चुनावी लोकतन्त्र र बदलिंदो व्याकरण
संविधानसभाको पहिलो निर्वाचनमा सशस्त्र राजनीतिमा लागेका जयकृष्ण गोइतको वडामा मतदान शुन्य रहेको थियो भने यसपटक त्यसैगरी पृथक दृष्टिकोण राख्ने सी.के. राउतको टोलमा भयो । तर मधेसका आम मतदाताले निर्वाचनको क्रममा सौहाद्रता र उत्साह नै देखाए ।
दार्शनिक रुसोले भनेका थिए, मानिस स्वतन्त्र जन्मिन्छ तर हुर्कंदैजांदा चारैतिरवाट सिक्रीले बाधिदै जान्छ । उनका यी वाक्यबाट अनेकौं अर्थहरु निकालिने गरिएका छन् ।
प्रायः के देखिएको छ भने स्वतन्त्रताका नाममा लडिएको प्रत्येक लडाई अर्को एउटा वन्धन वा आंशिक स्वतन्त्रतामा गएर झुण्डिएको छ । नेपालमा लडिएका प्रत्येक जनसंघर्षले उच्चतम उपलब्धिहरुलाई व्यवहारमा कार्यान्वयन गर्न पाएका छैनन् । फलस्वरुप, हामी के पाउ“छौं भने संघर्षले प्राप्त हुन आएका उपलब्धिहरुको स्वाद सामान्यजनले चाख्न पाउ“दैनन् । परिवर्तन सामान्यजनको चुलोचौकोमा पुग्दैन, नत त्यसले अनुहारमा चम्किलोपन नै ल्याउछ !
वितेको चुनावलाई पनि यस्तै सन्दर्भमा हेर्नु परेको छ । निर्वाचन अन्ततः एउटा विचार हो, एउटा मर्यादा हो, एउटा स्थापना हो तर आज यिनै कुराहरु संकटमा पर्दै गएको देखियो जो आउ“दा दिनको निमित चुनौती बन्ने छ । सम्झिनु पर्ने कुरा के हो भने चुनावको संघर्ष फगत सत्ताको संघर्ष होइन, यो त एउटा विराट सांस्कृतिक संघर्षमा अनुवाद हुनु पर्ने थियो । तर हामीले लामो संघर्ष पश्चात ल्याएको लोकतन्त्र फगत चुनावी लोकतन्त्रमा साटिदै गएको पाइयो ।
निर्वाचन नाराबाजी हो ?
प्रश्न उठ्छ, के निर्वाचन एउटा निरर्थक भाव हो ? के निर्वाचनसंग जोडिएर आउने मूल्य र मान्यताहरु फगत सपना हुन ? वा सस्तो नारावाजीको विषय मात्र हो ? मलाई लाग्छ यो एउटा यस्तो पवित्र भाव हो जसलाई मिल्काउन मिल्दैन । यसलाई आत्मसात गर्नुपर्ने हुन्छ । सरोकारवाला सवै पक्षले आत्मवरण गर्नु पर्ने हुन्छ । रुसोले आफ्ना वैचारिक सहकर्मी हब्स र लकका साथ राज्यको उद्भवका सम्बन्धमा “सोसल कान्ट्रेक्ट थ्योरी” को रचना गरेका थिए । तर उनको कथनलाई दुरुपयोग गर्नेहरुले यसलाई जानी जानी विर्सिदिएका छन् ।
प्रशिद्ध अस्तित्ववादी चिन्तक ज्यांपाल सात्रले भनेका थिए, “मानिस स्वतन्त्र हुन र आफ्ना नियन्ता स्वयम हुन ।” निश्चित रुपमा यी सबै कुरा स्वतन्त्रतासंग जोडिएका दार्शनिक पक्ष हुन् । निर्वाचन पनि आफैमा एउटा स्वतन्त्र प्रक्रिया हो र एउटा स्वतन्त्र विचार पनि । विना विचारले कुनै पनि प्रकारको निर्वाचनको कल्पना गर्न सकिदैन । निर्वाचनले लक्षित समूहलाई रोजाईको स्वतन्त्र अवसर दिन्छ । सरोकारवालासंग विकल्प छनौटको अवसर हुन्छ । निर्वाचनको प्रक्रिया कस्तो छ, त्यसले प्रतिनिधित्वको स्तरलाई निर्धारण गर्छ । शक्तिलाई पिंधसम्म पु¥याउने र प्रत्येक व्यक्तिमा सार्वभौमसत्ता सन्निहित रहेको प्रमाणित गर्ने अवसर हो ।
