राजनीतिमा स्थायी त स्वार्थ मात्र हुँदो रहेछ !

 

 

सबैलाई अवगत नै छ, राजावादी र हिन्दूधर्मका पक्षपाती दावी गर्ने कमल थापासंग उग्र गणतन्त्रवादी माओवादी, एमालेले विगतमै तालमेल गरेका हुन् । कांग्रेसले पनि गरेको हो । सरकार बनाएर सत्तासीन हुने बेला ‘त्यो’ बाधालाई कस्ले हटाएन ! अहिले कांग्रेसले मात्र त्यसको भारी बोक्नु पर्ने ? त्यस्तै माओवादीको हिंसाको शिकार कांग्रेस, एमाले कति भए कति ? तर पछि मेलमिलाप भयो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भनिन्थ्यो, राजनीतिमा स्थायी त स्वार्थ मात्र हुँदो रहेछ ?

 

डा.रामशरण महत कार्यकर्ताको घेरामा नभेटिनु आफैंमा दूर्लभ अवस्था हो । तर गएको साता सदृश्य टोली कुराकानी गर्न उनको बाँसावारीस्थित घरमा पुग्दा उनी धुमधुमती बसिरहेका थिए । घरमा सुनसान थियो । अनुहारमा निरासा छाएकोले उनमा सदाझैं रहने बाघ जस्तै जागरुकपन खिस्रिक्क थियो । तेजीला रामशरण गलित, थकित, चिन्तित र पराजयबाट निराश देखिन्थे । शरीर पनि पातलो र खिरिलो पो देखियो ।

 

बस्न इसारा गर्दै उनले भने, मेरो त हार भयो, भयो । मलाई मेरो हार भन्दा पार्टीको हारले चिन्तित बनाइरहेको छ । लोकतन्त्रमा विश्वास गर्ने पार्टीको यो हारलाई हलुका किसिमले लिन मिल्दैन । नत यसलाई सामान्य चुनावी हारजीत नै ठान्न सकिन्छ ! यो हार यस्तो ऐतिहासिक क्षणमा भएको छ, जतिबेला देशले संघीय लोकतान्त्रिक गणतन्त्रमा कोल्टे फेरिरहेको छ । यस्तो समयमा कांग्रेस फट्के किनाराको साक्षी मात्र बन्न बिवस भयो ।

 

आमनिर्वाचनमा कांग्रेस पूरै बढारिएको छ । मुलुककै इतिहासमा देश पहिलो पल्ट प्रादेशिक संरचनामा गैरहेको ऐतिहासिक क्षणमा नेपाली कांग्रेस जस्तो संघर्ष, समर्पण र अठोट भएको पार्टीले एउटा प्रदेशमा पनि सरकार बनाउने म्यान्डेट नपाउनु भनेको विडम्बना मात्र होइन । यो त हाम्रो असफलताको क्लाइमेक्स नै हो । अझ मैले भन्ने गरेको त कांग्रेसको निम्ति ‘डिब्याकल’ हो । यसको अर्थ हो, योजना र संगठन दुबै हिसावले हाम्रो लज्जास्पद पराजय हो ।

 

तर डा. महतले कांग्रेस समाप्त भयो भन्न खोजेको हो भन्ने निश्कर्ष तपाईहरु ननिकाल्नुस् है, उनले स्वभाव अनुसार दाह्री मुसार्दै भने । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेसी उम्मेदवारहरुको सर्मनाक हार भए पनि समानुपातिकतर्फ पार्टीको मत घटेको छैन । यसको संकेत हो, सबैतिर डगमगाए पनि कांग्रेसको ढाड भाँचिएको छैन । यो सग्लै छ । त्यसपछि मात्र उनको अनुहारमा अर्ध मुस्कान देखियो ।

 

