कर्णालीका बासिन्दा

सुन्दरताको भण्डार सहारा
के खानाया यसै रारामा राराकी अप्सरा ।

(म.बि.बि शाह २०२०/१२/१० )

 

तालहरुकै रानी रारा ताल रहेको मुगु जिल्ला क्षेत्र हो कर्णाली । नेपालको मध्यपश्चिम क्षेत्रमा रहेको कर्णाली अन्चल (हाल प्रदेश नम्बर ६) प्राकृतिक सुन्दरता, जडिबुटीको खानि, संस्कृति, तथा बिभिन्न कुरामा धनि छ ।सुन्दा नै लाग्न सक्छ कर्णाली दुर्गम, सामाजिक समस्याहरु भएको क्षेत्र । तर जस्तो सोचेको, पढेको जस्तो चाहि छैन कर्णाली । धेरै कुरामा सम्भाबना बोकेको छेत्र हो कर्णाली । सरकारीस्तरबाट पनि बिभिन्न कुरामा पछि परेको कर्णाली जिल्लामा विभिन्न सामाजिक समस्याहरु देखिदै आइरहेपानी बिस्तारै आफ्नो पहिचान बनाउदै आइरहेको छ । सुर्खेत जुम्ला बाटो खोल्नु नै कर्णालीको लागि एकदमै महोत्वपूर्ण भएको छ ।

 

कर्णालीमा फलेको स्याउ, ओखर, सिमि, कोदो, फापर, मार्सी चामल, जडिबुटी इत्यादी त्येहा देखि निर्यात हुन लागेको छ जसले गर्दा आर्थिकस्तर बढ्नुका साथ साथै दैनिक उपभोग्यका समानहरु सजिलैसँग पुग्न थालेको छ । परिबर्तन आफैमा सिमित समयमा हुदैन त्येस्का लागि केहि समय त अबस्यलाग्न सक्छ तर पनि सरकारीस्तरबाट बिभिन्न कार्येक्रम, परियोजना, रोजगारको सिर्जना र स्वयं व्यक्तिविकास मुलक कार्येक्रम ल्याउन सके त्येहाको बासिन्दाको दैनिकीमा धेरै नै प्रभाब पर्ने छ ।

 

अहिले त्येहाका बालबालिका उचित  शिक्षा बाट बन्चित छन्, युवा हरु बिदेशिन बाध्य छन्, मानिसहरु दैनिकी गुजारा चलाउन बाध्य छन्, त्येहा उत्पादन भएका खाध्य, फलफुल हरु त्येतिकै खेर गैरहेका छन् । यो समस्या समाधान भए कर्णाली अन्चल सबैभन्दा समृद्ध, सम्पन्न हुन कुनै दुईमत हुदैन ।
हेरौ कर्णाली अन्चलको तस्बिरमार्फत मानिसहरुको दैनिकी जनजीबन ।

 

शब्द / तस्विर: रमेश हमाल