संघीय लोकतान्त्रिक गणतन्त्र र राजनीतिक संस्कार

तेस्रो विश्वका देशमा जतिसुकै राम्रो संविधान भएपनि लोकतन्त्र ठिक ढङ्गले चलेनन् । नेपालमा फेरि पनि २०५२ सालका राजनीतिक विकृति विसंगति दोहोरिएका छन् ।
मुलुकमा भारतको दवावको विपरित नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कार्य अप्ठेरा मोडहरु पार गर्दै अगाडि बढिरहेको छ । यसको लागि स्थानीय सरकारहरुको निर्वाचन तीन चरण गरी पूरा भैसकेको छ । प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी अन्तिम चरणमा पुगिरेहेको छ ।
राज्यका प्रमुख अंगहरु कार्यपालिका, विधायिका, न्यायपालिका र अन्य राजनीतिक संस्था बलियो नभएसम्म लोकतन्त्र संस्थागत हुदैन । मुुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र त्यसैले संस्थागत भैसकेको छैन । अहिलेको अवस्थालाई अझै पनि लोकतन्त्रतर्फको संक्रमणकाल भन्न सकिन्छ ।
तेस्रो विश्वका देशमा जतिसुकै राम्रो संविधान भएपनि लोकतन्त्र ठिक ढङ्गले चलेनन् । नेपालमा फेरि पनि २०५२ सालका राजनीतिक विकृति विसंगति दोहोरिएका छन् । पछिल्ला समयमा सवैभन्दा ठुला घोटाला र भ्रष्टाचार भएका छन् । राजनीतिक नेतृत्व एनसेल लाभ प्रकरण, आयल निगमको जग्गा प्रकरण, कर फच्र्यौट प्रकरण, न्यायालयको घुस प्रकरण आदि यसका केहि नाम मात्र हुन । तमाम घटनाले राजनीति अझ धेरै विकृत र विसंगत बन्दै गैरहेको छ । सदाचार, संगति र समाजको उन्नतीको लागि क्रान्तिकारी छवि बनाएका पात्रहरुको दुराचार, भ्रष्टाचार, असंगति र अराजकता छ ।
यसको कारक लोकतन्त्र सञ्चालनार्थ आवश्यक राजनीतिक संस्कारको अभाव हो । नेपाली छापामा मुलुकमा राजनीतिक संस्कारको अभाव भएको समाचार र सम्पादकीय टिप्पणी छापिन्छन् । राजनीतिशास्त्री र राजनीतिक टिप्पणीकारहरु लोकतान्त्रिक राजनीतिक संस्कार भएन पनि भन्छन् । तर, वास्तवमा लोकतान्त्रिक संस्कारले के बुझाउँछ भन्ने चाँहि अनुत्तरित छ ।
लोकतान्त्रिक संस्कार अमूर्त र सर्वाधिक विवादित बिषय हो, राजनीतिशास्त्रमा । तर, यो वास्तविक र आवश्यक बिषय पनि हो । यस बिषयमाथि बहस स्थापना गर्न जरुरी छ ।
राजनीतिक व्यवस्थाअनुसार राजनीतिक संस्कार पाइन्छ । मुलुकमा राजतन्त्ररहेसम्म सामन्तवादी व्यवस्था थियो । सामन्तवाद अर्थराजनीतिक व्यवस्था मात्र नभई मनोवैज्ञानिक÷सांस्कृतिक व्यवस्था पनि हो । त्यसका खास परम्परागत अर्थराजनीतिक र मनोवैज्ञानिक÷सांस्कृतिक बिशेषता हुन्छन् ।
