आधुनिक महाभारत भित्रका कांग्रेसी पात्रहरु !

महाभारत युद्धको प्रमुख खलनायक दुर्योधन मारिइसकेपछि पनि महाभारत युद्ध समाप्त भएन । झन् ठूलो क्षति दुर्योधनको अन्त्यपछि भएको थियो । के त्यस्तै कारणले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको महिना दिन वितिसक्दा पनि पुरानो सरकार गएर नयाँ सरकार नबनेको हो ?

 

आधुनिक महाभारतका कांग्रेसी पात्रहरुलाई हेर्ने हो भने त्यसभित्रका अनुहार कांग्रेस नेताको होइन, महाभारत सिरियलका पात्र र खलपात्रहरु जस्ता मुकुट लगाएका भिलेन कांग्रेसीहरु पो एकपछि अर्को आँउदै जाँदै गर्दा रहेछन् ।

 

सबैलाई अवगत नै छ, महाभारतको हिन्दी सिरियल सन् १९८८मा बीआर चोपडा र उनका छोरा रवि चोपडाले निर्माण र निर्देशन गरेका थिए ।

 

एक लाख श्लोक र १८ लाख शब्द भएको भनिएको महाभारत विशाल ग्रन्थ हो भने चोपडाको सिरियल पनि कम लामो छैन । ९४ सिरियलमा प्रत्येक हप्ता भारतीय टेलिभिजन दूरदर्शनमा महाभारत देखाउदा करिव दुई वर्ष लागेको थियो । त्यो २ अक्टोबर १९८८देखि २४ जुन १९९० सम्म प्रशासरण भएको थियो ।

 

महाभारत ग्रन्थको रुपमा रामायण भन्दा चार गुना ठूलो कृति मानिन्छ । अठार पर्वमा बाँडिएको छ महाभारत । आदि, सभा, बन, बिराट, उद्योग, भीष्म, द्रोण, कर्ण, शल्य, सौपत्तीक, स्त्री, शान्ति, अनुशासन, अश्वमेधिका, आश्रमवाशिका, मौसला, महाप्रस्थानिका, सवर्गारोहन । यिनै १८ पर्व हुन महाभारतका ।

 

महाभारत युद्धमा पाण्डवतर्फबाट १५ लाख ३० हजार ९ सय सिपाई र कौरवतर्फ २४ लाख ५ हजार ७ सय सिपाईले युद्ध गरेका थिए । युद्धमा संलग्न जम्मा ११ जना मात्र बाँचे भनिन्छ । जसमा श्रीकृष्ण ( ’cause उनी युद्धमा प्रत्यक्ष संलग्न भएर हतियार उठाएनन् । उनी अर्जुनको रथ हाँक्ने सारथी मात्र भएर बसे ।), पाँच पाण्डवहरु (युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव ) बाँचे । त्यसवाहेक सात्यकी, क्रिपाचार्य, अशोस्थामा, युयुत्सु ( कौरव पक्षका एकमात्र ) र कृतबर्मा बाँचेका थिए । युद्धमा संलग्न अरु सबै मारिए ।

 

महाभारत शुरु हुन र त्यसको वैठान हुन अठारवटा च्याप्टर लेखिएको भन्ने कतिपयलाई थाहा नहुन सक्छ । कुरु क्षेत्रमा भएको महाभारत युद्ध नवौं पर्वमा सकिनु पर्ने हो ’cause युद्धोन्मादी दुर्योधनको मृत्यु यसै पर्वमा हुन्छ । सामान्य भनाइ नै छ, जव युद्ध सरदार मारिन्छ, तब युद्ध सकिइहाल्छ ! तर महाभारत युद्धमा यो कुरा लागु भएको पाइदैन ।

 

र, नवौं पर्व सकिएपछि त्यती नै थप पर्व महाभारत युद्धको बैठान गर्न किन खर्चिइएको होला ? प्राय सवाल उठ्ने गर्छ ।

 

जसका कारण युद्ध शुरु भएको हो उ नै समाप्त भएपछि युद्ध सकिनु पर्ने हो तर महाभारत युद्ध सेटल हुन थप नौ पर्वहरु रचिएको छ र त्यसको कारण छ ।

 

नेपालको महाभारत

 

लेखको शुरु नै महाभारतको कथाबाट गरिएकोले पाठकलाई लाग्ला बेलान कुबेला महाभारतको चर्चा किन गरिएको हो । अहिले त स्वस्थानी ब्रतकथाको पो प्रसंग आउनु पर्ने हो । यतिवेला महाभारतको चर्चा गर्नुको विशेष कारण छ । त्यो हो, के नेपालको चुनावले पनि महाभारतको रुप लिइरहेको हो ?

