लाहुरे, कुलीन र जेन्युइन कांग्रेसको अन्तर्द्वन्द !

यो जगतमा तीनथरि कांग्रेसी रहेछन्– लाहुरे, कुलीन र जेन्युइन ! यी कांग्रेसी स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा कांग्रेसको लज्जास्पद हारलाई कसरी हेर्छन् ? के भन्छन् ?

लाहुरे अर्थात चैते कांग्रेसका लागि यो हार ओल्लो घरको नरे पल्ला घर सरे जस्तो मात्रै हो । यो वर्गका कांग्रेसीहरु जसको हातमा मनी, मस्सल र माफिया थियो, छ र रहनेछ । उ जताको शक्ति त्यतैको भक्ति गाउन पुगिहाल्छ !

कुलीन अर्थात बंशजका नाताले माछा भेट्दा दुलामा हात पारेर फाइदाका लागि कांग्रेस बनेका कुलीन युवराज-युवराज्ञी, राजकुमार-राजकुमारीका लागि कांग्रेस भनेको लालपूर्जा हो । पुस्तैनी अंशको त्यस्तो रैकर भूमि हो, जसको मूल्य उसका लागि रोपनीमा होइन, आनामा खोजीरहन्छ ।

जेन्युइन अर्थात असली कांग्रेसीका लागि कांग्रेस भनेको उसको जीवन हो । कांग्रेसको साख बढ्दा उसले आफू अग्लिएको ठान्छ-ठान्छे । कांग्रेसको साख गिर्दा उ आफू मटियामेट भएको ठान्दाठान्दै पनि आफूलाई होइन, कांग्रेसलाई भुईंदेखि नै उठाउन लाग्छ ।

 

बहुचर्चित जोक:

शेरबहादुर देउवा– रामचन्द्रजी, ल अबको प्रधानमन्त्री तपाई !
रामचन्द्र पौडेल– उहिले सत्रपल्ट रिंगाउनु भयो । अब तपाई आफैं सात चोटी पु¥याउनोस् !

 

जोकको शिक्षा: बढार्नु पर्ने फोहोरलाई हावाले उँडायो !

 

उपरोक्त बहुचर्चित जोक र त्यसबाट प्राप्त शिक्षा उद्धरण गर्दै आजको आलेख शुरु गरौं । पदका लागि मरिहत्ते गर्ने शेरबहादुर देउवा र रामचन्द्र पौडेलको वार्ता बहुतै समय सान्दर्भिक छ । भनाईको रुपमा आएको उखानको शिक्षा झन् प्रभावकारी लागेकोले सामाजिक संजालबाट साभार गरिएको हो ।

 

एक महान बिचारकले भने झैं, माथिका तीन लाइन पढ्दा सामान्य वाक्यले नै गंभीर कुरालाई अभिब्यक्त गर्न सक्छ भन्ने प्रमाणीत हुँदैन त ? यसका सिर्जनाकार वास्तवमा यथार्थभित्र डुबुल्की मारेर मोती निकाल्ने क्षमताका खानी नै हुनुपर्छ । अन्यथा, नेपाली राजनीतिक आकासमा ७० वर्षदेखि जिवित रहेको कांग्रेसलाई दुइ वाक्यले यतिस्पष्टसंग छ्याँग पार्ने सामथ्र्य राख्ने नै थिएन ।

 

फेरि पनि दोहो¥याऊँ, लरतरो लेखाइले पटक पटक सत्तामा पुगेको, कैयौंले सहादत प्राप्त गरेको, तीन दशकसम्म प्रतिबन्धित र दशौं हजार ब्यक्तिले रगत पसिना बगाएको पार्टीको अवस्थालाई मर्यादित शब्दमा यति बोधगम्य पार्न सक्दैनथ्यो ।

 

