के कांग्रेस साँच्चै डुब्दैछ ?

* कांग्रेसले कसरी ठान्यो कि उसको डुंगालाई पञ्चहरुले पार लगाइ दिन्छन् ? यी पञ्च तिनै मण्डलेहरु हुन् जसका नाइकेले कांग्रेसका संंस्थापक नेता महामना  जननायक विश्वेश्वरप्रसाद कोइरालालाई वर्षौ जेलमा कोचेको थियो ।

* कांग्रेस विगतका निर्वाचनहरुमा जस्तै तर अरु सशक्त कार्यक्रम एवं नयाँ नेतृत्वलाई अघि सारेर प्रस्तुत हुन्थ्यो भने, उसको बहुमत न सही, सबैभन्दा ठूला पार्टी बन्ने सम्भावना प्रबल थियो । तर यसका नेतृत्वको दरबारिया र पञ्चहरुसँगको अंकमाल सुखको तृष्णाका कारण त्यो सम्भावना कम देखिँदैछ । 

 

कम्युनिस्ट गठबन्धनसँगै परिस्थिति फेरिएको छ । अशंका बढेका छन् । यस गठबन्धनले निम्त्याउन सक्ने अधिनायकवादको त्रास देखाउँदै अर्कोतर्फ नेपाली कांग्रेससको अगुवाइमा पञ्चहरुसँग गठबन्धन निर्माण गरिएको छ । यसले वास्तविक लोकतन्त्र पक्षधरहरु आहत र क्षुब्ध हुने वातावरण बनेको छ । वास्तवमा उग्रपन्थी कम्युनिस्टभन्दा कम घातक होइनन् पञ्चहरु तर दुर्भाग्यवश, कांग्रेस तिनैसँग अंकमाल गर्न पुगेको छ । एकातिर कथित सर्वहाराहरुका अधिनायकवादको सपना साकार पार्न कम्युनिस्ट गठबन्धन र अर्कातिर एकतन्त्री व्यवस्थाका पृष्ठपोषकहरुसँग कांग्रेसको मेलमिलाप, दुबै घटना लोकतन्त्रप्रेमीहरुका लागि सशंकित बनाउने खालका छन् ।

 

निश्चय नै विचार मिल्नेहरु एकै ठाउँमा आउनु, एकै कित्तामा उभिनु स्वागतयोग्य हो तर यहाँ प्रश्न सोध्दा पनि मन भक्कानिन्छ । कांग्रेस र पञ्चहरु कसरी एकै कित्ताका भए ? कांग्रेसले कसरी ठान्यो कि उसको डुंगालाई पञ्चहरुले पार लगाइ दिन्छन् ? यी पञ्च तिनै मण्डलेहरु हुन् जसका नाइकेले कांग्रेसका संंस्थापक नेता महामना जननायक विश्वेश्वरप्रसाद कोइरालालाई वर्षौ जेलमा कोचेको थियो । त्यतिले नपुगेर निर्वासित जीवन व्यतीत गर्न बाध्य पारेको थियो । त्यतिमात्र कहाँ हो र, बीपीलाई फाँसी दिनुपर्छ भनेर मुद्दा चलाउने यिनैमध्येकै थिए । तर दुर्भाग्यवश आज तिनै बीपीको फोटोका पुजारीहरु गणतन्त्र भइसकेको नेपालमा पञ्चहरुसँग अंकमाल गरेर आफ्नो उद्धार हुन्छ भन्ठान्दैछन् ।

 

आफ्नो पार्टीको विधान र निर्वाचन घोषणापत्रमा बारम्बार बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नाम दोहो¥याउने आजको कांग्रेस नेतृत्व कम्युनिस्ट एकतातर्फ इंगित गर्दै, आफ्ना अग्रजहरुले स्थापित गरेका जीवनमूल्यको अवमूल्यन गरिरहेको छ । लोकतन्त्रमा कसैलाई सर्वथा निषेध गर्नु हुँदैन भन्दैमा  वर्षौंवर्ष नेपालीहरुमाथि निरंकुश शासन थोपर्ने र आफ्ना अनुचित अभीष्टको पूर्तिका लागि नेपाली जन जनको उद्धारका लागि मरिमेट्ने उदात्त चेता नेताहरुलाई जेलमा कोच्नेहरुसित साँठगाँठ गर्न किमार्थ मिल्दैन । ’cause लोकतन्त्रमा कसैलाई निषेध गर्नु हुँदैन भन्नाको तात्पर्य एकतन्त्री शासकका पृष्ठपोषक पञ्चहरुलाई आफ्ना निष्ठावान सदस्यहरुको भाग खोसेर पोस्नु बिल्कुलै होइन ।

 

