बाल–बालिका क्रियाशील बनाउने कारखाना !
कारखाना भित्र विद्यार्थीहरु मेशीन होइन, हातले अभ्यास गर्छन्–धुलिमाटि र भाँडाकुटि खेले झै । कोरी बाटी चुल्ठी, पुतलीको विवाह गरिदिए झैं । कागजको गुजुल्टो बनाएर मोजाको भकुण्डो बनाएर भलिबल, फुटबल खेले झैं । हात र मस्तिष्क एकै पटक चलाउँछन् । खेलाउँछन् । विश्वकर्माको आरन जस्तै ।
काठमाण्डौको कमलपोखरीबाट ज्ञानेश्वर चोक नपुग्दै सय मिटर अगाडि हरियो गेट भएको कम्पाउण्ड भित्र ‘कारखाना’ लेखिएको तीन तले घर छ । तर यो भाँडाकुँडा बनाउने कारखाना होईन । नत चप्पल, जुत्ता तयार फ्याक्टरी वा कपडा तयार गर्ने गार्मेन्ट वा मोटर तथा मोटरसाईकल मर्मत गर्ने वर्कशप नै हो ।
कारखाना भित्र विद्यार्थीहरु मेशीन होइन, हातले अभ्यास गर्छन्–धुलिमाटि र भाँडाकुटि खेले झै । कोरी बाटी चुल्ठी, पुतलीको विवाह गरिदिए झैं । कागजको गुजुल्टो बनाएर मोजाको भकुण्डो बनाएर भलिबल, फुटबल खेले झैं । हात र मस्तिष्क एकै पटक चलाउँछन् । खेलाउँछन् । विश्वकर्माको आरन जस्तै ।
‘कारखाना’को अर्थ
नेपाली बृहत् शब्दकोश अनुसार कारखाना भनेको–कुनै चीजबीज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर हो । हात वा यन्त्रद्वारा मालसामानहरु तयार पार्ने ठाउँ, औद्योगिक प्रतिष्ठान ।
ज्ञानेश्वरको कारखानाले हातले केहि गरेर मस्तिष्कसँग सिकाईलाई जोड्ने सीप सिकाउँछ । यहाँ काम गर्दै सिकिन्छ । सिकेको काममा सुधारगर्दै फेरि कामगर्दै अनुभव गर्दै सिक्दै सुधारगर्दै जाने अभ्यास हुन्छ ।
कारखानाको आफ्नै मान्यता छ । नेपालमा प्रयोगगर्दै सिक्ने सस्कृतिको विकास गर्ने । विज्ञान र प्राविधिक क्षेत्रमा मात्र होईन, सामाजिक एवं साँस्कृतिक, साहित्यिक क्षेत्रमा पनि प्रयोगात्मक तरिकाले सिक्ने–सिकाउने सँस्कृतिको विकास गर्ने । कारखानामा प्लाइउड÷काठका सामानहरु, तारहरु, कागजका बोर्डहरु, फलामका पाता र प्लाष्टिकका सामाग्रीहरु प्रयोगगरि परियोजना तयार पारी जे सिकाइन्छ, व्यवस्थित किसिमले अभ्यास गर्दै सिकाईन्छ ।
अमेरीकाको जागीर छाडेर नेपालमा
दार्जिलिङ्गको सेन्टजोसेफ, नर्थप्वाईन्ट स्कुलबाट विद्यालयस्तरकोे पढाई सकेर कम्प्युटर साईन्स पढ्न अमेरीका पसेको काठमाण्डौ ज्ञानेश्वरको एक युवक साकार पुडासैनी अमेरीकाको जोनहप्किन कलेज मेरील्याण्डबाट कम्प्युटर साईन्समा स्नातक पूरा गरी कम्प्युटर प्रोग्रामरको रुपमा अमेरीकामा नै काम गर्न थाल्छ । अमेरीकामा काम गर्दागर्दै उनलाई घरपरिवारको न्यास्रो लाग्न थाल्छ । अमेरीकाको बसाई उसलाई होस्टल जस्तै लाग्यो । पढाइ सकिएपछि सन् २०१२ मा तीस बर्षीय युवा साकार नेपाल फर्कन्छ ।
दाजु बहिनी मिलेर गल्ली–गल्ली !
