ओलीले नचिनेका केसी !
* केसीको सत्याग्रह’bout ओलीले व्यंग्य गर्दै भने, म प्रधानमन्त्री पाउँ भनेर भोकै बसिदिउँ ? के भोकै बस्दा म प्रधानमन्त्री पाउँछु ? व्यंग्यको पनि हद हुन्छ ।
* डाक्टर गोविन्द केसी आफूले केही पाउँ, आफ्नो पदोन्नति होस् भनेर भोकै बसेका होइनन् ।
* ओलीले केसीलाई चिनेनन् । उनले केसीलाई वामपन्थी आँखाले हेरे । केसीको सत्याग्रह बुझ्न आध्यात्मिक दृष्टि चाहिन्छ ।
६१ वर्षका एकजना मानिस बाइसौं दिनसम्म भोकै छन् । डाक्टरी पढेका, टिचिङ अस्पतालमा जागिरे छन् । तलब उल्लेख्यै छ, कम छैन । जहान बच्चा छैनन् । जम्माजम्मी एउटा ज्यान पाल्नु छ । तैपनि, बारम्बार भोकै बस्छन् । उनी लोभले भोकै बसेका होइनन् । अवकाशपश्चात् पेन्सन पाकिहाल्छ । त्यसैले उनले भोकै बसेर जोहो गरेका पनि होइनन् । जोहो गर्न कोही पनि आफैं आज हो कि भोलि हुने गरी भोकै बस्दैन ।
उनी भोकै बस्नुको कारण अर्कै छ । शासनमा बस्ने खाइदेउहरुको कुरै नगरौं, सामान्यतया आजको हाम्रो समाजका बिरलैले मात्र यसका पछाडि रहेको अर्थ बुझ्छ । ’cause यहाँ त उपवास बस्ने ब्रतालुहरु पनि मजाले फलफूल खाएर, मिष्टान्न भोजन गरेर बस्ने गरेका पाइन्छन् । जहाँ अघाएर पनि त्यसमाथि कोच्नेहरु यत्रतत्र छन्, त्यहाँ एउटा मान्छे भोकै बसिदिन्छ । जहाँ मान्छेलाई एकछाक भोकै बस्नु पर्दा प्रलय हुन्छ, त्यहाँ बाइसौं दिनसम्म पनि एउटा प्रौढ शरीर भोकै छ । किन बसे उनी भोकभोकै ? उनी पक्कै आफ्नो तौल घटाउन भोकै बसेका होइनन् ।
उनी स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा फैलिएको अनाचारविरुद्ध सत्याग्रह गरिरहेका छन् । तर उनको सत्याग्रह’bout देशका एकजना सर्वाधिक चर्चित राजनीतिज्ञले व्यंग्य गर्दै भने, म प्रधानमन्त्री पाउँ भनेर भोकै बसिदिउँ ? के भोकै बस्दा म प्रधानमन्त्री पाउँछु ? व्यंग्यको पनि हद हुन्छ । ’cause कोही पनि लहडकै भरमा अनिश्चितकालका लागि भोकै बस्दैन । यसरी भौकै बस्न प्रबल आत्मबल चाहिन्छ । निश्चय नै खाइदेउहरुमा यस्तो संज्ञान हुँदैन, त्यसैले उनीहरु सत्याग्रहको भाषा बुझ्दैनन् ।
डाक्टर गोविन्द केसी आफूले केही पाउँ, आफ्नो पदोन्नति होस् भनेर भोकै बसेका होइनन् ।
ती प्रसिद्ध राजनीतिज्ञ जसले केसीको अनशनमाथि व्यंग्य गरे, तिनलाई तपाईं राम्ररी चिन्नुहुन्छ । आज नेपालका बच्चा बच्चाले चिन्छन् । ठूलाबडाहरुले झन् नचिन्ने त कुरै भएन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्छन्, चीनका राष्ट्रपति सी चिनफिङलाई समेत प्रभावित पार्ने पात्र हुन् तिनी अर्थात् नेपालका पूर्वप्रधानमन्त्री र एमालेका वर्तमान अध्यक्ष तथा संसदमा प्रतिपक्षका नेता सर्वश्री केपी शर्मा ओली । एउटा डाक्टर बीस दिनदेखि भोकै बसेका छन् । रहरले पक्कै बसेका होइनन्, घुर्क्याउन पनि होइन । केही त छ अन्तस्करणदेखि नै उनको चित्त नबुझ्नाको कारण ।
ओलीले यसर्थ केसीलाई चिनेनन् । उनले केसीलाई वामपन्थी आँखाले हेरे । केसीको सत्याग्रह बुझ्न आध्यात्मिक दृष्टि चाहिन्छ ।
निश्चय नै गोविन्द केसी पहिलो व्यक्ति होइनन् भोकै बस्ने । तपस्वीहरु भोकै बस्छन्, सिद्धिका लागि । केसी पनि सिद्धिकै लागि बसेका हुन् तर त्यो सिद्धि व्यक्तिगत होइन । उनी चिकित्सा विज्ञान अध्ययनको क्षेत्रमा फैलिएको अनाचारका विरुद्ध अनशन गरिरहेका छन् । तर दुर्भाग्यवश, त्यो अनाचारमा जनताले पत्याएका राजनीतिक दलहरुकै पंक्तिको संलग्नता छ । जनताले चुनेका प्रतिनिधिहरुकै मिलिभगत छ ।
