छन् उनले ? के आफैं अघि सरेर कामदार, कर्मचारी परिचालन गर्न सक्छन् उनी ? यो प्रश्न पन्ध्र दिनपछि फेरि उठ्नुपर्छ ।
प्रधानमन्त्रीले गर्छु भनेको यदि गरेनन् भने किन गरेनन्, यो सोध्नुपर्छ । ’cause, निश्चय नै यदि उनले सरुवा, बढुवा खोज्ने कर्मचारी र आफ्नो ढोकामा प्रतिदिन लाम लाग्ने कार्यकर्ताहरुको भीडलाई खाल्डा पुर्ने अभियानमा संलग्न गराए भने पन्ध्र दिन न सही, महिना दुई महिनामा यो काम अवश्य सम्पन्न हुनसक्छ । त्यस्तै अरु कामहरु छन्, देशको दशा सुधार्ने । राजनीतिक दलका नेताको परिक्रमा गरेर बाँचेका कार्यकर्ता र कार्यालयमा हाइ काडेर बस्ने कर्मचारीका हातमा औजार थमाएर, काम गराउने । यति गरे सडकका खाल्डा त के नेपालको नक्साबाट गरीब र धनीबीचको खाडल नै पुरिने क्रम प्रारम्भ हुनेछ ।