डा. गोविन्द केसी किन गिरफ्तार ?

प्रश्न छ, फैसला विशेषको आलोचना, अदालतमा देखिएका र भइरहेका विचलनमाथि प्रश्न नगर्नु नै न्यायपालिकाको सम्मान हो कि देखिएका विचलनलाई सच्याउने आग्रहचाहिं वास्तवमा सम्मान हो ?

 

 

अदालतको मानहानी गरेको भन्ने आरोपमा सर्वोच्च अदालतले गोविन्द केसीलाई समातेर अदाललतमा हाजिर गराउने आदेश दिए लगत्तै उनलाई ‘गिरफ्तार’ गरिएको छ । मैले यहाँ नेपालीमा प्रचलित पक्राउ शब्द प्रयोग नगरी हिन्दी र उर्दूमा लेखिने गिरफ्तार यत्तिकै लेखेको होइन । ’cause नेपाल अचेल माथिदेखि तलसम्म, वरदेखि परसम्म, यत्रतत्र थुप्रै विचलनको गिरफ्त अर्थात् कठोर पकडमा छ ।

 

त्यसमध्ये सबैभन्दा प्रमुख भ्रष्टाचार हो । अदालत यसमा अपवाद नरहेको विषय सार्वजनिक चर्चामै रहेको छ । यदि अदालत अपवाद हो भने न्यायपालिका सम्बद्ध कुनै पनि व्यक्तिले भाकेर भन्न सक्नुपर्छ, नेपालको न्यायपालिका भ्रष्टाचारमुक्त छ ।

 

भाक्न सम्भवै छैन र त्यस्तो भाकियो भने पनि कसैले पत्याउँदैन ’cause न्यायपालिकामा केही अपवादबाहेक अधिकांश शंकाको घेरामा छन् । देशका अरु क्षेत्रमा जस्तै न्यायिक मर्यादा समेत नराम्ररी स्खलित भएको छ । यस विषयमा केसीले मुखर भएर सार्वजनिक जानकारीमा पुग्ने गरी बोले । यसलाई अदालतले मानहानी भएको ठान्यो जबकि उनले दिएको प्रतिक्रियाजस्तै चर्चा आज घर घर, गल्ली गल्लीमा हुने गर्छ ।

 

यसर्थ सम्मानित अदालतले केसीको प्रतिक्रियालाई उनी एक्लैको मनोगत भनाइ होइन, धेरै हद्सम्म यसलाई सार्वजनिक मनोभावको प्रतिनिधि प्रतिक्रियाका रुपमा आएको बुझ्नु स्वयं न्यायपालिकाकै हितमा हुनेछ ।

 

निश्चय नै केसीसँग असहमत हुने नभएका होइनन् जबकि साँच्चै भन्ने हो भने केसी नेपाली समाजमा अन्तःकरणको आवाजका रुपमा स्थापित भइसकेका छन् । चिकित्सा शास्त्र अध्ययनको क्षेत्रमा व्याप्त बेथिति सच्याउने ध्येयले उनी पटक पटक आमरण अनशनमा बसेका र सम्झौतामा उनको अनशन टुंगिने गरेको छ । तर, न सम्बन्धित पक्ष सम्झौता कार्यान्वयन गर्छ न त उनी अनशन बस्न नै छोड्छन् । हुँदाहुँदा, अदालतले एउटा वर्खास्त डिनलाई पदबहाली गराएका कारण उनको अनशनको तारो अब सरकार र संसद्मा सीमित नरहेर अदालतसम्म बन्न पुगेको छ । यसलाई अदालतले आफ्नो अवहेलना भएको ठान्यो । अत्यन्त तत्परतापूर्वक गिरफ्तार गर्ने आदेश दियो र प्रहरीले तत्कालै केसीलाई आफ्नो अधीनमा लियो ।

 

वास्तवमा यो राज्य त्यही राज्य हो जहाँ अपराधीहरु अदालतको आदेशका बावजुद वर्षौं खुलेआम घुम्छन् तर पक्राउ पर्दैनन् । त्यहीं तर यो गिरफ्तारीले केसी जस्ता सत्याग्रही, नागरिक अभियन्तालाई पक्रन एकदिन पनि कुर्नु नपर्ने, यसबाट समाजको मनोविज्ञानमा के असर पर्छ त्यो पनि अध्ययन गर्नु नपर्ने रहेछ भन्ने प्रस्ट देखिएको छ । भनिरहनु नपार्ला, आजका मितिमा समाजको मनोचेतमा, केसीको स्थान धेरैमाथि छ । यस्ता व्यक्तिलाई पक्राउ गरेर हाजिर गराउनु भन्ने आदेश दिनुपूर्व अदालतले यसबाट समाजको सम्भावित प्रतिक्रिया’bout पूर्वानुमान गरेको हुनुपथ्र्यो ।

 

केसीले आफ्नो विज्ञप्तिमा प्रयोग गरेको भाषाले अदालतको के कति अवहेलना हुनुपुग्यो, त्यो छुट्टै बहसको विषय हो । तर, उनको गिरफ्तारीपछि सार्वजनिक टिकाटिप्पणी भने अदालतले सोचेभन्दा एकदमै भिन्न ढंगले भइरहेका छन् । प्रश्न छ, फैसला विशेषको आलोचना, अदालतमा देखिएका र भइरहेका विचलनमाथि प्रश्न नगर्नु नै न्यायपालिकाको सम्मान हो कि देखिएका विचलनलाई सच्याउने आग्रहचाहिं वास्तवमा सम्मान हो ?