प्रभावकारी संचार गर्न पनि उपरोक्त दुई वाक्य उत्तिकै सशक्त प्रमाणीत छन् । हजार शब्दका लेखले छर्लंग पार्न नसक्ने विषयवस्तुलाई संक्षेपमा सशक्त अभिब्यक्त गरेको मात्र छैन, यसले त नेपाली कांग्रेस बुझ्न, जान्न र थाहापाउन चाहनेका लागि फर्मूलाकै काम पनि गरेको छ ।

 

यी दुई भनाइ पढ्दै गंभीर भएर गम्ने जोकोहीले लामो समयदेखि रुमलिइरहेको नेपाली राजनीतिका सबै गाँठाहरु पहिल्याउन सक्छ । सत्तामा बसेका बेला कांग्रेसमा पलाएका ऐजेरु र गलगाँड सहजै छुट्टिन्छन् ।

 

चर्चित भनाइमा उल्लिखित नामहरुबाट उनीहरुको प्रबृत्ति मात्र छर्लंग हुँदैन त्यसले कांग्रेसभित्र पनपी रहेको जेन्युइन, लाहुरे र कुलीन कांग्रेसीहरुको इतिबृत्ति, संबन्ध तथा स्वभावलाई पनि छताछुल्ल पारिदिन्छ ।

 

धेरैले सोध्छन्, के हो जेन्युइन कांग्रेस ? के हो लाहुरे कांग्रेस र के हो कुलीन कांग्रेस ? यो जटिल केही होइन, कांग्रेसीहरुको सामान्य वर्गीकरण मात्र हो ।

 

जेन्युइन कांग्रेस

 

जेन्युइन भनेको त्यस्तो कांग्रेस हो, जसको संख्या दिनपरदिन घटिरहेको छ, समाज र बजारमा जेन्युइन माल घटेजस्तै ।

लाहुरे, कुलीन र जेन्युइन कांग्रेसीका नजरमा अहिलेको हारको अर्थ पनि उनीहरुको वर्ग चरित्र जस्तै छ ।

 

लाहुरे कांग्रेस

 

लाहुरे अर्थात चैतेका लागि यो हार ओल्लो घरको नरे पल्ला घर सरे मात्रै हो । जसको हातमा सत्ता हुन्छ, उ त्यहाँ उकेरा लाउन पुग्छ र उतैको लाहुरे बनिहाल्छ ! कांग्रेस वर्गीकरणमा लाहुरे कांग्रेस भनेका त्यस्ता कांग्रेसी हुन जो देशमा प्रजातन्त्र स्थापना भएर कांग्रेस सत्तामा पुगेपछि हतार हतार चैत महिना भित्रै बनेका कांग्रेसी हुन् । त्यसैले यिनलाई चैते कांग्रेस भने पनि हुन्छ ।

 

कुलीन कांग्रेस

 

कुलीन अर्थात बंशजका नाताले माछा भेट्दा दुलामा हात पारेर फाइदाका लागि कांग्रेस बनेका कुलीन युवराज÷युवराज्ञी, राजकुमार÷ राजकुमारीका लागि कांग्रेस भनेको बहुमूल्य लालपूर्जा हो । पुस्तैनी अंशको त्यस्तो रैकर भूमि हो, जसको मूल्य हिजोआज रोपनीमा होइन, आनामा चुलिएको छ ।

 

जेन्युइन अर्थात असली कांग्रेसीका लागि कांग्रेस भनेको उसको जीवन हो । कांग्रेसको साख बढ्दा उसले आफू अग्लिएको ठान्छ÷ठान्छे । कांग्रेसको साख गिर्दा उ आफू मटियामेट भएको ठान्दाठान्दै पनि आफूलाई होइन, कांग्रेसलाई भुईंदेखि नै उठाउन लाग्छ ।

 

कांग्रेस जे कुराको लागि स्थापना भएको थियो, जेन्युइन कांग्रेस पर्लय जाओस् आफ्नो भनाइ र गराइबाट बिमुख हुनै सक्दैन । चुच्चे टोपी र ज्वारी कोट अथवा कुर्था पाइजामा उसको बाह्रै महिनाको पहिरन । गालामा ठोसे दाह्री । खुट्टामा चप्पल, मुखमा पान–सुपारी र ब्यवहार साधारण र उदार । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । मानव अधिकार र समता । यस्तै इसुवारे बाह्रमासे दत्तचित्त ।

