ऐतिहासिक निर्वाचन

 

१०२ वर्षीय सापकोटाले मतदान
कास्कीको मादी गाउँपालिका–८ स्थित धु्रव मावि मतदान केन्द्रवाट १०२ वर्षीय वामदेव सापकोटाले मतदान गर्दै ।

 

पाँगामा मतदानको लागि लामबद्ध
प्रतिनिधि सभा र प्रदेश सभाको द्रोस्रो चरणको निर्वाचनमा बिहीबार कीर्तिपुरको पाँगामा मतदानको लागि लामबद्ध स्थानीयवासी ।

 

कीर्तिपुरमा पालो कुर्दै मतदाता
प्रतिनिधि सभा र प्रदेश सभाको द्रोस्रो चरणको निर्वाचनमा बिहीबार कीर्तिपुरको नगाउँमा मतदानको लागि पालो कुर्दै मतदाता ।

 

नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र–३ का प्रतिनीधिसभाका उम्मेदवार तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार मतदान गर्दै ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं कास्की क्षेत्र–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापा पोखरा लेखनाथ महानगरपालिका–२६ भवानी कालिका मावि मतदान केन्द्रमा बिहीबार मतदान गर्दै ।

 

इलामको सूर्याेदय गरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्दै पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र–१ का उम्मेदवार झलनाथ खनाल ।

 

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ कटानस्थित महेन्द्रनगर उच्च मावि मतदान केन्द्रमा मतदान गर्न लाइन बसेका मतदाता ।

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र–६ का उम्मेदवार डा. शेखर कोइराला विराटनगरको आदर्श उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै ।

 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन बिहीबार सुनसान देखिएको काठमाडौँ बल्खुस्थित चक्रपथ ।

 

भक्तपुर क्षेत्र–२ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुंगाना मध्यपुरथिमि १ लोहकिल्थलीस्थित स्वास्थ्य चौकी मतदान स्थलको अवलोकन गर्दै ।

 

भक्तपुर क्षेत्र–२ को गुण्डुस्थित वडा कार्यालय भवन मतदान स्थलमा मतदान गर्दै वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता महेश बस्नेत ।

 

भक्तपुर क्षेत्र–१ दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन मतदान स्थलको क केन्द्रमा मतदान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ।

 

मोरङ क्षेत्र–६ का वाम गठवन्धनका उम्मेदवार लालवावु पण्डितले बिहीबारको निर्वाचनमा विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्दै ।

 

पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र–१ का उम्मेदवार एमाले नेता सुरेन्द्र पाण्डे भण्डारा हेल्थपोष्ट मतदान केन्द्रमा मतपत्र खसाल्दै ।

 

मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले हेटौंडा ५ बैशगोपाल मावि मतदान केन्द्रबाट भोट खसाल्दै ।

 

वीरगन्ज महानगरपालिकाको–१२ मुर्लीबगैचास्थित मतदान केन्द्रमा बिहिबार मतदान गर्न लाम लागेका मतदाता परिचयपत्र देखाउदै ।

 

राष्ट्रकवि घिमिरे मतदान
राष्ट्रकवि माधवप्रसाद घिमिरे दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौँको लैनचौरस्थित मतदान केन्द्रमा मतदान गर्दै ।

 

राष्ट्रकवि घिमिरे मतदान
राष्ट्रकवि माधवप्रसाद घिमिरे दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौँको लैनचौरस्थित मतदान केन्द्रमा मतदान गर्ने जाँदै ।

 

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बिहीबार पर्यवेक्षण गर्दै मानवअधिकारवादीहरु ।

 

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडाँैस्थित सानो गौचरन मतदान केन्द्रमा ह्विलचियरमा पुगेर मतदान गर्दै मतदाता ।

 

इलामको बालमन्दिर मतदान केन्द्र (ख)बाट बिहीबारको निर्वाचनमा मतदान गर्दै क्षेत्र–२ का उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङ ।

 