केसीले चिकित्सा विज्ञान अध्ययनका लागि बग्रेल्ती खोलिएका संस्थाहरुमाथि अंकुश लगाइमाग्न खोजेका छन् । नयाँ खोल्न आवधिक नियन्त्रण मागेका छन् । चिकित्सा विज्ञान अध्ययनलाई देशका विभिन्न क्षेत्रमा विस्तारित गर्र्नुपर्ने माग राखेका छन् । दूरदराजका सर्वसाधारणका लागि स्वास्थ्य सेवाको प्रत्याभूति हुने व्यवस्था मागेका छन् । समग्रमा स्वास्थ्य सेवालाई नाफामुखी व्यवसाय नभएर उनले जनताको नैसर्गिक अधिकारका रुपमा स्थापित गराउने आग्रह गरेका छन् । तदनुरुप नियम कानून बनाइ मागेका छन् । यसैका लागि उनी अनशनमा छन् ।
उनको अनशन आए दिन देखिने र फेशनका रुपमा गरिने रिले अनशन होइन । आमरण अनशन हो ।
आमरण अनशन अर्थात् आफ्नो माग पूरा नभए केसी नखाएरै मरिदिने छन् । यस्तो सुन्दा, पढ्दा धेरैलाई पक्कै पत्यार नलाग्न सक्छ । विशेष गरेर त्यहाँ जहाँ देश लुट्न मानिस सत्तामा जान्छन्, जहाँ राजनीति भन्नु कमीशनमा भागशान्ति बन्न गएको छ, जहाँ भ्रष्टाचार गरेर भेला गरेको सम्पत्तिलाई कमाएको भनिन्छ, उसले सामाजिक प्रतिष्ठा आर्जन गर्छ । जहाँ डाक्टरहरु उपचारका नाममा बिरामीको सर्वस्व समेत हरण गरिदिन्छन्, जहाँ कर्मचारीहरु भन्सारमा गएर अकुत सम्पत्ति भेला गर्न लालयित हुन्छन्, जहाँ पाइलैपिच्छे लूटने धन्दा चलिरहेको छ, त्यो ठाउँमा एउटा साठी कटेको डाक्टर आफू नखाएर मानिसको अन्तरात्मालाई चुनौती दिइरहेको छ । प्रसंग यही हो ।
केसीले राखेका मागहरु, मागका रुपमा उठ्नुपर्ने नै होइनन् । यी त राज्यले स्वयं, कसैले नघच्घच्याइ स्वतः गर्नुपर्ने काम हुन् । तर, यस राज्यका सञ्चालकहरुको ध्यान जनसेवातर्फ नभएर निजी लाभहानिको हिसाब किताबतर्फ छ । राज्यको शक्तिलाई आफ्नो लाभका लागि प्रयोग गर्नतर्फ केन्द्रित छ । त्यो चाहे पूर्वाधार निर्माणको विषयमा होस् अथवा आयात निर्यातको । हरेक क्षेत्रमा भागशान्ति छ । यस मामिलामा सत्ता र प्रतिपक्ष एकै ठाउँमा छन् अर्थात् व्यवस्थाले प्रबन्ध गरेजस्तो प्रतिपक्ष छैन, जहाँ भाग पाइन्छ त्यहाँ प्रतिपक्ष गएर सत्तासँग मिलिदिन्छ ।
केसी आफैं चिकित्सक भएकाले उनले स्वास्थ्य क्षेत्रमा भइरहेको अनाचार देखाइदिएका हुन् । यस्तै यस्ता प्रकरणहरु हेरेक क्षेत्रमा भइरहेका छन् । जता हेर्यो त्यतै दलहरु, दलभित्रका गुटहरु, गुटैपिच्छे नेताहरु भागशान्ति पाइरहेका छन् ।
एनसेल कर प्रकरणमा कुनै दल बोलेन । कर फछ्र्योट आयोगले गरेको अनियमितता पनि प्रतिपक्षलाई दुखेन । आयल निगमको जग्गा प्रकरण संसद्मा तातो बहसको विषय बनेन, बुढी गण्डकी जलविद्युत परियोजना एउटा चिनियाँ कम्पनीले सुटुक्क हात पर्यो, प्रतिपक्ष मौन बस्यो । अर्बौंका लेनदेन भइरहँदा, त्यसको नियमन के कसरी भइरहेको छ, यस’bout यस्तो प्रतीत हुन्छ, प्रतिपक्ष बेखबर छ । वास्तवमा ऊ बेखबर छैन ’cause यावत् अनियमितता’bout खबर सार्वजनिक भइसकेको छ । यस्तोमा प्रतिपक्ष कसरी बेखबर रहन सक्छ ? वास्तवमा ऊ जानी जानी बेखबर भइदिएको हो । कि होइन ओली जी ? प्रतिपक्ष मात्र होइन, हरेक दलभित्र विवेकलाई बन्धक नराख्ने असहमत पक्ष हुनुपर्ने, त्यो पक्ष प्रतिवादमा प्रस्तुत हुनुपर्ने तर त्यस्तो पक्ष दुर्लभ हुन पुगेको छ । भागशान्ति नमिल्दासम्म उनीहरु विभिन्न पक्षमा विभाजित हुन्छन् । कोही संस्थापन र कोही असन्तुष्ट भएर प्रस्तुत हुन्छन् । भागशान्ति मिलेपछि सबै सन्तुष्ट हुन पुग्छन् ।
चिकित्सा क्षेत्रमा भइरहेको अनाचारविरुद्ध केसीको प्रतिवाद एक दुई दिनमै एउटा निष्कर्षमा पुग्ला । पुग्नु नै पर्छ । नपुग्दा ठूलो अनर्थ हुनेछ । तर जे जस्तो निष्कर्षमा पुगे पनि दलहरु नराम्ररी उदांगिन पुगेका छन् र यहाँ उदांगिनेहरुको पहिलो पंक्तिमा , हेर्नुहोस् त, स्थानीय तहको निर्वाचनमा पहिलो हुन पुगेको ओली नेतृत्वको एमाले नै हुन पुगेको छ ।