नेपाल फर्किए पछि साकार पिताजीसंग मर्निङ्ग वाकमा हिड्छ, दिउँसो आमा र बहिनीसँग घरमै बसेर छलफल, सहयोग गर्छन् । केहि समय पछि उनी लाईसेन्स लिने निर्णयमा पुग्छन् । जन्म दर्ता प्रमाणपत्र चाहियो । कहाँ र कसरी गर्ने ? विवाह दर्ता गर्न के चाहिन्छ ? नागरिकता कहाँबाट कुन प्रकृया पूरा गरेर लिने ? यसका लागि कहाँ जानु पर्छ ? यसवारे जानकारी कहाँबाट पाइन्छ ?
यी उसलाई पिरोल्यो । अनि वेभसाइट खोलेर यस्तै सूचना र जानकारी दिने योजना बनाउन थाले । घर बस्दाबस्दै दाजु बहिनी (पत्रकार सुरबी पुडासैनी) मिलेर ‘गल्लिगल्लि’ भन्ने संस्था खोलेर जनसरोकारका विषयमा काम गर्न थाल्छन् । उनीहरुले वेभसाइट ‘नालीबेली’ मार्फत सरकारी सेवा’bout निःशुल्क जानकारी उपलब्ध गराउन थाल्छन् । यसले उनीहरुको जीवनमा नयाँ तरङ्ग नै श्रृजना ग¥यो ।
रोबोटिक्समा आबद्धसँगको सहकार्य
उनको भेट नयाँनयाँ कामको चाहना राख्ने श्रृजनशिल शहरीया युवाहरुसंग भेट शुरु हुनथाल्छ । यसै सिलसिलामा साकारको नेपालमा रोबोट लगायत विभिन्न बैज्ञानिक आविष्कार गर्ने युवाहरुको संगठन ‘रोबोटिक्स एसोशियसन’ मा आबद्ध युवाहरुसँग भेट भयो । अनि उनीहरुले मिलेर सन् २०१२ मा ‘मनसुन कलेक्टीभ–२०१२’ नामक कार्यक्रम गरे र यो अभियान जस्तै बन्यो ।
प्रविधि र वेभसाइटमा आधारित कार्यक्रमहरु जसले ई–पे सेवाकालागि पनि कम्प्युटर सफ्टवयेर तयार गरिदिए । त्यो कार्यक्रमको सफलता सँगसँगै उनीहरुले सोलार प्यानल उत्पादकहरुसँग पनि काम गरे । यसबाट उत्साहित युवाहरु अझै केहि श्रृजनशील र चुनौतिपुर्ण काम गर्न आतुर भए । उनीहरुलाई नविन काम गर्न अझै उर्जा प्राप्त भएको महशुस भयो ।
नाराबाजी डटकम
श्रृजनशील युवाहरु प्रत्येक शनिवार भेट गर्ने र घण्टौंघण्टासम्म श्रृजनशील, रमाईलो र नवीन कुरावारे छलफल गर्न थाले । उनीहरुलाई प्रविधि÷टेक्नोलोजी र राजनीतिमा त्यत्तिकै रुचि बढ्यो ।
प्रविधिले जस्तै राजनीतिले पनि परिवर्तन ल्याउने रहेछ भन्नेमा विश्वास जाग्यो युवाहरुमा । यसै क्रममा उनीहरुले एउटा रमाईलो प्रोजेक्ट बनाए । जसमा शहरमा प्रचारप्रसार गर्न राखिएका राजनीतिक नाराहरुको तस्वीर खिच्ने र त्यसलाई वेभसाइट मार्फत सबैको पहुँचमा पु¥याउने । उनीहरुले राजनीतिक नाराको फोटो खिचे र नाराबाजी डटकम नारा वेभसाईटमा अपलोड गरे । त्यो काम पनि त्यस्तै रोचक र रोमाञ्चित रह्यो युवाहरुको लागि । तैपनि नयाँ गन्तव्यको खोजी छाडेनन् ।
नाम जुर्यो – कारखाना !
