गोबिन्दराज र दिपक मनांगेको पक्षमा !
शान्त स्वभावका डा न्यौपानेका यी रौद्र अभिब्यक्ति सुनेपछि हाँसो उठ्यो र दया पनि लाग्यो । मानिसले हरेक घटनालाई यसरी पनि हेर्दा रहेछन् । चिया पिउदै फेरि सोधें, हैन न्यौपानेजी तपाई कांग्रेस वा एमाले कुनै पार्टीको पनि सदस्य होइन तर किन कांग्रेसका जोशी र एमालेका दिपक मनांगेको पक्षमा यस्तरी खुलेआम समर्थन, प्रचार र संगठन गरिरहनु भैरहेछ ?
डा. धनपति न्यौपाने रिसले आगो भएका रहेछन् । राज्यशक्ति नै लागेर आफ्नो बेइज्जत गर्दा पनि मप्रति जनसमर्थन कति रहेछ, थाहा पाउछु भनेर उनको पार्टी कांग्रेसले टिकट नदिए पनि निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका तनहुँका गोविन्दराज जोशीको उम्मेदवारीलाई पनि निर्वाचन आयोगले खारेज गरेकोमा ठूलो असहमति जनाए । सानो काँटीका उनी झन् कड्केर पो बोले, के गोविन्दराजले चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का जसरी अदालतबाट दण्डित भएको ब्यक्ति हो ? होइन भने यो के गाइजात्रा हो ?
कांग्रेसको उपसभापति भएका, सधै सत्तारोहणमा एडिक्ट भएका रामचन्द्र पौडेलविरुद्ध उम्मेदवार भएको भन्दैमा राज्य संयन्त्र नै नांगो भएर घोर तानाशाही बनेर एउटा ब्यक्तिमाथि जाइलाग्दा पनि पत्रकार भएर धुलो उडाउने गरी भण्डाफोर गर्नु पर्दैन ? निरंकुश र षडयन्त्रकारी कित्तामा खैलाबैला मच्चाउनु पर्दैन ? कति सत्ताको हण्डी मात्रै खान्छौ ? हे पत्रकारहरु हो ? आफ्नो बुद्धिको पनि उपयोग गर न ! यो देश तिमीहरुको पनि हो । तिमीहरु पनि यहीका मतदाताहरु हौ भन्ने नबिर्स !
उनको कुरा सुनेर छक्कै परियो । रमरम रिस पनि उठ्यो तर पनि सहिष्णु बनेर सोधें, किन के भयो र डाक्टर साब ? गोबिन्दराज जोशी जस्ता अदालतले दण्डसजाय गरेका ब्यक्तिलाई निर्वाचन आयोगले उठ्न नदिएर ठीकै ग¥यो नि होइन र ? जोशी लामो समय कांग्रेस सत्तामा रहेका बेलाका शक्तिशाली मन्त्रालयहरु लिएर गिरिजाप्रसादका विश्वास पात्र बन्दै कर्कलोबारी फाँडे जसरी नेपाली राजनीति फाँड्ने ब्यक्तित्व हुन् । उनले अकुत कमाएका होइनन् र ?
त्यतीबेला ‘एकेजीबी’ अर्थात अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोबिन्दराज जोशी र बिजय गच्छदार ग्यांग गिरिजाप्रसादको शक्तिशाली पोलिटब्युरो मानिन्थ्यो । यही ग्याँगले नेपाली काँग्रेसबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई नारायणहरि बनाइ दिएको थियो ।
रिसले ज्वालामुखी बनेका उनी उपरोक्त तथ्य सुनेर पनि पड्किन थालिहाले, गोबिन्दराजलाई स्वतन्त्र उम्मेदवार सम्म बन्न नदिएर रामचन्द्र पौडेलले छुस्क्याइ गरेर के ठीक गरे ? के उनी अदालत हुन् ? निर्वाचन आयोगले उनको अह्रौट मानेर के ठीक ग¥यो ? म त भन्छु, घोर अन्याय र अत्याचार गरे । तर तिमी पत्रकारहरु सरासर यस्तो अन्यायको विरुद्ध पनि ज्वालामुखी बनेर पड्केनौ । अनि यो देशमा शेरबहादुर देउवाजस्ता कुनै योग्यता नै नभएका प्रधानमन्त्रीको मनोवल किन नबढोस् ?