 

यो भयो, यो भएन , यसरी हुँदैन, यसो पो गर्नुपर्छ । उसलाई कुनै कुरामा अस्पष्टता छैन । हरेक विषयमा उसको आफ्नो दृष्टिकोण छ । त्यसैले एक्लिएको छ । उसका कुरा सुन्नुपरे पद ओगटेका लाहुरे र कुलीन कांग्रेसीको पारो चढ्छ । मुड बिग्रन्छ । जेन्युइनलाई पनि लाहुरे र कुलीनको बोक्रे रवाफ बेहोर्नुपर्दा कांग्रेस भएकोमा हिनता बोध हुनथाल्छ ।

 

जेन्युइन कांग्रेसको अवसर !

 

जेन्युइन कांग्रेसले चुनावमा भएको हारलाई पनि अवसरको रुपमा लिएको पाइयो । उ चुनावमा भएको हारलाई लोकतान्त्रिक संस्कार, संस्कृति अनुसार लिइरहेको छ । लोकतान्त्रिक मर्म र साधन नै चुनावको हार जीत हो, यसो भन्दै जेन्युइन कांग्रेस हारलाई स्वाभाविक पो ठानिरहेको छ !

 

जित हुँदा पनि नमात्तिएको जेन्युइन कांग्रेस हारमा समेत कत्ति अत्तालिएको देखिदैन गाँठे ! हारलाई पनि उ स्वाभाविक र सहज रुपमा लिइरहेको छ ।

 

चुनावमा नेतृत्वको अकर्मण्यता पर्दाफास भएको मात्र हो भन्छ । जनताका न्यूनतम अपेक्षा पनि पूरा गर्न नसकेर हाम्रो सभापतिको नेतृत्वमा बनेको सरकारले चुनाव गर्न पाउदा पनि चुनावमा बिजयी बन्न सकेन । लज्जास्पद रुपमा पराजीत हुन पुगेको छ ।

 

जेन्युइन कांग्रेस हाकाहाकी भन्छ, जनताले हाम्रो दृढता नभएको, असैद्धान्तिक, अब्यवहारिक, अवसर र समर्पणवादी तथा छेपारो प्रवृत्तीको नेतृत्वलाई अस्वीकार गर्दै उदांगो मात्रै पारेन असफल नै सावित गरिदियो । सरासर सत्तामा बसेर मैमत्ता भएका कांग्रेसी नेताहरुलाई घाटमा पु¥याइदियो । लोकतन्त्रमा जनता कति बलिया हुन्छन् भन्ने सावित नै गरिदियो । हाकाहाकी भन्छ, कांग्रेसलाई सुधार्न सकियो भने यस्ता चुनाव त कति आउछन् कति ?

 

जेन्युइन कांग्रेस अगाडि भन्दैगयो, जनता कति परिपक्व रहेछन् भन्ने पनि यो चुनावले प्रमाणीत गरिदियो । स्थानीय चुनावको तीन चरणमा पनि हाम्रो नेतृत्वले आफ्नो कमजोरी बुझ्न नसकेको होइन, बाँकि रहेका प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा पनि सुध्रीएर मात्र चुनावमा आइजो भनेर जनताले कांग्रेसलाई आफ्नै घर पठाइदिएको छ ।

 

चुनावले कांग्रेसलाई दिएको शिक्षाले अर्काको आंगका जुम्रा देखाएर खान पल्किएका अवसरवादी कांग्रेसीहरुको शरीरमा चरिरहेको भैंसी जस्ता कमी कमजोरीलाई सार्वजनिक रुपमा उदांगै पारिदिएको छ ।

 

