फोहोरी गठबन्धन -श्रीकृष्ण अनिरुद्ध गौतम
एमाले जो आफैं सक्षम थियो, माओवादीजस्तो ओरालो लागेकोलाई बचाउन कम्युनिस्ट जार्गनमा फर्किएको छ । त्यस्तै कांग्रेस, बीपी र विरासत दुबै बिर्सेर म्याद गुज्रेका पञ्चहरुसँग फोहोरी गठबन्धन बनाउन अग्रसर हुन पुगेको छ ।
दशवर्षपूर्व नेपाली कांग्रेस परित्याग गरेर तत्कालीन मधेसी जनअधिकार फोरममा गएका विजयकुमार गच्छदार पुनः कांग्रेसमा फर्केका छन् । स्मरणीय छ, मधेसी जनअधिकार फोरममा उनी धेरै लामो टिकेका थिएनन् । त्यही नामको तर कोष्ठमा लोकतान्त्रिक राखेर अर्को पार्टी बनाए । कांग्रेसमा हुँदा सत्तामा बसे, नहुँदा पनि सत्तामै बसे । हुँदा हुँदा पछिल्लो समयमा पार्टीको नाम बदलेर लोकतान्त्रिक फोरम नेपालका रुपमा स्थिर भएका उनी अहिले पुनः कांग्रेसमा फर्केका छन् ।
यी हरफहरुका अक्षर गच्छदारको कांगे्रसमा पुनरागमनबाट प्रारम्भ गरिएका भए पनि यस आलेखमा म गच्छदार जानु र आउनुका घटनामा सीमित रहने छंैन ।
आजभन्दा ठीक दुई सातापूर्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी नै तर कोष्ठमा माओवादी केन्द्र राखिएको दल र त्यहीं तर माओवादीबाट फुटेर नयाँ शक्ति नेपाल नामक दल बनाउन पुगेका बाबुराम भट्टराईबीच आसन्न प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको चुनावमा तालमेलको सम्झौता भएको थियो । साथै, चुनावपछि तालमेललाई बृहत्तर कम्युनिस्ट एकतामा परिणत गर्ने वाचाबन्धनपत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
एमालेको चुनाव चिन्हमा उम्मेदवारी दिने मन बनाएका बाबुराम हस्ताक्षरको मसी सुक्न नपाउँदै एमाले र माओवादीबाट नराम्ररी जिल्लिन पुगे । पछिल्लो समाचारअनुसार उनी तालमेलबाट अलग भएका र कुनै अरु नै चुनाव चिन्ह लिएर उम्मेदवारी दिन गइरहेका छन् । तथापि, एमाले माओवादी संयुक्त चुनावी अभ्यासको तयारी भने कायमै छ । यी दुई पार्टी आफैं मिलेका होइनन्, यसमा चीनको सहजीकरण छ भनिँदैछ एकातिर भने अर्कातिर एमालेलाई ध्वस्त बनाउन भारतीय जासुसी एजेन्सीहरुले नै माओवादीलाई एमालेमा हुल्ने उद्योग गरेका हुन् भन्नेहरु पनि छन् ।
एमाले माओवादी मिलनमा, विशेष गरी बाबुरामको प्रवेशलाई जोडेर क्रिश्चियन मिसनरीहरुको भूमिका रहेको पनि अनुमान नगरिएको होइन । तर कम्युनिस्ट गठजोडबाट बाबुरामको बहिर्गमनका समाचार आएसँगै गठजोडमा क्रिश्चियन तत्वको भूमिका रहेको कोणबाट अनुमान गर्ने क्रम अलि मत्थर भएको छ । तथापि, एमाले माओवादी गडजोडको एउटा रसायनचाहिँ कथित धर्मनिरपेक्षताको बचाव नै हो भन्ने विषयमा किमार्थ शंका छैन ।
यसमा पक्कै दुईमत नहोला, नेपालमा धर्मनिरपेक्षता नेपाली मगजको उपज होइन, यथार्थमा पाश्चात्य दाताहरुले बोकाएकै एजेन्डा हो ।