न्यौपानेको कुरा पटक्कै चित्त बुझेको थिएन तर संगसंगै निर्वाचन आयोगको फैसलाबाट ‘टस्सल’ दिनसक्ने जवर्जस्त उम्मेदवारसंग मुकाविला गर्नु नै नपर्ने गरी रामचन्द्र पौडेलले जसरी अनुचित फाइदा पाउने भए त्यो न्यौपानेलाई भन्दा पनि आफूलाई एकरत्ती चित्त बुझेको थिएन । वास्तवमा एउटा चुनौति दिन सक्ने सशक्त उम्मेदवारलाई उठ्नै नदिएपछि रामचन्द्र जनतामा कति भिजेका उम्मेदवार हुन् भन्ने थाहै नपाई चुनाव सकिने भयो र गोविन्दराज (सक्षम थिए भने पनि ) उठ्नै नसकिने गरी थचारिए ।
को ठिक को बेठिक ? निर्णय जनताले पो गर्न पाउनु पर्छ । निर्वाचन नै त्यो अवसर हो । तर यहीं भाँजो हालियो । उनी भन्दै गए, लोकतन्त्रको यो भन्दा खिल्ली अरु उडाउनै पर्दैन ’cause पत्रकार आफूलाई सबैकुरा थाहा छ भन्ने घमण्ड गर्छन् । के उनीहरुलाई थाहा छैन, आमनिर्वाचन भनेको लोकतन्त्रको पर्व हो । चाडपर्व मनाउन नै सर्वसाधारणलाई नदिने तानाशाही हुन्छन् । रामचन्द्र पौडेल गोविन्दराजविरुद्ध उजुर हालेर ‘हरुवा गोरुको छेरुवा दाउ’ प्रदर्शन गरिसकेका छन् । तर खै पत्रकारले सामाजिक संजाल र पत्रिकामा लेख्न, रेडियोमा बोल्न र टिभीमा देखाउन सकेका ?
न्यौपानेको गुनासो नाजायज भने होइन । उनले भने, गोविन्दराजले कानून विपरितको काम गरेको भनेर मुद्धा चलाउने मात्र होइन, ऐन कानूनको पालना गरेर दण्डित नै गर्न पाइन्छ । तर कानून बमोजिम । जोशीलाई सात खत माफी हुने यो राणाकाल पनि होइन । उनले यो माग पनि गरेका होइनन् बरु जनअदालत रुपी निर्वाचनमा जान्छु भनेका हुन् ।
तर अदालतले सजाय नगरिकन कसैलाई अपराधी भन्न विश्वभर पाइन्न, पाइन्छ ? जोशी कानून नमानेर होइन, कानूनको अक्षरस पालना गरेर बसेका छन् । कानून अनुसार नै तल्लो अदालतले गरेको फैसलामाथि चित्त नबुझेर माथिल्लो अदालत गैरहेका छन् । माथिल्लो अदालतले फैसला गरेको छैन । अदालतले विषयलाई नटुंग्याइकन निर्वाचनमा उम्मेदवार हुने जस्तो ब्यक्तिको अधिकारलाई कुण्ठित नै गरिदिने ?
उनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । उनी अपराधी होइनन्, अभियुक्त हुन् । त्यसैले उनी पक्राउ पनि परेका छैनन् तैपनि उनको उम्मेदवारीलाई किन रद्ध गरियो ? निर्वाचन आयोगले जे पायो त्यही गर्न पाउछ ? आयोगले कारवाही गर्ने हो भने, अकुत पैसा खर्च गर्नेलाई कारवाही गरोस् न । सरकारी सम्पत्ति हारलधुरल गरेर निर्वाचन प्रचारमा गैरहेका प्रधानमन्त्री मन्त्रीहरुमाथि कारवाही होस् । कर्मचारी भएर राजनीतिक दलको टट्टु बनेकाहरुमाथि अंकुश लगाओस् । भारतीय गाडी खुलेआम प्रयोग गर्नेलाई पाता फर्काओस् । तर यस्तालाई निर्वाचन आयोगले कारवाही नै गर्दैन ।
यसवारे आवाज उठाउने राज्यको चौथो अंग भनाउदा पत्रकार खै ? कहाँ गए ती ? दलीय भागबण्डामै यी पनि विभाजीत छन् होइन ? के यो देशमा कानून र संविधान छैन ? छ भन्ने हो भने सरासर यो के को ताण्डव नृत्य ? देशलाई किन नौटंकी बनाइएको हो ?
न्यौपानेलाई अर्को मन नपरेको कुरा रहेछ, दिपक मनांगे अर्थात राजीव गुरुगलाई अपराधी भनेर पुलिसले पक्राउ गर्ने वित्तिकै सिलोटमा चकले लेखेर फोटो खिचाउदै ठूलो काम गरें भनेर प्रचार गरेकै तस्वीर मिडियाले देखाएर उनलाई अपराधी दोषरोपण गर्दै बदनाम गराएकोमा । उनले भने, म यस्तो गुण्डाराजको सख्त बिराधी हुँ ।
नागरिकको प्राकृतिक अधिकारको यसरी खुलेआम मजाक उडाउन एक पाइदैन, दुई पाइदैन र तीन पाइदैन । यदि यो देशमा लोकतन्त्र छ भने, म दावाको साथ भन्छु, नागरिकको यसरी अवहेलना हुँदैनथ्यो !
शान्त स्वभावका डा न्यौपानेका यी रौद्र अभिब्यक्ति सुनेपछि हाँसो उठ्यो र दया पनि लाग्यो । मानिसले हरेक घटनालाई यसरी पनि हेर्दा रहेछन् । चिया पिउदै फेरि सोधें, हैन न्यौपानेजी तपाई कांग्रेस वा एमाले कुनै पार्टीको पनि सदस्य होइन तर किन कांग्रेसका जोशी र एमालेका दिपक मनांगेको पक्षमा यस्तरी खुलेआम समर्थन प्रचार संगठन गरिरहनु भैरहेछ ? दुबैसंग न तपाईको नाता, नत चिनजान ! फेरि पनि किन यस्तो अलौकिक लगाव ?
उनी कुर्लिन थालिहाले भने, हो मेरो उनीहरुसंग न नाता नत राजनीतिक संलग्नता नै छ तर यसो भन्दैमा के मेरो हृदयमा दैव छैन ? सबैले एउटा निरपराध ब्यक्तिलाई (अदालतले दोषि प्रमाणीत नगरुन्जेल) लखेटी राखेको समयमा म पनि त्यही स्याल हुइयामा कुदौं पत्रकारजी ? के मेरो विवेक छैन ? मैले दुइ अक्षर पढेको छैन ? न्याय अन्याय के हो म छुट्याउने सामथ्र्यै राख्दिन र ? यही समाजको नागरिक भएकोले अति भएपछि मात्र बोलेको हुँ ।
कोही बोल्दैनन् भन्दैमा म पनि नबोलौं ? मेरो आत्माले मलाई यतिखेर शान्त बस्न दिएन । निर्वाचन जस्तो लोकतन्त्रको पर्वमा मैले पनि नबोले अरु कस्ले बोल्ने ? म मेरो जापानको पीएचडीलाई तिलान्जली दिएर देखे, जाने र बुझेको बोल्दैछु । ‘एकेडेमिसियनको भ्यालु’ नभएको ठाउमा देखेको कुरा बोल्नुपर्छ । मान, मनितो, बिधि, ब्यवहार हेरेर बस्यो भने जिन्दगी त्यत्तिकै सकिने रहेछ !