उसले भन्यो, जनताले चुनावमा मज्जैले औंल्याइ दिएकोले अब भने कांग्रेसले आफूलाई सुधार्ने पाँच वर्षको स्वर्णीम अवसर पाएको छ । त्यसैले कांग्रेसको लागि, यो खुशीको बेला पनि हो । यतिनै खेर हो हामीले खुशी मनाउने । जेन्युइन कांग्रेस खुशी मनाउन अग्रसर पो देखिएको छ, अब सही रुपमा कांग्रेसलाई लोकतान्त्रिकरण, गणतान्त्रिकरण, संघीयकरण गर्ने अवसर पाएको देखिन्छ । ढुक्क हुनुहोस्, कांग्रेसको अब सामाजिकरण हुने भयो । त्यसैले उत्सवको मूडमा जति कांग्रेसी देखिदैछन्, ती जेन्युइन कांग्रेसी हुन् !

 

अर्का जेन्युइन कांग्रेसीले भने, अब हामीले आफ्नो गहन र ब्यापक समीक्षा गर्ने मनग्गे समय पाएका छौं । कहिले माओवादी, कहिले एमाले र कहिले मधेशी बोकेर गोरुको काँधझैं बनेको कांग्रेसको खस्रो छालाले अब फुर्सद पाउने छ ।

 

अचम्मै लाग्नेगरी भने, म त हृदयदेखि नै चाहन्छु –बामपन्थीहरु पाँचवर्ष सम्म सरकार चलाउन सफल होउन । म शुभकामना दिन्छु ! ’cause ती छिटै असफल भए भने कांग्रेसले सुधारिन प्रचुर समय पनि पाउन्न कि भन्ने चिन्ता छ ममा ।

 

बल्ल कांग्रेसले वास्तविकता आत्मसात गर्दै नयाँ पुस्तामा कांग्रेसको आकर्षण बढाउन जाने समय पाएको छ । म यसैमा खुशी छु, जेन्युइन कांग्रेसको रुपमा आल्हादित बनेका उनले भने ।

 

कुलीनको विर्ता उन्मूलन !

 

कांग्रेसी कुलमा जन्मिएका कुलीन कांग्रेसीहरु लोकतन्त्रबाट सबैभन्दा बढी फाइदा लिने जिनिस हुन् । यिनीहरुको योग्यता भनेकै यिनीहरु कुनैबेलाका कांग्रेस हाँक्ने नेताहरुका सन्तान हुनु हो । यिनको योग्यता नै त्यही हो ।

 

यिनीहरु पार्टीलाई आफ्नो विर्ता ठान्छन् । नठानुन् पनि किन ? यिनले जन्मेदेखि नै देश र पार्टीलाई भजाइरहेका छन् । कुनै योग्यता, क्षमता, परिश्रमले होइन, मात्र यिनीहरु कांग्रेस नेतृत्वमा रहनेहरुका सन्तान भएकाले कांग्रेसमा यिनको हाली मुहाली रहने गरेको हो । यिनका पितापुर्खाको वडा, गाउ, नगर, जिल्ला, केन्द्र, सरकार जहाँजहाँ वर्चस्व थियो, कुलीन कांग्रेसहरु त्यहाँकै उत्तराधिकारी बनेर कांग्रेस भजाउने जमात हो ।

 

सबैलाई थाहा छ, नेपालमा विर्ता उन्मुलन बीपी कोइरालाले ०१६ सालमै गरिसकेका हुन् । कुलीन कांग्रसीलाई यो कुरा सुनायो भने खुलेआम भन्छन्, त्यो विर्ताको त हामी पनि विरोधी हौं तर हाम्रा बाबु–बाजेले बनाएको कांग्रेस र उनीहरुले चलाएको सरकारमा हाम्रो हक नभए कस्को हुन्छ ? मेरो अनुहार हेर, मेरो बाबु बाजेको झलक आउदैन ?