 

महाभारत युद्धको प्रमुख खलनायक मारिइसकेपछि पनि जसरी युद्ध समाप्त भएन । अबैध, अनैतिक र दुष्ट क्रियाकलाप भए । के त्यस्तै कारण सिर्जना गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको महिना दिन वितिसक्दा पनि पुरानो सरकार गएर नयाँ सरकार बन्न नदिइएको हो ?

 

न निर्वाचन आयोगले निर्वाचन परिणामको औपचारिक घोषणा राष्ट्रपति समक्ष बुझाएको छ नत प्रधानमन्त्री शेरबहादुर देउवाले नै मैले नेतृत्व गरेको पार्टीले चुनाव हारेकोले अब नयाँ सरकार गठन गर्नका लागि म राजीनामा दिएर बाटो खुला गर्छु ।

 

चुनाव सकिएर रिजल्ट भएको पनि महिना दिन भैसक्यो । तर पनि हारेको सरकारले नयाँ सरकार बन्ने बाटो खोलेको छैन, अर्थात महाभारत युद्धको सरदार दुर्योधन युद्धमा मारिइसकेपछि पनि महाभारत युद्ध नसकिएजस्तै नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिइसक्दा पनि नयाँ सरकार बन्न सकेको छैन ।

 

नेपालको महाभारतले चुनाव सकिइसक्दा पनि बीट नमार्नुको कारण कुरुक्षेत्रको महाभारतमा जस्तै अरु हुनुहुनामी हुन बाँकि छ ? नौ पर्व अझै लेखिन बाँकि छ ? महाभारतमा दुर्योधन मारिइसकेपछि उसका हनुमानहरुले जुन ताण्डव नृत्य मच्चाएका थिए, नेपालको महाभारतका दुर्योधन भनिने देउवाका हनुमानहरुले पनि के त्यस्तै ताण्डव नृत्य मच्चाइरहेका हुन् ?

 

महाभारतका एक नियमित अध्येतासंग यसवारे जानकारीको जिज्ञाँसा राख्दा उनी मज्जासंग हिलहिलाएर हाँस्दै भन्नथाले, तुलना चाँहि सठिक लाग्यो है मलाई !

 

संस्कृत साहित्यमा आचार्य पढेका पण्डितज्यूले भन्नुभयो, महाभारत हुनलाई महाभारतका सबैपात्रहरुको खोजी गरिनुपर्छ र सबैको नसके पनि महाभारतका प्रमुख पात्रहरुलाई कांग्रेसका पात्रहरुसंग तुलना गर्नुपर्छ । यस्तो गर्नु भएको छ लेखक महोदय ? उनले उत्तर दिंदा प्रश्न पो गरे !

 

उनले भने अनुसारको प्रयत्न गरियो । जसअनुसार पात्रहरुको नामावली धेरै लामो पो बन्यो । नामावली बनाउन र त्यसलाई संक्षेपीकरण गर्ने प्रयत्नमा धेरै ब्यक्तिको ज्ञान, अनुभव र परख परेको छ ।

 

जसअनुसार महाभारतमा राजा धृतराष्ट्रलाई प्रमुख पात्र बनाइए जस्तै आधुनिक नेपालको महाभारतका धृतराष्ट्र राजा ज्ञानेन्द्रलाई मानिएको छ । ’cause उनकै राज्यकालबाट नेपालमा महाभारत युद्धको शुरुवात भएको थियो । महाभारतका अन्धा धृतराष्ट्र र पूर्वराजा ज्ञानेन्द्रको बानी बेहोर स्वभाव चरित्र उस्तै रहेको छ ।

 

महाभारतका पात्रहरुको नामसंग तुलना गरिएका नेपाली आधुनिक महाभारतका कांग्रेसी पात्रहरुको नामाकरण यसप्रकार गरिएको छ ः

 

राजा धृतराष्ट्र—श्री ५ ज्ञानेन्द्र 

 

’cause, धृतराष्ट्रको मूर्खता, महत्वाकांक्षा र लोभलालचले गर्दा महाभारत युद्ध भयो । यिनले रोक्न चाहेका भए महाभारत युद्ध हुने नै थिएन । त्यसैगरी राजा ज्ञानेन्द्रले दाजु वीरेन्द्रको हत्यापछि लोभ, लालच र घमण्ड नगरेका भए नेपालमा राजबंशको अन्त्य नै हुने थिएन ।

