ओली उठे धेरै माथि, देउवा झरे धेरै तल

 

 

नेपालसँग अब चीनको भूमि हुँदै समुद्रसम्म पुग्ने वैकल्पिक मार्ग छ, भारत निर्भरतामा विराम नलागे पनि पारवहनमा विकल्पचाहिँ छ । यसले नाकाबन्दीका कारण नेपालीहरुको गिरेको मनोबललाई उठाउन ठूलो मद्दत गर्यो । निश्चय नै ओलीका पालामा नेपालीहरुले सुख पाएका होइनन् तर नेपाल एउटा निःसहाय देश होइन भन्ने स्वाभिमानचाहिँ जागेकै हो ।

 

सातै प्रदेश र केन्द्रीय प्रतिनिधिसभामा नेपाली कांग्रेस नराम्ररी पराजित मात्र भएन, उसको पराजयले देशमा कम्युनिस्टहरुको वर्चस्व स्थापित पुगेको छ । नेपालमा कांग्रेस पराजित हुँदा कम्युनिस्टले जित्छन् भन्ने यथार्थसँग बच्चा बच्चा परिचित छन् ’cause राजनीतिक विचारधाराका हिसाबले देश यिनै दुई कित्ता कांग्रेस र कम्युनिस्टमा विभाजित छ । निश्चय नै कांग्रेस एउटै छ तर त्यहाँ थुप्रै कित्ता छन् । पार्टीमा कोइराला र देउवा पक्षधर, दुई प्रस्ट धार छन् । कोइराला अल्पमतमा तथा देउवा धार बहुमतमा छ । यी दुई धार परस्पर प्रतिस्पर्धारत छन् । त्यहाँ उपधारहरु पनि छन्, ती झन् आफैं प्रतिस्पर्धारत छन् ।

 

 

दलभित्र गुट उपगुट हुन्छन्, मत अभिमतका साथै स्वार्थका पनि । लोकतन्त्रमा मात्र यस्तो हुन्छ र यो नै दलीय राजनीतिको सुन्दरता हो । त्यहाँ असहमति हुन्छ तैपनि मानिस एउटै विचारको छातामुनि बस्छन् । त्यो विचारको प्रतीक हुन्छ नेतृत्व तर यदि नेतृत्वनै विचारबाट विमुख छ भने त्यो दल समेटिँदैन, भित्रभित्रै छरिन्छ र यही नै परिणाममा पराजयको कारण बन्छ । कांग्रेसको पराजय विचारका कारण भएको होइन, मूलतः नेतृत्वको विचार विमुखताबाट भएको हो । कांग्रेसका विचारको केन्द्रीय भाव लोकतन्त्र हो तर यसको नेतृत्वको आचरण नै लोकतन्त्रविमुख भएकाले यो इतिहासमै सर्वाधिक लज्जाजनक परिणाम भोग्नु परेको हो ।

 

आफूलाई लोकतन्त्रको मियो भन्ने दल आफैंको नेतृत्व लोकतन्त्रविमुख भएपछि पनि यदि कांग्रेसजन आफ्नो विजय देख्थे भने त्यो उनीहरुको भलाद्मीपन थियो । कांग्रेसका लागि स्थिति एकदमै प्रतिकूल थियो र सम्हाल्नेवाला कोही थिएन । नेताहरु आफ्नै क्षेत्र बचाउन डेरा जमाएर बसेका थिए तैपनि धेरैजसो नेता कम्युनिस्ट गठबन्धनको तूफानी लहरका सामु टिक्न सकेनन् ।

 

साथै जल्दोबल्दो सवाल र कांग्रेस हार्नुको अर्को कारण थियो राष्ट्रियता, राष्ट्रिय स्वाभिमान । विशेष गरी २०७२ सालमा संविधान निर्माण ताका र त्यसपछिका कालखण्डमा यो विषय एकदमै सतहमा आयो । ’cause भारतले संविधानका अन्तर्वस्तुमै आफ्नो असन्तुष्टि व्यक्त ग¥यो । हुन त विश्वका प्रमुख मुलुक र त्यसमा पनि विशेष गरेर चीन र भारतको नेपालका घटनाक्रमलाई लिएर चासो हुनु स्वाभाविक हो । तर भारतको चासोले चाहिँ सरहदको हद नै नाघेको थियो । नेपालकै एउटा समुदाय विशेषलाई प्रतिनिधित्व गर्छौं भन्ने क्षेत्रीय दलहरुको समर्थनमा नेपाललाई दबाब दिन नाकाबन्दी नै लगाउन पुग्यो । त्यो घटना अधिकांश नेपालीहरुलाई ग्राह्य हुने कुरै थिएन ।

 