 

हाम्रा पुर्खाले कांग्रेस सुदृढ पार्न लागेकाले मात्र कांग्रेस सशक्त र संगठित भएको हो । त्यसैले कांग्रेस पार्टी भनेको हाम्रो पैत्रिक संपत्ति नै हो । हाम्रा बाबुबाजेले जन धन र जोवन कांग्रेसमै लगाए । जसको कारण हामीले दुखकष्टको जीवन बिताउनु प¥यो । राम्रो स्कूल–कलेजमा हामीले पढ्न पाएनौं । मिठो खान र राम्रो लगाउन पाएनौं ।

 

उनीहरुले धेरै धन नकमाएकाले हामीले अभावको जीवन जिउन बाध्य हुनुप¥यो । अहिले पार्टी सत्तामा पुगेपछि त्यहाँ हामीले ठाउन हक लाग्छ । के हाम्रो हक लाग्दैन ? हामीलाई नदिए पापा लाग्छ अहिलेका नेतालाई ! भगवान मान्ने नेताहरु हो देउता भाकेर भन, के हाम्रो कांग्रेसमा सर्बोपरि हक छैन !

 

हामीले कांग्रेस सत्तामा भएको समयमा सत्ताको सुख नलिने हो भने हाम्रा बाबुबाजे कांग्रेसमा लागेको हामीलाई के फाइदा ? त्यसैले पार्टीमा सबैभन्दा धेरै हक हामीलाई थियो, छ र हुनुपर्छ । हाम्रो संरक्षण नै पार्टीको पहिलो काम र कर्तव्य हो र हाम्रो अधिकार हो ।

 

हामीले कुलको लगानीमा केही सुविधा लियौं र जीवनयापन ग¥यौं भनेर केही कांग्रेसी नै हामीलाई औंल्याउन खोज्छन् । हाम्रो कुलका कुलमानहरुले आर्जन गरेको राजनीतिक संपत्ति प्रयोग ग¥यौं भनेर कसै कसैले हामीलाई कुलीन पनि भन्छन् । भनुन, यसमा हामीलाई भन्नु केही छैन ।

 

हामी कुलीन कांग्रेस हुनुमा गर्व महसूस गर्छौ । हाम्रो कुल थियो तर तिमीहरुको छैन । हाम्रो कुलले गर्दा नै हजारौं हजार कांग्रेसीहरुले आफूलाई कांग्रेस भन्न पाएका छन् । हाम्रा पुर्खा नहुँदा हुन् त चुच्चे टोपी र ज्वारीकोट लगाएर आफूलाई कांग्रेसी भनेर गर्व गर्नेहरुको के हालत हुँदो हो ?

 

कांग्रेसको सर्मनाक हारको सबैभन्दा बढी चोट परेका भनेका कुलीन कांग्रेसी नै हुन् जो यतिखेर हतास र हारको मानसिकतामा रहेका छन् । दुखी भएर बोलिरहेका देखिन्छन्, हाम्रो पार्टीको अक्षम नेतृत्वले गर्दा बुवा–हजुरहरुले स्थापना गरिबक्सेको पार्टी सत्ताबाट बाहिर निस्कनु पर्ने अवस्था आएको छ । यसबाट हामी दुखी मात्र होइन, साह्रै चिन्तित पनि बनेका छौं । लोकतन्त्रको सेटव्याक हो यो ।

 

नालायक, अक्षम र जनताविरोधी नेतृत्वले गर्दा कांग्रेस सत्ताबाट बाहिरिनु पर्दैछ । यसले हाम्रो अधिकार खोस्दैछ । अब हामी नासिने र मासिने त होइनौं भन्ने लाग्न थालेको छ । हामी कहिं कतैको पो नरहिने हौं कि ? कांग्रेस सत्तामा रहेन भने हामीहरुको पालन, भरण र पोषण कसरी हुन्छ ? सरकारमा कांग्रेस नै नरहेपछि अब हामीले कहाँ हालीमुहाली गर्ने ? कसरी जीवन चलाउने ?

 

लाहुरे कांग्रेसको दाउ !