आवधिक निर्वाचन
आवधिक निर्वाचन मात्र लोकतन्त्रको गति र मतिलाई निर्धारण गर्ने पर्याप्त सूचक होइन । निर्वाचन पश्चात सत्ता हस्तान्तरण कसरी हुन्छ त्यो पनि महत्वपूर्ण पक्ष हो । निर्वाचन हुनु राम्रो हो, त्यसैगरी लामो समय सम्म निर्वाचन नहुनु नराम्रो हो । जनमत बुझ्न र केन्द्रलाई भूईसतह सम्म पुग्न निर्वाचन एउटा भरपर्दो र आशालाग्दो माध्यम हो ।
जनताले विश्वास गरेका संस्थाहरुद्वारा संचालित शासन प्रणाली नै लोकतन्त्र हो । तर निर्वाचित प्रतिनिधिले बनाउने सरकार मात्रै लोकतन्त्रको प्रत्याभूति होइन । सरकार कसरी काम गर्छ ? सरकारको प्राथमिकतामा आम मानिस कहा“ पर्छ ? सरकारको निर्णयले उनीहरुलाइ्र्र कस्तो प्रभाव पार्छ ? यी सबै कुराहरुले लोकतन्त्रको बलियो र प्रभावकारी पक्षलाई देखाउ“छ ।
लोकतन्त्रमा सरकारमा आरुढ दलको मात्र होइन, विपक्षमा रहेको दलको पनि भूमिकाको खोजी हुन्छ । लोकतन्त्रप्रति आम मानिसको भरोसा कायम राख्न सरकार र प्रतिपक्ष दुईटैको त्यतिकै महत्वपूर्ण भूमिका हुन्छ । पद्धतिको लोकतन्त्रिकरण संगसंगै राज्यको पनि लोकतन्त्रिकरण गर्नका निमित दलहरुको आन्तरिक जीवन पनि पारदर्शी हुनु पर्छ ।
चुनाव पश्चात नै सम्भावित सरकार बनाउने पात्र र पंक्तिले के कस्ता व्यक्तिहरुलाई भेट्न थालेका छन्, कस्ता वाचा गर्न थालेका छन्, कस्ता मानिसहरु जितेर आएका छन् यो सबै कुराले लोकतन्त्रको भविष्य निर्माण गर्छ । त्यसैले चुनाव मार्फत कसैले सरकार बनाउनु आफैमा काफी छैन ।
बदलियो चुनावी व्याकरण
तमाम शंका र उपशंकाका माझ देशमा बहुतहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका क्रममा देखा परेका प्रक्रिया, अन्तरवस्तु र भाषाका ’boutमा अब लेखाजोखा गर्नै पर्छ । यस निर्वाचनले नेपाली राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय मामिलामा समेत प्रभाव पार्ने भएको हुनाले चुनावका फेरिएका व्याकरणका वारेमा सिंहावलोकन आवश्यक भएको छ ।
लोकतन्त्रको सफलता चुनावी राजनीतिको क्रियाकलाप र आचरणमा निर्भर गर्दछ । चुनावी अंकगणितले कुन दललाई के स्थान दिन्छ भन्दा पनि चुनावमा देखिएको श्यामश्वेत पक्षलाई यहा“ नियाल्ने प्रयत्न गरिएको छ । लोकतान्त्रिक संवैधानिक प्रारुपको महत्वपूर्ण पक्ष निर्वाचन हो ।