त्यसैले गठजोडबाट बाबुराम अलग भए पनि एमाले र माओवादीमा, क्रिश्चियनहरुको प्रभाव र धर्मनिरपेक्षताप्रतिको लगाव सशक्त हुनु अस्वाभाविक होइन । ’cause, एमाले भनेको राजनीतिक संगठन मात्र होइन, एनजीओ सञ्जाल पनि हो र नेपालमा एनजीओ आन्तरिक चन्दा र दानबाट होइन, भनिरहनु नपर्ला, विशेष गरी चर्च संरक्षित अन्तरराष्ट्रिय दाताहरुको दया–दानमा चल्ने गरेका छन् । धेरैजसो सक्रिय एमाले कार्यकर्ताको रोजीरोटी र पार्टी फन्डिङमा ती एनजीओहरुको महत्वपूर्ण भूमिका रहने गरेको छ । जहाँसम्म माओवादीको विषय छ, यो त विद्रोहकालमा नेपालको धर्म संस्कृतिमाथि जाइ लागेकै हो र ध्वस्त बनाउन कृतसंकल्पित थियो नै ।
हुन पनि कम्युनिस्ट विचार नै धर्मविरोधी भएकाले यिनीहरु धार्मिक नैतिकतामा बाँधिएका हुँदैनन् । यिनीहरुले नास्तिकका रुपमा जीवन व्यतीत गर्नु त त्यसै पनि छँदैछ, बरु पाए धर्मको उपयोग गर्छन् । त्यसैले यदि कोही धर्मनिरपेक्षता प्रबर्धनका लागि लगानी गर्न आउँछ भने यिनीहरुको कुनै धर्मग्रन्थ नहुने भएकाले, यिनीहरुले त्यस्तो लगानी स्वीकार्न कुनै ग्रन्थ हेरिरहनु पर्दैन । यसैकारण होला, कम्युनिस्ट गठबन्धनमा चिनियाँ हात छ भन्नेहरुको भन्दा पनि यो गठबन्धन धर्मसंस्कृति मास्न बनेको भन्ने कथ्यको बढी बोलबाला छ ।
अनि यस कथ्यको प्रभाव यति ठूलो प¥योकि, बीपीपुत्रहरु र कांग्रेस सभापति शेरबहादुर देउवा, जो हाल प्रधानमन्त्री पनि छन्, ‘कांग्रेस बचाउन र धर्म जोगाउन’ पशुपतिशम्शेर जबरा र कमल थापाका शरणागत हुन पुगे । जबरा र थापा, जो आफैं जोगिन कहिले यो गुफा र कहिले त्यो गुफा गरिरहन्छन्, तिनलाई नै यदि धर्मसंस्कृतिका पहरेदार ठानिएको रहेछ भने नेपालको धर्मसंस्कृति साँच्चै निरीह बन्न पुगेको स्वीकार्नै पर्छ ।
कांग्रेसको यस दुर्बुद्धिले खिन्न एक शुभचिन्तक एकाबिहानै आफ्ना मनका कुरा बाटो हिँड्नेलाई समाउँदै भन्दै थिए, ‘बीपीपुत्र र देउवा कम्युनिस्ट गठबन्धनका कारण असन्तुलित हुन पुगेका हुन्, भयभीत छन्, त्रसित छन् भने पनि अरु त होलान् नि, कांग्रेसमा टक्करका नेता । कि सकिए, हँ ! नत्र के को बिजोग हो यो, पञ्चहरुसँग गठबन्धन ।’
यस बिजोगले के देखाउँछ भने अब कांग्रेस थाकेछ । यस्ता कृत्यलाई वास्तवमा कांग्रेस नेपालको शासनसत्ता सञ्चालन गर्दा, गर्दा थाकित भइसकेको र विधिवत रुपमै कम्युनिस्टहरुलाई शासनको बागडोर बुझाउने परियोजनाअन्तर्गत काम गरिरहेको रुपमा बुझे पनि हुन्छ ।
तथापि, चुनावका लागि गठबन्धन र एकीकरणजस्ता घटनाहरु, यदि त्यस्ता घटनाले अग्रगामी मार्ग प्रशस्त गर्छन् भने, सामान्य हुन् भन्नै नमिल्ने होइन । तर, यहाँ त्यस्तो हुन सकेन ’cause आगामी नेपाली राजनीति अग्रगामी नभएर पश्चगामी हुने देखिएको छ । फेरि ’cause एमाले जो आफैं सक्षम थियो, माओवादीजस्तो ओरालो लागेकोलाई बचाउन कम्युनिस्ट जार्गनमा फर्किएको छ । त्यस्तै, कांग्रेस बीपी र विरासत दुबै बिर्सेर म्याद गुज्रेका पञ्चहरुसँग फोहोरी गठबन्धन बनाउन अग्रसर हुन पुगेको छ ।