साकारका बुबा डा.सोमप्रसाद पुडासैनी हुन् । सोमप्रसाद नेपाल व्यवस्थापन संघ (म्यान)का पूर्वसभापति हुन् । युएन्डिपिको कन्ट्री डाईरेक्टर समेत भएर लामो समयसम्म अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका व्यक्ति हुन् । सोमप्रसाद विकासविद्, कुटनीतिज्ञ एवं प्राज्ञिक व्यक्ति हुन् । उनी हाल किंग्स कलेजका अध्यक्ष रहेछन् ।
उनले नै जुराइदिए युवुाहरुको लागि शैक्षिक क्षेत्रमा कामगर्ने अभियानको नाम ‘कारखाना’ । साकारले भने, यो बालबालिकाहरुका लागि हातले छोएर अनुभुति गर्दै सिक्ने अभ्यास गर्ने थलो हो । हामीले शैक्षिक क्षेत्रमा केहि गर्ने अठोट गरिरहेका बेला बुवाले भन्नु भयो–उत्पादन गर्ने काम नै कारखानामा हुन्छ ।
तिमीहरुको अभियान नै कारखाना मार्फत हुने हो, बुवाले न्वारन नै गरिदिनु भयो । यो ठाउँ विद्यार्थीहरुले आफुले पढेका र आफ्ना जिज्ञाशाहरु अभ्यास गर्ने र मन परेको कुरा बनाउन प्रयोग गर्ने ठाउँ भएकोले हामीलाई पनि यो नाम उपयुक्त लाग्यो ।
उनी थप्छन्, त्यसपछि हामीले साथीहरु मिलेर प्राइभेट लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर कारखाना शुरु ग¥यौं । यही काम एनजीओ वा अन्य कुनै रुपमा पनि अभियान शुरु हुन सक्थ्यो तर व्यवशायिक काम गर्न र कर प्रणालीमा आबद्ध भई अविच्छिन्न रुपमा कामगर्न कानुनद्वारा उपयुक्त मोडल नै प्राईभेट लिमिटेड कम्पनी भएकोले कम्पनीको हैसियतमा काम गरिरहेका छौं । कारखाना प्रा.लि.का प्रोप्राईटर साकार आफ्नो अभियानलाई ‘ज्ञानको व्यापार’ भन्छन् ।
एक कोठाबाट तीनतले घर कम्पाउण्डमा
डा.सोमप्रसादले कारखानाको नाम मात्र जुराएका होइनन्, उनले आफनै घर परिसरमा जस्तापाताको टहरोमा जागरुक युवाहरुलाई कारखाना सञ्चालन गर्न ठाउ पनि उपलब्ध गराए ।
तर शुरुमा एक कोठे टहरोबाट शुरु भएको कारखाना पाँचबर्ष नपुग्दै सोहि स्थानमा तीनतले घर भाडामा लिई सञ्चालन गरिरहेका छन् । विद्यार्थीहरुको चाप र कार्यक्रमहरुको बढोत्तरीले गर्दा कारखानाको लागि स्थान बढाउनु परेको साकारले बताए । उनले महत्वाकांक्षी योजना पनि सुनाए, हामी शुरुमा कारखानालाई नेपालभर पु¥याउछौं र त्यसपछि अन्तर्राष्ट्रिय रुपमा लैजान्छौं ।
६०जनालाई रोजगारी
कारखानामा हाल संस्थापकहरु सहित ५९ जना प्रत्यक्ष रुपमा संलग्न छन् । यो शैक्षिक अभियानले राम्रै सफलता हासिल गरेको छ । कारखानाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ईन्जिनिएर पवित्र गौतमले भने, नानी–बाबुहरुले पाठ्यपुस्तकमा पढेका कुराहरु आफैंले हातले छोएर प्रयोग गर्दै कारखानामा सिक्छन् ।
यो अभियानका प्रोमोटरहरु सहित नियमीत र इन्टर्न गरि ५९ जना रोजगार छन् । अहिले नियमितरुपमा काठमाण्डौ उपत्यका र बाहिर गरी २,५०० विद्यार्थी कारखानाका प्रशिक्षकहरुको सहयोगमा प्रयोगात्मक शिक्षामा सहभागी भईरहेका छन् । अहिले कारखानाले काठमाण्डौका नीजिक्षेत्रबाट सञ्चालित करिब अठार विद्यालयमा साप्ताहिक रुपमा कक्षा सञ्चालन गरिरहेको छ र यसका नियमित दुई कार्यक्रम पनि छन् ।
पहिलो, कारखाना इन्नोभेटर्स कल्ब ः यो कार्यक्रममा २०–२० जनाको समुहमा बाल–बालिकाहरु हप्तामा एक दिन ३ घण्टा अभ्यास गर्न कारखानामा आउँछन् ।