कांग्रेसले भारतको त्यो कार्यव्यवहारको विरोध त गरेन नै, बरु उल्टै समर्थन हुने व्यवहार प्रदर्शन गर्यो। गलत व्यवहारलाई अनुचित भन्न सकेन । यसको नाकाबन्दी पीडित जनस्तर र जनमत निर्माताहरुमा अत्यन्त नकारात्मक प्रभाव पर्न गयो तर कांग्रेस नेतृत्वले त्यसको भेउ पाउनै सकेन, भेउ पाए पनि बोल्न सकेन । त्यसैबखतदेखि कांग्रेसको विपक्षमा लहर चल्न थालेको हो । एकातिर कांग्रेस चुक्दै गयो, अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओली भने आफू भारतीय व्यवहारविरुद्ध उभिएको सन्देश दिन सफल भए । फेरि पूर्व सहमतिअनुसार संविधान जारी भएपश्चात् कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दिनुपर्ने थियो तर कांग्रेसले सहमति तोडेर प्रधानमन्त्रीमा उम्मेदवारी दियो र हार्यो । यो पनि कांग्रेसका लागि ऋणात्मक भयो ।

 

 

ओली प्रधानमन्त्री बने । नेपालका सबैजसो प्रधानमन्त्रीहरुले जस्तै उनले पनि भारत भ्रमण गरे । भ्रमण खासै उल्लेख्य भएन तर त्यहाँ ओली नै उल्लेख्य भए तथा उनी आफ्नो उल्लेख्यताको विशिष्टीकरणमा पनि सफल भए । भारतबाट फर्केको केही समयपश्चात् उनी चीन भ्रमणमा गए । यो भ्रमण नेपालका हकमा युगान्तकारी हुनपुग्यो । उनले अरु समझदारीका अतिरिक्त र विशिष्ट रुपमा भन्ने हो भने त्यहाँ यातायात पारवहन सम्झौता गरे । यसले नेपालको भूराजनीतिक आयामलाई एउटा नयाँ अर्थ दियो । कि नेपालसँग अब चीनको भूमि हुँदै समुद्रसम्म पुग्ने वैकल्पिक मार्ग छ, भारत निर्भरतामा विराम नलागे पनि पारवहनमा विकल्पचाहिँ छ । यसले नाकाबन्दीका कारण नेपालीहरुको गिरेको मनोबललाई उठाउन ठूलो मद्दत गर्यो । निश्चय नै ओलीका पालामा नेपालीहरुले सुख पाएका होइनन् तर नेपाल एउटा निःसहाय देश होइन भन्ने स्वाभिमानचाहिँ जागेकै हो ।

 

 

फलस्वरुप ओली अधिकांश नेपाली जन मनका ‘हिरो’ बन्न पुगे ।

 

कांग्रेसले राष्ट्रिय मनोविज्ञान र धारणामा आएको यो परिवर्तनको भेउ नै पाएन ’cause यस्ता गहन एवं सूक्ष्म विषय स्पर्श गर्न सक्ने नेतृत्व नै त्यहाँ भएन, थिएन । सभापति देउवाको एकल ध्यान प्रधानमन्त्री पदप्राप्तिमा केन्द्रित भयो र त्यसैका लागि उनले माओवादीलाई सरकारबाट फुटाएर ल्याए । ओली त्यसताका लोकप्रियताको चुलीमा थिए, चुलीमा भएको मान्छेलाई जबर्जस्ती झार्दा उनले प्रचुर सहानुभूति पाए । देउवा पदलोलुपका रुपमा चित्रित भए । उनले अर्को डरलाग्दो गल्ती गरे, प्रचण्डलाई पहिला नौमहिने प्रधानमन्त्री बनाए । यसले प्रचण्डलाई उनको नामजस्तै प्रचण्ड फाइदा भयो, अपूर्व क्षति भयो कांग्रेसलाई । त्यो क्षतिको पुष्टि स्थानीय तहको निर्वाचनमा भएको थियो ।

 

तैपनि कांग्रेस नेतृत्वले आफ्नो गल्ती सुधार्नु सट्टा थप्दै गयो । जबकि, अर्कोतिर कम्युनिस्टहरु थाहै नदिइ विभिन्न तहमा एक हुने तर्खर गर्दै थिए, चितवनका बिचरा देवी ज्ञवलीको राजनीतिले त्यतिकै शहादत प्राप्त गरेको थिएन । त्यसताका हुन त प्रचण्ड देउवासँग देखिन्थे तर भित्रभित्रै उनी ओलीका भइसकेका थिए । जबकि कांग्रेस नेतृत्व भने प्रचण्डसँग अँगालो हालेकै भरमा चुनाव जित्ने सपनामा डुबेको थियो ।