अघिल्लो चुनावको जस्तै ३३ प्रतिशत मत कांग्रेसले अहिले पनि पाएको छ । प्रत्यक्ष निर्वाचनमा पहिला त्रिकोणात्मक प्रतिस्पर्धा हुन्थ्यो । यसपाली दोस्रो र तेस्रो दल मिलेकाले हामीलाई एमाले र माओवादीले उछिन्न सकेका हुन् । यसैले कांग्रेसले यतीधेरै सिट गुमाउनु परेको हो । बामपन्थी गठबन्धन तलसम्म एकनासले सुदृढ देखियो तर कांग्रेसी जनमत तीनजना मतदातामा एकजना मात्र रहेको प्रमाणीत भयो ।

 

हाम्रो कमजोरी भनेकै संगठनात्मक र व्यवस्थापकीय हो । हामीले आफूलाई सकारात्मक रुपमा प्रस्तुत गर्नै सकेनौं । हाम्रो आफ्नै नेतृत्वमा रहेपनि सरकारको व्यवहार समेत त्यस अनुकूल रहेन । सरकार नै कांग्रेसका लागि दूर्भाग्य भयो । तर के कांग्रेस सत्तामा नरहेको भए तीन तीनवटा चुनाव संभव हुन्थ्यो ? यसतर्फ पनि बुद्धिजीवी र मिडियाको ध्यान जाओस् भन्छु म !

 

सामान्य रुपमा बुद्धिजीवीहरु प्रश्न गर्छन, गठबन्धन बामपन्थीहरुको मात्र होइन, तिमीहरुको पनि थियो नि ! तर यसवारे मेरो अर्कै भनाइ छ र त्यो हो—हाम्रो लोकतान्त्रिक भनिएको गठबन्धन नामको मात्र थियो । हामीपछि तराईमा जनाधार भएका मधेशी दलहरु हुन् तर हामीले उनीहरुसंग पनि प्रतिस्पर्धा गर्नु प¥यो ।

 

दुईजना मधेशी नेता महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध कांग्रेसले उम्मेदवारी नै दिएन । हामीले प्रतीकको रुपमा समर्थन ग¥यौं तर उनीहरुले हाम्रा एकजना साथीलाई समेत समर्थन गरेनन् । बरु हाम्रै विरुद्ध लडे । यदि मधेशी र कांग्रेस जोडिएका भए यस्तो परिणाम किमार्थ आउने थिएन, कम्तिमा दुई नम्बर प्रदेशमा ।

 

राप्रपासंग हामीले एकता ग¥यौं तर उनीहरु आफैं तीन भागमा विभाजीत थिए । हाम्रो तथाकथित गठबन्धन जुन भयो त्यसलाई म लोकतान्त्रिक निर्वाचनको प्रयास त भन्छु तर हामीले राम्रो मत पाउन सकेनौं । हाम्रा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपासंगै लड्नु प¥यो । राप्रपाले बामपन्थी गठबन्धनसंग तालमेल गरेकोले नराम्ररी पराजीत भए ।

 

जहाँसम्म लोकतान्त्रिक आन्दोलनमा लडेको र पंचायती निरंकुशकालमा यातना खपेको नेपाली कांग्रेसले पंचहरुसंग तालमेल गर्न जानुको फल पायो, खुच्चिंग भन्ने आरोप हामीमाथि छ, म यसमा सहमत छैन । ’cause गिरिजाप्रसाद कोइराला प्रजातन्त्रमा सबैको जीत हुन्छ भन्नुहुन्थ्यो ।

 

लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई बाम र कांग्रेस दुबैले नेता मानेर प्रजातान्त्रिककालमा भित्राएकै हुन् । प्रधानमन्त्री बनाएकै हुन् । पूर्वपंचहरुलाई आफ्नो सरकारमा सहभागी पनि गराए र पूर्व पंचहरुको नेतृत्वमा सहभागी पनि भएकै हुन् कांग्रेस र बाम । मेरो बिचारमा यो नयाँ गठबन्धन होइन ।

 

