घामपानी–घामपानी स्यालको बिहे, कुकुर जन्ती बिरालो बाहुन !
विकसित मुलुकमा पनि हरेक ४-५ वर्षमा जलउत्पन्न विपत्ती आइरहन्छ तर उनीहरु कहाँ दशलाख मानिस विस्थापित भए पनि मर्नेको संख्या औंलामा गन्न सकिने अर्थात एकदमै कम हुन्छ तर हाम्रोमा दुई लाख ब्यक्ति प्रभावित हुँदा पनि मर्नेको संख्या हजार पुग्ने गर्छ !
पानी नपरेपछि भ्यागुताको बिहे गरेर पानी पार्न इन्द्रसंग बिन्तिभाउ गर्ने नेपालीहरु साउनमा आह्री घोप्ट्याए जसरी परेको पानी र त्यसबाट उत्पन्न बाढी पहिरोले यतिखेर बेहाल बनेका छन् ।
त्यसमाथि फेसबुके, ट्वीटे र मोबाइलेहरुले बाढीलाई सामान्यीकरण गरेर देश बिदेश सबैतिर आतंक सिर्जना गरिरहेकाले आमनेपाली र शुभचिन्तकहरुलाई चिन्तित बनाएको छ ।
बाढीपहिरोलाई अतिरंजीत गर्नेहरुले बुझुन् ‘घामपानी घामपानी स्यालको बिहे, कुकुर जन्ती बिरालो बाहुन’ होइन प्राकृतिक विपत्ती !
वर्षामा बाढी र हिउदमा चिसो सामान्य कुरा हो । प्रत्येक वर्ष यो दोहोरिइरहन्छ । हिँउद—वर्षा भएन भने प्रकृतिको सृष्टिमै शंका उत्पन्न मात्र होइन, प्राकृतिक लीला नै संकटमा पर्नेछ ।
यसैले चराचर जगतको ‘ग्रामर’’bout सृष्टिकर्ता भन्दा पनि ठूलो स्वरले चिच्याउनु र हाइतोबा गर्नुको कुनै अर्थ छैन । हाइतोबामा तिनलाई मात्र फाइदा छ, जो बाढी पहिरोका नाउमा बिदेशी पैसा र खाइनखाइ जनताले तिरेको तिरोको गुलछर्रा उडाउन उद्यत छन् ।
यसोभनेर बाढी पहिरो पिडितहरुका घाउमा नुनचुक छर्किन खोजीएको किमार्थ होइन । प्राकृतिक विपत्तीमा परेकाहरु यतिखेर मद्धत गर्नुपर्ने अवस्थामा छन् ।
तर प्राकृतिक विपत्ति पनि बाघको छालामा रजाइ गर्न पल्किएका स्यालहरुको दशै नबनोस् ।
हरेक वर्ष जहाँजहाँ बाढी पहिरो गएको छ, कसैले भन्न सक्छ ? वास्तविक पीडितलाई पुनर्वास गराएर अझै ब्यवस्थित बनाइएको छैन ।
पूर्व, पश्चिम र मध्य नेपालमा प्राकृतिक विपत्तिमा परेकाहरुको बेहाल वर्षौंपछि पनि उस्तै र उही छ । तिनको छाप्राको बासबाट बढोत्तरी हुन सकेको छैन ।
विपदविद् मानबहादुर थापा भन्छन्, ०७२ सालको भुकम्पले सुदुर गाउमा चेतना सिर्जना गरेको छ र त्यो के भने, धनजनको विनास विपत्तिले होइन, आफैंले निर्माण गरेको संरचनाले गर्ने रहेछ !
थापाको यो भनाइले ‘ठाँउ न ठहर, बुढीको रहर’ भन्ने उखानलाई चरितार्थ गर्छ । कति दुखकष्ट भोगेपछि र अनुभव ग्रहण गरेपछि बनेको होला यो उखान ?
एमाले नेता केपी ओलीलाई उखाने कान्छो भनेर खिसी गर्नेहरुले बुझुन्, उखान भनेको दही मथेपछि निस्कने नौनी हो, पानी मथेर उखान निस्कँदैन !
भुइचालोले बिचल्लीमा परेकाहरुको चर्चा छाडौं । जलउत्पन्न प्रकोपको बिषयमै केद्रित गरौं ।
विपदविद् थापा भन्छन्, हामी कहाँ मनसुनमा पानी पर्छ भन्ने कस्लाई थाहा छैन ? बोट विरुवा पनि मनसुन पर्खिएर बस्ने ठाउ हो यो ।
त्यसैले मनसुन आउछ, पानी पर्छ । यो जगजाहेर छ । तर के थाहा छैन भने, कहाँ कहिले कुन ठाउमा पानी पर्छ र कति पानी पर्छ ?