 

न्यायाधिशको नियत, आचरण र व्यवहार’bout के कोही बोल्नै नपाउने ? न्यायाधिशको नियुक्तिमा भएका राजनीतिक भागबण्डा जगजाहेर छन्, के ती भागबण्डा र मौलाउँदो अपसंस्कार जनसरोकारका विषय होइनन् ? न्यायपालिका राजनीतिको, दल विशेषको, गुट विशेषको स्वार्थमा नचलोस् भनेर कामना गर्न पनि नपाइने ? के दुनियाँले देखेको पनि नदेखेको जस्तो गर्नु ? त्यसैले हुनुपर्छ यी यावत् विषयमा सार्वजनिक रुपमा प्रश्न गर्न नपाइने, बोल्न बन्देज छ जस्तै व्यवहार भइरहेका कारण अदालत भनेको पक्कै एउटा अलौकिक संस्था हुनुपर्छ भनेर आम चर्चा भइरहेको छ । यसै विषयलाई लिएर अखबारका पाना र सामाजिक सञ्जालका भित्ता रंगिएका छन् र टेलिभिजन र एफएममा विभिन्न कोणबाट समीक्षा भइरहेको छ ।

 

अदालत पनि राज्यका अरु संस्थाजस्तै लौकिक संस्था हो, अलौकिक होइन । अदालतमा आबद्ध व्यक्तिहरु कार्यकत्र्तव्यका कारण आदरणीय हुन्छन् । यदि कोही कार्यकत्र्तव्य च्युत भयो भने जतिसुकै उच्च स्थानमा बसेकै भए पनि आलोच्य हुन्छ । जहाँसम्म अदालतको, न्यायाधिशको आलोचना हुँदा सम्मानित संस्थाको गरिमामाथि आउँछ भन्ने कुरा छ सुन्दा ठिकै लाग्छ तर यथार्थ यसको ठिक विपरीत छ । स्वस्थ आलोचनाले इमानदार खुशी हुन्छन्, भूलवश हुने गल्तीहरुप्रति पनि सचेत हुन्छन् । निश्चय नै आलोचनाको भाषा शिष्ट हुनुपर्छ । अदालतका मानिसको मात्रै होइन, हरेक व्यक्तिको आलोचना गर्दा उसको आत्मसम्मानमाथि चोट पर्ने किसिमले अभिव्यक्ति दिनुहुँदैन ।

 

त्यसमाथि एउटा सत्याग्रहीबाट अरुभन्दा बढी वाणीमाथि संयमको आशा गरिन्छ ’cause उसको आग्रह नै सत्यका लागि हो । सत्यको आग्रह राख्नु सबैभन्दा ठूलो पुण्य हो, सत्यको जितका निम्ति संघर्ष गर्नु यथार्थमा सबैभन्दा कठिन हुन्छ र कठिन कार्य सम्पन्न गर्न विनम्रता र धैर्य चाहिन्छ ।

 

निश्चय नै नेपालका अरु राजकीय संस्थाजस्तै अदालत पनि अनालोच्य होइन, फैसलाहरु झन् होइनन् । आलोच्य हुँदैनथे भने न्यायपाकिलका सुधारका निम्ति अध्ययन अनुसन्धान नै गर्नुपर्ने थिएन । फैसला देववाणीजस्तै अकाट्य हुन्थे भने पुनरावेदन, पुनरावmोकनको आवश्यकतै पर्ने थिएन ।

 

निश्चय नै अदालत सम्मानित हो, न्यायाधिश सम्मानित हुन्, त्यस्तै अदालतबाट न्यायको अपेक्षा राख्ने हरेक व्यक्तिको आत्मसम्मान हुन्छ । केसीले कस्तो भाषा प्रयोग गर्नुपथ्र्यो त्यो आफैंमा, माथि पनि भनियो बहसको विषय हुनसक्छ । केसी आज जनमनद्वारा सम्मानित नागरिक हुन् । यहाँ भनिरहनै पर्दैन, न्यायमूर्तिहरुलाई आफैं थाहा छ, अक्षरसँगै भावना, भावनामा उद्देश्य हुन्छ । केसीका अक्षर कठोर हुनसक्छन्, तर ठोकुवाका साथ भन्न सकिन्छ, उनको उद्देश्य पवित्र छ ।