उनीहरुले तीन महिना अर्थात ३६ घण्टा कारखानामा अभ्यास गर्छन् र कोर्ष पूरा हुन्छ । यसको शुल्क रु. ६ हजार प्रतिमहिना पर्छ । यो कार्यक्रम सञ्चालन गर्ने सात जना प्रशिक्षक छन् । मेकर स्पेस कार्यक्रममा बालबालिकाहरुलाई विश्व प्रशिद्ध अमेरीकाको मासाच्युसेट्स ईन्ष्टिच्युट अफ टेक्नोलोजि (एमआईटि)का बच्चाहरुलाई कम्प्युटर कोडिङ्ग सिकाउने प्रविधि अनुसार आफूलाई रुचि लागेको विषयमा काम गर्ने अबसर दिईन्छ ।
दोश्रो, बी–क्रीएटिभ समूहः यो कार्यक्रम काठमाण्डौ उपत्यकाका अठार वटा विद्यालयहरुमा सञ्चालित छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुले हप्तामा एकदिन ४५ मिनेट आफुले (कक्षा र पाठ्यपुस्तक) मा पढेका कुराहरु हातले अभ्यास गरेर सिक्छन् । यो कार्यक्रममा करिब तीन हजार विद्यार्थी सहभागी छन् । निजी क्षेत्रमात्र होइन, सरकारी स्कुलमा पनि यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
चार ‘सी’को सिद्धान्त
कारखानाले चार ‘सि’को सिद्धान्तलाई शिक्षण विधि अर्थात पेडागोगीको रुपमा अभ्यास गरिरहेको छ । संस्थापक साकार भन्छन्–अंग्रेजी अक्षर ‘सी’ फर कोलावरेसन अर्थात सहकार्य । अर्को ‘सी’– क्रिएटिभिटी अर्थात श्रृजनशीलता । तेस्रो ‘सी’–कम्युनिकेशन अर्थात सञ्चार र चौथो ‘सी’ क्रिटिकल थिंकिङ्ग अर्थात जीज्ञासु, कारण खोज्दै सिक्ने विधि हो ।
कारखानामा बाल–बालिकाहरु जे सिक्छन्, कामगर्दै सिक्छन् । जसमा समुहकार्य, सञ्चार, श्रृजनशीलता र क्रिटिकल थिंकिंङ्ग बिधि अपनाएर त्यही माध्यमबाट उत्सुकताकासाथ अभ्यास गर्दै सिक्छन् ।
पढाई भारत–अमेरीकामा, रोजगारी नेपालमा
कारखानाले यस्ता नेपाली होनाहार युवा प्रतिभाहरुलाई रोजगारी दिईरहेको छ कि उनीहरुमध्ये कतिपयको शिक्षा नेपाल र भारतका ख्यातिप्राप्त विद्यालयबाट भएको छ । उच्च शिक्षा अमेरीकाबाट गरेका पैरा गरेका छन् । र, अहिले कारखानामा प्रशिक्षकको रुपमा रोजगार छन् ।
बाध्यताले होईन, रहरले नेपाल मै रोजगारी । यसरी रमाउँदै कारखानामा कामगर्ने मध्ये कि एक हुन् काठमाण्डौ बालुवाटारकी– इभा ज्ञवाली । इभाले विद्यालय शिक्षा भारतको बिरला फाउण्डेशनको कशोकहल विद्यालयबाट पूरा गरी अण्डरग्रयाजुयेट गर्न अमेरिका गईन् । अमेरीकाको सियारा निमारा कलेजबाट ग्लोबल विजिनेशमा चारबर्षे स्नातक कोर्ष पूरागरि अमेरीकाकै केन्सस् युनिभर्सिटिबाट इन्स्ट्रक्सनल डिजाईनमा स्नाकोत्तर गरिन र सोहि कलेजमा झण्डै दुईबर्ष पढाईन् ।
एक बर्ष पहिले सन् २०१६को डिसेम्बरमा इभा नेपाल फर्किइन् । उनले कारखानाको ’boutमा सुनेकि रहिछन् । तीन महिना स्वयंसेवीको रुपमा काम गरिन् । अहिले फूलटाईम प्रशिक्षकको बनेकी छिन् । भन्छिन्, मैले जुन कुरा नेपाली नानी–बाबुहरुलाई कारखानामा सिकाउँछु त्यो मेरो उच्च शिक्षाको सिकाईसँग मिल्छ र मेरो लागि यो नै उपयुक्त रोजगारीको अबसर हो ।
अब नेपालमै बसेर यहाँका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासबाट सिकाउने अभियानमा लागेकि छु । यसैमा रमाईरहेकी पनि छु । विदेश जाने आबश्यकता अब मैले देखिन ।