राजनीतिशास्त्री सी.के.प्रसाईले भनेका थिए, “चुनावमा कहिले का“ही कतै–कतै कुनै लहर पैदा हुन्छ । कुनै लहर स्वतः अकस्मात शुरु भएको हुन्छ । कुनै सोचेर सम्झेर नाटक सरह, सुनियोजित तरिकाले उम्मेदवार अथवा तिनका समर्थकहरुद्वारा शुरु गराईएका हुन्छन् । अघिलो किसिमको लहरलाई स्वभावतः कुनै टेकनिक चाहिदैन, पछिल्लोलाई चाहिन्छ ” । विभिन्न क्ष्ँेत्रमा प्रत्यासी र पार्टीहरुले आफ्नो पक्षमा चुनावी लहर निर्माण गर्न के कस्ता अभ्यासहरु गरे र त्यसले के कस्ता परिणतिहरु ल्यायो त्यो पनि अहिले नै खोजीनीति गर्नु पर्छ ।
देहात र शहरको भिन्नता
मधेसको कोणवाट हेर्दा पहिला गाउ“ देहात वा शहर बजारमा खास–खास व्यक्तिहरुका प्रभावमा मतदाता हुन्थे र प्रत्यासीले तिनैलाई आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्थे । अब त्यसको साटो बहुकेन्द्र्र भएको छ । एक जनालाई रिझाएर कतैको थोक मत अब आउदैन । त्यसैगरी घरदैलो गर्ने चलन थपिएको छ ।
यसले गर्दा मतदाताले जहा“ प्रत्यासीसंग प्रत्यक्ष संवाद गर्न पाउछ त्यही प्रत्यासीलाई समयको चापले अचेटेको हुन्छ । संघीय वा प्रदेशका वारेमा समूहगत विमर्शका पक्षहरु ओझल पर्दै गरे । सहरी क्ष्ँेत्रमा चुनाव व्यवस्थापनका लागि जानिफकारहरुको सहयोग लिने र आफ्नो पक्षमा लहर पैदा गर्न उपक्रम खडा गर्ने प्रयत्न बढी देखियो ।
संविधान निर्माणोत्तर राजनीतिमा जनताको साथ सोझो सम्बन्ध बनाउने राजनीति (पोलिटिक्स अफ रिलेसनशीप) बाट नीतिमा आधारित जननीति (पोलिटिक्स अफ पोलिसि) मा अनुवाद हुनुपथ्र्यो । संविधानसभाका निर्वाचनका क्रममा गैरसरकारी संस्थाहरुले निर्णायक भूमिका खेलेका थिए । ’em भूई सतहमा काम गरिराख्दा आफुलाई “ओभर भिजिबिलिटि” गर्न पाएका थिए र तिनले नै जनतामाझ जानु पर्ने सुत्रहरुको निर्देश गरिराखेका थिए ।
मुद्धाहरुको पहिचान र उठान
प्रत्यासी र पार्टीहरुका लागि मुद्धाहरुको पहिचान र उठानका निम्ति यिनीहरुमाथि कतिपय अवस्थामा भरपर्नु पर्ने अवस्था थियो । बरु यस पटक विभिन्न जातीय संगठनहरु मुखर भएर आए । मधेसमा विभिन्न जातीय संगठनहरु पछिल्ला समयमा प्रभावशाली भएका छन् र ’emले आफुसंग एउटा निश्चित “भोट बैंक” रहेको दावी गरेका थिए ।
प्रायः सबै दलले क्षेत्रगत जातीय समीकरणका आधारमा उम्मेदवारी दिनुपर्ने सोंचलाई प्रश्रय दिए । यसले क्षेत्र र जिल्लागत रुपमा विभिन्न जातीय समीकरणहरु अस्तित्वमा आए जसले चुनावको फलाफललाई असर पार्छ । कुनै खास जातीको व्यक्ति एउटा दलवाट प्रतिनिधि सभाका लागि र अर्को दलवाट प्रदेश सभाका लागि उठेका छन् भने ती जातिले दुईटैलाई मत दिने मनोविज्ञान अस्तित्वमा आयो ।