 

दुर्योधन–प्रधानमन्त्री शेरबहादुर देउवा

 

’cause, दुर्योधनको अहम्, तुजुक र सत्ता लोभले गर्दा महाभारत युद्ध हुन पुगेको हो । महाभारतको दुर्योधनलाई कसैले संझाइ बुझाइ गर्न नसके झैं नेपालको महाभारतका देउवालाई पनि कसैले संझाउन सक्यो ? धृतराष्ट्रले राज्य शक्ति छोरो दुर्योधनमा सार्न खोजेर पराजय भोगे भने आधुनिक नेपाली धृतराष्ट्रले पत्नी आरजुलाई प्रधानमन्त्री बनाउन खोजेर गएको चुनावमा शर्मनाक हार बेहोरे ।

त्यसमाथि संचार मन्त्री मोहन बहादुर बस्नेतले कैलाली पुगरे अबको प्रधानमन्त्री आरजु देउवा हो भनेपछि कांग्रेसीहरु नै बिच्किए ।

 

भीष्म पितामह–लोकतन्त्र

 

’cause, महाभारतमा भीष्म पितामह जस्तै लाचार छायाँ बनेको छ नेपालको लोकतन्त्र । आफ्नो बिबाह गर्ने बेलामा फुँडो बाबुको लागि राज्य पनि त्याग्ने र अविवाहित बस्न भीष्मप्रतिज्ञा गर्ने देवब्रत जस्तै नेपालमा लोकतन्त्रको ‘पर्याय’ भनिने नेपाली कांग्रेसका सभापति शेरबहादुरले जे भन्छन् त्यसैलाई कांग्रेसजन लोकतन्त्र भनिरहे । हुँदाहुँदा लोकतन्त्रलाई धोक्र्रोमा हालेर त्यसको मुख बाँधेर दुर्योधनले आफूसंग राखिसकेको छ र उस्ले जता लग्यो लोकतन्त्र खाँदिएको बोरा त्यतै लैजान थालेको छ अर्थात, देउवाले जे भन्यो कांग्रेसजनको लागि त्यही लोकतन्त्र भएको छ ।

 

बिदुर–जेन्युइन कांग्रेस

 

’cause, सच्चा कांग्रेसीहरु महाभारतमा बिदुर जस्तै पाखा लागिसकेका छन् । विदुरको जीवन र जेन्युइन कांग्रेसको जीवनीमा केही फरक देखिदैन । अलिअलि आत्मा भएका कांग्रेसीहरु बिदुर जस्तै साक्षी किनारामा बसिरहेका छन् ।

 

द्रौपदी–नेपाल राष्ट्र

 

’cause, जसरी महाभारतमा द्रौपदीलाई आफ्नो स्वाभीमान जोगाउन हम्मेहम्मे भएको थियो अहिले नेपाल राष्ट्रलाई आफ्नो स्वाभिमान अर्थात सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता जोगाउन आच्छुआच्छु परेको छ । कांग्रेस जस्तो आफूलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पिता ठान्ने पार्टीले भारतले गरेको ज्यानमारा नाकावन्दीलाई नाकाबन्दीसम्म भन्न सकेन ।

 

संविधान निर्माता मध्ये अग्रणी पार्टी भएर पनि काँग्रेसले संविधानको स्वामित्व दावी गरेर कार्यान्वयन गर्न अगाडि बढ्नुको बदला यसलाई कार्यान्वयन हुन नदिनेहरुसंग लागेर संशोधन गर्छु भनेर देशी विदेशीको चाकरी गरिरहेको छ ।

 

पंच पाण्डव–सात युवा कांग्रेसी 

 

’cause, महाभारतमा पाँच पाण्डवले दाजु युधिष्ठिरलाई कुटिल सकुनीसंग जुवा नखेल, श्रीमतीलाई जुवाको दाउमा राख्न मिल्दैन भन्न सकेका थिएनन् । नत एउटा गाउ लिएर पूरै राज्य छोड्न दाजु सहमत हुँदा पनि पँच पाण्डवले आवाज उठाउन सकेका थिए ?!