त्यसको उल्टो लोकतान्त्रिक व्यवस्थामा खास अर्थराजनीतिक र मनोवैज्ञानिक÷सांस्कृतिक बिशेषता हुन्छन् । जसको कारण यी दुई व्यवस्था तुलनात्मक रुपमा फरक हुन्छन् ।
हार्डवर्ड विकास सम्मेलन २००० अनुसार आधुनिक राजनीतिक संस्कारले ६ पक्षहरुलाई बुझाउँछ । मनोवृति (एट्टिच्युड), मान्यता (नम्र्स) ÷मूल्य (भ्यालुज), लोकाचार (मोरेज), आस्था÷विश्वास (बिलिफ), अभिमुखिकरण (ओरियन्टेयसन) र प्रमेय (एजम्सन्स)को समष्टि आधुनिक राजनीतिक संस्कार हो । यी प्रत्येकको आधुनिक लोकतन्त्र र परम्परागत सामन्ती व्यवस्थामा फरकपन हुन्छ ।
शासन सत्तामा रहने राजनीतिकर्मीमा आधुनिक लोकतान्त्रिक राजनीतिक संस्कारको ज्ञान र व्यवहार हुनुपर्दछ । यसको अभावमा २०४७ को परिवर्तनभन्दा २०६२÷६३ को लोकतान्त्रिक गणतन्त्र वीचमा कुनै तात्विक भिन्नता नहुने देखिदै छ ।
पहिलो लोकतान्त्रिक संस्कार मनोवृति हो । मनोवृतिले सामाजिक संरचना निर्माण गर्दछ । सामाजिक÷राजनीतिक सदभाव, सहनशीलता, सहअश्तित्व, सहबरण लोकतान्त्रिक मनोवृतिहरु हुन् । त्यस्तै सांसारिकता÷पन्थनिरपेक्षता÷धर्मनिरपेक्षता आधुनिक लोकतान्त्रिक मनोवृति हुन् । यसले बहुलवाद र खुल्ला समाजको पक्षधरता लिन्छ ।
अर्कोतर्फ, अलोकतान्त्रिक मनोवृतिमा बहुलवाद, सहअस्तित्व र सहबरण हुँदैन । त्यसकारण लोकतन्त्र बलियो बनाउन मनोवृति लोकतान्त्रिक बन्नुपर्छ, राजनीतिकर्मीहरुको । २०४७ पछिको १२ बर्षको कुअभ्यास प्रजातन्त्रको नाममा अलोकतान्त्रिक मनोवृति हावी भएकाले हो । र, अहिले फेरि त्यहि कुअभ्यास दोहोरिरहेको छ ।
दोस्रो राजनीतिक संस्कार मुल्य÷मान्यता हो । मुल्य÷मान्यताले समाज र राजनीतिलाई बलियो बनाउँछ । यसले मनोवृतिलाई प्रभावित र विकसित गर्दछ । मूल्य÷मान्यता लोकतान्त्रिक र परम्परागत सामन्ती दुई प्रकारका हुन्छन् । आधुनिक मुल्य÷मान्यता सांसारिक÷पन्थनिरपेक्ष÷धर्मनिरपेक्ष (सेकुलर) हुन्छ ।
यो तर्कसंगत (लोजिकल), युक्तिसंगत (¥यासनल) र विवेकसंगत हुन्छ । विधिको शासन, पारदर्शीता र जवाफदेहिता, कानूनको सर्वोच्चता लोकतान्त्रिक मूल्य÷मान्यता हुन् । अर्कोतर्फ परम्परागत मान्यता आस्थामा आधारित हुन्छ । खास धर्म, जात, बर्ग र पन्थको पक्षीयता हुन्छ । ठुलोलाई सवैले मान्नुपर्ने, शक्तिमा हुनेले नियम कानुन नलाग्ने, कसैप्रति जवाफदेहि हुनु नपर्ने, पारदर्शीताको अभाव हुन्छ ।