सबैलाई अवगत नै छ, राजावादी र हिन्दूधर्मका पक्षपाती दावी गर्ने कमल थापासंग उग्रगणतन्त्रवादी माओवादी, मलुवा एमालेले विगतमै तालमेल गरेका हुन् । कांग्रेसले पनि गरेको हो । सरकार बनाएर सत्तासीन हुने बेला ‘त्यो’ बाधालाई कस्ले हटाएन ! अहिले कांग्रेसले मात्र त्यसको भारी बोक्नु पर्ने ? त्यस्तै माओवादी हिंसाको शिकार कांग्रेस, एमाले कति भए कति ? तर पछि मेलमिलाप भयो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भनिन्थ्यो, राजनीतिमा स्थायी त आफ्नो स्वार्थ मात्र हुने रहेछ

 

त्यसैले सरकारमा बस्दाका बाध्यताले दुई पार्टीहरु न्यूनतम साझा कार्यक्रम बनाएर सत्ता संचालन गर्ने रहेछन् । यो एमाले, माओवादी र कांग्रेस सबैमा देखियो । जे कुरामा सहमती भएको छ त्यही कुरा कार्यान्वयन गर्न अगाडि बढ्दा रहेछन् । त्यतीबेला मतभेद थाँति राखेर सहमतीका बूँदा मात्र कार्यान्वयन गरिने रहेछ ।

 

खासमा यो सत्ता लुछाचुँडी पनि होइन । वास्तवमा लोकतन्त्रमा सबै पार्टीको एउटै कार्यक्रम हुने रहेनछ । तर संबिधान सबैले मान्नु परिहाल्यो । त्यसैले सबैको छाता भनेको संबिधान नै हो । त्यही अन्तर्गत रहेर सबैले काम गर्ने हो । संबिधानमा चित्त नबुझेको कुरा भए पनि सबैले मान्नु परिहाल्यो । यसैलाई आधार बनाएर न सत्तामा जाने हो ।

 

त्यसो भए कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको हारमा जिम्मेवारी लिने कुरै आएन भन्ने तपाईहरुको प्रश्नसंग म सहमत छैन ’cause अहिलेको हारको जिम्मेवारी सभापतिले लिनु पर्दैन भन्ने भनाईसंग पनि म सहमत छैन । म राजनीतिक रुपमा सभापतिले राजीनामा दिनुपर्छ भन्ने मागलाई अस्वाभाविक मान्दिन , यो स्वाभाविक नै हो । यो नैतिकताको कुरा हो । नेतृत्व आफैंले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न सक्छ । यद्यपि, मूल जिम्मेवारी नेतृत्वको हो र यसैमा उसको नैतिकता लुकेको छ । नैतिकता दवावमा होइन, यो त स्वतह आउने कुरा हो ।

 

विपरित परिस्थितिलाई अनुकूल बनाउन सक्ने र अनुकूल अवस्थालाई विपरित अवस्थामा पु¥याइ दिने कुरा नेतृत्वको सीप, कला र क्षमतामा निर्भर रहन्छ । पुष्पकमल दाहाल, प्रचण्ड तेस्रो स्थानको पार्टीको नेता भएर पनि प्रधानमन्त्री पदमा विराजमान भए । नेपाली कांग्रेस पहिलो पार्टी भएर पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुग्यो । यस्तो अवस्थामा नेतृत्वको राजीनामाको माग गर्नु स्वाभाविक नै हो । ’cause यो नैतिकताको प्रश्न हो । नैतिकता जहिले पनि वस्तुगत हुन्छ, विषयगत होइन ।

 

 

तर, यी सबै सन्दर्भमा कांग्रेस नेतृत्व चुपचाप बसिरहेको छ । म आफैं केन्द्रीय सदस्य हुँ तर पार्टीको कार्यसमितिको बैठक अझै डाकिएको छैन । मेरो बिचारमा पार्टीका सबै तह र तब्काका बैठकहरु अविलम्ब डाकिनुपर्छ र निर्वाचनमा हाम्रो हारको कारण पत्ता लगाएर पार्टीले समयानुकूल नीति, योजना र कार्यक्रम बनाएर पार्टीलाई चुस्त, दुरुस्त र सशक्त बनाउनैपर्छ ।

 