निश्चय नै कांग्रेस नेताहरुलाई दुई कम्युनिस्ट र केही छुटपुटहरु एकहुँदा अंकका हिसाबले देशको जनमत ’emले एको¥याउँछन् भन्ने लागेको होला । उनीहरुलाई त्यस्तो लाग्नु अस्वाभाविक होइन ’cause अचेल उनीहरुको धेरैजसो उठबस बुद्धि र विवेकका वैरीहरुसँग हुने गर्छ । बुद्धिविवेकका वैरीले दिने परामर्श यस्तै घातक प्रकृतिका हुन्छन् । यसबाट के देखिन्छ भने कांग्रेसका अहिलेका निर्णयकर्ताहरुले उनीहरुले अवलम्बन गरेको निर्वाचन प्रणालीका प्रवृत्ति आफैंले समेत बुझेका छैनन् । यस्त खाले प्रणाली अन्तर्गत हुने निर्वाचनमा अंकसँगै विभिन्न कोणहरु हुन्छन् । पहिलो हुने प्रथामा प्रतिस्पर्धा बहुकोणीय हुन्छ र जुन कोण फराकिलो हुन्छ त्यसैले जित्छ ।

 

फेरि जहाँसम्म केन्द्रीय स्तरमा कम्युनिस्टहरु मुडकी बटारेर एक भएका देखिएका छन्, मतप्राप्ति त्यो मुडकीमा अनुवाद हुँदैन । ’cause, पछिल्लो निर्वाचनमा एमालेले पाएको समष्टि मतको एउटा ठूलो अंश विशेषतः मधेस आन्दोलन र भारतीय नाकाबन्दी पीडित राष्ट्रप्रेमी लोकतन्त्र पक्षधरहरुको मत थियो । तिनको अभिमत कम्युनिस्ट मत होइन र थिएन, त्यो मूलतः कांग्रेसकै मत थियो जो तात्कालिक अवस्थामा एमालेले लिएको राष्ट्रवादी अडानका कारण उसकातर्फ ढल्किएको थियो । अब, एमालेले कम्युनिस्टी हुँकार दिएकाले त्यो मत अब उसकातर्फ त जाँदैन नै, माओवादीले त पाउने कुरै भएन, बरु कांग्रसतर्फै फर्किने थियो । तर, कांग्रेस नेताहरुले मण्डलेहरुसँग साँठगाँठ गर्ने निर्णय गरेकाले त्यो मत कि त मौन बस्छ, यदि बसेन भने अरु कतै पोखिन सक्छ ।

 

माथि पनि भनियो पहिलो हुने प्रथा अन्तर्गतको चुनावको हिसाब अंकहरु जोड घटाउ गर्दैमा मिल्दैन । यदि पछिल्ला एक दशकमा भएका तीन चुनावहरुको प्रवृत्ति हेर्ने हो भने नेपाली मत प्रवृत्तिमा आइरहेको बदलावलाई सजिलै पहिल्याउन सकिन्छ । पहिलो संविधानसभामा माओवादीले कांग्रेसलाई उछिन्नाको कारण जनताले माओवादी मन पराएर, कम्युनिस्ट रुचाएर नभएर माओवादीलाई शान्ति प्रक्रियामा बाँध्न प्रेरित थियो । यसका साथै दूरदराज र ग्रामीण क्षेत्रमा माओवादीको त्रासले पनि उसलाई भोट परेको थियो । यदि त्यो उसले पाएको प्रतिबद्ध मत हुन्थ्यो भने दोस्रो संविधानसभाको निर्वाचनमा कीर्तिपुरमा प्रचण्ड आफैं पराजित हुने थिएनन् । स्थानीय तहमा एमालेले पाएको अग्रस्थान ’bout माथि नै भनियो, उसले पाएको अधिकांश मत मधेस आन्दोलन र भारतीय नाकाबन्दीको देन हो ।

 

अर्थात् कांग्रेस विगतका निर्वाचनहरुमा जस्तै तर अरु सशक्त कार्यक्रम एवं नयाँ नेतृत्वलाई अघि सारेर प्रस्तुत हुन्थ्यो भने, उसको बहुमत न सही, सबैभन्दा ठूला पार्टी बन्ने सम्भावना प्रबल थियो । तर यसका नेतृत्वको दरबारिया र पञ्चहरुसँगको अंकमाल सुखको तृष्णाका कारण त्यो सम्भावना टरेको देखिँदैछ ।

 

अब प्रश्न उठ्छ, सात दशकसम्म अनेक झन्झावत पार गर्दै आएको कांग्रेस कतै पञ्चहरुप्रतिको मोहका कारण नेपाली राजनीति र समाजको परिदृश्यबाट पाखा पर्ने त होइन ? कांग्रेस इतिहासमै कतै डुब्ने त होइन  र भावी पुस्ताले यसलाई साक्षात् नदेखेर इतिहासका पुस्तकमा खोज्नुपर्ने त होइन ? यी प्रश्नहरुको उत्तर आगामी निर्वाचनकै जिम्मा छोड्दै यो आलेख म यहीं टुंग्याउँछु, आगे नयाँ सन्दर्भसहित आगामी साता पुनः प्रस्तुत हुनेछु ।