तेस्रो, राजनीतिक संस्कार लोकाचार हो । आधुनिक लोकाचार राजनीतिकर्ताको व्यवहार नियमनकर्ता हो । यसले राजनीतिकर्मीले समाजमा देखाउनु पर्ने सामान्य व्यवहार र नैतिकतालाई बुझाउँछ । जस्तो २०४७ पछिको सबैभन्दा ठूलो राजनीतिक अलोकाचार गिरिजाप्रसाद कोइरालाले सर्वोच्च अदालतले महाकाली सम्झौतालाई सन्धि भनेर गरेको फैसलापछि राजीनामा नदिएको घटना हो ।
त्यस्तै २०५१ मा सरकारको नीति÷कार्यक्रम संसदमा असफल भएपछि राजीनामा गर्नुको साटो संसद विघटन गर्नु अर्को राजनीतिक अलोकाचार हो । त्यस्तै मनमोहन अधिकारी पनि चुके । अविश्वासको प्रस्ताव दर्ता भएपछि अल्पमतको सरकारको प्रधानमन्त्रीले राजीनामा गर्नुपर्नेमा शिक्षण अस्पतालबाट अरण्ड्यरोदन गरे ।
त्यस्तै हालसालै सर्वोच्च अदालतका प्रधानन्यायाधीशले न्यायालयमा भ्रष्टाचार छ भने सार्वजनिक रुपमा । न्यापालिकाको प्रमुखको त्यो भनाई राजनीतिक अलोकाचारको चरम नमुना हो । उनले क÷कसले, कति÷कति, कहिले÷कहिले र कहाँ भ्रष्टाचार गरे भनेर भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्न सक्नु पर्दथ्यो । होइन भने राजीनामा दिनुपर्दछ । तर, उनी पदाशीन छन् । उनी भ्रष्टहरुको नाइके होइनन् त ? उनकै भनाईमा ।
आधुनिक लोकतन्त्रमा लोकाचार महत्वपूर्ण हुन्छ । भारतका लालुप्रसाद यादवलाई खराब राजनीतिज्ञको रुपमा चित्रण गरिन्छ । तर, उनले राजनीतिक लोकाचार राखेर रेल दुर्घटना हुँदा राजीनामा दिए । माधबकुमार नेपालले संविधान सभा निर्वाचनमा पराजित भएपछि लोकाचार राख्न खोजेका थिए तर उनको लालचाले त्यसमा दृढ हुन दिएन् ।
चौथो, राजनीतिक संस्कार आस्था÷विश्वास हो । राजनीतिक आस्था÷विश्वास व्यक्तिको राजनीतिक व्यवस्थाप्रतिको विश्वास हो । यो सत्य÷असत्य, पुष्टी योग्य÷अयोग्य र अमुर्त हुन्छ । यसले व्यक्तिको राजनीतिक व्यवस्थाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दछ ।
यो लोकतान्त्रिक आस्था÷विश्वास बनाम परम्परागत सामन्ती आस्था÷विश्वास हुन्छ । जस्तो कमल थापाले चन्द सरकारको मन्त्रीहँुदा त्रिभुवन विमानस्थलबाट मन्त्रीको झण्डा हल्लाउदै गएर आफै मन्त्री भएको प्रधानमन्त्रीविरुद्ध संसदमा मतदान गरे । ’cause लोकतन्त्रमा उनको राजनीतिक आस्था÷विश्वास थिएन ।
लोकतन्त्रमा इमान्दारीतासाथ यस्तो आस्था व्यक्त गरिन्छ । राजनीतिक आस्था÷विश्वासले भारतीय नेताहरु जतिसुकै कमजोरी भएपनि भारतीय राजनीतिक व्यवस्थाको बचाव गर्छन । आफु संलग्न राजनीतिको बचाव गर्नु नै राजनीतिक आस्था हो । यस्तो आस्था भएमा मात्र लोकतान्त्रिक व्यवस्था राम्रोसंग चल्छ ।