जहाँसम्म मैले अहिलेको परिस्थितिमा नेतृत्व लिएर अगाडि बढ्नुपर्छ भन्ने तपाईहरुको जिज्ञासा छ, प्रश्न मैले नै नेतृत्व लिनुपर्छ भन्ने होइन, नयाँ पुस्ताले नेतृत्व लिएर पार्टीलाई अगाडि बढाऊँछु भन्छु भनेर उमेरको हद राख्छ भने पनि म नेतृत्व छाड्न तयार छु । तर मेरो धारणा नलुकाइकन खुलस्त सुन्न चाहनु हुन्छ भने भन्छु—उमेरले मात्र सबैकुरा निर्धारण गर्दैन । उमेर मात्र भन्दा त्यो गुटबन्दी हुन्छ । गुटबन्दीको त अन्त्य हुनुपर्छ । कांग्रेसमा ‘मेरिटवेस’ भएर उठ्नु पर्छ । यसका लागि नेतृत्व र संगठन दुबै चाहिन्छ ।

 

जहाँसम्म निर्वाचन पछि कांग्रेस पार्टीले समीक्षा गर्ने कुरा छ, चुनाव सकिएको महिना दिन वित्न लाग्यो, पार्टीको कुनै पनि तहको बैठक नै बोलाइएको छैन । त्यस अर्थमा न कार्यसमिति बैठक बसेको छ, नत महासमितिको बैठक नै डाकिएको छ । विशेष महाधिवेशन बोलाउनु पर्छ भन्ने माग कार्यकर्ता तहबाट जोडस्वरले उठाइए पनि नेतृत्वले विशेष महाधिवेशन बोलाउने आँट सम्म गरेको छैन ।

 

मैले अहिले नै नेतृत्व बदल्ने माग गरेको छैन । स्वयम् नेतृत्वले नैतिकताको आधारमा राजीनामा गर्ने कुरा हाम्रो माग भन्दा पनि नेतृत्वले अनुभूत गर्ने कुरा हो ’cause मैले अगाडि नै भनिसकेको छु कि यो ‘अब्जेक्टिभ’ कुरा हो ‘सब्जेक्टिभ’ होइन । महासमितिको वैठक बोलाएर सर्बप्रथम देशभरका स्थानीय कार्यकर्ताको आवाज सुन्नुपर्छ । त्यसले नेतृत्वको असफलतालाई औंल्याउछ भने नेतृत्वको विकल्प’bout सकल कांग्रेसले गंभीर बनेर सोच्नुपर्छ ।

 

कार्यकर्ताले मलाई नेतृत्व गर्न आउ भन्छन भने म त्यसका लागि तयार छु । तर अहिले नै मैले नै नेतृत्व गर्नुपर्छ भनेर माग राख्दिन ।

 

मेरो बिचार र विश्लेषणमा हाम्रो पार्टीको हारको लामो सृंखला रहेको छ । स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चयनमा महाको वेथिति रह्यो । उम्मेदवार जथाभावी छानिए । पार्टीमा निरन्तर लागेको योग्य, सक्षम र लोकप्रिय ब्यक्तिलाई पाखा पारियो । जित्न नसक्ने, अलोकप्रिय र अनुचित उम्मेदवारले टिकट पाए ।

 

कांग्रेस पार्टी र यसको नेतृत्वको सरकारले पु¥याएका सकारात्मक योगदान र गरेका कामकुरालाई तीनै तहको निर्वाचनमा मतदातासमक्ष प्रस्तुत गर्न कांग्रेस नेतृत्व असफल भयो । कार्यसमितिको भूमिकालाई गौण पारियो । उम्मेदवार छान्नेकार्य सिमित व्यक्तिको पकडबाट मुक्त रहनै सकेन । पार्टीमा तदर्थवाद हावी भयो । ब्यवस्थापनका कमजोरी गनि साध्य रहेनन् ।

 