कञ्चनपुर क्षेत्र–१ मा वाम गठबन्धनबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार तथा स्वर्गीय प्रकाश दाहालकी श्रीमती बिना मगर पुर्नवास नगरपालिका–३ गोरख आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै ।

 

विना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले बिहीबारको निर्वाचनमा बर्दिवास नगरपालिकास्थित दुधेश्वर प्रावि मतदान केन्द्र क बाट मतदान गर्दै ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बीरबहादुर बलायर डोटीको शिखर नगरपालिका–८ तिलतालीको राधाकृष्ण उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै

 

झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङदेन गोलधाप मतदान केन्द्रबाट मतदान गर्दै ।

 

 

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा काठमाडौँ नेपाल युवक मावि पकनाजोल मतदान केन्द्रमा समाचार तथा तस्बिर संकलन गर्दै पत्रकार तथा फोटोपत्रकार

 

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंंह ।

 

 

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गर्दै ।

 

बिहीबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको द्रोस्रो चरणको निर्वाचनमा एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र–४ पशुपति बहुमूखी क्याम्पस चावहिल केन्द्रबाट मतदान गर्दै

 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री एवं तेह्रथुमबाट नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीता गुरुङले मतदान गर्दै ।

 

काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गर्दै ।

 

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको बिहीबारको निर्वाचनमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले रुपन्देही क्षेत्र–१ को तिलोत्तमा नगरपालिकास्थित ज्योति निमावि मतदान केन्द्रमा मतदान गर्दै ।

 

प्रतिनिधिसभा र प्रदेश सभाका लागि दोस्रो चरणको बिहीबारको निर्वाचनमा नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र–२ बुटवल उपमहानगरपालिका–८स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गर्दै ।

 

पूर्वमन्त्री ह्दयेश त्रिपाठी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र–१स्थित जनजागृती मावि गुठीप्रसौनी मतदान केन्द्रबाट मतदान गर्दै ।

 

आमचोक केन्द्रमा वृद्धाले मतदान
इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी मावि आमचोक मतदान केन्द्रमा मतदान गर्दै ८५ वर्षीया वृद्धा ।

 

अध्यक्ष दाहाल सञ्चारकर्मीसँग
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय शान्तिपुरमा बिहीबार मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ।

 

पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधीसभाका उम्मेदवार रमेश लेखक कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्दै ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर–२ का प्रतिनिधीसभाका उम्मेदवार नारायणप्रकाश साउँद कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै ।

 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै ।

 

चितवनको रत्ननगरस्थित बैरिया मावि मतदान केन्द्रमा बिहीबार भएका मतदानमा भोट हाल्न लामबद्ध मतदाता ।

 

तनहुँ क्षेत्र–१ का प्रतिनिधीसभाका वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले व्यासनगरपालिका–४ स्थित मदर्सा मावि मतदान केन्द्र क बाट मतदान गर्दै । निर्वाचनमा श्रेष्ठ र पौडेलबीच प्रतिस्पर्धा छ ।

 

नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै ।

 

प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गन्यापधुरा गाँउपालिकाे १ अशिग्रामा     मा वि रुवाखोलामा मतदान गर्दै ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गन्यापधुरा गाँउपालिकाे १ अशिग्रामा     मा वि रुवाखोलामा मतदान गर्दै ।

 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी ओली मतदान गर्नुहुँदै ।

 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी ओली मतदान पश्चात पत्रकारहरुसँग कुरा गर्नुहुँदै ।

 

क्रियापुत्र मतदान
डडेल्धुराको उग्रतारा मावि पोखरामा रहेको मतदान केन्द्रमा मतदान गर्दै क्रियापुत्री जोग पार्की ।

 

किरियापुत्रीबाट मतदान
तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मावि हरिपौरी मतदान केन्द्रबाट मतदान गरी घर फर्कँदै किरियापुत्रीहरु ।

तस्वीर: सदृश्य र रासस