पाँचौ, राजनीतिक संस्कार अभिमुखिकरण हो । अभिमुखिकरण दुई दृष्टिकोणमा दुई प्रकारका छन् । पहिलो आर्जित (अचिभ) र सुम्पित (एसक्रिप्सन) अभिमुखिकरण । दोस्रो सांसारिक–पन्थनिरपेक्ष–धर्मनिरपेक्ष–युक्तिसंगत–तर्कसंगत–विवेकसंगत बनाम प्रथागत–परम्परागत–आस्थामा आधारित अभिमुखिकरण ।
आर्जित अभिमुखिकरणमा मान्छेको शैक्षिक योग्यता, क्षमता, कार्य दक्षताको आधारमा समाजमा आफ्नो स्थान बनाउछ । अर्कोतर्फ सुम्पित अभिमुखिकरणमा आफ्नो मान्छेलाई पद दिइन्छ ।
डोरबहादुर बिष्टले आफ्नो पुस्तक ‘फ्याटालिज्म एण्ड डेभलपमेण्टः नेपलीज स्ट्रगल फर मोर्डनाइजेसन’मा यस’bout सुक्ष्म रुपमा औल्याएका छन् । चाकडी, आफ्नो मान्छे र भाग्यवाद नेपाली समाजको विकासको प्रमुख बाधक भनेका छन् ।
उनले उल्लेख गरेको सन्दर्भ सुम्पित अभिमुखिकरणको उत्पादन हो । राणाले कायम गरेको चाकडी पञ्चायतहुँदै विगत १५ बर्षसम्म कायम रहयो । त्यहि अभिमुखिकरण गणतन्त्रमा पनि कायम छ । यो सामन्ती संस्कारको अवशेस बदल्नु छ ।
‘हाम्रा मान्छे’ होइन ‘राम्रा मान्छे’लाई महत्वपूर्ण राजनीतिक पदमा नियुक्त गर्नु पर्दछ । आफ्ना मान्छेलाई होइन सक्षम व्यवस्थापकलाई सार्वजनिक संस्थानहरुको जिम्मेवारी दिनुपर्दछ । अर्को, राजनीतिकर्मीले युक्तिसंगत र तर्कसंगत राजनीतिक निर्णय गर्नुपर्दछ ।
छैठौ, राजनीतिक संस्कार प्रमेय हो । प्रमेय लोकतान्त्रिक व्यवस्थामा सांसारिक–पन्थनिरपेक्ष–धर्मनिरपेक्ष–युक्तिसंगत–तर्कसंगत–विवेकसंगत हुन्छ । सामन्तवादी व्यवस्था प्रथागत–परम्परागत–आस्थामा आधारित हुन्छ । त्यो उनको प्रमेय युक्तिसंगत–विवेकसंगत–तर्कसंगत थिएन । त्यो अहिले प्रमाणित भयो ।
यसरी उल्लेखित तत्वहरुले लोकतान्त्रिक बनाम परम्परागत राजनीतिक संस्कारको भेद गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न नयाँ राजनीतिक संस्कार आवश्यक हुन्छ । राजनीतिक संस्थाहरु ‘हार्डवेयर’ हुनभने राजनीतिक संस्कार त्यो ‘हार्डवेयर’ चलाउने ‘सफ्टवेयर’ हो । त्यसकारण ‘सफ्टवेयर’को गुणस्तरले ‘हार्डवेयर’को कार्य सम्पादन जाँचिन्छ । जतिसुकै राम्रो राज्य व्यवस्थाको संवैधानिक सुनिश्चिता भएपनि राजनीतिकर्मीमा राजनीतिक संस्कारको अभाव भएमा लोकतान्त्रिक व्यवस्था राम्रोसंग चल्दैन । २०४७ पछि मुलुकको दुरावस्था हुनुको कारण यसको अभाव हो ।
यदि यी ६ राजनीतिक संस्कार आत्मसात भएनन् भने लोकतन्त्र संस्थागत हुदैन । गणतन्त्र आएको करिब १० बर्षपछि पनि यो संस्कार बसाउँन कसैबाट प्रयत्न भएको छैन ।