विपक्षीका आरोपलाई नेतृत्वले कहिल्यै गंभीरतापूर्वक लिएन । समयले माग गरे अनुसारका पाइला चाल्दै चालिएन । निर्वाचनमा आफ्ना कुरा लिएर जानुको साटो विपक्षीकावारे नकारात्मक टिकाटिप्पणी मात्रै गरियो, जवकि विपक्ष आक्रामक रुपमा शान्ति, समृद्धि र विकासमा आफूलाई केन्द्रित पारिरहेका थिए ।

 

विपक्षीलाई उचित समयमा उचित जवाफ दिएर मतदातालाई कांग्रेस पार्टीमा पनि दम छ भन्ने विश्वास सिर्जना गर्नै सकेको पाइएन । पार्टीले एकरुपता दिएर चुनाव लडेको भन्दा अमूक ब्यक्तिले चुनाव लडेको भन्ने मात्र जताततै देखियो । पार्टी नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ ।

 

हो, तपाईहरुले औंल्याउनु भएको कुरालाई म दावा गर्छु । कांग्रेसले लिएको अर्थ—राजनीतिक नीतिको कारणले जनताले अनुभूत गर्नेगरी देशमा परिवर्तन संभव भएको हो । ठूला उतार चढाउमा देशलाई यही नीतिले जोगाएको पनि हो । यसको जस मलाई मात्र होइन, गिरिजाप्रसाद लगायत पार्टी नेतृत्वलाई पनि जान्छ भन्छु म । यो नीति अख्तियार र लागु गर्नमा तत्कालिन नेतृत्वको ठूलो योगदान छ ।

 

 

तर जहाँसम्म ममाथि यस्तो जटिल अवस्थामा पनि नेतृत्व गर्न अग्रसर नबनेको भन्ने प्रश्नहरु उठिरहन्छन्, मेरो भनाइ कत्तिमात्र हो भने हाम्रो नेतृत्वले आर्थिक एजेण्डालाई मूल राजनीतिक इसु कहिल्यै बनाएन । आर्थिक एजेण्डालाई मूल राजनीतिक एजेण्डा बनाएको भए मलाई विश्वास छ, हामी धेरै अघि हुने थियौं । कांग्रेस पार्टीले यस्तो लज्जास्पद हार बेहोर्नु पर्दैनथ्यो ।

 

पार्टीले आर्थिक संमृद्धिलाई मूल राजनीतिक एजेण्डा बनाउन सकेको भए, कसैलाई भ्रम नपरोस् म सबैभन्दा अगाडि हुन्थें तर चुनाव होस् कि पार्टीको प्राथमिकता निर्धारण पार्टी वैठक÷भेलालाई सधै राजनीतिक शक्तिको प्ले ग्राउण्ड मात्र बनाइएकोले म आन्तरिक राजनीतिक खिचातानीमा प्रवेश नै गरिन । ’cause जनताको चाहना स्थिर सरकार र समृद्धि नै थियो मलाई विश्वास थियो । देश विकास नै हरेक ठाउको एजेण्डा हो । त्यसैले मैले जुनसुकै सभा सम्मेलनमा बोल्दा, अन्तरवार्ता दिंदा विकास, विकास र विकास भन्न कहिल्यै छाडिन । तर पार्टी नेतृत्वले मेरो आवाजलाई बुझ्दै बुझेन ।

 

चुनावमा म पनि हारें तर मैले पहिलाको चुनाव भन्दा कम मत पाइन । यसको कारण केलाउदा अहिले मलाई लागेको छ, यथार्थको परीक्षामा म सफल रहेछु तर पार्टीलाई यो दिशामा लैजान मैले अन्तरपार्टी संघर्षमा पनि उत्तिकै अग्रसरता लिनु पर्ने रहेछ । यसमा म सफल हुन सकेको भए, मैले हारे पनि पार्टीले जित्ने रहेछ ।

(डा.महतसंगको कुराकानीमा आधारित)

 

नेपाली कम्युनिष्टले भनुन्, पूँजीवादको विकास नभइ समाजवाद कसरी आउछ ?

(डा. महतको नेपालको आर्थिक विकासवारेको सोच, विचार र तर्क अर्को साता । क्रमश —संपादक)