बहुसंख्यामा रहेका जातिहरुको वर्चस्व बढी नै देखिएको हुनाले कतिपय अवस्थामा कम संख्यामा रहेका जातिहरुमा समूहगत रुपमा आफ्नो प्रतिरोध राख्ने बुझाई देखियो । अर्को रोचक पक्ष के छ भने एउटै जाति वा समुदाय भित्रको मतलाई “होमोजिनियस” भोट बैंकको रुपमा हेरिन्थ्यो । एउटै जाति वा समुदाय भित्र पनि कैयौं पक्षहरुले काम गरिरहेको हुन्छ र मतदाताले फरक फरक ढङ्गले मतदान गर्छन् ।
कैयौं पटक अस्मिता र अस्तित्वको उग्र चाहना र सत्तामा भागिदारीको आकांक्षाले कम संख्या रहेका जातिहरुले अलग भोट खसाल्ने गरेको पनि देखियो । पहाडी समुदाय, दलित र मुस्लिमहरुमाझ पनि थोक भन्दा टुक्रा टुक्रामा मत विभाजन कतिपय अवस्थामा यस्तै कारणहरुले भएका छन् ।
अदृश्य सामाजिक समूह
यस्ता जातिहरु जसको मत निर्णायक हुन सक्छन् तिनलाई चुनावी राजनीतिको सन्दर्भमा “अदृश्य सामाजिक समूह” का रुपमा गणना गर्नुपर्ने भएको छ । चुनावी राजनीतिको विडम्बना यो देखियो त्यसमा मतदाताको राजनीतिक मुल्य तिनका जातिको संख्या र चुनावमा जित्नका लागि तिनवाट प्राप्त हुन सक्ने धनवल र बाहुबलवाट निर्धारण भयो ।
विचौलिया अर्थव्यवस्थाले आकार लिएपछि चुनावी राजनीतिको प्रक्रिया, अन्तरवस्तुु र भाषामा समेत व्यापक परिवर्तन भएको छ । त्यसले गर्दा विचौलियामार्का मानिसहरुको आवाज असरदार देखियो । स्थानीय तहको निर्वाचन देखि अहिलेको निर्वाचन सम्ममा “कालो धन” व्यापक खर्चिएको छ ।
गैर राजनीतिक व्यक्तिहरु जो छोटो समयमा अनियमित तरिकाले अकुुत आर्जन गर्न पुगेका छन् त्यस्ताहरु आफ्नो सामाजिक स्वीकार्यता र शक्ति आर्जनका निम्ति या आफै टिकट किने नभए टिकट पाउनेका मुख्य हर्ताकर्ता भए । चुनावी चन्दाको गोरखधन्दा गर्नेहरुको बजार भाउ तातियो । तर निर्वाचनोत्तर समयमा यस्ताहरुले सामाजिक अनुशासनलाई भङ्ग गर्ने खतराको पनि त्यतिकै आशंका छ ।
जनतामा उत्साह
संविधानसभाको पहिलो निर्वाचनमा सशस्त्र राजनीतिमा लागेका जयकृष्ण गोइतको वडामा मतदान शुन्य रहेको थियो भने यसपटक त्यसैगरी पृथक दृष्टिकोण राख्ने सी.के. राउतको टोलमा भयो । तर मधेसका आम मतदाताले निर्वाचनको क्रममा सौहाद्रता र उत्साह नै देखाए ।
सौहाद्रता यसकारणले भनियो कि तुलनात्मक रुपमा चुनावी हिंसा कम हुदै गएको छ । तर स्थानीय तहको निर्वाचन भन्दा यस पटक मतप्रतिशत कम हुनुको पछाडि स्थानीय चुनावको जस्तो तनाव र दवाव नहुनु, बाहिरिएका मतदाता छोटो समयको अन्तरमा नर्फिर्कनुु, स्वयं मधेसका कतिपय मतदाता अरु जिल्लामा कर्मचारीको रुपमा खटिनु र चुनावी तौर तरिकाले पनि कतिपय मतदातालाई निरपेक्ष बनाएको थियो ।
कम समयको अन्तरमा भएको चुनावमा कैयौं विसंगतीका पक्षहरु झन वढी बाक्लिएको छ र, यस्ता चुनावी लोकतन्त्रका अध्यारा पक्षहरुका वारेमा अहिले देखि नै खवरदारी गरिराख्नु पर्छ ।