हाम्रो देशका विषय विद्वानले विपत्ती आउनु अगाडि भन्न नसकेका मात्र हुन् ।
थापाले भने, जलउत्पन्न प्रकोप’bout प्रकोप आउनु अघि नै संसारभर पूर्वानुमान गर्ने गरिन्छ । धेरै टाढा किन जानु ? बंगलादेशमा जलउत्पन्न प्रकोपवारे पाँच दिन अघि नै पूर्वानुमान गरिदो रहेछ र पूर्वानुमानको ९० प्रतिशत ‘एक्युरेसी’ हुने रहेछ ।
हाम्रा विद्वानहरु जसलाई असारदेखि असोजसम्म नेपालमा मनसुनी वर्षा हुन्छ भन्ने थाहा छ तर आजका दिनसम्म तिनलाई के थाहा भएको देखिएन भने कहाँ, कुन ठाउमा कहिले कति पानी पर्छ ?
साधनस्रोत पनि विद्वानसंग नभएको होइन । कमी छ त्यसको परिपूर्ति गर्नु पर्छ । र, बंगलादेशमा जस्तै कम्तिमा पाँच दिनअघि नै पूर्वानुमान गर्ने हो भने जलउत्पन्न प्रकोपमा पर्नेहरु त्यसबाट मुक्त हुन सक्छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भाषण गरिरहेछन्, जति खर्च लागे पनि बाढी पीडितलाई उद्धार गर्नु ! गृहमन्त्री पीडितहरु प्रति ओठेभक्ति प्रदर्शन गरिरहेका छन् ।
तर उनीहरुले ‘आगो लाग्नु अघि इनार खनेनन् र आगो लागेपछि इनार खन्न हतार गरिरहेछन् ।’ राज्यको ढुकुटीमा भएको थोरै धन पनि उडाउन खोजीरहेछन् ।
समयमा गर्नु पर्ने काम गरेनन् र अब नगर्नुपर्ने बेलामा जनताले तिरेको तिरो हारलधुरल गर्न उद्यत देखिन्छ । यस्तो नकच्चरो संबेदनशीलता देखाउनु भन्दा बेलामा मौसमविदहरुलाई अत्यवश्यक उपकरणहरु उपलब्ध गराई दिएको भए आज जुन धनजनको क्षति भैरहेको छ, त्यो बेहुर्नु नै पर्ने थिएन ।
पूरै धन जोगाउन नसके पनि जन त जोगिने थिए । मानिसलाई बेलैमा ठाउ सार गर्न पनि सकिन्थ्यो ।
एकै परिवारका छ जनाको जुन अकालमा मृत्यु भयो, लेकमा पानी परेको छ भने बेसीका खोलामा बाढी आउछ नि । यो जगजाहेर कुरा हो । तर यही कुरा पनि स्थानीय वासिन्दालाई सूचित गर्न नसकिएकोले २१ औं शताब्दिको सत्र वर्ष वितिसक्दा पनि गर्भवतीलाई डेलिभरि गराउन गएकाहरुको जीवनलीला सकियो । परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न गएकाहरु सबैले ज्यान गुमाउनु पर्यो ।
खतरा भएको ठाउको जानकारी स्थानीय प्रहरी, एफएम रेडियो, टिभी, मोबाइलबाट संभावित ठाउका वासिन्दालाई सूचना प्रवाहित गरेर अवगत गराउन सकिने थियो ।
प्राकृतिक विपत्ती आउनु पूर्व सूचना दिन सके धन जोगाउन नसके पनि जनको क्षति पक्कै हुन पाउदैन । प्राथमिक उपचार, बढी खतरनाका ठाउमा न्यूनतम पूर्व तयारी गरे मृत्युको संख्या अकल्पनीय रुपमा घट्ने निश्चित छ ’cause नेपाल संसारमै विपत्तिमा अनाहकमा धेरैले जीवन दिनु पर्ने मुलुक हो ।
बाढी पहिरोबाट जोगीन जोखिम र सुरक्षित ठाउ पहिचान गर्न सके विपत्तीबाट पक्कै पनि जोगीन सकिन्छ । युरोप, अमेरिका, जापान वा अन्य विकसित मुलुकमा पनि हरेक ४-५ वर्षमा जलउत्पन्न विपत्ती आइरहन्छ तर उनीहरु कहाँ दशलाख मानिस विस्थापित भए पनि मर्नेको संख्या औंलामा गन्न सकिने अर्थात एकदमै कम हुन्छ तर हाम्रोमा दुई लाख ब्यक्ति प्रभावित हुँदा पनि मर्नेको संख्या ८-९ सय पुग्ने गर्छ !
प्राकृतिक विपत्तिबाट प्रभावित र मृत्यु हुनेको प्रतिशतमा नेपाल संसारकै धेरै मानिस मर्ने देशमा गणना भएको मुलुक हो । यसो हुँदा पनि मुख्य जिम्मेवारी लिएको गृह मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय गरिदैन ’cause जिम्मेवारी लिनेहरुकै लागि प्राकृतिक विपत्ती मागी खाने भाँडो बनेको छ ।