 

लाहुरे कांग्रेस चुनावमा नेपाली कांग्रेसको सर्मनाक हार हुँदा पनि दाउ नै खोजीरहेको छ–अब फेरि सत्तामा कसरी पुग्ने ? बामपन्थी गठबन्धन कसरी फुटाउने ? ब्युरोक्रेसीलाई कसरी उपयोग गरिरहने ? अहिले सत्ताबाट बाहिरिनु भन्दा अगाडि नै बढिभन्दा बढि स्वार्थपूर्ति कसरी गर्ने ?

 

निर्वाचनको परिणाम आउन थालेपछि पनि लाहुरेहरु पैसा, गुण्डाको परिचालन गरिरहे । आफ्नो पक्षमा होहल्ला गर्न लाहुरे कांग्रेस लागिरह्यो । जब आफ्नो पक्षमा चुनाव परिणाम आएन, अनि भन्न लागिसकेको छ–कांग्रेसमा नयाँ पुस्ताछ, त्यसैले गर्छ, धन्दा मान्नु पर्दैन ।

 

यसरी चुनावमा लज्जास्पद हार लाहुरे कांगे्रसका लागि ‘सोक न सुर्ता, भोक न भकारी’ भएको छ ।

 

उ भन्छ, चुनावमा हारको कारण कांग्रेसले भनेजति पैसा खर्च नगरेकोले हो । खास मान्छेलाई पैसा पु¥याउन नसकेर मात्रै कांग्रेस हारेको हो । गतिला दादा र सबैलाई खुवाउन, खान सक्ने उम्मेदवार कांग्रेसले छान्न नसकेकोले मात्र चुनाव हारेको हो । होइन भने, हामी नै चुनाव जित्थ्यौं । हाम्रो जीत निश्चित थियो ।

 

लाहुरे कांग्रेसको एउटै ध्यान छ, कसरी सत्तामा जाने र लाभ लिइरहने ? उसलाई पार्टीको ख्याती, पार्टीले लिएको नीति, सिद्धान्त र कार्यक्रमले निर्धारण गर्छ भन्ने कुरासंग रौं जति पनि मतलब छैन ।

 

त्यसैले लाहुरे कांग्रेसी चलायमान वस्तु हो । लाहुरे कांग्रेस एमाले मात्र होइन, माओवादी, मधेशवादी जे पनि हुनसक्छन् । जहाँ पनि पुग्न सक्छ र जस्लाई पनि समर्थन गर्न सक्छ र फेरि कांग्रेसमा फर्कन पनि सक्छ !

 

मात्र लाहुरेलाई पैसा, पद र शक्ति चाहिन्छ । लाहुरे कांग्रेस खुलेआम घोषणा नै गर्छन्, राजनीति त्यसैका लागि गरिएको हो । जोगी बन्न राजनीतिमा लागेको होइन । अहिले पनि त्यसैको खोजमा चुर्लुम्म डुबिरहेका छन् ’cause पक्का भौतिकवादमा विश्वास गर्छ लाहुरे कांग्रेस । नैतिकता, अध्यात्म, सिद्धान्त, आदर्श, दर्शनसंग उसलाई कुनै मतलब छैन ।

 

यसको अर्थ हो, लाहुरे कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सर्वसाधारण जनताको बाल मतलब छैन । कसरी पुलिस प्रशासन मिलाउने, बेपार–दलाली चलाउने, गुण्डा डन तस्कर जग्गा दलाल परिचालन गर्ने ? अर्जु दृष्टि यसैमा छ ।

 

त्यसैले लाहुरे कांग्रेसीलाई फलो गर्नुहोस्, अहिलेको चुनावी हारले उनीहरुमा खासै झड्का लागेको देखिदैन । हारको महसुस सम्म गरेका छन् । त्यसैले हारको समीक्षा यिनीहरुको शब्दकोश अझै परेको छैन । भन्छन्, साम, दान, दण्ड, भेद नीति लागु गरेर खट्नुपर्छ, भविष्यमा सबैलाई हामी नै परिचालन गर्न सक्छौं ।