 

त्यसैगरी कांग्रेसी महाभारतका सात भाइ (गगन थापा बाहेक) चुनाव हारेपछि अहिले डम्फु बजाउदै शेरबहादुर कहाँ सत्ता माग्न आइ पुगेका हुन् । गगनको जीत पनि बम बिष्फोटको प्रचुर लाभ लिन सकेकाले उनलाई फाइदा दायक भयो, डा. रामशरण महतले लाभ उठाउन सकेनन्, उनलाई बेफाइदा भयो र चुनाव हारे ।

 

कांग्रेसका सात भाइको ’boutमा कांग्रेसवाहिर सकारात्मकता देखिए पनि कांग्रेसभित्र माहोल निकै गुम्सिएको देखिन्छ । एक पहँुचिएका कांग्रेसीजनले भने, यिनबाट केही लछारपाटो लाग्दैन । उनले रोष पोखे । उनले भने, यी सबै आधुनिक पाण्डव पार्टीबाट अधिक से अधिक फाइदा लिइरहने व्यक्ति मात्र हुन् ।

 

पटक पटक समानुपातिकदेखि प्रत्यक्ष निर्वाचन हुँदै शेरबहादुरका सल्लाहकार भएर राज्यको सुविधा र फाइदा लुट्नुसम्म लुटेका छन्, सात भाइहरुले । अनि यिनलाई हराउन शेरबहादुर चुनावमा अन्तर्घात गर्न गएका थिए र ? यिनीहरुको बिरोध सौताको रिसले पोइको काखमा… मात्र हो । आफूले पाउन्जेल यी कथित सात भाइ शेरबहादुरमा कुनै दोष त देखिरहेका थिएनन् नि । किन ?

 

यिनले आज कांग्रेसमा देखाएको दोष एकैपल्ट आकाशबाट झरेको होइन । कांग्रेसमा विकृतिले जरा गाडुन्जेल सात स्याल कुन दुलोमा थिए, उनले भँडास पोख्दै आक्रमण नै गरे ।

 

हदैसम्म रिसाएका ती कांग्रेसले भने–चुनावमा टिकट वितरण गर्ने संसदीय वोर्ड विधानतः १४ सदस्यीय हुनु पर्ने हो । तर आफूले टिकट पाउन्जेल सातभाइ कांग्रेसीहरु जो केन्द्रीय सदस्य पनि हुन्, यिनले बैठकमा त्यो बोर्डलाई सभापति शेरबहादुरले पकेटको बनाउदा पनि समर्थन गरेका होइनन् ?

 

अदालतले दण्डसजाय दिइसकेका खुमबहादुर खड्कालाई केन्द्रिय समिति र संसदीय वोर्ड सदस्य बनाएर उम्मेदवार छान्न लगाएपछि खुमबहादुरले छानेका उम्मेदवारलाई नेपाली जनताले विजयी बनाउछन् त ? गोविन्दराज जोशी बिचरामाथि दावीविरोध गर्ने समाजवादी आदर्शवादी रामचन्द्र पौडेलले पनि त्यतीबेला बिरोध त गरेनन् ! शेरको ‘सालो सरकार’ र रामचन्द्रको सम्धिवादको दवदवाको पनि कुरा उठाउनु पर्ने हो कि होइन ?

 

तर यी सात भाइ त्यतीबेला कुन दुलोमा थिए ? विरोधको स्वर चर्को बनाउने धनराज गुरुग दुईपल्ट समानुपातिक सांसद बनेका व्यक्ति होइनन् ? के गरेर सकियो यिनको दुई कार्यकाल ? त्यो पनि देखाउन सक्नु प¥यो नि ! अनि प्रदीप पौडेल ? यिनलाई हैन जापानले भीसा दिएर पनि प्रवेश रोकेको ? किन रोकेको हो, बिनाकारण जापानले त रोक्दैन होला नि !

 

यति पित्त ओकली सकेपछि ती कांग्रेसी अलि शान्त बने । त्यसपछि मुख नछाडि भने, मैले भन्न खोजेको आफू सिसाको घरमा बसेर अर्काको झ्यालमा ढुंगा हान्न हुन्न भन्ने मात्र हो । उठाउन खोजेको सवाल के हो भने आफैंले बोकिरहेको गलगाँडलाई ब्यंगकार भैरव अर्यालले भनेजस्तै गलबन्दी लगाएर मात्र छोपेर छोपिन्छ र ? कांग्रेसीजनलाई म किनाराको कांग्रेसीले यतिमात्र भन्ने आँट गरेको हुँ कि अरुसंग नैतिकताको माग गर्नेहरु अलिकति नैतिक पनि बन्नु पर्छ है । अरुसंग लोकतन्त्र माग्नेले अलिकति आफूमा पनि लोकतन्त्रलाई जोगाएर राख्न सक्नु पर्दो रहेछ है !