उनी साताको एक दिन शनिबार मात्र विद्यार्थीहरुलाई सहजीकरण गर्छिन् । बाँकी दिन बिहानदेखि बेलुकी सम्म कक्षाहरुको तयारी तथा औजार निर्माण र डिजाईनमा व्यस्ता रहन्छिन् । समय समयमा कारखानाका परियोजनाहरु पोखरा, भैरहवा, सुर्खेत, धनगढी, इलाम र विराटनगरमा भएका मेकर स्पेसको लागि आबश्यक शैक्षिक सामग्रीहरुको तयारीमा पनि व्यस्थ रहन्छिन् ।
सरकारी विद्यालयका प्राचार्यको अनुभव
राजधानीका नीजि विद्यालयहरुको साथसाथै महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय बालुवाटरका कक्षा आठ र नौमा अध्ययनरत तीस जना विद्यार्थी पनि कारखानाको कक्षामा सहभागी भईरहेका छन् । विद्यालयका प्राचार्य देवराज गुरुङ्गको अनुभवमा कारखानाको सिकाई पद्धतिले विद्यार्थीहरुमा आविस्कार गने, नयाँनयाँ प्रविधिको प्रयोगबाट आफ्नो श्रृजनशीलता बढाउने अबसर प्राप्त हुँदा बालबालिकाहरुमा आत्मविश्वास र म पनि सक्छु भन्ने भावना विकास हुनजाने रहेछ ।
उनले उदाहरण दिंदै भने, पहिलो पटक विद्यालयमा कारखानाका प्रशिक्षकहरुले विद्यार्थीहरुलाई लिडबल्ब दिएर यसबाट के बनाउन सकिन्छ भन्ने अभ्यास गर्न लगाए । हाम्रा विद्यार्थीहरु मध्ये केहीले स्वागतम् लेखे । केहिले शुभकामना लेखे । यस्तो श्रृजनशीलता देखेर आफूलाई आफ्ना विद्यार्थीहरुलाई यो अबसर जुराउन तीस जनाको समुह बनाएर ३०घण्टे कार्यक्रममा सहभागि गराई रहेका हौं, प्राचार्य गुरुङ्गले बताए ।
कारखानाको कक्षामा सहभागी हुन पाएको कक्षा नौमा पढ्ने आफ्नै कान्छो छोरोको उत्सुकता, नयाँ खोज गर्ने कौतुहलता र आत्मा विश्वास बढेको देखेर म आफैं छक्क परेको छु । प्राचार्य गुरुङ्ग भन्छन्–हामी आफू त घोकन्ते विद्या सिकेरै सकियौं तर मेरो छोरोको उमेर समुहका विद्यार्थीहरुलाई कारखानाको जस्तै अबसर दिन पाए कस्तो उज्वल हुन्थ्यो होला, हाम्रा कर्णधारहरुको भविष्यको जीवन ?
स्थानीय तहमा पुगोस् कारखाना
समृद्ध नेपालको अभियानमा सहभागी हुने अभिलाषा राखेका छन् कारखानाका प्रशिक्षकहरुले । नेपालका ८ बर्षदेखि १४बर्ष सम्मका वा कक्षा ६ देखि ८सम्मका सबै बालबालिकाहरुलाई कसरी यस्तै अबसर उपलब्ध गराउन सकिन्छ ? यो काम अविभावक, शिक्षक, विद्यालय, सरकार र सरोकारवाला सबैको हो ।
‘कारखाना’लाई कसरी पु¥याउने विद्यालय र बालबालिकाहरुको पहुँचमा ? साकार भन्छन् –हामीले त खुबै मिहिनेत ग¥यौं । अब अधिकतम ४० हजारमा पुग्न सकिन्छ भन्ने लाग्छ । तर सबै बालबालिकाहरुलाई कारखाना जस्तै सिकाईको अबसर पु¥याउने दायित्व सरकार कै हो । कारखानाले गरेको कामको सिको गर्दै धेरै भन्दा धेरै समुह खुलुन् । बालबालिकाको श्रृजनशीलता र समुहकार्यगर्ने यो संस्कृति मौलाओस् ! कारखानाको अभिलाषा यही हो । यत्ती भयो भने हाम्रो जीवनको लक्ष साकार हुन्छ ।
कारखाना जस्तै अभियान लिएर राजधानीमा विज्ञान शिक्षा, इन्टर डिसिपिलिनरी लर्निङ्ग र क्रिएटिभ टिचिङ्ग जस्ता संस्था खुलेका छन् । अबको अभियान सम्बृद्ध नेपाल बनाउने नै छ । यो अभियानमा नेपालको विद्यालय शिक्षामा व्यापक सुधारको आबश्यकता छ ।
अहिलेका ७५३ स्थानीय निकायका सबै तहका विद्यार्थीहरुलाई काठमाण्डौको ज्ञानेश्वरमा जस्तै काम गर्दै सिक्ने अभ्यासको प्रवद्र्धन गर्ने अभियानको एउटा कारखाना खुलोस्, नयाँ बर्ष २०१८को पहिलो विहानीमा । सबैमा नयाँ वर्षको शुभकामना !