फेरि बम्किदै जुरुक्क उठेर न्यौपाने बोल्न थाले, गोविन्दराज जोशीले प्रचण्डसंग सत्रपल्ट प्रधानमन्त्रीको चुनावमा हार्ने रामचन्द्र पौडेललाई हराइदिन्छ भनेर चुनावी प्रतिस्पर्धामा पनि उसमाथि मनगढन्ते जाली बिंगो लगाएर लड्न समेत नदिने ? डरछेरुवाहरु । आमाको दुध खाएका भए, पौडेलले जोशीसंग लडेर जनसमर्थन भएको देखाउनेथे ! नसकेर नै रकमी तिकडम बाजीमा लागेका हुन् भन्ने मलाई पूर्ण विश्वास छ । तनहुँका मानिस भन्छन्, गोबिन्दसंग चुनाव लडे भने रामचन्द्र हार्थे हार्थे । अब गोबिन्दमा तागत छ र जनताको समर्थन छ भने उसले किर्ते उजुरी हाल्ने रामचन्द्रलाई नराम्ररी हराएर थचारिदिनु पर्छ ताकि भविष्यमा देशभर कहिँकतै यस्तो छुस्क्याई गर्नेहरुलाई यो घटना नै शिक्षास्पद उदाहरण होस् !
त्यस्तै मलाई बिद्रोही बनाउने अर्को कुरा पनि सुन्नुस् पत्रकारजी । उनले भने– दिपक मनांगेलाई पुलिसको त्यही सिलोटमा नाम, मुद्धा र मिति चकले लेखेर खिचाएको तस्वीरलाई नै आधार मानेर उनीहरुको बेइज्जती गरेको भन्ने मलाई लागेको छ । हेर्नोस्, पोखरातिर न महाभियोग लाग्ने न्यायाधीश, नत मुद्धा बोकेका आइजीपी, न जस्को पायो खाइदिने वकील र प्रहरी जस्तो हो दिपक मनांगे । उ त यो भेगकै ‘मोर ट्रस्टेड’ युवा हो ।
उ जथाभावी बोलेर हिंडेको देख्नु भएको छ ? दाइ मलाई यस्तो समस्या प¥यो भन्नोस्, दिपक दाइले समस्या समाधान गराइ दिन्छ । जनतालाई मद्धत गरेकोले नै यो क्षेत्रका पर्यटन ब्यवशायी शासकीय गुण्डराजबाट बचेका हुन् । दिपक दाइले पुलिसले जसरी गोली हान्नै पर्दैन, बोली हाने पुग्छ । हामी पोखरा र आसपासवासी उबाट सन्तुष्ट छौं । हाम्रो मुक्तिनाथ नै उही हो, ’cause जस्ता समस्याबाट पनि उस्ले मुक्ति दिलाई दिन्छ !
दिपक मनांगे जस्ता एक दर्जन सांसद चार नम्बर प्रदेशमा हुने हुन् भने यो क्षेत्र स्वर्ग बन्छ । प्रकृतिले स्वर्ग बनाएकी छँदैछिन्, शान्ति सुरक्षा पनि कायम हुनेछ । जसका लागि दिपक दाइ जस्ता भए डिआइजी, आइजी कोही चाहिन्न । तपाईले रेडियोमा सुन्नु भएको होला पत्रकारजी, रवि लामिछाने कराइरहन्छन् नि । तर दिपक दाइलाई एक फोन गर्नोस्, सबै काम हुन्छ । रवि भन्छन्, दुर्गममा विरामी परे, पैसा छैन । तर दिपकलाई भन्नोस्, पैसाको कुरा पछि हुन्छ तर विरामी लिन उत्निखेरै हेलिकोप्टर उडिहाल्छ ! यस्तो गर्न प्रधानमन्त्री देउवाले सक्छन् ? जाबो राजधानीका खाल्डा पुर्न त सकेनन् तर दिपकले भनेपछि हेलिकोप्टर स्टार्ट भैहाल्छ । त्यसैले मलाई लाग्छ, एकपल्ट दिपक दाइले मनांगबाट चुनाव जित्यो भने नमरुन्जेल जित्यो जित्यो ।